समाचार

    Showing 3,911-3,920 of 26,533 items.
  • हर्मुजमा अवरोध गरिरहेका इरानी जहाजमा गोली हान्न ट्रम्पले दिए आदेश

    एजेन्सी— इरान र अमेरिकाबीचको द्वन्द्वले नयाँ मोड लिएको छ । इरानी संसद्को राष्ट्रिय सुरक्षा र वैदेशिक नीति समितिका सदस्य महमूद नबभियानले पाकिस्तानमा अमेरिकासँग भएको वार्तालाई रणनीतिक गल्तीको संज्ञा दिएका छन् ।नबभियानका अनुसार, पाकिस्तानमा भएको वार्तामा इरानको परमाणु मुद्दालाई छलफलको विषय बनाउनु नै गलत थियो ।उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘परमाणु मुद्दालाई वार्ताको टेबुलमा राखेर हामीले ठूलो रणनीतिक गल्ती गर्यौं । त्यसका कारण शत्रु झन् साहसी भएको छ ।’अमेरिकाले इरानको ६० प्रतिशत संवर्धित युरेनियम हटाउन र त्यसलाई २० वर्षसम्म रोक्न राखेको प्रस्तावलाई तेहरानले अस्वीकार गरेको उनले जानकारी दिए

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • 454 पटक पढिएको
  • सुकुम्वासी मोर्चाका अध्यक्ष परिश्रमी पक्राउ

    काठमाडौं— संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी पक्राउ परेका छन् । सरकारले थापाथली, मनोहरा र सिनामंगल क्षेत्रका सुकुम्वासी बस्ती हटाउन लागेको छ ।तीन वर्षअघि त्यही क्षेत्रमा पेट्रोल बमलगायत प्रहार गरेको भन्ने विषयमा अनुसन्धान गर्नका लागि उनलाई होल्ड गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।यसअघि बालेन शाह काठमाडौं महानगर प्रमुख हुँदा ती क्षेत्रका बस्ती हटाउने प्रयास गरेका थिए । तर, त्यसबेला काठमाडौं महानगर प्रहरी सुकुम्बासी बस्ती क्षेत्रमा जाँदा महानगर प्रहरीमाथि ढुंगामुडा भएको थियो । उक्त घटनामा घाइते भएका महानगर प्रहरीहरूले सुकुम्

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • 456 पटक पढिएको
  • संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

    काठमाण्डौ  ।  संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमीलाई प्रहरीले शुक्रबार बिहान नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले परिश्रमीलाई प्रहरीले पक्राउ गरेको पुष्टि गरे। 

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • 143 पटक पढिएको
  • पत्रकार आचारसंहिता उल्लङ्घन र मिथ्या सामग्रीप्रति काउन्सिलको चेतावनी

    काठमाडौं— प्रेस काउन्सिल नेपालले सञ्चार माध्यममा सम्प्रेषित सामग्रीको अनुगमन गर्दै पत्रकार आचारसंहिता उल्लङ्घनका घटना बढ्दै गएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ।प्रेस काउन्सिल नेपाललले शुक्रबार सार्वजनिक गरेको सूचनामा पछिल्ला दिनहरूमा पत्रकार आचारसंहिताविपरीत उजुरी तथा जनगुनासो बढिरहेको उल्लेख गरिएको छ । काउन्सिलका अनुसार यस्ता उजुरीहरूमा तथ्यहीन, अपुष्ट तथा भ्रामक सामग्री प्रकाशन गर्ने प्रवृत्ति देखिएको छ ।काउन्सिलले केही सञ्चार माध्यम तथा सञ्चारकर्मीहरूले विज्ञापनको नाममा दबाब दिने, अस्वीकार गरेमा संस्थाको प्रतिष्ठामा असर पार्ने खालका मिथ्या सामग्री सम्प्रेषण गर्ने गरेको गुनासा पनि प्राप्त

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • 434 पटक पढिएको
  • विश्व खोप सप्ताह अभियान सुरु

    काठमाडौं— हरेक वर्ष अप्रिल महिनाको अन्तिम साता मनाइने विश्व खोप सप्ताह यस वर्ष पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरि मनाइँदैछ ।यस वर्ष विश्व खोप सप्ताह अप्रिल २४ देखि ३० सम्म विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रम साथ मनाउन लागेको हो ।यस वर्षको नारा ‘फर एभ्री जेनेरेशन भ्याक्सिन वर्क’ रहेको छ, जसले खोप हरेक पुस्ताका लागि प्रभावकारी र जीवनरक्षक भएको सन्देश प्रवाह गरेको छ । खोपको माध्यमबाट बालबालिकादेखि वृद्धसम्म सबै उमेर समूहलाई रोगबाट सुरक्षित राख्न सकिन्छ ।खोपले रोक्न सकिने रोगहरूबाट समूदायलाई सुरक्षित राख्दै सार्वजनिक स्वास्थ्य सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ । समयमै खोप लगाउँदा व्

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • 451 पटक पढिएको
  • कर्णालीका दर्जनौं पुल र सडक स्तरोन्नतीका आयोेजना अलपत्र

    सुर्खेत— कर्णालीका दर्जनौं पुल निर्माणको कार्य अलपत्र अवस्थामा परेका छन् । निर्माण कम्पनीको लापरवाही र सरोकारवाला निकायको उदासिनताका कारण ती पुलहरु अलपत्र परेका हुन् । कर्णाली राजमार्ग, नाग्म–गमगढी सडकखण्ड, भेरी करिडोर र कर्णाली करिडोरका विभिन्न स्थानका पुल निर्माणको काम अलपत्र अवस्थामा छन् ।कर्णाली करिडोरअन्तर्गत कालीकोट, बाजुरा र हुम्ला खण्डका विभिन्न नदी तथा खोलामा निर्माण गर्ने नौ स्थानमा पुल निर्माणको काम रोकिएको छ ।हुम्लाको खार्पुनाथ गाउँपालिका–५ स्थित दोजाममा कर्णाली नदीमाथि निर्माण भइरहेको स्टिल ट्रस मोटरेबल पुलपनि निर्धारित समयमा सम्पन्न हुन सकेको छैन । ५५ मिटर र चौडाइ १० मिटरको उक्त

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • 540 पटक पढिएको
  • लोकतन्त्रलाई जनजीवनमा अनुभूत हुने व्यवस्था बनाउन आवश्यक

    काठमाडौं— नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतन्त्रलाई जनजीवनमा अनुभूत हुने व्यवस्था बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।शुक्रबार लोकतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश मार्फत उनले लोकतान्त्रिक आन्दोलनमा सहिद भएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै लोकतन्त्रलाई जनजीवनमा अनुभूत हुने व्यवस्था बनाउन सक्नु नै सबैको साझा दायित्व रहेको बताएका हुन् ।उनले लोकतान्त्रिक संघर्षबाट प्राप्त उपलब्धिहरू केवल इतिहासका पानामा सीमित हुन नहुने भन्दै ती उपलब्धिलाई जनताको दैनिक जीवनमा प्रत्यक्ष अनुभूत हुने बनाउनु सबैको साझा दायित्व भएको बताएका छन् ।थापाले वर्तमान समयमा अपेक्षा र उपलब्धिबीचको दूरी अ

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • 454 पटक पढिएको
  • डोजर चल्ने हल्लापछि सुकुम्बासीले बस्ती खाली गर्न थाले

    काठमाडौं— प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले अतिक्रमित सुकुम्बासी बस्ती खाली गर्न निर्देशन दिएपछि थापाथलीस्थित सुकुम्बासीहरूले बस्ती खाली गर्न थालेका छन्।प्रधानमन्त्री शाहले अतिक्रमित बस्तीहरू खाली गराउन सबै सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका थिए। गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका उनले सुरक्षा निकायका प्रमुखसँगको भेटमा उक्त निर्देशन दिएका हुन्।शनिबार बिहानदेखिनै बस्ती खाली गराउन डोजर चल्ने हल्लापछि सुकुम्बासीहरूले बिहीबार साँझदेखि नै आफ्ना सामान सार्न सुरु गरेका हुन्। शुक्रबार बिहान पनि थापाथली क्षेत्रमा बस्ती खाली गर्ने क्रम जारी रहेको देखिएको छ ।

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • 448 पटक पढिएको
  • राहदानी बोकेर हुलाकी आएपछि स्थानीय दङग

    सुर्खेत— हुलाकीले घर खोज्दै आँगनमा आएपछि कालिकोटको नरहरीनाथ–१ कोटवाडामा गणेश बिष्ट एक पटक अन्योलमा परे । अहिलेको जमानामा हुलाकी किन र के लिएर घरमा आयो । सुर्खेत बस्ने छोरीसंग दिनहुँ फोन, म्यासेन्जरमा कुरा भईरहन्छ । अरु कुनै ठाउँबाट चिठी पत्र आउने सम्भावना छैन हुलाकीले किन खोजेको होला भन्ने लागेको थियो । हुलाकीले छोरीको राहदानी ल्याएर आएको थाहा पाए पछि खुशी लाग्यो । गणेशले हुलाकी आउँदाको आफ्नो अनुभुती सुनाए ।‘राहदानी बनाएको धेरै समय भईसकेको थियो । जिल्ला प्रशासन कार्यालयमा आइ पुगेको सूचना पनि एक महनिा अगाडि नै हेरको थिए । राहदानी लिन व्यक्ति स्वयम उपस्थित हुनु पर्ने सुनेर छोरीलाई बोलाउन सकिएको

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • 450 पटक पढिएको
  • सुर्खेतमा बहुबिषयक अन्तरराष्ट्रिय सम्मेलन आजदेखि

    सुर्खेत— मध्यपश्चिम विश्वविद्यालयले आजदेखि सुर्खेतमा बहुविषयक अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको छ । सम्मेलनमा विश्वका २१ देशबाट पाँच सय भन्दा बढीको सहभागिता हुने र ३ सय ५० भन्दा बढी अनुसन्धानपत्र प्रस्तुत गरिने आयोजकले जनाएको छ । सम्मेलनमा अन्तरविषयगत संवाद, राउण्डटेबल छलफल सञ्चालन हुनेछन् ।सम्मेलनमा विभिन्न नौ विश्वविद्यालयका उपकुलपतिहरुको राउण्ड टेवल छलफल आयोजना हुने छ। सम्मेलनले कृत्रिम बुद्धिमत्ता र डिजिटल रूपान्तरणसँग सम्बन्धित समसामयिक विषयमा गहिरो छलफल गरिने मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा।डा। धुव्रकुमार गौतमले जानकारी दिए । सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको र सहभागिहरु आउन

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • 462 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.