समाचार

    Showing 4,091-4,100 of 26,535 items.
  • लागूऔषध सहित ८ जना पक्राउ

    झापा—  झापा, मोरङ र सुनसरीबाट लागूऔषध सहित ८ जनालाई पक्राउ गरिएको छ । सोमबार दिउँसो २ बजे झापाको झापा गाँउपालिका वडा नं.४ सुकुम्बासी टोल स्थितबाट प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका ५ बस्ने ३७ बर्षीय अजय कुमार लिम्बु, ६२ बर्षीया खदी देवी मुखिया र ३३ बर्षीया सपना कपालीलाई ब्राउन सुगर १२ ग्राम २५ मिलिग्राम सहित पक्राउ गरेको छ । यसै गरी हिजो बेलुका पौने ५ बजे मोरङ पथरीशनिश्चरे नगरपालिका ७ घरभएका २४ बर्षीय रुपन राई र पथरीशनिश्चरे नगरपालिका ६ का २१ बर्षीय शिशिर बस्नेतलाई इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले Tramadol Hydrochloride Capsuled IP (Tramol-50)&n

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • 504 पटक पढिएको
  • झापा कांग्रेसको जरा अभियान तीव्र: बैशाख १२ देखि क्षेत्रस्तरीय प्रविधिमैत्री अभिमुखीकरण

    विर्तामोड— नेपाली कांग्रेस झापाले जरा अभियानलाई प्रभावकारी बनाउन बैशाख १२ गतेदेखि क्षेत्रस्तरीय कार्यक्रम सञ्चालन गर्ने भएको छ। सोअनुसार बैशाख १२ गते क्षेत्र नं–१ र २, १३ गते क्षेत्र नं.–३ र ४ तथा १४ गते क्षेत्र नं–५ मा प्रविधिमैत्री अभिमुखीकरण कार्यक्रम आयोजना गरिने निर्णय गरिएको हो।बैशाख ५ गते बसेको जिल्ला कार्यसमितिको बृहत बैठकले उक्त कार्यक्रम तालिका तय गरेको हो। बैठक जिल्ला सभापति देउकुमार थेवेको सभापतित्वमा तथा केन्द्रीय प्रतिनिधिद्वय बसन्त भट्टराई र रुद्रबहादुर कन्दङ्वाको उपस्थितिमा सम्पन्न भएको थियो।बैठकले प्रत्येक क्षेत्रमा जिल्ला प्रतिनिधिसमेत तोकेको छ। क्षेत्र नं–१ मा उपसभापति केशवर

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • 505 पटक पढिएको
  • मन्त्री गुरुङलाई बर्खास्त गरी पक्राउ गर्न माग

    काठमाडौं— गृहमन्त्री सुधन गुरुङमाथि उठेका गम्भीर आरोपहरूको विषयमा तत्काल कारबाहीको माग गर्दै जेनजी मुभमेन्ट नेपालले सरकारको ध्यानाकर्षण गराएको छ । संगठनले आइतबार जारी गरेको प्रेस वक्तव्यमा मन्त्री गुरुङलाई पदबाट बर्खास्त गरी पक्राउ गर्न तथा निष्पक्ष अनुसन्धान अघि बढाउन माग गरिएको हो ।वक्तव्यमा पदमै बसेर छानबिन गर्नु सम्भव नहुने उल्लेख गर्दै यसले स्पष्ट रूपमा स्वार्थको द्वन्द्व सिर्जना गर्ने बताइएको छ । मन्त्री पदमा रहँदा आफ्नैविरुद्ध निष्पक्ष छानबिन हुन नसक्ने भन्दै संगठनले यसलाई आधारभूत नैतिकता र कानुनी सिद्धान्तविपरीत ठहर गरेको छ ।त्यसैगरी, वक्तव्यमा बालेन शाह नेतृत्वको सरकारप्रति लक्षि

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • 539 पटक पढिएको
  • काठमाडौं महानगरद्वारा त्रिदेवी मन्दिर क्षेत्रमा अनाधिकृत संरचना हटाइयो

    काठमाडौं — काठमाडौं महानगरपालिका ले ठमेलस्थित त्रिदेवी मन्दिर परिसरमा निर्माण गरिएको अनाधिकृत संरचना हटाएको छ।आज महानगरपालिका–२७ अन्तर्गत रहेको उक्त क्षेत्रमा नगर प्रहरीले डोजर प्रयोग गरी अवैध रूपमा बनाइएको संरचना भत्काएको हो। महानगरका अनुसार सार्वजनिक तथा धार्मिक स्थल अतिक्रमण गरी बनाइएका संरचनाहरू हटाउने अभियान अन्तर्गत यो कारबाही गरिएको हो।महानगरले पछिल्लो समय शहरभित्रका सार्वजनिक स्थल, सडक किनारा तथा सम्पदास्थलहरूमा बनेका अवैध संरचना हटाउने कार्यलाई तीव्र बनाएको जनाएको छ। साथै, यस प्रकारका अतिक्रमण नियन्त्रण गर्न आगामी दिनमा पनि अनुगमन र कारबाही जारी रहने महानगरले स्पष्ट पारेको छ।

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • 484 पटक पढिएको
  • सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ किन पुगे गृहमन्त्री गुरुङ ? कारण यस्तो

    काठमाडौं— गृहमन्त्री सुधन गुरुङ र दीपक भट्टबीच व्यापारिक साझेदारीको तथ्य सार्वजनिक भएको छ । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडमा गुरुङको २५ लाख रुपैयाँबराबरको सेयर रहेको समाचार सार्वजनिक भएपछि भट्टसँग उनको ‘कनेक्सन’ खुलेको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा रहेका व्यापारी भट्टसँग गृहमन्त्रीकै कनेक्सन देखिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तरंगित बनेको छ । यो तथ्यसँगै गुरुङ विवादमा परेका छन् ।उक्त समाचार सार्वजनिक भएपछि गुरुङ पार्टी सभापति रवि लामिछानेलाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेका थिए । गुरुङ आइतबार बेलुका करिब ८ बजे लामिछानेलाई भेट्न पुगेका रास्वपा स्

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • 447 पटक पढिएको
  • आज पनि देशभरिका बालबालिकालाइ भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईँदै

    काठमाडौं— सरकारले आज पनि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ ।राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हिजो आइतबार र आज दुई दिन बालबालिकालाई भिटामिन ‘ए’सँगै जुकाको औषधि पनि खुवाएको हो।स्वास्थ्य सेवा विभागको अनुसार यो अभियानमा छ महिनादेखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ।यस्तै, एक वर्षदेखि पाँच वर्षमुनिका करिब २० लाख बालबालिकालाई जुकाको औषधि ‘अलबेन्डाजोल’ पनि खुवाइने छ।

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • 479 पटक पढिएको
  • इन्धनमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न कुलमानको माग

    काठमाडौं—  उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले इन्धनमा गरिएको मूल्यवृद्धि फिर्ता हुनुपर्ने बताएका छन् ।सुर्खेतको वीरेन्द्रनगरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा घिसिङले इन्धनमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरेका हुन् ।कर्णाली प्रदेशस्तको प्रथम अगुवा कार्यकर्ता भेलामा सहभागी हुन सुर्खेत पुगेका उनले विशेष सहुलियत घोषणा गरेर मूल्य वृद्धि फिर्ता लिनुपर्ने बताए । छिमेकी भारतले इन्धनमा मूल्यवृद्धि नगरेको तर्क गर्दै उनले नेपालमा पनि नबढाउन सकिने विकल्पबारे सोच्न सुझाए । ‘नजिकको छिमेकी भारतले पनि इन्धनमा मूल्य वृद्धि गरेको छैन’, उनले भने, ‘सरकारले नागरिकमाथि मूल्य वृ

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • 492 पटक पढिएको
  • सुनचाँदीको मूल्य घट्यो

    काठमाडौं— नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ ।आज सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेर २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भैइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।आइतबार सुनको मूल्य ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर ५ हजार १९० रुपैयाँमा कारोवार भैइरहेको छ । आइतबार चाँदी ५ हजार २२५ रुपैयाँमा कारोवार भएको थियो ।

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • 478 पटक पढिएको
  • शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह –२०२६ आजदेखि सुरु

    काठमाडौं— शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह –२०२६’ आजदेखि सुरु गरेको छ ।सोमबार पत्रकार सम्मेलन गर्दै अभियान नेपालले सार्वजनिक शिक्षाका विभिन्न सवालहरूलाई सरोकारवालाहरूमा सचेतना गर्ने र नीति निर्माण तहमा आवश्यक वकालत तथा दवाब सृजना गर्ने उद्देश्यका साथ विश्वका १५० भन्दा बढी देशहरुमा एकै साथ शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह सुरु भएको जानकारी दिएको हो ।आजदेखि १४ गतेसम्म ‘शिक्षामा पर्याप्त लगानीको लागि अभियानको ज्योति बालिराखौँ’ भन्ने मूल नाराका साथ विभिन्न सचेतना र वकालतमूलक क्रियाकलाप गरिने योजना रहेको छ ।नेपालको संविधानले आधारभूत शिक्षा अनिवार्य

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • 514 पटक पढिएको
  • पर्यटकीय गन्तव्य बन्दै थुम्केरानी इलाम

    इलाम— पर्यटकीय जिल्ला इलामको माईजोगमाई गाउँपालिकास्थित थुम्केरानी क्षेत्र पछिल्लो समय चर्चित पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । यहाँबाट इलाम जिल्लाको विस्तृत भू–भाग, आकर्षक सूर्योदय तथा छिमेकी भारत का सहरहरूको दृश्यावलोकन गर्न सकिने भएपछि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको हो ।माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारबाट करिब ५ किलोमिटर दूरीमा रहेको थुम्केरानी पछिल्ला वर्षहरूमा सूर्योदय र सूर्यास्त अवलोकनका लागि लोकप्रिय बन्दै गएको छ । इलाम सदरमुकामबाट नजिक पर्ने भएकाले पनि यो पर्यटकहरूको पहिलो रोजाइ बन्न थालेको हो । इलाम बजारबाट सोयाङ हुँदै नयाँबजारसम्म सवारी साधनमार्फत करि

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • 519 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.