समाचार

    Showing 4,761-4,770 of 26,558 items.
  • बढ्यो पेट्रोल र डिजेलको मूल्य

    काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल र डिजेल मूल्यमा प्रतिलिटर १५ रुपैयाँले बढाएको हो ।नयाँ मूल्यसूची बुधबार राति १२ बजेपछि लागू हुनेछ। निगमले मध्यपूर्वमा जारी युद्धका कारण अस्वाभाविक मूल्य बढाउनु परेको बताएको छ ।मार्च १६ र ३१ मा आईओसीबाट प्राप्त मूल्यअनुसार निगमलाई पाक्षिक १३ अर्ब २१ करोड रुपैयाँ घाटा पुगेको थियो। उपभोक्ताको हितलाई मध्यनजर गर्दै मूल्य स्थिरिकरण कोषको रकम समेत उपयोग गरेर प्रतिलिटर १५ रुपैयाँ मात्र बढाइएको निगमले जनाएको छ।यो मूल्य समायोजनपछि पनि निगम नाफामा भने छैन। १५ रुपैयाँ बढाउँदा पनि निगमलाई अझै पेट्रोलमा प्रतिलिटर ३४ रुपैयाँ ३६

    • प्रकाशित मितिः चैत २०, २०८२
    • 287 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ।दिउँसो सबै प्रदेशको हिमाली भूभाग लगायत गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ ।  गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी हिमाली र पहाडी भूभागका केहि स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको साथै तराई भूभागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ । राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणत

    • प्रकाशित मितिः चैत २०, २०८२
    • 232 पटक पढिएको
  • नेकपाको संसदीय दलको प्रमुख सचेतकमा दुलाल नियुक्त

    काठमाडौं— नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को संघीय संसदअन्तर्गत प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतकमा युवराज दुलाल नियुक्त भएका छन् ।  सिन्धुपाल्चोक–२ बाट निर्वाचित दुलालाई नेकपाले संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरेको हो । “युवराज दुलालले प्रमुख सचेतक पदको जिम्मेवारी वहन गरी दल तथा संसदीय कार्यसम्पादनमा महत्वपूर्ण योगदान पुर्‍याउनुहुनेछ भन्ने विश्वास लिइएको छ,” नेकपाले विज्ञप्ति जारी गर्दै भनेको छ । 

    • प्रकाशित मितिः चैत १९, २०८२
    • 516 पटक पढिएको
  • राजनीतिक नियुक्ति त्याग्न रवि लामिछानेको आह्वान

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्तिहरू स्वेच्छाले छोड्न आग्रह गरेका छन्।बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले पूर्वसरकारको समयमा नियुक्त भएका व्यक्तिहरूले नैतिकताको आधारमा पदबाट राजीनामा दिने अपेक्षा व्यक्त गरे। “हिजो नियुक्ति लिएकाहरू स्वेच्छाले पद त्याग्नुहुन्छ भन्ने विश्वास लिएको छु,” उनले भने।लामिछानेले राजनीतिक नियुक्तिहरूलाई सुधार गर्ने सन्दर्भमा स्वेच्छिक राजीनामालाई उचित कदमका रूपमा प्रस्तुत गरेका छन्।

    • प्रकाशित मितिः चैत १९, २०८२
    • 532 पटक पढिएको
  • केपी ओली र रमेश लेखकलाई गलत ढङ्गले पक्राउ गरियोः एमाले

    काठमाडौं— फागुन २१ को निर्वाचनपछि गठित नयाँ प्रतिनिधिसभाको पहिलो बैठक सुरु भएको छ ।बैठकमा एमालेका सांसदहरूले उठेर विरोध जनाएका छन् । बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले उठेर विरोध जनाएपछि ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बसेर बैठक सञ्चालनका लागि सहयोग गर्न आग्रह गरे ।तर एमालेका सांसदहरूले अटेर गरेपछि सांसद गुरु बराललाई बोल्न समय दिएका थिए । उनले संसदमा बोल्दै पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गलत ढङ्गले पक्राउ गरेको बताए ।उनले भने, ‘आज देशमा संविधानको बर्खिलाप गतिविधिहरु भइरहेका छन् । नेपालको संविधान भाग ३ को मौलिक हक र कर्तव्यसँग सम्बन्धित विषयको धारा १६ ले हरेक नाग

    • प्रकाशित मितिः चैत १९, २०८२
    • 554 पटक पढिएको
  • मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी विमानस्थलबाट पक्राउ

    काठमाडौं— मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न एक प्रतिवादीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा अर्घाखाँची शितगंगा नगरपालिका–५ निवासी ३० वर्षीय शिवबहादुर सारु रहेका छन्।मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले उनलाई साउदी अरबबाट फ्लाई दुबइमार्फत नेपाल फर्कने क्रममा अध्यागमन कार्यालयको समन्वयमा नियन्त्रणमा लिएको हो।प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार, सारुले सामाजिक सञ्जाल ह्वाट्सएपमार्फत पीडितसँग सम्पर्क गरी आर्थिक प्रलोभन देखाउँदै ग्राहक खोज्ने र विभिन्न होटल तथा कोठामा पठाई जबरजस्ती वेश्यावृत्तिमा संलग्न गराएको खुलेको छ।उनीविरुद्ध मानव

    • प्रकाशित मितिः चैत १९, २०८२
    • 467 पटक पढिएको
  • राष्ट्रिय सभामा कांग्रेसको भूमिका सक्रिय र जनमुखी हुन्छः रोकाया

    काठमाडौं— नेपाली कांग्रेसबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसद कृष्णबहादुर रोकायाले संसदमा पार्टीको भूमिका सक्रिय र जनमुखी रहने बताएका छन् ।विहीबार कांग्रेसबाट निर्वाचित प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यहरूको संयुक्त बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले नयाँ सरकार गठनपछि बसेको पहिलो संसदीय बैठकमा पार्टीको रणनीतिबारे विस्तृत छलफल भएको जानकारी दिए ।उनले भने, ‘आज नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्यो र २१ फागुनको निर्वाचनपछि नयाँ सरकार आइसकेपछि यो पहिलो संसदको बैठक हो । यस बैठकमा नेपाली कांग्रेस कसरी जाने भन्ने सन्दर्भमा छलफल भएको छ ।’उनका अनुसार बैठकमा कांग्रेस सांसदहरूले संसदमा आफ

    • प्रकाशित मितिः चैत १९, २०८२
    • 884 पटक पढिएको
  • हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न पत्राचार

    काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोकी पठाउन पत्रचार गरेको छ ।मन्त्रालयले बुधबार एक सुचना जारी गर्दै हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि कार्यालय र अस्पताल र निकायलाई फोकल पर्सन तोकेर पठाउन परिपत्र गरेको हो ।मन्त्रालयले सरकारको एकसय कार्यसूचीहरूमध्ये २५ नम्बरमा रहेको हेलो सरकारलाई स्तरोन्नति गरी नागरिक सरकारको प्लेटफर्मको रुपमा विकास गर्ने तथा एकीकृत ड्यासबोर्डमार्फत सबै मन्त्रालयसँग प्रत्यक्ष समन्वय गरी गुनासो समाधानको प्रगति रियल टाइममा अनुगमन गर्ने नीतिअनुसार फोकल पर्सन तोक्ने निर्देशन दिएको हो ।

    • प्रकाशित मितिः चैत १९, २०८२
    • 507 पटक पढिएको
  • चलचित्र विकास बोर्डमा आर्थिक अनियमितता नभएको अध्यक्ष डिसीको दाबी

    काठमाडौं— चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले आफूले कार्यभार सम्हालेदेखि बोर्डको काम प्रभावकारी र छिटो हुने गरेको बताएका छन्।बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै उनले बोर्डमा सेवाग्राहीका कामहरू छोटो समयमै सम्पन्न हुने गरेको दाबी गरे । उनले भने, ‘मैंले चलचित्र विकास बोर्डको लागि पूर्ण मनसहित प्रशस्त समय दिएर काम गरेको छु । सबैको काम १५ मिनेटमै हुने गरेको छ ।’कार्यक्रममा उनले हालै सञ्चारमाध्यममा आएका आर्थिक अनियमिततासम्बन्धी समाचारप्रति पनि आपत्ति जनाए । उनले बोर्डले राज्यकोष दोहन गरेको वा ४०–४५ लाख रुपैयाँ फजुल खर्च गरेको भन्ने समाचारहरू तथ्यमा आधारित नभएको बताए ।उनले भने, ‘चलचित्र विका

    • प्रकाशित मितिः चैत १९, २०८२
    • 499 पटक पढिएको
  • सांसद खरेलको सम्पर्क कार्यालय उद्घाटन, चुनाव जितेपछि हराउने प्रथाको अन्त्य गर्ने उद्देश्य

    काठमाडौं— ललितपुर क्षेत्र नम्बर २ स्थित ग्वार्को चोक नजिकै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ ।बिहीबार एक विशेष कार्यक्रमको आयोजनागरी उक्त कार्यालयको उद्घाटन गरिएको हो ।कार्यालय उद्घाटनपछि सांसद खरेलले चुनावमा जनतासँग नजिक हुने र चुनाव जितेपछि सांसदहरु हराउने प्रथाको अन्त्य गर्ने उद्देश्यले सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको बताए । अब कार्यालय उद्घाटन भएसँगै जनतासँग प्रत्यक्ष नियमितरुपमा जोडिने, सम्पर्क र सम्बन्ध बनाउने साथै कुराकानी गर्ने उनको भनाई छ ।उनले भने,‘चुनावमा आउने र चुनाव सकिएपछि र जितेपछि सांसदहरु हराउने प्रथाको अन्त्य हुनुपर्छ भन्ने ल

    • प्रकाशित मितिः चैत १९, २०८२
    • 517 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.