समाचार

    Showing 3,631-3,640 of 26,533 items.
  • सीमाना नमान्ने स्वर: आशा भोसलेको साझा सांगीतिक विरासत

    -देवेन्द्र के ढुङगाना   :  दक्षिण एशियाको सांगीतिक इतिहासमा केही स्वर यस्ता छन्, जसले केवल मनोरञ्जन मात्र होइन, भूगोल, राजनीति र पहिचानका सीमाहरूलाई समेत चुनौती दिएका छन्। त्यही स्वरमध्ये एक हो आशा भोसले —एक यस्तो नाम, जसले दशकौंसम्म बदलिँदो समय, प्रविधि र दर्शकको रुचिसँगै आफूलाई पुनःनिर्माण गर्दै आयो। हालै आयोजित भर्चुअल कार्यक्रम “साउथ एशियन बेट्स : रेमेम्बेरिंग आशा भोसले , रेइमेजिनिंग ए रीजन ” ले यही सत्यलाई फेरि एकपटक उजागर गर्‍यो—आशा भोसले कुनै एक देशकी मात्र गायिका होइनन्, उनी समग्र दक्षिण एशियाको साझा सांस्कृतिक सम्पदा हुन्।नेपाल, भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाका कल

    • प्रकाशित मितिः वैशाख १८, २०८३
    • 321 पटक पढिएको
  • कविता :राख हुन बाँकी

    -देवेन्द्र के ढुङगाना भद्रगोल छ, कांग्रेस—रामराम भन, साथीहरू हो— भित्रैबाट ढलेको घरको धुलो अझै उडिरहेछ।विचारको माटो चर्कियो, बीउ रोप्ने हातहरू आफ्नै --छायाँसँग डराए, सपना सुक्दै गए कागजका भाषणभित्र।गुटका झण्डा फरफराए, तर आत्मा नाङ्गिय आत्मसम्मानको चिहानमा फूल होइन, काँडाहरू रोपिए, रगतले लेखियो “हामी नै सही” को खोक्रो नारा।एक अर्काको काँधमा उभिएर आकाश छुन खोज्नेहरू भुइँकोधर्को बिर्सिए, र त्यो धर्को—जनताको विश्वास— आज चिरा परेको छ, निसास्सिएको छ, टुक्रिएको छ।बिद्रोहको आगो पहिले त धिपधिप बल्यो, अहिले सल्कियो— कागज होइन, अन्तरात्मा जल्दैछ। धुव

    • प्रकाशित मितिः वैशाख १८, २०८३
    • 405 पटक पढिएको
  • मेलमिलापकर्ताको शपथ ग्रहण : कार्यवाहक प्रमुखबाट गुणात्मक नतिजाको अपेक्षा

    काठमाडौं । काठमाडौं महानगरपालिकामा सूचीकृत १५४ जना मेलमिलापकर्तालाई कार्यवाहक प्रमुख सुनिता डंगोलले शपथ गराएकी छन् । राष्ट्रियसभा गृहमा आयोजना गरिएको ‘मेलमिलापकर्ताको शपथ तथा अभिमुखीकरण’ कार्यक्रममा उनीहरूलाई शपथ गराइएको हो ।कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख एवं न्यायिक समितिकी संयोजक डंगोलले भनिन्, ‘मेलमिलाप प्रक्रियाको गुणात्मक नतिजा अपेक्षा गरेका छौँ । कति संख्यामा मेलमिलापका सत्र सञ्चालन भए, त्यो हाम्रा लागि नतिजा होइन । सत्रबाट कति वटा विवादको मेलमिलाप भयो । त्यो नतिजा हो ।’अभिमुखीकरण कार्यक्रममा प्रस्तुतीकरण गर्दै पूर्व न्यायाधीश द्वारिकामान जोशीले विवाद अदालतमा पुग्दा विषय विमुख भइसके

    • प्रकाशित मितिः वैशाख १८, २०८३
    • 191 पटक पढिएको
  • निरीक्षण तथा नीति–निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न

    हेटौँडा । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिपक रेग्मी तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० श्यामबहादुर खत्रीद्वारा इलाका प्रहरी कार्यालय पालुङ, मकवानपुरको निरीक्षण तथा नीति–निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको छ ।उक्त अवसरमा डिआइजी रेग्मी र एसपी खत्रीले कार्यालयको ब्यारेक भवन, प्रहरी हिरासत कक्ष, विभिन्न शाखाहरू, मेश तथा समग्र कार्यालय व्यवस्थापनको स्थलगत निरीक्षण गरेका थिए । निरीक्षणका क्रममा उनीहरूले सेवा प्रवाहलाई प्रभावकारी, अनुशासित र जनमुखी बनाउन आवश्यक सुझाव तथा निर्देशन दिएका थिए ।कार्यक्रममा प्रहरी कर्मच

    • प्रकाशित मितिः वैशाख १८, २०८३
    • 163 पटक पढिएको
  • शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई प्रधानमन्त्रीको आग्रह

    काठमाडौं । प्रधानमन्त्री बालेन शाहले शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई आग्रह गरेका छन् ।आज बुद्ध जयन्तीको अवसरमा सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले शुभकामना दिँदै नेपाल भूमि बुद्धको जन्मस्थल भएकाले सधैं अहिंसा र शान्तिको पक्षमा उभिनुपर्ने बताए ।उनले लेखेका छन्, ‘शान्तिका सर्वकालीन महान् प्रवर्तक बुद्धको जन्म जयन्तीको अवसरमा विश्वशान्तिको कामना गर्दछु । बुद्धको जन्मले धन्य हाम्रो नेपाल भूमि सदैव अहिंसा र शान्तिको पक्षमा छ ।’ बुद्धले देखाएको बाटो नै दुःख निवारणको मार्ग भएको उल्लेख गर्दै ज्ञानको उज्यालोले अँध्यारो स्वतः हट्ने धारणा व्यक्त गरे ।उनले लेखेका छन्, ‘बुद्धले द

    • प्रकाशित मितिः वैशाख १८, २०८३
    • 197 पटक पढिएको
  • बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

    काठमाडौँ। पच्चीस सय सत्तरीऔँ बुद्ध जयन्तीका अवसरमा आज यहाँस्थित स्वयम्भू र बौद्धसहित  काठमाडौँ उपत्यकाका बौद्ध गुम्बामा बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको छ । यस अवसरमा बौद्ध क्षेत्रहरूमा विशेष पूजा–आराधना, प्रवचन, दीप प्रज्वलन र सांस्कृतिक कार्यक्रम आयोजना गरिएका छन् । स्वयम्भूस्थित आनन्द कुटी विहारमा भगवान् बुद्धसँग सम्बन्धित अस्तु धातु दर्शनका लागि सार्वजनिक रूपमा राखिएकाले त्यहाँ दर्शनार्थीको लामो लाम लागेको छ ।साथै बौद्ध गुम्बाहरूमा  भिक्षु तथा भिक्षुणीद्वारा शान्तिपाठ, ध्यान साधना तथा परिक्रमा कार्यक्रम सञ्चालन गरिएको छ । यसैगरी, बौद्धनाथ क्षेत्रमा भक्तजनले दीप प्रज्वलन

    • प्रकाशित मितिः वैशाख १८, २०८३
    • 297 पटक पढिएको
  • चीन–नेपाल सुरक्षा सहकार्यमा जोड

    काठमाडौँ। नेपालका लागि चीनका राजदूत चाङ माओमिङले चीन–नेपाल सुरक्षा सहकार्यमा जोड दिँदै त्यसलाई अझ सुदृढ बनाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा बिहीबार आयोजित प्रहरी नेतृत्व तथा कर्मचारी पाठ्यक्रम (पिएलएससी) प्रथम समूहका सहभागीहरूसँगको छलफलमा चिनियाँ राजदूतले द्विपक्षीय सुरक्षा सहकार्यलाई सुदृढ बनाउन सक्दो प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।यहाँस्थित चिनियाँ राजदूतावासका अनुसार त्यस अवसरमा उहाँले नेपाल प्रहरीका भावी नेतृत्वसँग विविध समसामयिक विषयमा विचार आदानप्रदान भएको थियो ।त्यसैगरी, नेपाल–चीन सम्बन्ध, सम

    • प्रकाशित मितिः वैशाख १८, २०८३
    • 234 पटक पढिएको
  • सीमा सुरक्षादेखि ‘डिजिटल’रूपान्तरणमा सशस्त्र प्रहरी

    काठमाडौँ। मुलुकको शान्ति सुरक्षा, सीमा सुरक्षा, विपद् व्यवस्थापन, राजस्व चुहावट नियन्त्रणको मुख्य जिम्मेवारीमा रहेको सशस्त्र प्रहरी बल नेपालले पछिल्ला वर्षहरूमा नीतिगत, संस्थागत र संरचनागत क्षेत्रमा परिणाम देखिनेगरी फड्को मारेको छ । सशस्त्र प्रहरी बलका १२औँ सङ्गठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको चारवर्षे कार्यकालमा नीतिगत सुधार, सीमा सुरक्षा व्यवस्थापन, आन्तरिक सुरक्षा, मानव स्रोत विकास र विपद् प्रतिकार्यका क्षेत्रमा असरदार नतिजा हासिल गरेको छ ।सीमा सुक्षाको प्रमुख जिम्मेवारी वहन गर्दै आएको सशस्त्र प्रहरीले सीमा सुरक्षा विभागको पुनस्र्थापना गरी सीमा क्षेत्रमा हुने आपराधिक गतिवि

    • प्रकाशित मितिः वैशाख १८, २०८३
    • 255 पटक पढिएको
  • हवाई सुरक्षालाई आधुनिकीकरण गर्नेबारे पर्यटन मन्त्रालयको विज्ञहरूसँग परामर्श

    काठमाडौँ। दलिँदो परिस्थितिमा मुलुकको हवाई सुरक्षालाई आधुनिकीकरण गर्ने उपायको खोजी गर्न विज्ञहरूबीच विचारविमर्श भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पुल्चोक क्याम्पसको ‘मेकानिकल एन्ड एरोस्पेस इन्जिनियरिङ’ विभागमा बिहीबार आयोजना गरेको एकदिने कार्यशालामा सुरक्षाको दृष्टिले महत्त्वपूर्ण पाटोका रूपमा रहेको ‘फ्लाइट डाटा मोनिटरिङ एन्ड एनालाइसिस’ विषयमा सम्बन्धित वायुसेवा कम्पनी तथा अन्य सरोकारवाला निकायबीच छलफल भएको हो ।कार्यशालामा नेपालकै पहिलो ‘फ्लाइट डेटा मनिटरिङ’ (एफडीएम) सम्बन्धी ‘फ्लाइट डाटा मोनिटरिङ एन्ड एनालाइसिस इम्प्लिमेन्टेसन फर फ्लाइट सेफ्टी विषयक विज्ञहरूले प्रस्तुति द

    • प्रकाशित मितिः वैशाख १८, २०८३
    • 249 पटक पढिएको
  • राज्यले श्रमिकको सामाजिक सुरक्षाको सुनिश्चित गर्नुपर्छः अध्यक्ष दाहाल

    काठमाडौँ। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले श्रमिक वर्गका लागि राज्यले सामाजिक सुरक्षा, बीमालगायत लोककल्याणकारी सेवाको नीतिगत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा आज देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं प्रगतिका साथै सुस्वास्थ्यको शुभकामना व्यक्त गर्दै सो आवश्यकता औँल्याउनुभएको हो । गणतान्त्रिक व्यवस्थामा श्रमिक वर्गलाई रोजगारी, सुरक्षा र सम्मानजस्ता आधारभूत पक्षमा राज्यले कुनै कमी हुन नदिन राज्यले सामाजिक सुरक्षा, बीमालगायतका लोककल्याणकारी सेवाको नीतिग

    • प्रकाशित मितिः वैशाख १८, २०८३
    • 251 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.