समाचार

    Showing 3,701-3,710 of 26,533 items.
  • उपसभामुख रुवीकुमारी ठाकुर किस्ट अस्पतालमा उपचाररत, अवस्था सुधारोन्मुख

    काठमाडौं—  प्रतिनिधिसभाकी उपसभामुख रुवीकुमारी ठाकुर हाल ललितपुरस्थित किस्ट अस्पतालमा उपचाररत छिन् । अस्पताल प्रशासनका अनुसार उनलाई चिकित्सकहरूको निरन्तर निगरानीमा राखेर उपचार भइरहेको छ।अस्पतालका प्रमुख सञ्चालन अधिकृत अमिस पाठकका अनुसार बुधबार बिहान करिब १० बजे ठाकुरलाई अस्पताल ल्याइएको थियो। अस्पताल ल्याउँदा उनी अचेत अवस्थामा थिइन् र शरीरमा चिनीको मात्रा कम भएको पाइएको थियो।उनलाई तत्काल सलाइनसहित आवश्यक उपचार प्रदान गरिएपछि अवस्था सुधार हुँदै होसमा फर्किनुभएको पाठकले जानकारी दिए। हाल थप उपचारका लागि उनलाई अस्पतालको क्याबिनमा राखिएको छ र चिकित्सकहरूको निगरानी जारी रहेको जनाइएको छ।

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • 687 पटक पढिएको
  • ओमानविरुद्ध नेपालको कमजोर सुरुआत

    काठमाडौं— नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी शृंखलामा ओमानविरुद्ध कमजोर सुरुआत गरेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले पावर प्ले (सुरुआती १०) ओभर सकिँदा दुई विकेट गुमाएर ३६ बनाएको छ ।अहिले भीम सार्की १९ र कप्तान रोहितकुमार पौडेल सात रन बनाएर क्रिजमा छन् । त्यसअघि, आसिफ शेख १९ र कुशल भुर्तेलले एक रन बनाएर पभेलियन फर्किएका थिए । नेपाल ३०६ रनको लक्ष्य पछ्याइरहेको छ ।

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • 488 पटक पढिएको
  • ईभी माइक्रो र माइक्रो बस ठोक्किँदा २ जनाको मृत्यु

    बुटवल— रुपन्देहीको देवदह १० मा बुधवार बिहान करिब ९ बजे  ईभी माइक्रो  र माइक्रो बस एक आपसमा ठोक्किँदा पदम रायमाझी  र रानी कुमारी खत्रीको मृत्यु  भएको छ । दुर्घटनामा परि घाइते भएका २७ जना मध्ये ईभी माइक्रोमा सवार बर्दघाट ६ नवलपरासी की रानी कुमारी खत्री र पदम रायमाझीको उपचारको क्रममा देवदह मेडिकल कलेजमा मृत्यु  भएको देवदह मेडिकल कलेजले जनाएको छ ।करिब ९ बजे  वागमती  प्रदेश ००ख ८९२८ नम्बरको नारायणगढदेखि बुटवल तर्फ आइरहेको ईभि माइक्रो  र बुटवलदेखि बर्दघाट तर्फ गइरहेको लु१ ख ७२८५ नम्बरको बुटवल बर्दघाट चल्ने माइक्रो बस दुर्घटना भएको हो। अन्य  घाईतेरूको

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • 451 पटक पढिएको
  • नेपालमा ५ प्रतिशत मातृमृत्युको कारण असुरक्षित गर्भपतन

    काठमाडौं— आधुनिक गर्भनिरोधका साधनहरुको प्रयोग दर बढ्नको सट्टामा कमी हुँंदै गएको एक तथ्याङकले देखाएको छ । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी)ले बुधबार काठमाडौंमा आयोजना गरेको ‘परिवार योजना र रणनीतिक मार्ग’ कार्यक्रममा प्रजनन स्वास्थ्य अधिकार समूह (आरएचआरडब्लुजी) का संयोजक तथा अधिवक्ता नविनकुमार श्रेष्ठले सर्वसुलभ तथा निशुल्क साधनको उपलब्ध नहुदाँ यसको प्रयोगमा कमी आएको बताए ।उनका अनुसार ‘पिछडिएका र सिमान्तकृत जस्तै अपाङ्गता, यौनिक तथा लैङ्गिक अल्पसंख्यक वर्गमा यसको पहुँच ज्याँदै न्यून रहेको छ । त्यसैगरी, दुर्गम र बसाई गरेर शहरी क्षेत्रमा आएकाहरुमा पनि प्रयोग गर्नुपर्ने चेतनाको अभाव छ । गैरसर

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • 509 पटक पढिएको
  • गौर भन्सारद्वारा लक्ष्यअघि नै ९८ प्रतिशत राजस्व संकलन

    रौतहट— गौर भन्सार कार्यालयले चालु आर्थिक वर्षको लक्ष्य समयभन्दा निकै अगाडि नै राजस्व संकलन पूरा गर्ने भएको छ ।आर्थिक वर्ष सकिन साढे दुई महिना बाँकी रहँदै कार्यालयले तोकिएको लक्ष्यको ९८.५१ प्रतिशत राजस्व संकलन गरिसकेको छ । भन्सार कार्यालयको वार्षिक लक्ष्य ३३ करोड २९ लाख ९२ हजार रुपैयाँ रहेकोमा संकलित रकम (वैशाख १३ सम्म) ३२ करोड ८० लाख २१ हजार ५९१ रुपैयाँ छ । यो प्रगति प्रतिशतस् ९८.५१५ रहेको गौर भन्सारका प्रमुख भन्सार अधिकृत विकास कुमार रजकले बताए ।उनका अनुसार सिमानामा हुने अवैध ओसारपसार नियन्त्रण र राजस्व चुहावट रोक्न चालिएका कदमले गर्दा यो सफलता मिलेको हो। अनिवार्य भन्सारको नियमले गर्दा राज्यक

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • 525 पटक पढिएको
  • विपक्षी दलले गरे अध्यादेशको भर्त्सना, जारी नगर्न राष्ट्रपतिलाई आग्रह

     काठमाडौं— विपक्षी दलहरूले सरकारलाई अध्यादेश फिर्ता गर्न आग्रह गरेका छन् । बुधबार सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको बैठकले अध्यादेश फिर्ता गरी तत्काल संसद् अधिवेशन बोलाउन माग गर्ने निर्णय पनि गरेको छ । सरकारले सिफारिस गरेको अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय भएको नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए । “संसद् छलेर ल्याएको अध्यादेशको विरोध, भर्त्सना र निन्दा गर्ने निर्णय गरेका छौँ,” उनले भने, “सरकारलाई अध्यादेश फिर्ता लिन र राष्ट्रपतिलाई अध्यादेश स्वीकृत नगर्न आह्वान गर्ने निर्णय भएको छ ।” बैठकमा कांग

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • 469 पटक पढिएको
  • चक्रपथ विस्तारको दोस्रो चरणको सम्झौता सम्पन्न

    काठमाडौं— चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता बुधबार औपचारिक रूपमा सम्पन्न भएको छ । भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झांग माओमिंग बीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।सम्झौताअनुसार, दोस्रो चरणमा कलंकीदेखि बसुन्धारासम्म ८.२ किलोमिटर सडक तथा पुल निर्माण गरिनेछ । यस परियोजनाका लागि चीन सरकारले करिब ११ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउनेछ ।यसअघि पहिलो चरण अन्तर्गत कोटेश्वरदेखि कलंकीसम्मको सडक विस्तार सन् २०१९ देखि सुरु भई सम्पन्न भइसकेको छ ।सम्झौतापछि मन्त्री लम्सालले परियोजना कार्यान्वयनका क्रममा देखिने समस्या

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • 442 पटक पढिएको
  • मन्त्री खनाल र म्यानमारका राजदूत थान्ट सिनबिच भेटवार्ता

    काठमाडौं— परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि म्यानमारका राजदूत महामहिम थान्ट सिनबिच भेटवार्ता भएको छ ।आज परराष्ट्र मन्त्रालयमा उनीहरुबिच भेटर्वाता भएको हो ।भेटमा व्यापार, आर्थिक सहयोग, सांस्कृतिक सम्बन्ध र जनता(जनता आदान(प्रदान लगायत पारस्परिक हितका विभिन्न विषयमा छलफल भएको छ ।

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • 430 पटक पढिएको
  • चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रका अवैध संरचना हटाउन १५ दिनको अल्टिमेटम

    काठमाडौं— चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र भएका अतिक्रमण हटाउन सार्वजनिक सूचना जारी गरेको छ । कार्यालयले वन क्षेत्र, सामुदायिक वन, कुन्जभित्रका सडक, खोला तथा नदी किनारका क्षेत्रमा अनाधिकृत रूपमा बसोबास तथा संरचना निर्माण गरिएको भन्दै त्यसलाई तत्काल हटाउन निर्देशन दिएको हो ।सूचनाअनुसार, वन क्षेत्रभित्र अनधिकृत रूपमा बनाइएका घर, टहरा, गोठ, पर्खाल, खेतीपाती लगायतका संरचना १५ दिनभित्र खाली गर्नुपर्नेछ । तोकिएको समयभित्र अतिक्रमण नहटाएमा कानुनी कारबाही गरिने चेतावनी पनि दिइएको छ ।निकुञ्ज प्रशासनले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार जरिवाना त

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • 484 पटक पढिएको
  • सर्लाहीमा टाउको र शरीर छुट्टिएको अवस्थामा मानव कङ्काल फेला

    सर्लाही— सर्लाहीमा मानव कङ्काल फेला परेको छ । जिल्लाको बागमती नगरपालिका – १२ क्षेत्रमा मंगलबार दिउँसो टाउको र शरीर छुट्टिएको अवस्थामा कङ्काल फेला परेको प्रहरीले जनाएको छ ।घाँस काट्न गएका स्थानीयवासीले भरत ताल छेउमा कङ्काल देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए ।सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय हरिवन र इलाका प्रहरी कार्यालय कर्मैयाबाट संयुक्त प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले यस सम्बन्धि अनुसन्धान अघि बढाएको छ ।

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • 407 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.