समाचार

    Showing ४४१-४५० of २६,७९८ items.
  • बाढी पूर्वानुमान महाशाखाले भन्यो– ‘त्रिशूली आसपासका बस्ती खाली गर्नुहोस्’

    धादिङ / रसुवाको भोटेकोशीमा आएको बाढी त्रिशूली नदी हुँदै धादिङको मलेखु बजार आसपास पुगेको छ । बाढी अबको करिब आधा घण्टामा मुग्लिन पार गर्ने क्रममा रहेकाले त्रिशूली नदी आसपासका बस्ती तथा बजार क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । बाढी पूर्वानुमान महाशाखाले पृथ्वी राजमार्ग, मुग्लिन, नारायणगढलगायत त्रिशूली नदी आसपासका बस्ती तथा बजार क्षेत्र खाली गरी सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ ।महाशाखाले बाढीको जोखिमलाई मध्यनजर गर्दै नदी किनार तथा तल्लो तटीय क्षेत्रमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउन र सम्भावित जोखिमबाट जोगिन सुरक्षित स्थानमा जान आग्रह गरेको हो ।

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • १९३ पटक पढिएको
  • भोटेकोशी बाढी अपडेट : उद्धार तीव्र-१२ जनालाई हेलिकप्टरबाट निकालियो-१२ हेलिकप्टर परिचालन

    काठमाडौं । रसुवाको बाढी प्रभावित क्षेत्रबाट १२ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। बुधबार बिहान आएको बाढीपछि नेपाली सेनाले स्याफ्रुबेँशी, मैलुङ र धुन्चेबाट उनीहरूको उद्धार गरेको हो।सेनाका अनुसार स्याफ्रुबेँशीबाट ६, मैलुङबाट २ र धुन्चेबाट ४ जना उद्धार गरिएका छन्।उद्धार अभियानमा नेपाली सेनाका ४ र निजी कम्पनीका ८ गरी १२ हेलिकप्टर परिचालन गरिएको छ।यता, नेपाली सेनाको मेडिकल टोलीले त्रिशूलीस्थित नं। १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा सञ्चालन गरिरहेको छ।

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • १४९ पटक पढिएको
  • रसुवाको बाढी अनुमानभन्दा भयावह, स्थानीयसँग सम्पर्क टुट्दा उद्धारमा चुनौती

    काठमाडौं / नेपाली कांग्रेसका सांसद मोहन आचार्यले रसुवामा बुधबार बिहान आएको भीषण बाढीले अनुमानभन्दा धेरै ठूलो क्षति पुर्याएको रसुवाका बताएका छन्।विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रभावित क्षेत्रमा स्थानीयसँग सम्पर्क टुट्दा उद्धार तथा क्षतिको विवरण संकलनमा चुनौती थपिएको बताए। आचार्यका अनुसार तिब्बती क्षेत्रमा भएको ग्लेसियर आउटबस्र्टका कारण आएको बाढीले टिमुरे, स्याफ्रुबेँसी, मैलुङबेँसी, त्रिशूली बजारलगायत रसुवा तथा नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो क्षति पु¥याएको छ।उनले मानवीय क्षतिको यकिन विवरण तत्काल आकलन गर्न सकिने अवस्था नरह

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • १७६ पटक पढिएको
  • भोटेकोशी बाढी अपडेट: बाढीको ताण्डवपछि सुरक्षा ‘एक्सन’

    काठमाडौं । रसुवाबाट फैलिएको भीषण बाढीको प्रभाव तल्लो तटीय क्षेत्रमा समेत बढेपछि सशस्त्र प्रहरीले उद्धार अभियान तीव्र बनाएको छ। प्रभावित नागरिकको खोजी, उद्धार र सुरक्षित स्थानान्तरणका लागि विभिन्न जिल्लाबाट ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको हो।सशस्त्र प्रहरीका अनुसार नुवाकोट, ककनी, धादिङ, आदमघाट र चितवनबाट उद्धार टोली प्रभावित क्षेत्रमा पुगेका छन्। बाढी तथा डुबानमा फसेकाको खोजी गर्दै जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ।उद्धारका लागि नं. १९ गुल्म नुवाकोट, युएन शान्ति स्थापना तालिम शिक्षालय ककनी, धादिङ गुल्म, विपद् व्यवस्थापन बेस आदमघाट र नं. १७ गण चितवनबाट टोली

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • ९३ पटक पढिएको
  • अपडेट: बाढीका कारण मुग्लिङ–नारायणगढ सडकखण्ड पूर्ण रूपमा बन्द

    काठमाडौं / तिब्बततर्फबाट रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण मुग्लिङ–नारायणगढ सडकखण्ड पूर्ण रूपमा बन्द गरिएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै सडकमा सवारी आवागमन रोकिएको हो। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक ९एसपी० नरेशराज सुवेदीका अनुसार यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै सडक बन्द गर्ने निर्णय गरिएको हो। उनले बाढीको अवस्था सामान्य भएपछि मात्र सडक सञ्चालनमा ल्याइने जानकारी दिए।आज बिहान करिब ९ बजे आएको बाढीले रसुवा क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीमा सशस्त्र प्रहरी बलका इन्स्पेक्टर अम्बिर खत्रीसहित ९ जना बेपत्ता भएको प्रारम्भिक जानकारी

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • १९५ पटक पढिएको
  • भोटेकोशी बाढी अपडेट : रसुवा-नुवाकोटका ७ टेलिकम टावरमा क्षति, नेटवर्क प्रभावित

    काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि सुरक्षाकर्मी नै ठूलो जोखिममा परेका छन्। जिल्लाका तीन स्थानमा कार्यरत ४१ जना नेपाल प्रहरी सम्पर्कविहीन भएका छन्।नेपाल प्रहरीका प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार स्याफ्रुबेँशी, रसुवागढी र मैलुङमा कार्यरत प्रहरीहरू सम्पर्कमा आएका छैनन्। बाढीले टिमुरे क्षेत्रमा ठूलो क्षति पु-याएको उनले बताए।यसैगरी सशस्त्र प्रहरी निरीक्षकसहित ९ जना पनि सम्पर्कविहीन रहेको जनाइएको छ।बाढीको प्रभाव तल्लो तटीय क्षेत्रमा समेत फैलिँदै गएपछि नदी आसपासका बस्ती खाली गराउन सुरक्षाकर्मी परिचालन गरिएको छ। उद्धार टोलीले प्रभावित क्षेत्रमा खोजी तथा उद्धारको प्रयास जारी राखेको छ।बाढीको

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • २३३ पटक पढिएको
  • भोटेकोशीको बाढीले त्रिशूलीमा उर्लियो पानी, धादिङका बस्ती जोखिममा

    धादिङ / त्रिशूली नदीमा आएको ठूलो बाढीका कारण धादिङका तटीय क्षेत्रमा जोखिम बढेको छ । बाढी मलेखुबाट तलतर्फ बढ्दै कुरिनटार आसपास पुग्न लागेको धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले जानकारी दिइन् । उनका अनुसार बाढीका कारण भौतिक संरचनामा ठूलो क्षति पुगेको छ । पक्की तथा झोलुंगे पुलहरू बाढीले बगाएको उनले बताइन् । यद्यपि, अहिलेसम्म मानवीय क्षति भने नभएको उनले जानकारी दिइन् । कुराकानीमा  उनले भनिन्, ‘अब मलेखुबाट तल लाइसक्यो। अब लगभग कुरिनटार पुग्ने जस्तो भइसक्यो बाढी । बाढी एकदम ठुलो छ । अब बस्तीहरू चाहिँ सार्ने काम भइराखेको छ, मानवीय क्षति अहिलेसम्म भएको छैन । भौतिक क्षति

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • १७२ पटक पढिएको
  • भोटेकोशी बाढी अपडेट :४१ प्रहरी सम्पर्कविहीन, सशस्त्रका ९ जनाको अवस्था अज्ञात

    काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि सुरक्षाकर्मी नै ठूलो जोखिममा परेका छन्। जिल्लाका तीन स्थानमा कार्यरत ४१ जना नेपाल प्रहरी सम्पर्कविहीन भएका छन्।नेपाल प्रहरीका प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार स्याफ्रुबेँशी, रसुवागढी र मैलुङमा कार्यरत प्रहरीहरू सम्पर्कमा आएका छैनन्। बाढीले टिमुरे क्षेत्रमा ठूलो क्षति पु¥याएको उनले बताए।यसैगरी सशस्त्र प्रहरी निरीक्षकसहित ९ जना पनि सम्पर्कविहीन रहेको जनाइएको छ।बाढीको प्रभाव तल्लो तटीय क्षेत्रमा समेत फैलिँदै गएपछि नदी आसपासका बस्ती खाली गराउन सुरक्षाकर्मी परिचालन गरिएको छ। उद्धार टोलीले प्रभावित क्षेत्रमा खोजी तथा उद्धारको प्रयास जारी राखेको छ।बाढीको

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • १७३ पटक पढिएको
  • भोटेकोशीको बाढीले जलविधुतमा प्रहार चिलिमेदेखि रसुवागढीसम्मका आयोजना प्रभावित

    रसुवा। रसुवामा बिहान आएको बाढीको कारण त्यहाँ सञ्चालनामा रहेका र निर्माणधिन आयोजनाहरूमा क्षति पुगेको छ।नेपाल विद्युत प्राधिकरणका अनुसार रसुवागढी, चिलिमे, त्रिशुली ३ ए, त्रिशुली ३ बी हब २३० केभी स्टेशन, त्रिशुली तथा देवघाट जलविद्युत केन्द्रमा क्षति पुगेको छ।रसुवामा २२.१ मेगावाटको चिलिमे, १११ मेगावाटको रसुवागढी हाइड्रो, ६० मेगावाटको त्रिशुली ए, १२० मेगावाटको रसुवाभोटेकोशी आयोजना छन्। चिलिमे र रसुवागढी हाइड्रोपार सेयर बजारमा सूचीकृत कम्पनी पनि हुन्। 

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • १०७ पटक पढिएको
  • अपडेट: रसुवाको बाढीले विद्युत् संरचनामा क्षति, आपूर्ति अवरुद्ध

    काठमाडौं / रसुवा जिल्लामा आएको आकस्मिक बाढीले नेपाल विद्युत् प्राधिकरणका उत्पादन, प्रसारण तथा वितरण संरचनामा क्षति पुगेपछि विद्युत् आपूर्ति अवरुद्ध भएको छ।प्राधिकरणका अनुसार बाढीबाट रसुवागढी, चिलिमे, त्रिशूली–३ ‘ए’, त्रिशूली–३ ‘बी’ हब, २२० केभी सबस्टेशन, त्रिशूली तथा देवीघाट जलविद्युत् केन्द्र र विभिन्न वितरण संरचनामा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। बाढीका कारण जनधनसँगै घर, सडक, पुल, विद्युत् तथा अन्य भौतिक संरचनामा समेत उल्लेख्य क्षति पुगेको प्राधिकरणले जनाएको छ।प्राधिकरणले प्रभावित क्षेत्रमा बेपत्ता तथा प्रभावित सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी र सर्वसाधारणको खोज, उद्ध

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • १७५ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.