समाचार

    Showing 5,491-5,500 of 26,576 items.
  • १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या प्रकरणमा न्याय माग गर्दै माइतीघरदेखि बानेश्वरसम्म र्याली

    काठमाडौं— सुर्खेतको वीरेन्द्रनगरस्थित जनजागरण सामुदायिक वनमा गत शनिबार मृत अवस्थामा फेला परेकी १६ वर्षीया इनिशा विक को बलात्कारपछि हत्याको घटना प्रहरी र प्रारम्भिक अनुसन्धानका आधारमा पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनामा संलग्न भएको आशंकामा चार जनालाई पक्राउ गरेको जनाएको छ।सो घटनाले देशभर नै विरोध प्रदर्शनलाई तिब्र पारेको छ। आज काठमाडौंको माइतीघर मण्डला देखि बानेश्वर सम्म र्याली निकालेर युवाहरु, दलित अधिकारकर्मी, विद्यार्थी र सामाजिक अभियन्ताहरुले पीडकलाई कडा कारबाही गर्न र सामाजिक रूपले बढ्दो महिला तथा दलितमाथि हिंसा रोक्न सरकारलाई माग गरेका छन्।प्रदर्शनमा सहभागीहरुले ‘इनिशाल

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • 496 पटक पढिएको
  • चलचित्र ‘गुरुआमा’को टिजर सार्वजनिक, शिक्षकको त्याग र सम्मानको कथा पर्दामा

    काठमाडौं— निर्माता तथा निर्देशक प्रेम सोनी सुनारले निर्माण गरेको नेपाली कथानक चलचित्र गुरुआमाको टिजर सार्वजनिक भएको छ । सुनारले आफ्नो जन्मदिनको अवसर पारेर एक मिनेट तीन सेकेण्ड लामो टिजर आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।टिजर सार्वजनिक गर्दै सुनारले भनेका छन्, ‘आज मेरो जन्मदिनको विशेष अवसरमा हाम्रो बहुप्रतीक्षित चलचित्र ‘गुरुआमा’ को टिजर सार्वजनिक गर्दै कथाको सानो झलक मात्र प्रस्तुत गरेका छौं ।’ उनले दर्शक, दाजुभाइ–दिदीबहिनी, साथीभाइ तथा आदरणीय शिक्षकहरूलाई टिजर हेरेर प्रतिक्रिया दिन आग्रह गरेका छन् ।निर्माता सुनारका अनुसार चलचित्र मनोरञ्जनका लागि मात्र नभई करिब दुई घण्ट

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • 514 पटक पढिएको
  • पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

    काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकविरुद्धको भ्रष्टाचार मुद्दा  ‘हेर्न नमिल्ने’ सूचीमा राखिएको छ  ।पाठकविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो ।यसअघि पाठकसहितको लगाउमा राखिएको भ्रष्टाचार मुद्दामा न्यायाधीश सुवेदीले एक पटक आदेश जारी गरिसकेकाले हेर्न नमिल्ने सूचीमा राखिएको हो ।नेपाल इन्जिनियरिङ कलेजभित्रै अनियमितता मिलाउन भन्दै ७८ लाख घुस लिएको विषय बाहिर आएपछि महाअभियोगको डरले पाठकले राजीनामा दिएका थिए । घुस लिएर काम नभएपछि रकम लगानी गरेको समूहले घुस लेनदेनब

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • 466 पटक पढिएको
  • श्रेष्ठको हत्याह आरोपित पक्राउ

    सुनसरी— धरान उपमहानगरपालिका–५ देउराली बस्ने ७२ वर्षीय सुरेन श्रेष्ठको हत्या गरेको अभियोगमा सोही उपमहानगरपालिका–१५ बस्ने ३२ वर्षीय भरत बिकलाई प्रहरीले पक्राउ गरेको छ ।धरान उपमहानगरपालिका–१५ स्थित वादविवादको क्रममा भरतले कुटपिट गर्दा गम्भीर घाइते भएका सुरेनको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले भरतलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • 498 पटक पढिएको
  • दिल्लीमा आयोजना हुने ‘एनएक्सटी समिट २०२६’ मा रेनु दाहालको सहभागी

    काठमाडौं— भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाल भारतको नयाँ दिल्लीमा आयोजना हुने प्रतिष्ठित ‘एनएक्सटी समिट २०२६’ मा वक्ताका रूपमा सहभागी हुने भएकी छन् ।भारतीय संसद्को राज्य सभाका सांसद कार्तिकेय शर्माले दाहाललाई औपचारिक निमन्त्रणापत्र पठाउँदै उक्त सम्मेलनमा विशिष्ट वक्ताको रूपमा आमन्त्रण गरेका हुन् ।सम्मेलन मार्च १२, १३ र १४ मा नयाँ दिल्लीस्थित भारत मण्डपममा आयोजना हुने भएको छ । सम्मेलनलाई भारतमा वार्षिक क्यालेन्डर इभेन्टको रूपमा विकास गर्ने उद्देश्य राखिएको छ ।यसले नीति, शिक्षा, व्यवसाय, राजनीति, विज्ञान तथा प्रविधिका क्षेत्रका विश्वस्तरीय विचारकलाई एकै ठाउँमा ल्याउने लक्ष्य लिएको आयोजकल

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • 525 पटक पढिएको
  • नकबजनी चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

    काठमाडौं— स्याङ्जामा नकबजनी चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले जिल्ला पुतली बजार नगरपालिका(१४ सातौ बस्ने ३८ वर्षीय नारायण लामिछाने भन्ने पूर्ण बहादुर लामिछानेलाई बुधबार पक्राउ गरेको हो ।उनलाई प्रहरीले पुतली बजार नगरपालिका–१ प्रतिनगरबाट पक्राउ गरेको हो ।जिल्ला अदालत स्याङ्जाले उक्त मुद्दामा २२ दिन कैद र ६ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई पुतली बजार नगरपालिका१ प्रतिनगरबाट पक्राउ गरेको हो ।उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत स्याङ्जामा पेस गरिएको छ ।

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • 465 पटक पढिएको
  • औषधि व्यवसायीहरूले उत्पादनको उचित मूल्य पाएका छैनन्ः मन्त्री गौतम

    काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमले औषधि व्यवसायीहरूले उत्पादनको उचित मूल्य नपाइरहेको बताएकी छन् ।गौतमले औषधि व्यवसायीहरूले उत्पादनको उचित मूल्य नपाइरहेको उल्लेख गर्दै औषधि व्यवस्था विभागलाई थप सशक्त बनाउनुपर्ने बताइन् ।उनले विभागको संरचना तथा क्षमतालाई अझ बलियो बनाउन कम्तीमा लेबल ३ वा ४ मा स्तरोन्नति गर्नुपर्ने धारणा राखिन् ।उनले औषधि उद्योग र आयुर्वेदिक अनुसन्धानलाई सुदृढ बनाउँदै नेपाललाई औषधि उत्पादनमा आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता औँल्याएकी छन् ।उनले नेपालमा पाइने जडीबुटीको ठूलो स्रोत हिमाली क्षेत्रमा रहेको बताउँदै जुम्लास्थित मेडिकल कलेज तथा अनुसन्धान संस्थानहरूमा आ

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • 538 पटक पढिएको
  • विदेशी विनिमय सञ्चिति ३३ खर्ब नाघ्यो

    काठमाडौं— चालू आर्थिक वर्षको माघ मसान्तसम्म नेपालको कुल विदेशी विनिमय सञ्चिति ३३ खर्ब रुपैयाँ नाघेको छ ।नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत असार मसान्तको तुलनामा विदेशी विनिमय सञ्चिति २३.३ प्रतिशतले बढेर २६ खर्ब ७७ अर्ब रुपैयाँबाट ३३ खर्ब २ अर्ब रुपैयाँ पुगेको हो ।अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा माघ मसान्तसम्म १६.७ प्रतिशतले बढेर २२ अर्ब ७६ करोड पुगेको छ । कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति पनि बढेको छ । असार मसान्तमा २४ खर्ब १४ अर्ब रुपैयाँ रहेको यस्तो सञ्चिति माघ मसान्तसम्

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • 446 पटक पढिएको
  • सुनको मूल्य स्थिर, चाँदीको घट्यो

    काठमाडौं— नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ भले चाँदीको मूल्य घटेको छ ।आज सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुनको मूल्य ३ लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला ५ हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ५ हजार ७२० रुपैयाँ रहेको थियो ।

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • 427 पटक पढिएको
  • मध्यपूर्व तनावः १७ करोड २० लाख ब्यारेल तेल बजारमा ल्याउने अमेरिकाको तयारी

    काठमाडौं— मध्यपूर्वमा बढ्दो द्वन्द्वका कारण विश्व बजारमा तेलको मूल्य अस्थिर बनेपछि अमेरिकाले आफ्नो रणनीतिक पेट्रोलियम भण्डारबाट १७ करोड २० लाख ब्यारेल तेल बजारमा पठाउने योजना सार्वजनिक गरेको छ ।अमेरिकी ऊर्जा विभागका अनुसार आगामी सातादेखि तेल भण्डार बजारमा पठाउन सुरु गरिनेछ र वितरण प्रक्रिया करिब १२० दिनसम्म चल्नेछ । फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण सुरु गरेपछि विश्व बजारमा तेलको मूल्य निरन्तर बढिरहेको छ । यसबीच अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले पनि आपूर्ति अवरोध कम गर्न आफ्ना ३२ सदस्य देशको आपतकालीन भण्डारबाट ४० करोड ब्यारेल तेल बजारमा पठाउने निर्णय गरेको छ ।यद्यपि, यी क

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • 446 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.