समाचार

    Showing 3,891-3,900 of 15,548 items.
  • चैत १५ गते हुने प्रदर्शनलाई २५ सय प्रहरी खटाउने

    काठमाडौं— राजावादी र गणतन्त्रवादीहरूको प्रदर्शनलाई लक्षित गरेर साढे दुई हजारभन्दा धेरै प्रहरी खटाइने भएको छ । चैत १५ गते हुने प्रदर्शनलाई हेरेर थप सुरक्षाकर्मी खटाइने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए ।“भृकुटीमण्डप र तीनकुनेमा हुने प्रदर्शनलाई लक्षित गर्दै ट्राफिक प्रहरीबाहेक दुई हजार ५०० बढी प्रहरी खटाउने योजना तयार छ । प्रदर्शनकारीको ‘सिन’ हेरेर आवश्यकताअनुसार थप पनि हुन सक्छ । त्यसका लागि प्रहरी संयन्त्र स्ट्यान्डबाई छ,” उनले भने ।त्यस्तै, ट्राफिक प्रहरीतर्फ एक हजार ८०० जना आलोपालो तैनाथ हुँदै छन् ।गणतन्त्रवादीहरूले भृकुटीमण्डप र राजाव

    • प्रकाशित मितिः चैत १४, २०८१
    • 304 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।आज अमेरिकी डलर केही घटेर एकको खरिददर १३६ रूपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रूपैयाँ ४४ पैसा कायम भएको छ । बुधबार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ९२ पैसा र बिक्रीदर १३७ रूपैयाँ ५२ पैसा कायम भएको थियो । युरोपियन युरो एकको खरिददर १४७ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ३३ पैसा कायम भएको छ । युरो पनि हिजोको भन्दा घटेको हो । बुधबार युरो एकको खरिददर १४८ रुपैयाँ १६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८१ पैसा कायम भएको थियो ।यस्तै, युके पाउन्ड स्टर्लिङ र स्विस फ्र्याङ्कको विनिमयदर पनि घटेको छ । आज पाउन्ड स्टर्लिङ एकक

    • प्रकाशित मितिः चैत १४, २०८१
    • 158 पटक पढिएको
  • आठ महिनामा पाँच अर्ब चौँतिस करोड राजस्व सङ्कलन

    अत्तरिया (कैलाली) । कैलाली भन्सार कार्यालय धनगढीले चालु आर्थिक वर्ष २०८१÷८२ को आठ महिनामा रु पाँच अर्ब ३४ करोड १९ लाख बराबर राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको साउनदेखि फागुन मसान्तसम्म उक्त राजस्व सङ्कलन गरिएको जनाएको छ । कार्यालयका सूचना अधिकारी खिमप्रसाद अर्यालका अनुसार यस  अवधिमा भन्सार महसुलतर्फ रु दुई अर्ब ५९ लाख, मूल्य अभिवृद्धि करतर्फ रु दुई अर्ब ४१ लाख, अन्तःशुल्कतर्फ रु १३ करोड ८२ लाख र अन्यतर्फ रु एक अर्ब १९ करोड ३५ लाख राजस्व सङ्कलन गरिएको हो ।  चालु आवमा रु ११ अर्ब १६ करोड २६ लाख राजस्व सङ्कलनको वार्षिक लक्ष्य रहेकामा आठ महिनामा सो लक्ष्यको ४७ दशमलव ८६ प्रत

    • प्रकाशित मितिः चैत १४, २०८१
    • 268 पटक पढिएको
  • चालु आवको दोस्रो चौमासिकमा पाँच दशमलव एक प्रतिशत आर्थिक वृद्धिदर

    काठमाडौँ । चालु आर्थिक वर्ष २०८१÷८२ को दोस्रो त्रैमासिकमा पाँच दशमलव एक प्रतिशतको आर्थिक वृद्धि अनुमान हासिल भएको अनुमान गरिएको छ ।राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार चालु आवको दोस्रो त्रैमासिकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) सार्वजनिक गर्दै यातायातलगायत केही क्षेत्रमा राम्रो सुधार देखिए पनि जिडिपीमा सामान्य वृद्धि हासिल भएको जनाएको हो । यद्यपि, यो मौसमी प्रभाव समायोजन नगरिएको वृद्धिदर हो । दोस्रो त्रैमासिकको मौसमी प्रभाव समायोजनपछिको जिडिपी वृद्धिदर भने दुई दशमलव दुई प्रतिशत रहेको कार्यालयले जनाएको छ ।‘दोस्रो त्रैमासिकमा अर्थतन्त्रको धनात्मक वृद्धि हुनुमा यातायात, निर्माण क्षेत्र, कृषि, वि

    • प्रकाशित मितिः चैत १४, २०८१
    • 306 पटक पढिएको
  • भारतीय सहयोगमा सप्तरीमा विद्यालय भवन निर्माण सुरु

    काठमाडौँ । भारतीय सहयोगमा सप्तरीको सुरुङ्गा नगरपालिकास्थित जनता माध्यमिक विद्यालयको विद्यालय भवन निर्माण सुरु गरिएको छ ।युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, सुरुङ्गा नगरपालिकाका प्रमुख गीता चौधरी र काठमाडौँस्थित भारतीय दूतावासका द्वितीय सचिव गरिमा नौटियालले आज संयुक्त रूपमा भवन निर्माणको शिलान्यास गरे ।त्यस अवसरमा उनीहरूले नेपाली जनताका लागि भारत सरकारले गरिरहेको विकास सहयोगको प्रशंसा गर्दै निर्माण हुने पूर्वाधारले विद्यार्थीहरूलाई राम्रो शिक्षा प्रदान गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे । यसले सिकाइका लागि उपयुक्त वातावरण सिर्जना र यस क्षेत्रको शिक्षा क्षेत्रको समग्र विकासमा योगदान पु¥याउन उ

    • प्रकाशित मितिः चैत १४, २०८१
    • 294 पटक पढिएको
  • चन्दा सङ्कलन गरी पन्ज्युनयाँमा २१ फिट अग्लो राममूर्ति निर्माण

    बैतडी । यहाँको दोगडाकेदार गाउँपालिका–६,पन्ज्युनयाँस्थित श्रीराम मन्दिरमा भगवान श्रीरामको २१ फिट अग्लो मूर्ति निर्माण गरिएको छ ।देश तथा विदेशबाट गरेर रु पाँच लाख चन्दा सङ्कलन गरेर मूर्ति निर्माण गरिएको राममूर्ति निर्माण समितिका अध्यक्ष वीरसिंह कार्कीले जानकारी दिए । उनले भने, ‘देश तथा विदेशबाट चन्दा सङ्कलन गरेर २१ फिट अग्लो राममूर्ति निर्माण गरेका छौँ । मन्दिरको बाह्य रङरोगनलगायतका अन्य निर्माण कार्यहरू चलिरहेका छन् ।’यही चैत २४ गते रामनवमीको दिन पारेर भगवान् श्रीरामको मूर्तिको औपचारिक उद्घाटन (प्राणपचिस्टा) गरिने समितिले जनाएको छ । यस अवसरमा परम्परागत रूपमा ठूलो मेला लाग्ने गर्छ, जसमा बैतडी, द

    • प्रकाशित मितिः चैत १४, २०८१
    • 244 पटक पढिएको
  • मुस्ताङ अदालतमा ६७ प्रतिशत मुद्दा फछ्र्योट

    मुस्ताङ । हिमाली जिल्ला मुस्ताङ  अदालतमा चालु आव २०८१÷८२ को नौ महिना अवधिमा ६६ दशमलव ६६ प्रतिशत मुद्दा फछ्र्योट भएको छ । गत आर्थिक वर्षबाट चालु वर्षमा जिम्मेवारी सरेका र चालु वर्ष नयाँ दर्ता भएका  कूल ३३ थान मुद्दामध्ये २२ थान मुद्दा जिल्ला अदालत मुस्ताङबाट फछ्र्योट भएको हो ।मुस्ताङ जिल्ला अदालतका श्रेस्तेदार दिव्यराज घिमिरेका अनुसार गतवर्ष जिम्मेवारी सरेका र चालु वर्ष नयाँ दर्ता भएका देवानी मुद्दा १७ थानमध्ये १५ थान देवानी मुद्दा मुस्ताङ अदालतबाट फछ्र्योट भएको हो । यस्तै, गत वर्ष र चालु वर्षका कूल १६ थान फौजदारी मुद्दामध्ये सात थान मुद्दा अदालतबाट फछ्र्योट भइसकेको अदालतका श्रेस्तेदा

    • प्रकाशित मितिः चैत १३, २०८१
    • 166 पटक पढिएको
  • धनुषामा एक वडाध्यक्ष ४४ दिनदेखि धर्नामा

    जनकपुर । धनुषाको सबैला नगरपालिका–११ का वडाध्यक्ष सरोजकुमार यादव विभिन्न माग राख्दै ४४ दिनदेखि धर्नामा बसेका छन् ।शैक्षिक सुधार, सरसफाइ तथा कर्मचारी व्यवस्थापनलगाउत विभिन्न माग राख्दै माघ २८ गतेदेखि सबैला नगरपालिकाको प्रवेशद्वारमा धर्ना दिँदै आएका यादवले आफ्नो माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।उनले विद्यार्थी सङ्ख्याको अनुपातमा शिक्षक पूर्ति, वडा कार्यालयमा कर्मचारी व्यवस्थापन र सफाइ व्यवस्थापनको माग गर्दै नगर प्रमुख कारीराम यादवलाई पटक–पटक प्रस्ताव पेश गरे पनि बेवास्ता गरिएको आरोप लगाए । पाँच नगरसभा र २० भन्दा बढी कार्यपालिका बैठकमा छलफल नहुनु आफूप्रति अन्याय गर्न खोजीएको उनले ब

    • प्रकाशित मितिः चैत १३, २०८१
    • 202 पटक पढिएको
  • पशु सेवा प्राविधिक खोज्नुपर्ने समस्या हटाउँदै शिक्षालय

    टक्सार (भोजपुर) । ग्रामीण क्षेत्रमा पशु स्वास्थ्य कार्यकर्ताको अभाव देखिने गरेको छ । पशु चौपायामा सामान्य समस्या देखिँदा समयमै उपचार गर्न सकिँदैन । यही समस्या समाधानका लागि रामप्रसाद राई गाउँपालिका–५ मा सञ्चालनमा रहेको श्रीराम मिथिला बहुप्राविधिक शिक्षालयले निःशुल्क ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता तालिम सञ्चालन गरेको छ । भोजपुर उद्योग वाणिज्य सङ्घको माग प्रस्तावमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भोजपुरको समन्वयमा शिक्षालयले तीन सय ९० घण्टा (६५ दिन) अवधिको ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता तालिम सञ्चालन गरेको हो । सशस्त्र प्रहरी छ जना र दुई जना महिलासहित तालिममा २० जनाको सहभाग

    • प्रकाशित मितिः चैत १३, २०८१
    • 295 पटक पढिएको
  • एन्फाको वार्षिक बजेट डेढ अर्ब

    काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ५६ करोड ३२ लाख ९ हजार ४५० बजेट साधारणसाभामा पेस गर्ने निर्णय गरेको छ । एन्फाको दुई दिन बसेको कार्यसमितिको बैठकले आगामी वैशाख २६ गते साधारणसभा गर्ने निर्णय गर्दै उक्त सभामा वार्षिक कार्यक्रम तथा प्रतियोगिताका लागि उक्त रकम पेस गर्ने निर्णय गरेको एन्फाद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाएको छ । एन्फाले आर्थिक वर्ष २०८०÷८१ को लेखापरीक्षण प्रतिवेदन पनि कार्यसमितिबाट पारित गरेर साधारणसभामा पेस गर्ने निर्णय गरेको छ । कार्यसमितिको बैठकले पियुष न्यौपानेलाई अन्तरराष्ट्रिय सम्बन्ध प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको

    • प्रकाशित मितिः चैत १३, २०८१
    • 288 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा