काठमाडौं— नेपाल प्रहरीले प्राविधिकतर्फ विभिन्न पदमा ४ सयभन्दा बढी भर्ना खुलाएको छ। भर्ना खुलेका पदहरूमा प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षक र प्रहरी जवान समावेश छन्।इन्जिनियरिङतर्फ कम्प्युटर, सञ्चार, सिभिल, इलेक्ट्रिकल, बिल्डिङ एण्ड आर्किटेक्चर, अटोमोबाइल क्षेत्रमा, विधि विज्ञानतर्फ बायोलोजी र रसायन, तथा स्वास्थ्यतर्फ मेडिकल अफिसर, डेन्टल अधिकृत, डाइटेटिक्स, फिजियोथेरापी टेक्नोलोजिस्ट, स्टाफ नर्स, फार्मेसी असिस्टेन्ट र सीएमएको पदमा भर्ना खुल्ने सूचनामा उल्लेख गरिएको छ।भर्ना विवरण अनुसार, प्रहरी जवानका लागि २८० र अन्य पदहरूका लागि १२९ जनाका लागि आव
काठमाडौं— आज देशभर ६९ औँ राष्ट्रिय सहकारी दिवस मनाइँदैछ । प्रत्येक वर्ष चैत २० गते विविध कार्यक्रमसहित मनाइने परम्परा अनुसार यस वर्षको सहकारी दिवस ‘उद्यमशीलता र पारदर्शिताः सहकारीको अपरिहार्यता’ भन्ने मूल नारासहित मनाइँदैछ ।सहकारी क्षेत्र वर्तमानमा देशको आर्थिक गतिविधिमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । देशभर करिब ३० हजार सहकारी संस्था दर्ता भइसकेका छन् र यस क्षेत्रमा ६० लाखभन्दा बढी सदस्य आवद्ध छन्। सहकारी क्षेत्रले प्रत्यक्ष रूपमा करिब ५० हजार र अप्रत्यक्ष रूपमा पाँच लाख नागरिकलाई रोजगारी प्रदान गरेको बताइन्छ। कुल गार्हस्थ्य उत्पादनमा ३ प्रतिशत र वित्तीय पहुँचमा १५ प्रतिशत योगदान समेत सहकार
काठमाडौं— गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेहरूको अवस्था बुझ्न बिहीबार राति केएमसी अस्पताल पुगेका छन्।घाइतेहरूलाई निःशुल्क उपचार प्रदान गर्दै आएका पूर्व सांसद डा. सुनिल शर्मालाई मन्त्री गुरुङले धन्यवाद समेत दिएका थिए ।गृह मन्त्रालय सम्हालेकै दिनदेखि निरन्तर काममा देखिएका मन्त्री गुरुङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण सक्नेबित्तिकै सिधै अस्पताल पुगेका थिए ।उनले घाइतेहरूको स्वास्थ्य अवस्था बुझ्दै केही अझै होसमा नआएकाले अस्पतालमै राखेर उपचार भइरहेको जानकारी लिए ।डा. शर्माले घाइते भएका सबैको उपचार निःशुल्क गर्ने व्यवस्था मिलाएको र बिरामीको अवस्था बुझिरहेको बताए ।उनले ड
म्याग्दी। धवलागिरि गाउँपालिका–१ गुर्जा सडक सञ्जालमा जोडिएको छ । गुर्जासँगै म्याग्दीका छवटा स्थानीय तहका ४५ वटै वडामा सडक पुगेको हो ।धवलागिरि गाउँपालिकाले सञ्चालन गरेको लुलाङ–गुर्जा सडक योजनामार्फत गुर्जाको कानबराह नजिकैसम्म सडकको मार्ग खोल्न प्रयोग भएको डोजरसँगै ‘बिएए’ ७८४६ नम्बरको जिप बिहीबार पहिलोपटक पुगेको गुर्जाका वडाध्यक्ष झक छन्त्यालले जानकारी दिनुभयो ।“यसअघिका तीन वर्षमा गाउँपालिका, प्रदेश र सङ्घीय सरकारको लगानीमा लुलाङदेखि भैसीमानेसम्म करिब १८ किलोमिटर सडकको मार्ग खुलेको थियो”, उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षमा थप करिब चार किलोमिटर ट्रयाक (मार्ग) बनाएर गुर्जालाई यातायात सञ्चालसँग जो
काठमाडौँ। सार्वजनिक बिदाको दिन पनि हुलाक कार्यालयमार्फत विदेशमा सामान पठाउने र विदेशबाट आयात भएको सामान छुटाउन सकिने भएको छ ।गोश्वारा हुलाक कार्यालय डिल्लीबजारले यसअघि पनि सार्वजनिक बिदाका दिन सेवा दिँदै आएको भए पनि त्यहाँस्थित भन्सार कार्यालय र बैंक नखुल्दा भन्सार जाँचपासमा समस्या हुने गरेको थियो । अन्तरनिकाय समन्वय अभावमा सेवा प्रभावित भइरहेकोबारे गुनासो आउन थालेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले समेत चासो देखाएको थियो । सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाको निर्देशनपछि हुलाक सेवा विभागले भन्सार विभागसँग समन्वय गरेर सार्वजनिक बिदाको दिन पनि सजिलै सेवा दिन सकिने व्यवस्था मिलाउन प्रक्रिया
दमौली। डुम्रे बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी– तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । भानु नगरपालिका–३ कुकुर्दीदेखि तुरतुरेसम्मको सडक विस्तारका निम्ति यही चैत २१ देखि ३० गतेसम्म दैनिक आठ घण्टा सडक अवरुद्ध गरी काम गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार मध्याह्न १२ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म र बेलुका ५ः०० बजेदेखि राति ९ः०० बजेसम्म सडक बन्द हुनेछ । उक्त कार्यालयले वैकल्पिक सडक प्रयोग गर्न सम्बद्ध सबैलाई आग्रह गरेको छ ।
हेटौंडा— बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयअन्तर्गत गठन भएको प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक हेटौंडामा सम्पन्न भएको छ ।श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाको अध्यक्षतामा भएको बैठकमा विभिन्न मन्त्रालयका प्रदेश सचिव, सम्बन्धित निकायका प्रतिनिधि, रोजगारदाता तथा ट्रेड युनियनका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।बैठकमा प्रदेशभित्र रोजगारी सिर्जना, श्रमिकहरूको सीप विकास, वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउने उपाय, श्रमिक अधिकार संरक्षण तथा श्रम कानुनको प्रभावकारी कार्यान्वयनबारे विस्तृत छलफल भएको छ । साथै निजी क्षेत्रसँग सहकार्य बढाएर
काठमाडौं— कागेश्वरी मनोहरा नगरपालिका–१ सुन्दरीजलबाट हिजो (बिहिबार) चोरीको मोटरसाइकलसहित एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका–५ घर भइ हाल सुन्दरीजल बस्ने २७ वर्षीय सुजित कुमार सहनी रहेका छन्।प्रहरीका अनुसार, सहनी बागमती प्रदेश नम्बर ०२(०२२ प २५ ६७) को मोटरसाइकल नम्बर प्लेट नराखी चलाइरहेको अवस्थामा सडक खण्डमा फेला परेका थिए । उक्त मोटरसाइकल काठमाडौँ महानगरपालिका–६ बस्ने राजु लामाले हराएको भनि ट्राफिक प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएका थिए ।मोटरसाइकलसहित नियन्त्रणमा आएका सहनीलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध पठाइएको
सर्लाही— सर्लाहीमा यस वर्षको एसईईको प्रश्नपत्र बाहिर लाने प्रयास गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कविलासी नगरपालिका–५ पचगछियाका २४ वर्षीय मनोज कुमार यादव रहेका छन्।सर्लाही जिल्ला प्रहरी कार्यालयका अनुसार, यादवलाई सोही पालिकाको वडा नम्बर २ पिपरियास्थित श्री बाल गोविन्द जनता माध्यमिक विद्यालय परीक्षा केन्द्र बाहिर बिहीबार (मिति हालै) पक्राउ गरिएको हो। परीक्षा सुरु भएको केही मिनेटमै (८ः०९) उनी परीक्षा केन्द्रबाहिर बसिरहेको अवस्थामा नियन्त्रणमा लिइएको थियो।उनको मोबाइलमा परीक्षा भइरहेको अनिवार्य अंग्रेजी विषयको प्रश्नपत्रका ६ पाना भेटिएको प्रहरीले जनाएको छ । पक्राउ
काठमाडौं— नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ ।बैठक शुक्रबार दिउँसो १ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको हो ।बैठकमा बिहीबार प्रतिनिधि सभामा संसदीय दलका नेता एवं पार्टी उपाध्यक्ष रामबहादुर थापा बादलले दिएको अभिव्यक्तिबारे छलफल हुने बताइएको छ।हिजो बसेको प्रतिनिधि सभाको बैठकमा नेता बादलले दलका तर्फबाट राखेको विचार पार्टीको स्थापित नीति, मान्यताविरीत रहेको भन्दै आज सचिवालय बैठक बसेर छलफल गर्ने बताइएको छ ।त्यसका साथै अन्य राजनीतिक तथा समसामयिक विषयबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.