काठमाडौं— साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारको परिसूचक नेप्से ३४.६३ अंक घटेको छ । यो सँगै नेप्से परिसूचक २७०४ अंकमा कायम भएको छ । कारोबार सुरु भएको १० मिनेटसम्म बजारले वृद्धिको संकेत देखाए पनि त्यसपछि अन्तिम समयसम्म निरन्तर ओरालोमा रह्यो ।

आजसहित लगातार चौथो कारोबार दिन बजार घटेको हो । यसअघि गत मंगलबार २६, बुधबार २५ र बिहीबार ५ अंक घटेको बजार शुक्रबार सार्वजनिक बिदाका कारण बन्द रहेको थियो ।

आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब ९१ करोडको कारोबार भएकोमा आज ४ अर्ब २६ करोडको कारोबार भएको छ ।