समाचार

    Showing 3,531-3,540 of 24,469 items.
  • हुम्लामा कांग्रेसका रोकाया विजयी

    सिमकोट। प्रतिनिधिसभातर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको हुम्लामा नेपाली कांग्रेसका उम्मेदवार जयपति रोकाया निर्वाचित हुनुभएको छ ।मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसका रोकाया आठ हजार ७९६ मत प्राप्त गरेर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टीका डा दिपेन्द्र रोकायाले सात हजार २४३ मत प्राप्त गर्नुभयो ।यस्तै नेकपा (एमाले)का दल फडेराले चार हजार ३३१, रास्वपाका टासी ल्हाजोमले एक हजार, प्रलोपाका जटिल कार्कीले २४८, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का कुम्भ बुढाले १२८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका छक्क बुढाले १२४ मत प्राप्त गर्नुभयो । हुम्लाका ६४ मतदान

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • 256 पटक पढिएको
  • यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौं— नेपाल राष्ट्र बैङ्कले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७० रुपैयाँ ३० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ४२ पैसा र बिक्रीदर १९६ रुपैयाँ २३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ४७ पैसा र बिक्रीदर १८८ रुपैयाँ २४ पैसा कायम गरिएको छ ।राष्ट्र बैङ्कले अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ७३ पैसा र बिक्रीदर १०३ रुपैयाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ २४

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • 430 पटक पढिएको
  • आजको मौसमः पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

    काठमाडौं— हाल नेपालमा उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ र बाँकी भूभागमा आंशिक बादल लागेको छ ।आज दिउँसो देशको पहाडी र हिमाली भूभागमा भूभागमा साधारणतया बादल लाग्नेछ । देशको बाँकी भूभागमा आंशिक बादल लाग्ने छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • 468 पटक पढिएको
  • खोटाङमा श्रम संस्कृति पार्टीका राई निर्वाचित

    खोटाङ। खोटाङबाट श्रम संस्कृति पार्टीका आरेन राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार देवविक्रम राईलाई तीन हजार ८९८ मतान्तरले पछाडि पार्दै श्रम संस्कृति पार्टी महासचिव समेत रहनुभएका आरेन निर्वाचित हुनुभएको हो ।  केपिलासगढी गाउँपालिका–१ फेदीस्थित सुङ्देका आरेनले १६ हजार ६१२ मत पाउँदा देवविक्रमले १२ हजार ७१४ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेपाली कांग्रेसका वीरकाजी राईले ११ हजार ९५७, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का डा हरि रोकाले नौ हजार ४४३, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुद्र गिरीले पाँच हजार ७०४

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • 303 पटक पढिएको
  • महिला सशक्त भएमा राष्ट्र नै समृद्धिका मार्गमा अगाडि बढ्छ : राष्ट्रपति

    काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद र उत्पीडनको अन्त्य गर्ने काममा आ–आफ्नो क्षेत्रबाट योगदान गर्न सबैलाई आह्वान गर्नुभएको छ ।एक सय १६औँ अन्तरराष्ट्रिय महिला दिवस (आठ मार्च) का अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले परम्पराका नाममा समाजमा रहेका खराब अभ्यास एवं प्रथाको कारण किशोरी तथा बालिकामाथि हुने शारीरिक तथा मानसिक हिंसाका घटना बढ्नेजस्ता प्रथालाई निर्मूल गर्न थप प्रभावकारी एवं सिर्जनात्मक कार्यक्रम आयोजना गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।सन्देशमा भनिएकोे छ, “जनसङ्ख्याको आधा हिस्सा ओगटेका महिला सशक्त भएमा सिङ्गो परिवार, समाज र समग्र राष्ट्र

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • 248 पटक पढिएको
  • सन्दर्भ अन्तरराष्ट्रिय महिला दिवसः अन्धकारमा ज्योति बाल्न सङ्घर्षरत महिला

    काठमाडौँ। नेपालमा महिलाहरूमा दृष्टिविहीनताको भार पुरुषभन्दा बढी छ । अध्ययनका अनुसार पुरुषभन्दा महिलामा १.३ प्रतिशत गुणाले अन्धोपना हुनसक्ने जोखिम छ । पुरुषभन्दा महिलामा मोतियाबिन्दु, उमेर–सम्बन्धित म्याकुलर डिजेनेरेसन (एएमडी) र आँखा सुक्खा आँखा हुने समस्या बढी देखिन्छन् । महिलामा आँखाको समस्या बढी हुने भए पनि उपचारमा महिलाको पहुँच निकै कम छ ।अनुसन्धानका नतिजाले भन्छ, “विभिन्न आर्थिक तथा सामाजिक कारणले पुरुषका तुलनामा महिलामा अन्धोपनको समस्या बढी छ । नेपालमा ४० हजार बढी दृष्टिविहीन रहेकामा झन्डै ६० प्रतिशत महिला रहेका छन् ।”दृष्टि क्षमता कम भएका मानिसमध्ये आधाभन्दा बढी महिला नै छन् । आँखा स्वास

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • 218 पटक पढिएको
  • महिलाको सबलीकरणले मात्र राजनीतिक स्थिरता सम्भव हुन्छ : उपराष्ट्रपति यादव

    काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले समावेशी समाज निर्माणका लागि महिलामा लगानी गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । अन्तरराष्ट्रिय महिला दिवस (८ मार्च) का अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली महिलाहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै उहाँले सो आवश्यकता औँल्याउनुभएको हो । उपराष्ट्रपति यादवले पछिल्लो समय नेपाली महिलाहरूले शिक्षा, राजनीति, समाजसेवा, अर्थतन्त्र, संस्कृतिलगायत क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको उल्लेख गर्दै त्यसमा निरन्तरताले मुलुकलाई समृद्धि र प्रगतितर्फ अघि बढाउने विश्वास व्यक्त गर्नुभएको छ ।

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • 237 पटक पढिएको
  • बैतडीमा रास्वपाका भण्डारी निर्वाचित

    बैतडी। प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरिमोहन भण्डारी विजयी हुनुभएको छ । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उहाँले २२ हजार १३४ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चतुरबहादुर चन्दले १८ हजार १९४ मत प्राप्त गर्नुभयो । यसअघि नेकपा (एमाले)बाट लगातार तीनपटक विजयी हुनुभएका दामोदर भण्डारी भने यसपटक तेस्रो स्थानमा झर्नुभयो । उहाँले १७ हजार ९१ मत ल्याउनुभयो । एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा ७३ हजार १४८ मतदाताले मतदान गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • 247 पटक पढिएको
  • कार्की आयोगले सरकारलाई आज(आइतबार) प्रतिवेदन बुझाउदै, ओलीलाइ थपियो सन्कट

    काठमाण्डौ  ।  गौरीबहादुर कार्की आयोगले सुशीला कार्की नेतृत्वको नागरिक सरकारलाई आज (आइतबार) बुझाउन लागेको प्रतिवेदनले तत्कालीन सत्ता सञ्चालकहरूमाथि ठूलो कानुनी संकट निम्त्याउने संकेत देखिएको छ र जेल पनि जानसक्ने विश्लेषण सुरु भएको छ । भदौको जेनजी आन्दोलनमा भएको दमन र विध्वंसको छानबिनका लागि गठित यो आयोगको प्रतिवेदन निर्वाचन अगाडि नै तयार भए पनि सुरक्षा र राजनीतिक जोखिमका कारण सरकारले रोकेर राखेको थियो। प्रतिवेदन सार्वजनिकको खबरसँगै तत्कालिन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक लगायतमाथि ठूलो तनाव थपिएको छ ।

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • 423 पटक पढिएको
  • गृहमन्त्री भन्छन जेनजी आन्दोलनले उठाएका मागहरू आगामी सरकारले पूरा गर्नेछ

    काठमाडौं— गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा श्रद्धाञ्जली अर्पण गरेका छन् ।शनिबार साँझ बानेश्वरमा जेनजी शहीदको सम्झनामा दीप प्रज्ज्वलन कार्यक्रममा बोल्दै गृहमन्त्री अर्यालले जेनजी आन्दोलनमा सहभागी भई ज्यान गुमाएका साहसी योद्धा तथा अमर प्रहरीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरे ।उनले जेनजी विद्रोहले तत्कालीन शासकहरूको सत्ता खोसेको उल्लेख गर्दै अहिले देखिएको राजनीतिक परिवर्तनको जग पनि त्यही जनआन्दोलन रहेको बताए ।‘जेनजी विद्रोहले तत्कालिन शाषकहरुको सत्ता खोसेको थियो । र विद्रोहबाट खोसिएको सत्ता आज वैधानिकरुपमा पनि खोसिन गईरहेको छ । मत परिमाणले देखाएक

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • 463 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.