समाचार

    Showing 4,741-4,750 of 15,607 items.
  • काठमाडौं विश्वकै चौथो प्रदूषित सहर

    काठमाडौं । विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ । विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअरका अनुसार बिहान ७ बजेसम्म काठमाडौंको वायु प्रदूषण १७० एक्यूआई मापन गरिएको छ ।छिमेकी राष्ट्र भारतको दिल्ली प्रदूषित सहरको शीर्ष स्थानमा छ । २०१ एक्यूआईसहित दिल्ली विश्वै सबैभन्दा प्रदूषित सहर बनेको हो । त्यस्तै दक्षिण एसियाली मुलुक बंगलादेशको ढाका दोस्रो नम्बरमा छ । बिहानसम्म ढाकाको वायु प्रदूषण १७० एक्यूआई मापन गरिएको छ ।तेस्रो नम्बरमा रहेको पाकिस्तानको लाहोरको वायु प्रदूषण १९० एक्यूआई मापन गरिएको छ ।काठमाडौंमा वायु प्रदूषण मंगलबार रातिसम्म नै बढ्ने वातावरण विभागको पूर्वानुमान छ ।

    • प्रकाशित मितिः फागुन ५, २०८१
    • 365 पटक पढिएको
  • कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक वर्षातको सम्भावना

    काठमाडौँ । हाल देशको पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । कोशी, मधेश, बागमती  र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा आज बिहान जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । साथै बाँकी भू–भागमा आंशिक बदलीदेखि  मौसम मुख्यतया सफा रहेको छ भने तराईका भू–भागका केही स्थानहरूमा हुस्सु÷कुहिरो लागेको छ । बुलेटिनमा आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने उल्लेखछ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पह

    • प्रकाशित मितिः फागुन ५, २०८१
    • 199 पटक पढिएको
  • बिल गेट्सको अनुदानमा बनेको फोहर प्रशोधन केन्द्र प्रयोगविहीन

    झापा । माइक्रोसफ्टका संस्थापक बिल गेट्सद्वारा स्थापित परोपकारी संस्था ‘गेट्स फाउन्डेसन’को रु सात करोड ८१ लाख पाँच हजार पाँच सय ८५ अनुदानमा मेचीनगर–१४ मा निर्मित मानव मलमूत्रीय फोहर प्रशोधन केन्द्र प्रयोगविहीन भएको छ ।फाउन्डेसनले एसियाली विकास बैंकमार्फत झापाका तीन स्थानीय तह मेचीनगर, विर्तामोड र बुद्धशान्तिको मानव मलमूत्रीय लेदो प्रशोधन गरी प्राङ्गारिक मल बनाउन पाँच वर्षअघि उक्त अनुदान दिएको थियो ।दाताबाट प्राप्त अनुदानमा लगानी साझेदारी स्वरुप ती स्थानीय तहले रु एक करोड ३७ लाख ८३ हजार तीन सय ३८ थप गरी कुल लागत रु नौ करोड १८ लाख ८८ हजार नौ सय २३ मा प्रशोधन केन्द्र निर्माण भएको थियो ।दाताको अनुद

    • प्रकाशित मितिः फागुन ५, २०८१
    • 245 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य स्थिर छ । यूरो, युके पाउन्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलरको मूल्य बढेको छ । अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ ६२  पैसा र बिक्रीदर एक सय ३९ रूपैयाँ २२ पैसा, युरोपियन युरो एकको खरिदर एक सय ४५ रूपैयाँ ४५ पैसा र बिक्रीदर एक सय ४६ रूपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । त्यसैगरी युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रूपैयाँ ४७ पैसा र बिक्रीदर एक सय ७५ रूपैयाँ २३ पैसा कायम गरिएको छ । स्वीस फ्र्याङ्क एकको खरिददर एक

    • प्रकाशित मितिः फागुन ५, २०८१
    • 196 पटक पढिएको
  • खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति

    खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टापछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारका पदम राईको भान्छा कोठाको ग्यास सिलिन्डरबाट साँझ ६ बजेतिर सुरु भएको आगो स्थानीयवासी र सुरक्षा निकायको संयुक्त प्रयासमा  राति करिब ११ः०० बजे निभाइएको हो । आगलागीबाट स्थानीय पदम राईको घर तथा घरमा सञ्चालित हार्डवेयर पसल, निर्धन उत्थान लघुवित्तको कार्यालय, आइराज राई र प्रकाशचन्द्र गिरीको घरमा क्षति पुगेको छ । आगलागीका घटनामा मानवीय क्षति नभए पनि ठूलो मात्रामा धनमाल जलेर नष्ट भएको स्थानीयवासीले बताएका छन् ।  सुक्खाग्रस्त क्षेत्र

    • प्रकाशित मितिः फागुन ५, २०८१
    • 230 पटक पढिएको
  • रेटिङमा विद्युत् प्राधिकरणलाई लगातार तेस्रो पटक डबल ए प्लस

    काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले यसवर्ष पनि ‘डबल ए प्लस’ रेटिङ पाएको छ । इक्रा नेपाल लिमिटेड प्राधिकरणले ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको हो । योसँगै प्राधिकरणले लगातार तेस्रोपटक ‘डबल ए प्लस रेटिङ’ पाएको छ । प्राधिकरणको वित्तीय अवस्था, सम्पत्ति, व्यावसायिक तथा वित्तीय जोखिमको विश्लेषण, व्यवस्थापकीय क्षमता, सञ्चालन प्रभावकारितामा प्रभाव पार्ने आन्तरिक तथा बाह्य वातावरणीय तत्वहरूलगायत विषयको विश्लेषण गरी रेटिङ गरिएको इक्रा नेपाल लिमिटेडले जनाएको छ ।‘डबल ए प्लस रेटिङ प्राप्त गर्ने संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमा वहन गर्नसक्ने उच्च क्षमता सुरक्षित रहन्छ ।

    • प्रकाशित मितिः फागुन ४, २०८१
    • 166 पटक पढिएको
  • हाम्रो माया घर को निर्माणले गति लिँदै

    जलेश्वर (महोत्तरी) । जिल्लाको बर्दिबास नगरपालिकामा निर्माणाधीन ‘हाम्रो माया घर’ ले तीव्रता पाएको छ । मधेश प्रदेशका सडक मानव, बेसहारा, अशक्त र असहायलाई सहारा दिने उद्देश्यले बर्दिबास–२ मा सुरु भएको ‘हाम्रो माया घर’ अहिले तीव्र गतिमा निर्माण अगाडि बढेको नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले बताए ।परोपकारी भावना बोकेका स्थानीय १५ जना दाताले करिब रु डेढ करोड मूल्य बराबरको साढे पाँच कट्ठा जग्गादान दिएपछि बर्दिबासमा सडक मानवका लागि भवन निर्माण प्रक्रिया सुरु भएको उनले उल्लेख गरे । उनका अनुसार रु १० करोड ६९ लाख लागतमा भवन निर्माण भइरहेकोे छ ।भागवत मञ्जरी ‘राधिका दासी’को प्रेरणाले बर्दिबासमा गत साउन

    • प्रकाशित मितिः फागुन ४, २०८१
    • 163 पटक पढिएको
  • आहार व्यवस्थापनले गिद्धको सङ्ख्या बढ्दै

    रामपुर (पाल्पा) । गिद्धलाई विश्वमै दुर्लभ पक्षीका रूपमा चिनिन्छ । पहिले यत्रतत्र छरपष्ट देखिने गिद्ध पछिल्लो समय कमै देखिन्छन् । बासस्थानको समस्या, आहारको अभाव, जलवायु परिवर्तन र औषधिको प्रयोगले गिद्धको सङ्ख्या पातलिँदै गएको बेला यहाँ भने ह्वात्तै बढेको छ । दुर्लभ पक्षीका रूपमा लिइने गिद्ध लोप हुन नदिन खरैनी सामुदायिक वन समूहले संरक्षण अभियान थालनी गरेपछि गिद्धको सङ्ख्या बाक्लिँदै गएको छ । पाल्पा रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी नदीको तटमा रहेको यस वन क्षेत्रलाई गिद्ध संरक्षण क्षेत्र बनाइएको छ । आहार अभावमा ६० को हाराहारीमा गिद्ध रहेको यस वन क्षेत्रमा हाल ३०० बढी गिद्ध छन् । आहार व्यवस

    • प्रकाशित मितिः फागुन ४, २०८१
    • 137 पटक पढिएको
  • नेप्से परिसूचकमा १९ अङ्कको वृद्धि

    काठमाडौँ । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १९ दशमलव ५६ अङ्कले बढेर दुई हजार छ सय ९८ दशमलव ०३ को विन्दुमा कायम भएको हो ।आज तीन सय नौ कम्पनीको दुई करोड नौ लाख ८४ हजार चार सय ४० कित्ता शेयर ९६ हजार दुई सय ८२ पटक खरिदबिक्री हुँदा रू नौ अर्ब ४७ करोड तीन लाख आठ हजार दुई सय ६६ बराबरको कारोबार भएको छ ।आजको कारोबारमा म्युचुअल फन्ड शून्य दशमलव ११ र निर्जीवन बिमा एक दशमलव २८ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । वित्त समूह सबैभन्दा धेरै चार दशमलव ९४ प्रतिशतले बढेको छ । बैंकिङ शून्य दशमलव ९८, विकास बैंक शून

    • प्रकाशित मितिः फागुन ४, २०८१
    • 198 पटक पढिएको
  • बेलुन विष्फोट घटनाः आठ सदस्यीय छानबिन समिति गठन

    काठमाण्डौं ।  हिजो पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा भएको बेलुन विस्फोट घटनाको छानबिन गर्न आठ सदस्यीय समिति गठन भएको छ । गृहमन्त्री रमेश लेखकले कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानबिन समिति गठन गरेका हुन् । समितिलाई १५ दिनभित्रमा छानबिन प्रतिवेदन पेस गर्ने कार्यादेश छ ।मन्त्रीस्तरीय  निर्णयबाट गठित समितिमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया, सशस्त्र प्रहरीका २४ नम्बर गण बाहिनीका प्रमुख सूर्यप्रसाद तिमिल्सिना, राष्ट्रिय अनुसन्धान कास्की जिल्ल

    • प्रकाशित मितिः फागुन ४, २०८१
    • 241 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा