समाचार

    Showing 4,761-4,770 of 15,607 items.
  • पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टीतेलको घट्यो

    काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छभने डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आजको बैठकले मध्यरातदेखि लागू हुने गरी पेट्रोलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर रु एक बढाएको छभने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर रु चारले घटाएको छ ।मूल्य समायोजनसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १६५ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६७ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ । यस्तै, डिजेल र मट्टीतेल पहिलो वर्गका लागि प्रतिलिटर १५३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५५ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर रु १५६ रुपैयाँ कायम गरिएको छ ।निगमले चारआली, व

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • 246 पटक पढिएको
  • अर्थमन्त्री पौडेल कीर्तिपुरस्थित बर्न अस्पताल भर्ना

    काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।पोखरामा आयोजित पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुटेर उनीहरू घाइते भएका थिए ।पोखरामा सामान्य उपचारपछि उनीहरूलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । अहिले अर्थमन्त्री पौडेललाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ ।

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • 173 पटक पढिएको
  • बेलुन पड्कँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते

    पोखरा । पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्दै गर्दा अर्थमन्त्री बिष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका छन् ।पोखरा भ्रमण वर्षको उद्घाटनका लागि तयार गरिएको बेलुन पड्किएर मन्त्री पौडेल र मेयर धनराज आचार्य घाइते भएका हुन् ।मन्त्री पौडेलको हाल गण्डकी मेडिकल कलेज पोखरामा र मेयर आचार्यको फिस्टेल हस्पिटल पोखरामा उपचार भैइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।  मन्त्री पौडेल र मेयर आचार्यको अवस्था सामान्य रहेको र खतरामुक्त रहेको एसपी ओलियाले बताए ।  भ्रमण वर्ष लेखिएको ब्यानर सहितको बेलुन उडाउने क्रममा पड्किएको ह

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • 211 पटक पढिएको
  • पोखरामा कोटीहोमः उच्च अदालतमा फेरि अर्को रिट दर्ता

    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ स्थित बाराहीघाटमा कोटीहोम गर्न दिने कि नदिने भन्ने बिवादका बीच उच्च अदालत पोखराले विहीबार मानव सेवा फाउन्डेशनलाई कोटीहोम गर्न अवरोध नगर्न पोखरा महानगरपालिकाको नाममा अन्तरिम आदेश दिएको छ।उक्त अन्तरिम आदेश भएलगत्तै मानव सेवा फाउन्डेशनले उक्त कोटीहोमका संकल्पकार यज्ञशिरोमणि वालयोगेश्वर विजय श्रीकृष्णमूर्ति(विजय भण्डारी) महाराजको उपस्थितिमा शुक्रबार कोटीहोम स्थलसरसफाई गरेर काम अघि बढेको संकेत दिइएको छ ।तर कोटीहोम गर्न अवरोध नगर्न अन्तरिम आदेश दिएको उच्च अदालत पोखरामा नै फेरी कोटीहोम रोक्न माग गर्दै शुक्रबार अर्को रिट दर्ता भएको छ।उच्च अदालत पोखराका मुख्य न्या

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • 198 पटक पढिएको
  • लेवनानमा शान्ति सेनामाथि आक्रमण, उपरथी ढकाल घाइते

    काठमाडौँ । युनिफिल लेवनानमा शान्ति सेनामाथि आक्रमण भएको छ । लेवनानको राजधानी बेरुतमा शान्ति सेनाका डेपुटी फोर्स कमाण्डर नेपाली सेनाका उपरथी चोकबहादुर ढकाललगायत सुरक्षाकर्मी सवार सवारी साधनमा उत्तेजित भीडले आक्रमण गरेको हो । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार घाइते हुनुभएका उपरथी ढकाललाई ‘यूएन लेभल–३’ अस्पतालमा पु¥याइएको थियो । अस्पतालले उहाँको स्वास्थ्य जोखिममुक्त रहेको जनाएको छ । उपरथी ढकाल कार्यकाल पूरा गरी स्वदेश फर्कने क्रममा थिए ।घटनाका सम्बन्धमा युनिफिल मिसन मुख्यालयले प्रेस विज्ञप्ति जारी गर्दै दक्षिणी लेवनानमा सुरक्षा र स्थिरता स्थापना गर्न सेवा गरिरहेका शान्ति

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • 203 पटक पढिएको
  • गोलबजार नगरपालिकाका हाकिमले गोलबजार छाडे

    सिरहा । गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी गाली गलौज र हुलहुज्जतको शिकार भएका छन् ।फागुन १ गते बिहीबार राति ९ बजे मदिरा सेवन गरेर अधिकृत पुरीको डेरामा पुगेका नगरपालिकाका कै केही कर्मचारी तथा एमालेका कार्यकर्ताहरुले उनलाई गाली गलौज गर्दै हुलहुज्जत गरेका थिए ।ज्यान मार्ने धम्की समेत दिइएपछि शुक्रबार बिहानै अधिकृत पुरीले गोलबजार छाडेका छन् । उनी संघीय मामिला मन्त्रालय काठमाडौ पुगेका छन् ।प्रमुख प्रशासकीय अधिकृत पुरीमाथि हुलहुज्जत भएको थाहा पाएर लेखा अधिकृत गणेश भण्डारीले पनि नगरपालिका छाडेका छन् । प्राप्त जानकारी दिए अनुसार लेखा अधिकृत भण्डारी गुनासो लिएर अख्तियार दुरुपयोग अन

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • 265 पटक पढिएको
  • भरतपुर लगातार तीन वर्ष उत्कृष्ट

    चितवन । कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजामा देशभरिका अन्य छ महानगरपालिकालाई उछिन्दै भरतपुर उत्कृष्ट भएको हो । यो आर्थिक वर्षसहित भरतपुर महानगर लगातार तीन वर्षसम्म उत्कृष्ट भएको छ । महानगरका उपनिर्देशक जगन्नाथ अर्यालका अनुसार आगामी आर्थिक वर्ष २०८२–०८३ मा सङ्घीय सरकारबाट स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदान (कार्यसम्पादनमा आधारित) अनुदान वृद्धि भएर जानेछ ।आयोगले विभिन्न १७ वटा सूचकको आधारमा मूल्याङ्कन गर्दा महानगरपालिका अगाडि आएको हो । ती सूचकहरूमध्ये पालिकाले गरेको खर्च, बेर

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • 154 पटक पढिएको
  • पर्सामा बाघको निगरानी गर्न क्यामेरा ‘ट्रयापिङ’

    वीरगञ्ज (पर्सा) । पर्सा जिल्लाको साझेदारी वनमा बाघको निगरानी गर्न अत्याधुनिक क्यामेरा ट्रयापिङ गरिएको छ । जिल्लाको साझेदारी वनबाट बस्तीमा बाघको गतिविधि बढेसँगै बाघको गतिविधि नियाल्नका लागि क्यामेरा ट्रयापिङ गर्न लागिएको हो । डिभिजन वन कार्यालय पर्साका डिभिजन वन अधिकृत मञ्जुर अहमदले पर्सा जिल्लाको साझेदारी वनमा बाघको गणना गर्नका लागि विभिन्न १२ स्थानमा क्यामेरा ट्रयापिङ गर्न थालेको जानकारी दिए । ‘माघ २९ गतेदेखि पर्साको विभिन्न साझेदारी वनमा पनि बाघको गणनाका लागि क्यामेरा ट्रयापिङ सुरूआत गरेका छौँ । यसले सामुदायिक वनमा बाघ, चितुवालगायतका जङ्गली जनावरको गतिविधि अध्ययन र अनुसन्धानका लागि उपयो

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • 182 पटक पढिएको
  • विकासले उज्यालिँदै गरेका गाउँ बसाइँसराइले अँध्यारा बन्दै

    गलेश्वर (म्याग्दी) । सडक, सञ्चार, शिक्षा र स्वास्थ्यको पहुँचसँगै विकासले उज्यालिँदै गरेका गाउँ बसाइँसराइले अँध्यारा बन्दै गएका छन् । सङ्घीयता कार्यान्वयनमा आएसँगै स्थानीयतह सबल हुँदा विकासका कार्यक्रम गाउँ केन्द्रित भए पनि गाउँ रित्तिँदै गएको हो । वर्षौंदेखि ओझेलमा परेका गाउँबस्तीमा विकास पुगेको छ । घरआँगनमै गाडी गुड्ने सडक छन् । नजिकै विद्यालय छ । वडा कार्यालयसँगै स्वास्थ्यचौकी, घरघरमा झलमल्ल बिजुली, घाँस पराल बोकेर घरगोठमा पुग्ने ट्र्याक्टर, मोटरसाइकल सबैको सुविधा गाउँमा भए पनि गाउँ छोड्दै सहर झर्ने र मधेस पस्नेहरूको सङ्ख्या बर्सेनि बढ्दै गएको छ ।‘गाउँ गाउँजस्तो छैन सहर सहरजस्तो छै

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • 253 पटक पढिएको
  • धनुषाधामको एतिहासिक धनुष मन्दिरलाई ट्रस्टमा लैजाने प्रक्रिया अघि बढ्दै

    धनुषा । धनुषाको ऐतिहासिक तथा धार्मिक स्थल धनुष मन्दिरलाई ट्रस्टमा लैजाने प्रक्रिया अघि बढाउन धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले निर्देशन दिएका छन् ।मकर मेला समितिले आयोजना गरेको धनुष मन्दिर व्यवस्थापन सम्बन्धी विशेष भेलामा बोल्दै मेयर मण्डलले वडा नम्बर १ देखि ५ सम्मका वडा अध्यक्षहरूलाई सो प्रक्रिया अघि बढाउन आग्रह गरेका हुन् । समुदायबाट मन्दिरको व्यवस्थापन ट्रस्टमार्फत गर्नुपर्ने माग उठेपछि मेयर मण्डलले आफू समुदायको इच्छाअनुसार काम गर्न प्रतिबद्ध रहेको बताए । साथै, मन्दिरका पूजारी भरत बाबाको व्यवस्थापन, मन्दिर परिसरको सुरक्षा र सरसफाइलाई समेत प्राथमिकतामा राखिने उनले स्पष्ट पारे।धनुष म

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • 213 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा