काठमाडौं— मन्त्रिपरिषद् बैठकका क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा सञ्चारकर्मीहरूलाई फोटो तथा भिडियो खिच्न रोक लगाइएको छ।
आइतबार बैठक सुरु हुनुअघि नै प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनपछि सुरक्षाकर्मीहरूले पत्रकारहरूलाई क्यामेरा प्रयोग गर्न नदिएको हो ।
कार्यालय परिसर बाहिरबाट दृश्य कैद गरिरहेका सञ्चारकर्मीहरूलाई समेत प्रधानमन्त्रीको तत्काल प्रतिक्रिया पछि रोकिन बाध्य पारिएको बताइएको छ।
बालुवाटारबाट बैठकमा सहभागी हुन पुगेका प्रधानमन्त्री शाहले आफ्नो तस्बिर तथा भिडियो खिचिएको देखेपछि असन्तुष्टि जनाएका थिए।
उनको संकेत लगत्तै सुरक्षाकर्मी सक्रिय भई प्राङ्गणमा रहेका पत्रकारहरूलाई हट्न र कुनै पनि प्रकारको फोटो वा भिडियो नखिच्न निर्देशन दिएका थिए।






































