समाचार

    Showing 3,821-3,830 of 15,537 items.
  • यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ६३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७७ रुपैयाँ १९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १५५ रुपैयाँ १९ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ८६ पैसा र बिक्रीदर ८६ रुपैयाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ २४ पैसा र बिक्रीदर ९५ र

    • प्रकाशित मितिः चैत १७, २०८१
    • 241 पटक पढिएको
  • मिथिला क्षेत्र पर्वमय

    महोत्तरी । मधेसको प्राचीन मिथिला क्षेत्र चैत शुक्लपक्ष सुरु भएसँगै पर्वमय बनेको छ । आज चैत शुक्ल प्रतिपदासँगै वासन्ती नवारात्र प्रारम्भ भएको छ । यसैभित्र चैतीछठ मनाइने हिन्दू मैथिल परम्परा छ । यसपालि वासन्ती नवरात्रभित्रै इस्लाम धमावलम्बीको मुख्य चाड इद पनि परेको हुँदा यहाँको परिवेश पर्वमय बनेको हो ।हिन्दू परम्पराका मैथिल अहिले वासन्ती नवरात्रको तयारीमा छन् । चैत शुक्ल प्रतिपदासँगै सुरु हुने वासन्ती नवरात्रका अवसरमा मधेसका महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रका देवी शक्तिपीठ र मन्दिरमा आज घटस्थापना गरिँदै छ । चैत शुक्ल प्रतिपदादेखि नवमीसम्म नौ दिन मनाइने वासन्ती नवरात्रमा दिनैपिच्छे नवदुर्

    • प्रकाशित मितिः चैत १७, २०८१
    • 267 पटक पढिएको
  • ढोरपाटनमा सुरु भयो सिकार याम

    ढोरपाटन (बागलुङ) । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो सिकार याम सुरु भएको छ । दोस्रो याममा १३ नाउर, १० झारल र १२ बँदेल गरी ३५ वन्यजन्तुको सिकार हुने भएको हो । वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले गत माघ १५ गते सिकार गर्नका लागि बोलपत्र आह्वान गरेको थियो ।दोस्रो याममा सिकार खेल्न हिमालयन वाइल्डलाइफ आउटफिर्टस प्रालि, ट्रयाक्स एण्ड ट्रेल्स प्रालि, हिमालयन सफारिज प्रालि, ग्लोबल सफारिज नेपाल, नेपाल ट्राभल एक्सपिडिसन र ओपन नेपाल वाइल्डलाइफ सफारिज गरी छवटा कम्पनीले अनुमति पाएका छन् । वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागबाट अनुमति पाएका सिकारी ढोरपाटन सिकार आरक्षको विभिन्न ब्लक

    • प्रकाशित मितिः चैत १७, २०८१
    • 308 पटक पढिएको
  • पाल्पामा चालु आवमा १८८ क्षयरोगी

    तानसेन (पाल्पा) । पाल्पामा चालु आर्थिक वर्षको आठ महिनामा एक सय ८८ नयाँ क्षयरोगी भेटिएका छन् । जिल्लाका दश वटै पालिकामा क्षयरोगी भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गत वर्ष तीन सय ६३ क्षयरोगी फेला परेकामा यस वर्ष आठ महिनामा एक सय ८८ जना फेला परेका र तिनीहरूको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको छ । आठ महिनाको अवधिमा सबैभन्दा बढी तानसेनमा ४०, रामपुरमा ३७, रैनादेवी छहरामा १९, माथागढी तथा निस्दीमा १८÷१८ क्षयरोगी फेला परेका छन् । यस्तै पूर्वखोलामा १५, तिनाउमा १२, बगनासकालीमा ११, रिब्दीकोटमा १० र रम्भामा आठ क्षयरोगी भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ । गत वर्ष १३ जना

    • प्रकाशित मितिः चैत १६, २०८१
    • 221 पटक पढिएको
  • पत्रकार सुरेश रजकलाई सहीद घोषणा गर्न परिवारको माग

    काठमाडौं—  समाचार संकलनका क्रममा शुक्रबार तीनकुने हिंसा परी निधन भएका पत्रकार सुरेश रजकका परिवारले गृहमन्त्री रमेश लेखकसमक्ष तीनवटा माग अघि सारेका छन् ।एभिन्युज टीभीको कार्यालय पुगेका गृहमन्त्री लेखकसमक्ष उनीहरुले पत्रकार रजकलाई सहिद घोषणा गर्नुपर्ने, उचित क्षतिपूर्ति दिनुपर्ने र छानबिन गरी दोषीलाई कारबाही गरिनुपर्ने माग गरेका छन् ।पत्रकार सुरेश रजकका भान्जा राजेश रजकले दिएको जानकारीअनुसार गृहमन्त्रीले तीन दिनभित्र सरकारले निर्णय गर्ने आश्वासन दिएका छन् ।

    • प्रकाशित मितिः चैत १६, २०८१
    • 159 पटक पढिएको
  • राष्ट्रिय व्यवसायी महासङ्घद्वारा क्षतिपूर्तिको माग

    काठमाडौं—ं नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले राजावादी आन्दोलनका नाममा व्यवसायी र व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिमा भएको नोक्सानीको क्षतिपूर्ति माग गरेको छ। शुक्रवार काठमाडौंमा भएको प्रदर्शनका क्रममा निजी र सार्वजनिक सम्पत्तिमाथि भएको आक्रमण, लुटपाट, आगजनीलगायत गतिविधिहरूबाट भएको क्षतिपूर्ति पाउनुपर्ने माग महासङ्घले गरेको हो। आन्दोलनका क्रममा भएको आक्रमण, लुटपाट, आगजनी लगायत गतिविधिहरूबाट व्यावसायिक वातावरण र व्यवसाय गर्न पाउने नैसर्गिक अधिकार हनन् हुन पुगेको महासङ्घका संस्थापक अध्यक्ष नरेश कटुवालले बताए। उनले  निजी तथा सार्वजनिक सम्पत्तिमाथि भएको आक्रमण, लुटपाट, आगजनी लगायतका गतिवि

    • प्रकाशित मितिः चैत १६, २०८१
    • 193 पटक पढिएको
  • दोषीलाई कडा कारबाहीको माग गर्दै विरोध प्रदर्शन; रजकको मृत्यु प्रकरण

    काठमाण्डौ । शुक्रबार राजा समर्थकहरूको अराजक आन्दोलनका क्रममा पत्रकार सुरेश रजकको मृत्यु प्रकरणलाई लिएर माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ । नेपाल पत्रकार महासंघको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले दोषीलाई अविलम्ब पक्राउ गरी कडा कारबाही गर्न माग गरेका हुन् । बदलिएको परिस्थितिका कारण महासंघले स्थापना दिवसका पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरी प्रदर्शनमा उत्रिएको हो । एभिन्युज टेलिभिजनका क्यामेरापर्सन रजक शुक्रबार राजावादी समूहको आन्दोलनलाई कभर गर्ने क्रममा जलेको अवस्थामा मृत फेला परेका थिए । घटनाको क्रममा आन्दोलनकारीहरूले तिनकुनेस्थित एक घरमा आगजनी गरेका थिए ।सोही घरबाट भि

    • प्रकाशित मितिः चैत १६, २०८१
    • 257 पटक पढिएको
  • पुष्कर खतिवडा इमाडोल क्षेत्रबाट पक्राउ

    काठमाण्डौ । आफूलाई धर्मगुरु दाबी गर्ने पुष्कर खतिवडा पक्राउ परेका छन् । शुक्रबार भएको राजावादीहरूको आन्दोलनलाई हिंसात्मक बनाउन भूमिका खेलेको आरोपमा उनलाई पक्राउ गरिएको हो । प्रहरी प्रधान कार्यालयको विशेष टोलीले उनलाई इमाडोल क्षेत्रबाट पक्राउ गरेको हो । खतिवडाले प्रहरीमाथि ढुङ्गा हानिरहेको र प्रदर्शनकारीलाई निषेधित क्षेत्र तोड्न उक्साइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।

    • प्रकाशित मितिः चैत १६, २०८१
    • 287 पटक पढिएको
  • आन्दोलन जारी छ: नवराज सुवेदी

    काठमाण्डौ । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले आन्दोलन जारी रहेको जनाएको छ । शनिबार समितिले विज्ञप्ति जारी गर्दै आन्दोलन जारी रहेको बताएको हो । आन्दोलनको नेतृत्वको जनता स्वयंले गरेको समितिले दाबी गरेको छ । कसैकाे इसारामा आन्दोलन नहुने समितिले बताएकाे छ । शुक्रबार तीनकुनेका भएको घटनामा पूर्वराजा ज्ञानेन्द्रको संलग्नता रहेको भन्दै बदनाम गराउने प्रयास भएको विज्ञप्तिमा उल्लेख छ । दुर्गा प्रसाईंलगायतलाई पक्राउ पूर्जी जारी गर्ने, कार्यक्रमपछि रवीन्द्र मिश्र, धवल शमशेर राणा, स्वागत नेपाललगायतलाई पक्राउ गर्ने काम भएको भन्दै आफूलाई नजरबन्दमा राखिएको संयुक्त जनआन्दोलन

    • प्रकाशित मितिः चैत १६, २०८१
    • 365 पटक पढिएको
  • यस्तो छ सागसब्जी र फलफूलको थोक मूल्य

    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५, गाजर (लोकल) प्रतिकिलो रु ५०, गाजर (तराई) प्रतिकिलो रु ४०, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (तराई) प्रतिकिलो रु १५, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय)

    • प्रकाशित मितिः चैत १६, २०८१
    • 267 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा