समाचार

    Showing 3,911-3,920 of 15,556 items.
  • मुरली मकै सिफारिस गर्दै मकैबाली अनुसन्धान कार्यक्रम

    चितवन । राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरले पहिलोपटक मुरली मकै सिफारिसको तयारी गरेको छ । भीमनगर लोकल मुरली मकै सिफारिसको तयारी गरिएको कार्यक्रमका प्राविधिक अधिकृत प्रज्ञ पोखरेलले जानकारी दिए ।उनका अनुसार विगत छ वर्षदेखि मुलुकका विभिन्न क्षेत्रमा परीक्षण गरिँदै आइएको यो मकै सिफारिसको तयारी गरिएको हो । कार्यक्रमले विभिन्न २८ जातका मुरली मकैको परीक्षण गरिरहेको भए पनि ९६ प्रतिशत फुला उठ्ने यो मकै पहिलोपटक सिफारिसको तयारी गरिएको उनले बताए । उनका अनुसार यो मकै हाल चितवनको माडी र पर्साको जीतपुरमा दुई वर्षदेखि परीक्षण गरिएको छ ।त्यसैगरी कृषि अनुसन्धान निर्देशनालय खजुरा, जुटबाली अनुसन्धान का

    • प्रकाशित मितिः चैत १३, २०८१
    • 229 पटक पढिएको
  • इटहरी सेन्टर प्लाजा आगलागी अपडेटः ११ जनाको उद्धार

    इटहरी (सुनसरी) । इटहरीको मुख्यचोकमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा आगलागीमा फसेका ११ जनाको उद्धार गरिएको छ ।उद्धार गरिएकामा तीन महिला र आठ पुरुष रहेका कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले जानकारी दिए । आगो निभाउनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका गरी झण्डै तीन सय सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए ।  यसैगरी आगो निभाउन विभिन्न स्थानीय तहका १२ दमकल प्रयोग गरिएको छ । दशतले भवनको मध्य भागमा आज बिहान आगो लागेको हो । भवनको विभन्न तलामा सर्वसाधारण फसेको जानकारी लगत्तै गृह मन्त्रालयले उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो । ह

    • प्रकाशित मितिः चैत १३, २०८१
    • 169 पटक पढिएको
  • ओलाङचुङ्गोलामा सुक्खा बन्दरगाह निर्माणको प्रयास

    फुङ्लिङ (ताप्लेजुङ) । नेपाल–चीन व्यापार प्रवर्द्धनका लागि सुक्खा बन्दरगाह निर्माण गर्न ओलाङचुङ्गोलाका स्थानीयले माग गरेका छन् । फक्ताङलुङ गाउँपालिका–७ वडाध्यक्ष छेतेन लामाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाउँदै सुक्खा बन्दरगाहको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न आग्रह गरेका हुन् ।ओलाङचुङ्गोलाका मवाटार क्षेत्रमा सुक्खा बन्दरगाह निर्माण गर्न  नेपाल इन्टरमोडल यातायात विकास समितिले मङ्गलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाउँदै  आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रममा उक्त परियोजना समावेश गर्न आग्रह गरेको छ ।समितिका कार्यकारी निर्देशक आशिष

    • प्रकाशित मितिः चैत १३, २०८१
    • 148 पटक पढिएको
  • चौँरीदेउरालीका विद्यायलय पाठ्यक्रममा ‘जलवायु परिवर्तन’

    काभ्रेपलाञ्चोक । यहाँको चौँरीदेउराली गाउँपालिकाले आउँदो शैक्षिकसत्रदेखि जलवायु परिवर्तनलाई स्थानीय विद्यालयका पाठ्यक्रममा समावेश गर्ने भएको छ । गाउँपालिकाले जलवायु परिवर्तन अनुकूलन योजना तथा विपद् व्यवस्थापनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न यस्तो निर्णय भएको गाउँपालिका अध्यक्ष रेणुका चौलागाईँले बताइन् । ‘जलवायु परिवर्तनसम्बन्धी विषयलाई अनिवार्य रूपमा लागू गर्न कार्ययोजना बनेको छ । यसलाई स्थानीय पाठ्यक्रममा समावेश गर्ने निर्णय पनि भइसकेको छ,’ उनले भनिन् ।यसैबीच, स्थानीय युवा समूहले जलवायु परिवर्तनसम्बन्धी विषयमा गाउँपालिकाको ध्यानाकर्षण गराउँदै बाढीपहिरो, सुक्खा तथा अनावृष्टिजस्ता प्रा

    • प्रकाशित मितिः चैत १३, २०८१
    • 167 पटक पढिएको
  • चितवनका सहरी क्षेत्रमा क्षयरोगी बढे

    चितवन । गत वर्षको तुलनामा यो वर्ष चितवनमा क्षयरोगीको सङ्ख्या बढेको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार चालु आर्थिक वर्षको फागुनसम्ममा जिल्लामा भेटिएका पाँच सय आठ जना क्षयरोगीमध्ये दुई सय ८९ जना भरतपुर महानगरका छन् । रत्ननगर नगरपालिकाका ६१, खैरहनी नगरपालिकाका ४१, कालिका नगरपालिकाका ३६, राप्ती नगरपालिकाका ५३, माडी नगरपालिकाका १७ र इच्छाकामना गाउँपालिकाका ११ जनामा क्षयरोगको सङ्क्रमण देखिएको हो । उनीहरूमध्ये ७१ जना पुरानामा पुनः यो रोग देखिएको छ । यो रोग जिल्लामा गत आवमा एक हजार एक सय ३९ जनामा देखिएको थियो । एक सय ६१ जना पुराना बिरामी हुन् भने अन्य नयाँ बिरामी रहेको उनले बताए

    • प्रकाशित मितिः चैत १३, २०८१
    • 230 पटक पढिएको
  • वीरगञ्ज महानगरद्वारा ३३ करोड ५६ लाख राजस्व सङ्कलन

    वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले चालु आर्थिक वर्षको आठ महिनामा रु ३३ करोड  ५६लाख ८७ हजार सात सय ७८ राजस्व सङ्कलन गरेको छ । महानगरले गत आवको सोही अवधिको तुलनामा रु ३६ लाख ४१ हजार १६१ बढी राजस्व सङ्कलन गरेको हो । वीरगञ्ज महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले चालु आवको आठ महिनामा वार्षिक लक्ष्यको ४० प्रतिशतको हाराहारीमा राजस्व सङ्कलन भएको जानकारी दिनुभयो । महानगरले सम्पत्ति करबापत रु १२ करोड ११ लाख ९७ हजार र पूर्वाधार सेवाको कर उपभोगमा लाग्ने करबापत रु एक करोड ६८ लाख सङ्कलन गरेको छ ।

    • प्रकाशित मितिः चैत १३, २०८१
    • 214 पटक पढिएको
  • भारत, बङ्गलादेश र भुटानका आँखाका बिरामी उपचार गर्न नेपालमा

    काठमाडौँ । भारत, बङ्गलादेश, भुटानलगायत देशका नागरिक आँखा उपचारका लागि नेपाल आउने गरेका छन् ।नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित  २८ आँखा अस्पताल, दुई सय २४ आँखा उपचार केन्द्रमा विदेशी बिरामी उपचारार्थ आएका हुन् । सन् २०२४ मा सङ्घको सञ्जालमार्फत नौ लाख सात हजार ७१ जना विदेशी नागरिकको आँखा परीक्षण तथा एक लाख ६२ हजार आठ सय ४५ जनाको शल्यक्रिया गरिएको सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रले बताए ।सञ्जालमार्फत सन् २०२४ मा ३२ लाख ६८ हजार ३४ जना आँखाका बिरामीको आँखा परीक्षण गरी दुई  लाख ५८ हजार पाँच सय ७५ जनाको शल्यक्रिया गरिएको छ । सङ्घका अस्पताल तथा विभिन्न बाह्य कार्यक्रममा

    • प्रकाशित मितिः चैत १३, २०८१
    • 163 पटक पढिएको
  • काँकडभिट्टाबाट १२ अर्ब ६४ करोडको पेट्रोलियम पदार्थ आयात

    भद्रपुर (झापा) । चालु आर्थिक वर्षको आठ महिनामा काँकडभिट्टाबाट रु १२ अर्ब ७४ करोड १६ लाख मूल्य बराबरको पेट्रोलिय पदार्थ आयात भएको छ । गत आवको आठ महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु ६४ करोड १७ लाख ५९ हजारले पेट्रोलियम पदार्थको आयातमा कमी आएको छ । गत आवको आठ महिनामा रु १३ अर्ब ३८ करोड ३३ लाखको पेट्रोलियम पदार्थ आयात भएको थियो । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले पेट्रोलियम पदार्थको आयात घटे पनि राजस्व बढेको बताए ।चालु आवका आठ महिनामा पेट्रोलिय पदार्थको आयातबाट रु छ अर्ब १२ करोड ४२ लाख राजस्व सङ्कलन भएको छ । यो गत आवको सोही अवधिको तुलनामा पाँच दशमलव छ प्रतिशतले बढ

    • प्रकाशित मितिः चैत १३, २०८१
    • 184 पटक पढिएको
  • इटहरीस्थित सेन्टर प्लाजामा आगलागी, उद्धारका लागि हेलिकोप्टर पठाइयो

    इटहरी (सुनसरी) । इटहरी बजारको मुख्यचोकमा रहेको १० तले व्यावसायिक भवनमा आगो लागेको छ । सेन्टर प्लाजा नामले परिचित सो भवनमा एक्कासि आगो लागेपछि भवनभित्र रहेका मानिसलाई बाहिर ल्याउने र आगो निभाउने काम भइरहेको छ । भवनको बीच भागमा आगो लागेकाले माथिल्लो तलाबाट उद्धार कार्य भइरहेको तथा भवनभित्र फसेका मानिस उद्धारको पर्खाइमा रहेको प्रहरीले जनाएको छ ।  आगो लागेको सूचना पाउनासाथ नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहित स्थानीय बासिन्दा उद्धार कार्यमा जुटिरहेका छन् । बिहान करिब ९ः३० बजे भवनको पाँचौँ तलामा आगो लागेपछि अहिले ग्यासका सिलिण्डर पड्किरहेको र फसेका मानिसलाई डोरीको सहायताबाट बा

    • प्रकाशित मितिः चैत १३, २०८१
    • 126 पटक पढिएको
  • एक अर्ब ९८ करोड राजस्व सङ्कलन

    भद्रपुर (झापा) । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको आठ महिनामा रु एक अर्ब ९८ करोड ९४ लाख ६८ हजार राजस्व सङ्कलन गरेको छ । उक्त रकम गत आव २०८०र०८१ को सोही अवधिको तुलनामा आठ प्रतिशतले बढी हो । कार्यालयको तथ्याङ्कअनुसार गत आव २०८०र०८१ को सोही अवधिमा रु एक अर्ब ८४ करोड १७ लाख १५ हजार राजस्व सङ्कलन भएको प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेले जानकारी दिए । आन्तरिक राजस्व कार्यालयले चालु आवमा रु चार अर्ब ६१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ । गत आवभन्दा राजस्व सङ्कलन बढे पनि चालु आवको आठ महिनाको लक्ष्यको ८४ प्रतिशत राजस्व सङ्कलन भएको छ । कार्यालयले आठ महिनामा आयकरबाट रु

    • प्रकाशित मितिः चैत १२, २०८१
    • 218 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा