समाचार

    Showing 3,861-3,870 of 26,533 items.
  • सरकारले हटायो काठमाडौं महानगरपाकाको नदी किनारका छेउमा रहेको जोखिमपूर्ण बस्ती

    काठमाडौं— सरकारले काठमाडौं महानगरपालिका वडा नम्बर ९ स्थित गैरीगाउँ र वडा नम्बर ३१ स्थित शान्तिनगरका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा बनाइएका बस्तीहरू खाली गर्ने गरेको छ ।सरकारले वडा नम्बर ११ स्थित थापाथलीमा रहेको बस्ती शनिबार बिहान १२ः३० बजे खाली गरिएको थियो ।बस्ती खाली गराउने कार्यमा नेपाल प्रहरी र महानगर प्रहरी बलले स्थानीयको सामान उठाउन र ढुवानी गर्न प्रत्यक्ष सहयोग गरेका थिए । बसोबास गरिरहेका नागरिकहरूले समेत सरकारको यस कदममा ऐक्यबद्धता जनाउँदै सहयोग गरेपछि थापाथलीको बस्ती स्थानान्तरण कार्य शान्तिपूर्ण र सौहार्दपूर्ण रूपमा सम्पन्न भएको छ ।हालसम्म थापाथली, गैरीगाउँ र शान्

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • 182 पटक पढिएको
  • राष्ट्रिय अपाङ्ग महासंघ विवादको घेरामा, अध्यक्ष र प्रहरी–प्रशासनको मिलेमतोमा दमन गरिएको आरोप

    काठमाडौं— अपाङ्गता भएका व्यक्तिहरूको हकहितका लागि कार्यरत मुलुककै ठूलो छाता संस्था ‘राष्ट्रिय अपाङ्ग महासंघ नेपाल’ को हालै सम्पन्न साधारण सभा र महधिवेशन विवादको घेरामा परेको छ ।महासंघका पदाधिकारीहरु नै नेतृत्वको विपक्षमा उभिएका छन् । उनीहरुले वर्तमान नेतृत्वले विधानको धज्जी उडाउँदै जबरजस्ती अधिवेशन सम्पन्न गरेको आरोप लगाएका छन् ।देशभरीका अपाङ्ग भएका व्यक्तिहरुको संगठित रहेको संस्था राष्ट्रिय अपाङ्ग महासंघमा आर्थिक अनियमतासँगै चरम बेथिति रहेको भन्दै आवाज उठाउँदा अमानवीय व्यवहार भोग्नुपरेको पदाधिकारीहरुको भनाइ छ ।गत चैत २८ गते राष्ट्रिय अपांगता महासंघ नेपालको १०औं महाअधिवेशन तथा २३औं साधारण सभाम

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • 416 पटक पढिएको
  • शिक्षामा लगानीका लागि सरोकारवालासँग संवादः शैक्षिक सुधारमा जोड

    बाजुरा— शिक्षामा क्षेत्रमा लगानीका लागी स्थानीय सरकार र सरोकारवाला निकाय सँग संवाद कार्यक्रम गरिएको छ । शनिबार बाजुराको बडीमालिका नगरपालिकामा उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको आयोजनामा शिक्षाका लागि विश्वव्यापी कार्य सप्ताह २०२६ लाई लक्षित गर्दै उक्त कार्यक्रमको आयोजना गरिएको एनसीइ नेपाल बाजुराका अध्यक्ष मदनराज जैशीले जानकारी दिए ।उनका अनुसार,यस कार्यक्रमले शिक्षा क्षेत्रमा लगानी र शैक्षिक गुणस्तरमा जोड दिन महत्त्वपूर्ण सहयोग पु¥याउने बताए । साथै उनले दिगो विकास लक्ष्यअनुसार,गुणस्तरीय शिक्षा सुनिश्चितका साथै समावेशी र समतामूलक शिक्षाको पहुँच अभिवृद्धि गर्

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • 460 पटक पढिएको
  • वडामै पहिलोपटक सडक कालोपत्र

    दमौली। आँबुखैरेनी गाउँपालिका–६ मा पहिलोपटक सडक कालोपत्र गर्न थालिएको छ । हालसम्म उक्त वडाका कुनै पनि सडक कालोपत्र गरिएका थिएनन् ।वर्षौँदेखि कच्ची सडकको सास्ती भोग्दै आएका यहाँका बासिन्दाले अब सहज र सुरक्षित यातायात सुविधा पाउने आशा गरेका छन् । गाउँपालिकाको चालु आर्थिक वर्ष २०८२÷८३ को बजेटअन्तर्गत हिलेखर्क खण्डमा दुई किलोमिटर र समस्तीपुर–गिरन्चौर खण्डमा दुई किलोमिटर सडक कालोपत्रको काम भइरहेको गाउँपालिकाका इन्जिनियर पङ्कज मगरले जानकारी दिनुभयो ।हिलेखर्क सडक स्तरोन्नति योजनाअन्तर्गत जोगीनिभञ्ज्याङदेखि वडा नं ६ को कार्यालयसम्मको सडक सुधारकार्यलाई तीव्रता दिइएको छ । पहिलो चरणमा करिब दुई किलोमिटर सड

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • 214 पटक पढिएको
  • बौद्धिक सम्पत्ति दिवस मनाइँदै

    काठमाडौं— आज विश्वभर बौद्धिक सम्पत्ति दिवस मनाइँदै छ ।विश्व बौद्धिक सम्पत्ति सङ्घ (विपो) को पहलमा सन् २००० को अप्रिल २६ देखि विश्वभर हरेक वर्ष विश्व बौद्धिक सम्पत्ति दिवस मनाइने गरिएको छ ।विज्ञान तथा प्रविधि, कला तथा साहित्य र उद्योग तथा व्यापार क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनमा सघाउ पु¥याउने उद्देश्यले विश्व बौद्धिक सम्पत्ति दिवस मनाइने गरिएको छ ।विशेष गरी महिला तथा आदिवासी समूहलाई प्राथमिकता दिई विश्वभर विभिन्न कार्यक्रमका साथ यो दिवस मनाइने गरिन्छ ।

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • 391 पटक पढिएको
  • यस्तो छ, आइतबार विदेशी मुद्राको विनिमय दर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजानिक गरेको छ । सार्वजानिक गरिएको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ५० पैसा र बिक्रीदर १५१ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ३६ पैसा र बिक्रीदर १७७ रुपैयाँ ०७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ २३ पैसा र बिक्रीदर २०४ रुपैयाँ ०४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १९२ रुपैयाँ ४० पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ०६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ९५ पैसा र

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • 402 पटक पढिएको
  • पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र हिमपातको पूर्वानुमान

    काठमाडौँ। पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा बदली भएको छ ।हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली भएको छ भने सुदूरपश्चिम प्रदेशका तराई भेगमा मुख्यतया मौसम सफा रहेको छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बागमती प्रदेशका एकदुई स्थानमा मध्यम वर्षा तथा हिमपात भइरहेको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहने तथा बाँकी भागमा आंशिक बदली रहनेछ ।कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेश सहित लुम्बि

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • 222 पटक पढिएको
  • दुई हजार चार सय बयानब्बे जना ट्राफिक कारबाहीमा

    काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार चार सय बयानब्बे सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु पाँच लाख चार हजार राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ६८, नियम विपरीत ‘राइड सेयरिङ’ गरेका २७५, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १४५ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १८३ जनालाई कारबाही गरिएको हो ।यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ९६, निषेधित क्षेत्रमा हर्न बजाउने ७५, निर्धारित स्थानामा यात्री चढाउने र ओराल्ने नियम उल्लङ्घनकर्ता ५९ र अन्य सवारी नियम पालना नगरेका एक हजार ४१३ जनालाई कारबाही गरिएको हो ।

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • 197 पटक पढिएको
  • मनोहरा सुकुमवासी बस्तीमा घरटहरा भत्काउन सुरु

    भक्तपुर। यहाँको मनोहरा खोला किनारस्थित सुकुमवासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घरटहरा हटाउन सुरु गरिएको छ ।आज बिहानैदेखि बस्तीमा भक्तपुरबाट खटिएका एक हजार ३०० नेपाल प्रहरी र ६०० सशस्त्र प्रहरी परिचालन गरेर संरचना भत्काउन सुरु गरिएको जिल्ला प्रहरी परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिनुभयो ।उहाँका अनुसार उक्त बस्तीका बासिन्दाले आफैँ आफ्ना घरटहरा भत्काउने भनेपछि बिहान ९ः०० बजेसम्मको समय दिइएको थियो । त्यसपछि भने काठमाडौँ महानगरपालिकाको डोजरसहितको टोली आएपछि घरटहरा भत्काउन सुरु गरिएको हो ।प्रहरी उपरीक्षक खड्काले भन्नुभयो, “यहाँका अधिकांश घरटहराबाट सामान सारेर खाली बनाए

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • 212 पटक पढिएको
  • डोजरको राजनीति सुकुम्वासी माथि चल्यो —बालेन सरकारको यात्रा चुनौतीपूर्ण मोडतिर

     - देवेन्द्र के. ढुङगाना काठमाडौँका नदी किनारमा दशकौँदेखि बसोबास गर्दै आएका सुकुम्वासी बस्तीहरू हटाउने सरकारी कदमले अहिले नेपाली राजनीतिलाई पुनः एकपटक गहिरो बहसको केन्द्रमा ल्याएको छ। थापाथली, गैरीगाउँ र मनहरा क्षेत्रमा डोजर परिचालन गर्दै बस्ती खाली गराउने कार्यलाई सरकारले सार्वजनिक जग्गा फिर्ता गर्ने, जोखिमयुक्त बसोबास हटाउने र “सक्कली–नक्कली” सुकुम्वासी पहिचान गर्ने अभियानको रूपमा प्रस्तुत गरेको छ। तर यसको कार्यान्वयन शैली, समय, र संवेदनशीलताको अभावका कारण व्यापक आलोचना भइरहेको छ।नेपालमा सुकुम्वासी समस्या कुनै नयाँ होइन। पञ्चायत व्यवस्थादेखि नै भूमि व्यवस्थापन र आवास अधिकारको सवाल

    • प्रकाशित मितिः वैशाख १२, २०८३
    • 315 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.