समाचार

    Showing 4,271-4,280 of 15,567 items.
  • माधव नेपाल भन्छन् समुन्नत मुलुक निर्माण गर्ने दिशातर्फ क्रियाशील बनौँ

    काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सामाजिक न्याय, समानतासहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका माध्यमबाट समुन्नत समाजवादी मुलुक निर्माण गर्ने दिशातर्फ क्रियाशील हुनुपर्ने बताएका छन्।फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होली पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उनले मुलुकमा जनताको सार्वभौम अधिकारको रक्षा गरी उनीहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा जोड दिएका छन्।बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त हाम्रो देशमा  विभिन्न समुदायका रीति, परम्परा र संस्कृति हाम्रा मौलिक पहिचान र बहुमूल्य सम्पत्ति भएको बताउँदै अध्यक्ष नेपालले

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 320 पटक पढिएको
  • काठमाडौंसहित सात सहर अस्वस्थकर

    काठमाडौं— काठमाडौं उपत्यकासहित देशभरका सात सहर बिहीबार अस्वस्थकर बनेका छन् । वायु प्रदूषणको तह बढेसँगै सात सहर अस्वस्थकरको सूचीमा परेका हुन् ।वातावरण विभागका अनुसार ललितपुरस्थित खुमलटार बिहीबार बिहान सर्वाधिक प्रदूषित बनेको छ । बिहीबार बिहान ११ बजे खुमलटारको वायुको गुणस्तर मापदण्ड (एक्यूआई) १७२ रहेको वातावरण विभागको तथ्यांक छ ।सोही समयमा देशका सात सहर अस्वस्थकर छन् । काठमाडौंको शंखपार्कको  एक्यूआई १७० र रत्नपार्कको १६३ पुगेको छ । ललितपुरको भैँसेपाटी र भक्तपुर सल्लाघारीको एक्यूआई क्रमशः १६६ र १६४ छ । उपत्यकाबाहिर धनकुटाको १५२ र चितवनको भरतपुरको एक्यूआई १५१ पुगेको छ । यीबाहेक अरू सहरमा

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 315 पटक पढिएको
  • सभ्य बन्दै होलीः अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

    काठमाडौँ । यहाँ आज बिहानैदेखि एक आपसमा रङ खेली फागु पूर्णिमा अर्थात् होली पर्व मनाउनेको चहलपहल छ । यसरी  होली पर्व मनाउनेले  अनुमति विना अरूलाई रङ दलिदिने र पानी खन्याइदिने गरेको दृश्य भने बिरलै भेटिन थालेको छ ।केही वर्षअघिसम्म होलीका दिन घर बाहिर निस्कनेलाई बाल्टीका बाल्टी पानी खन्याइन्थ्यो । जबरजस्त अबिरलगायत रङ दलेर मानिस नचिनिने गरी रङ्ग्यान्थ्यो । रङ र पानी मिलाएर घोलिएको रासायनिक पदार्थलाई बटुवालाई समस्या पारिन्थ्यो । विगत केही वर्ष अघिदेखि सांस्कृतिक शहर काठमाडौँमा फागु पूर्णिमा अर्थात् होली पर्व अनुशासित भइरहेको देखिन थालेको छ । फागु पर्व नमनाएका मानिस सडकमा हिँड्दा पनि कसैले

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 346 पटक पढिएको
  • ट्राफिक नियम उल्लङ्घन गर्ने १५० सवारी साधन होल्ड

    काठमाडौं— उपत्यका लगायत पहाडी क्षेत्रका बासिन्दाले बिहीबार रङ्गको पर्व होली मनाइरहेका छन् । होलीको समयमा उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी चेकजाँचमा कडाइ गरेको छ ।सोही क्रममा नियमविपरीत सवारी चलाउने हरुलाई नियमन गर्न काठमाडौँ, भक्तपुर ललितपुरका ८३ ठाउँमा चेक प्वाइन्ट  सञ्चालन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले बताए ।उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौं, भक्तपुर र ललितपुरमा होली लक्षित सुरक्षा योजना बनाएर लागु गरेको छ । ट्राफिक प्रहरीले १५० वटा सवारी साधन होल्ड गरेको छ । नियम विपरीत चलाएका र  कागजात नभएका १२९ वटा दुईपाङ्ग्रे सवारी साधान होल्ड गर

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 372 पटक पढिएको
  • स्ववियु चुनाव आज १ बजेसम्म उम्मेदवारी फिर्ता लिने दिन

    काठमाडौं— स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावको लागि उम्मेदवारी दिएका उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा आज १ बजेसम्मको समय दिइएको छ ।चैत ५ गते हुने निर्वाचनको कार्यतालिका अनुसार २७ गते मनोनयन दर्ता गरेका गरेका थिए । २८ गते दाबी विरोध उपर छानबिन गरी उम्मेदवारको नामवली सार्वजनिक गरिएको थियो ।कतिपय क्याम्पसमा एउटै संगठनको दुई जनाको उम्मेदवारी परेपछि आधिकारिक कुन हो भन्नेमा विवाद छ । त्रिविकै विश्वविद्यालय क्याम्पसमा नेविसंघको दुई समूहले उम्मेदवारी मनोनयन दर्ता गराएका थिए ।दिपकराज जोशी र अनोज कार्की अध्यक्ष रहेको दुईवटा समूहको उम्मेदवारी परेकोमा निर्वाचन अधिकृतको कार्यालयले जोशी अ

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 279 पटक पढिएको
  • जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा एक भारतीयलाई नेपाली नागरिकता

    काठमाडौं— सिरहाको नरहा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा एक भारतीय नागरिकलाई नेपाली नागरिकता दिएको खुलासा भएको छ।भारत विहारको मधुबनी जिल्ला, जयनगर ग्राम पञ्चायतस्थित देउधाका नागरिक मोसताक मियाँलाई नरहा गाउँपालिका–३ को वडा कार्यालयको सिफारिसमा नागरिकता दिएको खुलासा भएको हो।उनले १५०१८०–४३६२ नम्बरको नेपाली नागरिकता पाएका छन्। वडाध्यक्ष रुषतम अन्सारीको सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालय सिरहाले २६ असार २०८० मा मोसताकको नाममा नागरिक्ता जारी गरेको छ।नागरिक्ता अनुसार मोसताकका बुबाआमा नरहा–३ खोरियाका अमानत मियाँ र उनकी पत्नी रजिना खातुन हुन। उनीहरुलाई नागरिक्तामा सनाखत गराईएको छ। त

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 253 पटक पढिएको
  • रेशम हराएपछि किम्बु बन्यो पशु आहारा, तीन लाख बिरुवा उत्पादन हुँदै

    चितवन । व्यावसायिक रुपमा रेशमखेती गर्ने किसान नभएपछि यहाँ उत्पादन गरिने किम्बुका बिरुवा पशु आहारा बनेको छ । रेशम कीरालाई खुवाउन लगाइने किम्बु अहिले पशु चौपायका लागि पोषिलो आहारा बनेको हो ।भण्डारास्थित व्यावसायिक कीट विकास फार्म प्राविधिक पवनकुमार यादवका अनुसार कार्यालयमा चार बाकस रेशमका फूल ल्याइएको छ । ती बाहेक अन्यत्र निजी क्षेत्रमा रेशमखेती गर्ने किसान पलायन भएका छन् । यहाँ उत्पादन हुने किम्बुका बिरुवा यस क्षेत्रका किसानले गाईभैँसी र बाख्राको आहाराका लागि लिने गर्दछन् ।कार्यालयले चालु आर्थिक वर्षमा तीन लाख बढी किम्बुका बिरुवा उत्पादन गर्ने जनाएको छ । फार्मले चार हेक्टर क्षेत्रफलमा ती बिरुवा

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 319 पटक पढिएको
  • थकाली समुदायमा ‘तोरन ल्ह’ पर्वको रौनक

    म्याग्दी । म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक थकाली समुदायले आजदेखि तोरन ल्ह (फागुपूर्णिमा) पर्व मनाउन सुरु गरेका छन् । नेपालका विभिन्न क्षेत्रमा ११ हजारको सङ्ख्यामा बसोबास गर्ने थकाली समुदायले हरेक वर्ष फागुपूर्णिमाको अवसरमा परम्परागत तोरन ल्ह पर्व मनाउने गर्दछन् । फागुपूर्णिमाको अघिल्लो दिन सुरु हुने तोरनल्ह तीन दिनसम्म मनाउने चलन रहेको थकाली सेवा समिति बेनी क्षेत्रका अध्यक्ष जगनारायण गौचनले बताए ।‘तीन दिन सबैरे उठेर शुद्ध भई पितृहरूलाई सम्झिएर पूजाआजा गर्ने र फूलप्रसाद चढाउनुपर्छ’, उनले भने, ‘आफन्तलाई बोलाएर मीठामीठा परिकार खुवाउने र आर्चरी (तारो हान्ने) खेल्ने चलन छ ।’ मुस्

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 317 पटक पढिएको
  • मे त्हलें प्रीब पर्व मनाउँदै गुरुङ समुदाय

    मुग्लिन (चितवन) । गुरुङ समुदायले आज मे त्हलें प्रीब (धनुष बाण विद्या) पर्व मनाउँदै छन् । परापूर्वकालमा आफ्नो अस्तित्व रक्षा र सिकार गर्ने हतियार धनुष वाण चलाउने विद्या प्राप्त गरेको दिनका रुपमा गुरुङ समुदायमा हरेक वर्ष फागुपूर्णिमाका दिन यो पर्व मनाउने गरिन्छ ।  यो पर्वमा धनुष वाण, बर्छा, छेलो फाल्ने, कुस्ती खेल खेलेर मनोरञ्जन पनि गरिन्छ । खुकुरीजस्ता घरेलु हतियारको पूजा गरी खेल सुरु हुन्छ । सिकारीयुगमा धनुष वाणको आवश्यकता र महत्व धेरै थियो । आदिमकालमा गुरुङहरूको महागुरुबाट शक्तिबाण (गुरुवाण) प्राप्त गरेपछि त्यसमा शक्ति छ कि छैन भनी परीक्षण गर्दा सफल भएको दिनका रूपमा यो पर्व मनाइँदै आएको

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 224 पटक पढिएको
  • नीलकण्ठ बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन स्थगित

    काठमाडौं— धादिङको नीलकण्ठ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ ।निर्वाचन समितिका संयोजक डा.मुरारी अधिकारीले राजीनामा दिएपछि अनिश्चितकालका लागि निर्वाचनका सम्पूर्ण प्रक्रिया स्थगित गरिएको क्याम्पस प्रमुख नवराज शर्माले जानकारी दिए ।प्रमुख शर्माका अनुसार अर्को निर्वाचन समिति गठन भै निर्वाचनको मिति तय नभएसम्मका लागि निर्वाचनका सबै कार्यक्रम स्थगित गरिएको बताएका हुन् ।निर्वाचन समितिका संयोजक डा.अधिकारीले निर्वाचन प्रक्रिया अगाडि बढाउने क्रममा असहज परिस्थित उत्पन्न भएको बताउँदै बुधबार राजीनामा दिएका थिए ।

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 236 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा