समाचार

    Showing 4,391-4,400 of 26,547 items.
  • चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले १० लाख कित्ता आइपीओ निष्कासन गर्ने, ४ प्रतिशत लाभांश पारित

    काठमाडौं— चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीको शनिबार सम्पन्न पहिलो वार्षिक साधारणसभाले १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो ।हाल कम्पनीको अधिकृत पूँजी ५० करोड रुपैयाँ रहेको छ । आइपीओ निष्कासनको निर्णयसँगै कम्पनीले सर्वसाधारणलाई आफ्नो लगानीको हिस्सा बनाउने प्रक्रिया अघि बढाएको छ ।साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको ४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत अनुमोदन गरेको छ । यस्तै, सभाले आगामी कार्यकालका लागि ६ सदस्यीय नयाँ सञ्चाल

    • प्रकाशित मितिः चैत २९, २०८२
    • 437 पटक पढिएको
  • अनलाइन सट्टेबाजीमा संलग्न रहेको आरोपमा रूपन्देहीबाट २० जना पक्राउ

    बुटवल— रूपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानमा अवैध अनलाइन सट्टेबाजी (जुवा)मा संलग्न भएको आरोपमा २० जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय, रूपन्देहीबाट खटिएको टोलीले तिलोत्तमाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो । तिलोत्तमा नगरपालिका–७ बाट पक्राउ पर्नेमा ९ जना भारतीय नागरिक पनि छन् । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश, बिहार र पश्चिम बंगालका विभिन्न जिल्लाका व्यक्ति रहेका प्रहरीले जनाएको छ ।उनीहरूको साथबाट ३ थान ल्यापटप, २० थान मोबाइल र ५ थान हिसाब राख्ने रजिस्टर बरामद गरिएको रूपन्देही प्रहरी प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए ।यस्तै, तिलोत्तमा–१५, कोटिहवाबाट ११ ज

    • प्रकाशित मितिः चैत २९, २०८२
    • 486 पटक पढिएको
  • तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता

    काठमाडौं— सभामुख डोलप्रसाद (डीपी) अर्यालले देश र जनताका खातिर तटस्थ रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।नेपाल पत्रकार महासङ्घले आज आयोजना गरेको पत्रकार भेटमा उनले कानून निर्माण र कार्यान्वयन गर्न निष्ठा र निष्पक्षताका साथ लाग्ने बताए ।संविधान संशोधनका साथै नयाँ कानून बनाउन सहजकर्ताका रूपमा आफूले देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने उनले बताए । 'विकास, समृद्धि र खुसी भन्ने कुरा एक दिन पनि ढिला नगरी पाउनुपर्छ भन्ने मेरो बुझाइ हो, त्यसकारण सबैले महसुस गर्ने गरी काम पूरा गर्नेछु,' उनले भने ।जनताले प्रत्यक्ष लाभ पाउने गरी ‘फास्ट ट्रयाक’बाट कानून निर्माणको प्रक्रियालाई अघि बढाउने प्

    • प्रकाशित मितिः चैत २९, २०८२
    • 420 पटक पढिएको
  • भारतीय गायिका आशा भोसलेको निधन

    मुम्बई— आफ्नो जादुमयी आवाजले झण्डै आठ दशकसम्म श्रोतालाई मन्त्रमुग्ध पारेकी प्रसिद्ध भारतीय गायिका आशा भोसलेको निधन भएको छ। ९२ वर्षीया भोसलेको मुम्बईस्थित एक अस्पतालमा उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले पारिवारिक स्रोतलाई उल्लेख गर्दै लेखेका छन्।मुटुमा समस्या (कार्डियाक अरेस्ट) देखिएपछि उनलाई शनिबार अस्पताल भर्ना गरिएको थियो। उपचारका सम्पूर्ण प्रयासका बाबजुद उनको आइतबार निधन भएको समाचारमा उल्लेख छ। उनको निधनको खबरसँगै यतिबेला विश्वभरका सङ्गीतप्रेमीहरू शोकमा डुबेका छन्।शास्त्रीय सङ्गीतका हस्ती दीनानाथ मंगेशकरकी पुत्री आशाले बाल्यकालदेखि नै सङ्गीतको शिक्षा पाएकी थिइन्। दिदी लता मंग

    • प्रकाशित मितिः चैत २९, २०८२
    • 502 पटक पढिएको
  • निवृत्तिभरण अधिकारपत्र नपाएको भन्दै कर्मचारीको गुनासो

    काठमाडौं— महालेखा नियन्त्रक कार्यालय अन्तर्गत कार्यरत एक कर्मचारीले आफूले समयमै सेवा निवृत्ति प्रक्रिया पूरा गरे पनि हालसम्म निवृत्तिभरण (पेन्सन) सम्बन्धी अधिकारपत्र नपाएको भन्दै गुनासो गरेका छन्।हर्ष बहादुर भण्डारीले कार्यालयमा निवेदन दिँदै आफूले २०४० सालमा नियुक्ति लिएर लामो समय सेवा गरेको र विभिन्न कार्यालय हुँदै काम गरेको उल्लेख गरेका छन्। निवेदनअनुसार उनले २०७६ सालमै राजीनामा पेश गरेका थिए, तर सो राजीनामा स्वीकृत भए–नभएको बारे स्पष्ट जानकारी नदिइएको आरोप लगाएका छन्।उनका अनुसार सेवा अवधिभर निरन्तर काम गर्दै आएको अवस्थामा अन्ततः बाध्यात्मक अवकाश दिइएको पत्र प्राप्त भएको भए पनि निवृत्तिभरण स

    • प्रकाशित मितिः चैत २९, २०८२
    • 962 पटक पढिएको
  • टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

    प्यूठान— प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक खण्डअन्तर्गत माण्डवी गाउँपालिका –५ रम्दीबेशी भन्ने ठाउँमा टिप्परले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको ज्यान गएको प्रहरीले जनाएको छ ।माण्डवी गाउँपालिका –५ सिख्रे निवासी ४८ वर्षीय यामबहादुर घर्तीको उपचारको क्रममा प्यूठान अस्पताल विजुवारमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ। ना ८ प २४२६ नम्वरको टिप्परले लु ५१ प २०९४ नम्वरको स्कुटरलाई ठक्कर दिएको थियो ।प्रहरीले टिप्पर र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीका अनुसार घटनाको विषयमा थप अनुसन्धान जारी रहेको छ ।

    • प्रकाशित मितिः चैत २९, २०८२
    • 410 पटक पढिएको
  • निर्माणाधीन रंगशालाको काम छिटो टुंग्याउन मुख्यमन्त्री कँडेलको निर्देशन

    काठमाडौं— कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निर्माणाधीन प्रदेश रंगशालाको काम छिटो टुंग्याएर १०औँ राष्ट्रिय खेलकुदको तयारीमा लाग्न निर्देशन दिएका छन् । आइतबार कर्णाली प्रदेश खेलकुद विकास परिषद्को बैठकमा उनले रंगशालाको काम सकाउन बजेट समेत विनियोजन भइसकेको बताए ।रंगशाला निर्माणको बाँकी काम सम्पन्न गरेर हस्तान्त्रण गर्ने वातावरण मिलाउन निर्माण व्यवसायी र सरोकारवाला पक्षलाई सक्रिय हुन उनले आग्रह गरे । “अब कुनै पनि कारण देखाएर काम रोक्ने अवस्था रहनु हुँदैन, सबै पक्ष मिलेर छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्नुपर्छ,” उनले भने ।उनले निर्माण व्यवसायीलाई कार्यतालिकाअनुसार काम अघि बढाउन र निश्चि

    • प्रकाशित मितिः चैत २९, २०८२
    • 489 पटक पढिएको
  • भारत भ्रमणमा जाँदै प्रधानमन्त्री बालेन

    काठमाडौं— प्रधानमन्त्री बालेन शाह भारत भ्रमणमा जाने भएका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीले आफ्नो देश भ्रमणको निम्तो दिएपछि प्रधानमन्त्री बालेन भारत भ्रमणमा जाने भएका हुन् ।नेपाल सरकारले यसको औपचारिक घोषणा गरिसकेको छैन । यद्यपी, परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय प्रधानमन्त्री मोदीले दिएको भ्रमणको निम्तो प्रधानमन्त्री बालेनले स्वीकार गरिसकेका बताएका छन् ।नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुन हाल मौरिससमा रहेका परराष्ट्रमन्त्री खनालले भारतीय अनलाइन विअन (डब्ल्यूआईओएन) सँगको कुराकानीमा मोदीले शुभकामना सन्देश पठाउँदा नै भारत भ्रमणको निम्ता दिएको र त्यसमा नेपाल सरकारले सहमति जनाएको बताएका हु

    • प्रकाशित मितिः चैत २९, २०८२
    • 420 पटक पढिएको
  • पौडी खेल्ने क्रममा बेपत्ता किशोरको शव फेला

    धनुषा— धनुषाको कमल खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका किशोरको शव फेला पारेको छ ।गणेशमान चारनाथ नगरपालिका–५ टोडकीटोलस्थित कमल खोलामा पौडी खेल्ने क्रममा बेपत्ता किशोरको आज बिहान करिब १० बजे सशस्त्र प्रहरीको गोताखोरले शव फेला पारेको सशस्त्र प्रहरीका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाले जानकारी दिए ।​जनकपुरधाम उपमहानगरपालिका–६ बस्ने १८ वर्षीय महमद आयन कमड चैत २८ गते पिकनिक गएकाको समयमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस रघुनाथपुर र प्रहरी चौकी चिसापानीबाट खटिएको टोलीले घटनास्थलबाट करिब ४० मिटर तल उनको शव फेला पारेको हो ।

    • प्रकाशित मितिः चैत २९, २०८२
    • 464 पटक पढिएको
  • बालेन सरकारलाई सुनिता डंगोलको साथ, महानगरमा ‘कार पुलिङ’ व्यवस्था कार्यान्वयनमा

    काठमाडौं— इन्धन कटौतीपछि काठमाडौं महानगरपालिकाले अधिकारीहरुलाई उपलब्ध गराएको सवारी साधनलाई आलोपालो चलाउने प्रणाली ‘कार पुलिङ्’ कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । इन्धन अभावबाट सिर्जना भएको अवस्था र यसले दीर्घकालमा पार्न सक्ने नकारात्मक प्रभाव घटाउन यस्तो निर्णय गरिएको उनको भनाइ छ ।‘विश्वभर इन्धनको अभाव छ । यसबेला पहिलेकै अवस्थामा सवारी साधन सञ्चालन गर्दा अत्यावश्यक काम र सेवाका लागि आवश्यक पर्ने इन्धन पनि नपाइने हुन सक्छ । यस्तो समस्या आउन नदिन इन्धनको प्रयोगलाई घटाउनुको विकल्प छैन । यसकारण इन्धनजन्य सम्भावित समस्या आउन नदिन ‘कार पुलिङ्’ कार्यक्रम कार्यान्वयनमा ल्याएका हौँ,’ कार्यवाहक प्रमुख

    • प्रकाशित मितिः चैत २९, २०८२
    • 427 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.