काठमाडौं— नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी प्राप्त संसद् ऐन महरलाई दिएको छ ।

एमाले केन्द्रीय  सदस्य  तथा बझाङबाट प्रतिनिधिसभा सदस्यमा  जिते महरलाई एमाले संसददिय दलका नेता रामबहादुर थापा बादलले जिम्मेवारी सहितको पत्र दिएका हुन । 

फाल्गुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा अन्तिम समयमा मात्र महरको टिकट फाइनल भएको थियो । सोही क्षेत्रका एमाले नेता अखिलाल ओखाडाको टिकट परिवर्तन गरी महर लाई  टिकट पाएका थिए । 

एमाले निकट विद्यार्थी संगठन  अनेरास्वियुको अध्यक्ष  हुँदै केन्द्रीय राजनीतिमा आएका महर एमालेमा ओली निकट युवाका रूपमा चिनिन्छ ।