समाचार

    Showing 4,031-4,040 of 15,567 items.
  • नाङ्गिएको सरकारको लाज छोप्न अदालत धाइरहेको छुः रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार नाङ्गिएको भन्दै सरकारको लाज छोप्न आफू अदालत धाइरहेको बताएका छन् । शुक्रबार जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध पुनरावेदनका लागि उच्च अदालत पाटन पुगेका उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै ठूला दुई राजनीति दल मिल्दा देश भयावह अवस्थामा पुगेको भन्दै क्रान्तिको लागि सबैलाई तयार रहन आग्रह गरे । उनले भने,‘देशको भविष्य मेरो पुस्ताको, हाम्रो पुस्ताको हातमा छ । त्यसैले यो एकदमै गम्भीर हुने समय हो । दुई तिहाइको सरकार छ । यसले देशका तमाम समस्या समाधान गर्नुपर्ने हो । वाचा त्यही अनुसार गरिएको छ । जब दुईवटा ठूला राजनीतिक दलहरु मिल्

    • प्रकाशित मितिः चैत ८, २०८१
    • 184 पटक पढिएको
  • स्वदेशीमै उत्पादित वस्तुमाको प्रयोग बढाउन प्रधानमन्त्रीको आग्रह

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै उत्पादित वस्तुको प्रयोग बढाउन आग्रह गरेका छन् । एमालेको जनसंगठन नेपाल उद्योग तथा व्यवसायी महासंघको तेस्रो महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय उत्पादन र प्रयोगमा जोड दिँदै देशलाई आत्मनिर्भर बनाउन आग्रह गरेका हुन् ।उनले कर्मवीरले असन्तुष्टि व्यक्त नगरी आफ्नो काममा ध्यान दिने उल्लेख गर्दै यस क्षेत्रमा स्वदेशी वस्तुको उत्पादनमा प्रोत्साहनका लागि सरकार तत्पर रहेको बताए ।

    • प्रकाशित मितिः चैत ८, २०८१
    • 188 पटक पढिएको
  • चैत १६ गते नेपालकै पहिलो नवग्रह मन्दिरमा शनिग्रह र साडेसाती पूजा गरिने

    काठमाडौं । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नं १ मा रहेको नेपालकै पहिलो नवग्रह मन्दिरमा चैत १६ गते शनिग्रह विशेष र साडेसाती पूजा हुने भएको छ ।नेपालमै पहिलोपटक निर्माण भएको अर्जुनचौपारी गाउँपालिकामा रहेको नवग्रह मन्दिरमा शनि ग्रहलाई शान्त पारी यसको असर कम गर्नका लागि चैत १६ गते शनिग्रह विशेष पुजा हुने भएको हो ।  यो पूजा नेपालमा पहिलो पटक यसरी आयोजना गरिएको हो । पूजालाई धार्मिक, सामाजिक र सांस्कृतिक दृष्टिकोणबाट विशेष हुने बताइएको छ । चैत्र कृष्ण औंसीका दिनमा (१६ गते) शनिग्रह आफ्नो कुम्भ राशिबाट वृहस्पति ग्रहक स्वामित्वमा रहने मीन राशिमा अर्थात् १२ औं घरमा प्रवेश गर्ने भएकोले त्य

    • प्रकाशित मितिः चैत ८, २०८१
    • 259 पटक पढिएको
  • फोहोर तत्काल व्यवस्थापन गर्न रास्वपाको माग

    काठमाडौं— नवलपुरको कावासोतीमा लामो समयदेखि फोहोर नउठे पछि तत्काल फोहोरको उचित व्यवस्थापन गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी कावासोती नगर समितिले नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । रास्वपा नगर सभापति मोहन बस्नेतको नेतृत्वमा गएको टोलीले कावासोती नगर प्रमुख विष्णुप्रसाद भुसाललाई ज्ञापन पत्र बुझाउँदै फोहोर व्यवस्थापनमा गम्भीर हुने आग्रह गरेका हुन् । फोहोर संकलनको नाममा शुल्क उठाउने काम भईरहेको तर फोहोर उठाउने काम भने नभएको भन्दै रास्वपाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । त्यसैगरी तत्काल फोहोर संकलन कार्यलाई उचित ढंगले व्यवस्थापन नगरे कावासोतीमा सरुवा जस्ता रोगको संक्रमण बढ

    • प्रकाशित मितिः चैत ८, २०८१
    • 268 पटक पढिएको
  • ‘खानेपानीको दिगो समाधान गर्न ठूला जलाशययुक्त आयोजनाको सम्भाव्यता अध्ययन भइरहेको छ’

    काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले खानेपानीको दिगो समाधान गर्न ठूला खानेपानी जलाशययुक्त आयोजनाको सम्भाव्यता अध्ययन भइरहेको बताएका छन् ।राष्ट्रियसभाको आजको बैठकमा सांसद भुवनबहादुर सुनारको मौखिक प्रश्नको जवाफ दिँदै मन्त्री यादवले खानेपानीको समस्या समाधान गर्न सुनकोशी तथा राप्ती खोला डाइभर्सन गरी थोक वितरण प्रणालीमार्फत खानेपानी व्यवस्थापन गर्नेलगायत ठूला जलाशययुक्त खानेपानी आयोजनाको सम्भाव्यता अध्ययन कार्य अघि बढाइएको जनाए ।मन्त्री यादवले सुक्खा मौसमसँगै वर्षा नहुञ्जेलसम्म तराई मधेसमा चापाकल, नदीनाला सुकी पानीको हाहाकार हुनसक्ने समस्या सम्बोधनका लागि डिप ट्युवेलबाट आयोजना सञ्चालन गरी खानेप

    • प्रकाशित मितिः चैत ८, २०८१
    • 195 पटक पढिएको
  • चौतर्फी आलोचना भएपछि मन्त्रालय तानिए सिराहाका सीडीओ

    काठमाडौं— सिराहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल गृह मन्त्रालय तानिएका छन् । दाहाललाई फिर्ता बोलाएर कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई सिरहा पठाइएको गृह मन्त्रालयले जनाएको छ ।औरही गाउँपालिका–५ मा विष्णु महायज्ञ गर्न भनी दलित परिवारको घर भत्काएर उठीबास लगाएको घटनाको चौतर्फी आलोचना हुँदै आएको थियो। महायज्ञ गर्न आएका बाबाको निर्देशनमा गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमत पार्टीका गाउँपालिका समिति अध्यक्ष दिलिप यादवले जेसीबी लगाएर दिपक मरिक (डोम) को घर भत्काएर उठीबास गराएको समाचार प्रकाशित भएसँगै दोषीमाथि चौतर्फी कारबाहीको माग भएको छ । बुधबार पीडित दिपककी श्रीम

    • प्रकाशित मितिः चैत ८, २०८१
    • 204 पटक पढिएको
  • सुनचाँदीको मूल्य घट्यो

    काठमाडौँ । आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रू एक हजार र चाँदी तोलामा रू ३५ घटेको हो ।बिहीबार प्रतितोला रू एक लाख ७६ हजारमा कारोबार भएको सुन आज प्रतितोला रू एक लाख ७५ हजारमा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।यस्तै, आज चाँदी प्रतितोला रू एक हजार नौ सय ९५ मा खरिदबिक्री हुनेछ ।आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस तीन हजार २७ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः चैत ८, २०८१
    • 167 पटक पढिएको
  • इलामको रोङमा एक सय २१ जनालाई ‘गुरु किसान’को जिम्मेवारी

    इलाम । रोङ गाउँपालिकाले ‘गुरु किसान’ घोषणा गरिएको छ । गाउँपालिकाले एक समारोहका बिच ‘गुरु किसान’ घोषणा गरिएको हो । गाउँपालिका भित्रका करिव पाँच हजार किसानहरुबाट अगुवा किसान छनौट गरिएको छ । छनौट भएका किसानलाई ‘गुरु किसान’ घोषणा गरिएको हो । बुधबार गाउँपालिका ५ मा स्थापना भएको कृषि प्रशोधन उद्योगको उद्घाटनसँगै छनौट भएका एक सय २१  गुरु किसानलाई गाउँपालिकाले मागमा आधारित सेवाटेवा प्रधान गर्ने घोषणा गरिएको छ । गाउँपालिका भित्र रहेका करिब चार हजार पाँच सय किसान मध्ये पहिलो चरणमा एक सय २१ किसान छनौट गरिएको गाउँपालिकाले जानकारी दिएको छ । कृषि तथा पशुपंछी बिकास मन्त्री रामनाथ अधि

    • प्रकाशित मितिः चैत ८, २०८१
    • 157 पटक पढिएको
  • उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था

    काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले उपत्यकाका विभिन्न १३ स्थानमा रहेका पोखरी व्यवस्थापन गर्दै नयाँ वितरण सञ्जालबाट पानी आपूर्तिको प्रबन्ध गरेको छ ।मेलम्चीको पानी समानुपातिक रुपमा वितरण गर्न नयाँ व्यवस्था भएको मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख टीकाबहादुर चौधरीले जानकारी दिए । सबै पोखरीको धमिलोपना र क्लोरिन परीक्षण तथा गुणस्तर मापनको व्यवस्था मिलाइएको छ । यसैबीच, केयुकेएलले परीक्षणका रुपमा चःमती र अनामनगर क्षेत्रमा जडान गरिएका धारामा स्वचालित विद्युतीय मिटर जडान गरिएको जनाएको छ ।

    • प्रकाशित मितिः चैत ८, २०८१
    • 81 पटक पढिएको
  • ओरालो लागेको अन्तर्राष्ट्रिय व्यापारमा क्रमशः सुधार हुँदै

    काठमाडौं— अन्तर्राष्ट्रिय व्यापार दुई वर्षदेखि खस्कँदो रहेकोले क्रमशः सुधार हुन थालेको छ । चालु आर्थिक वर्ष २०८१ ८२ को फागुन महिनासम्मको भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ । विगतको वर्षका तुलनामा व्यापारसम्बन्धी अधिकांश सूचक लयमा आउन थालेको देखाएको हो । व्यापारको अवस्थामा दुई वर्षअघिको जस्तो उच्च लयमा भने नरहेको विभागले जनाएको छ । नेपालले यस आवको आठ महिनामा ११ खर्ब ४५ अर्ब रुपियाँको वस्तु आयात गरेको विभागले जनाएको छ । जुन २०८० फागुनको तुलनामा आयात ११.२० प्रतिशतले बढी हो । उक्त अवधिसम्म १० खर्ब ३० अर्ब रुपियाँको वस्तु आयात भएको थियो । मूल्यका हिसाबले एक वर्षकै अन्तरमा आयात

    • प्रकाशित मितिः चैत ८, २०८१
    • 203 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा