काठमाडौं— ललितपुरको गतिशील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बलराम पाठक पक्राउ परेका छन् ।
पाठकलाई इमाडोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताए ।
गतिशील सहकारीको चार करोड रुपैयाँभन्दा बढी रकमको अपचलन भएको आरोप उनीमाथि छ ।
उनी राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिका पूर्वअध्यक्षसमेत हुन् ।






































