काठमाडौं— मध्यपूर्वमा द्वन्द्व चर्किंदै गएसँगै इजरायलले तेहरान र लेबनानको राजधानी बेरुतमा आक्रमण गरेको छ । इरानले साउदी अरेबियाको रियादमा अमेरिकी दूतावासमाथि ड्रोन आक्रमण गरेपछि इजरायलले उक्त आक्रमण गरेको हो । इजरायली सुरक्षा बलहरूले समाजिक सञ्जाल एक्समा प्रकाशित गरेको पोस्ट अनुसार, हाल तेहरान र बेरुतमा सैन्य लक्ष्यहरूलाई लक्षित गरेर एकसाथ आक्रमण जारी गरिएको छ । अल जजिराका अनुसार, बेरुतको हारेत क्षेत्रमा इजरायली आक्रमण भएको थियो ।त्यस्तै, जेरुसलम पोस्टले रॉयटर्सलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ कि रियादस्थित अमेरिकी दूतावास ड्रोन आक्रमणको शिकार भएको छ । यसै क्रममा, अपरेशन एपिक फ्युरीमा थप दुई अ
रामेछाप— मतदानका लागि खटाइएका कर्मचारीहरू सोमबार दुर्घटनामा परेपछि रामेछापको तीनवटा मतदान केन्द्रका लागि मंगलबार निर्वाचन सामग्री र थप कर्मचारी पठाइएको छ ।रामेछाप नगरपालिकाको वडा नम्बर २ देउरालीको शीतलादेवी मावि र सिरुवारी मतदान केन्द्र तथा वडा नम्बर ३ को वडा कार्यालय भवन साँघुटारका लागि पठाइएका मतदान कर्मचारी र मतदान सामाग्री बोकेको गाडी सोमबार अपराह्न देउरालीको सिरुवारीमा दुर्घटनामा परेको थियो ।दुर्घटनामा परी प्रहरी सहायक निरीक्षक परशुराम यादव र साँघु टारका मतदान अधिकृत डोरप्रसाद घिमिरेको मृत्यु भएको थियो । दुर्घटनामा अन्य सात जना कर्मचारीहरूलाई घाइते भएका छन् । काठमाडौं पठाइएका उनीहरूको सैन
महेन्द्रनगर। कञ्चनपुर निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ ।पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीका अनुसार लालझाडी गाउँपालिका–३ बल्मी घर भई पुनर्बास नगरपालिका–९ सिताबस्तीस्थित जीवनशक्ति आधारभुत मतदानस्थलमा खटिएका निर्वाचन प्रहरी ३५ वर्षीय मानसिंह रानाको मृत्यु भएको हो ।सोमबार राति खाना पकाउने क्रममा बेहोस भएका उनको आज धनगढीस्थित निशर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । राना उच्च रक्तचाप र मधुमेह रोगबाट पीडित भएको पाइएको प्रवक्ता शाहीले बताए।यसैगरी मोटरसाइकल दुर्घट
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाताले आफ्नो मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र साथै लिएर मतदान केन्द्रमा जानुपर्ने निर्वाचन आयोगले जनाएको छ ।यही फागुन २१ गते हुने निर्वाचनमा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारी चालक अनुमतिपत्र पनि मतदानका निम्ति मान्य हुने आयोगले बताएको छ ।आयोगले सार्वजनिक गरेको अन्तिम मदाता नामावलीमा नाम भएका र यही फागुन २० गतेसम्म १८ वर्र्ष उमेर पूरा भएका मतदाताले निर्वाचनमा तोकिएको मतदान केन्द्रमा गई मतदान गर्न पाउनेछन् ।
काठमाडौँ। चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी विशेषज्ञ चिकित्सकसहितको द्रुत कार्यदल (¥यापिड रेस्पोन्स टिम) गठन गरेको छ ।वीर अस्पतालका निर्देशक डा दिलीप शर्माले सम्भावित स्वास्थ्य आपत्कालीन अवस्थालाई दृष्टिगत गर्दै टोली गठन बताउनुभयो । अस्पतालले आकस्मिक विभागका प्रमुख डा सुरेशप्रसाद नेपालको संयोजकत्वमा २६ सदस्यीय टोली गठन गरेको हो । औषधि र उपकरणसहितको टोलीमा विशेषज्ञ चिकित्सक, नर्सिङ प्रशासक, औषधि व्यवस्थापन प्रमुख छन् ।रेबुनु थारुशवीरगञ्ज हुँदै पाँच खर्ब १९ अर्बको सामान भित्रियोराष्ट्रिय समाचार समिति (रासस)वीरगञ्ज (पर्सा
काठमाडौँ। यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मौन अवधिमा निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गरिएको छ।फागुन १८ गते राति १२ः०० बजेपश्चात् सुरु भएको मौन अवधिमा निर्वाचन आयोग नेपालले जारी गरेको निर्वाचन आचारसंहिता २०८२ पालना गर्न दलका उम्मेदवार, भ्रातृ सङ्गठनलगायत सम्बन्धित सबैलाई आग्रह गरिएको हो। निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित, भयरहित, मितव्ययी र पारदर्शी बनाउन र आचारसंहिताविपरीत गतिविधि नगर्न अनुरोध गरिएको निर्वाचन आचारसंहित अनुगमन अधिकृत एवं जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीले जानकारी दिए।सो अवधिमा निर्वाचन प्र
वीरगन्ज। जिल्ला प्रशासन कार्यालयले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सोमबार मध्यरातदेखि लागू हुनेगरी भारतसँग सीमा जोडिएको अन्तरराष्ट्रिय नाका ७२ घण्टा बन्द गरेकोे छ ।पर्साका सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले पर्सा जिल्लासँग जोडिएको भारतको विहार राज्यअन्तर्गतका पूर्वी चम्पारण र पश्चिम चम्पारण जिल्लाका सीमानाका निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै बन्द गरेकोे जानकारी दिनुभयो । “फागुन १८ गते राति १२ः०० बजेदेखि फागुन २१ गते राति १२ः०० बजेसम्मको अवधिमा सीमानाका बन्द गर्ने निर्णय भएको छ”, उहाँले भन्नुभयो, “निर्वाचनको समयमा दुवै मुलुकले ७२ घण्टा सीमानाका बन्द गर्ने परम्पर
मध्यविन्दु। रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदैछ । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा यो पर्व हर्षोल्लासपूर्वक मनाउन लागिएको हो ।आज नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लामा होली मनाइँदैछ ।मगर, थारू समुदायको बाक्लो बसोबास रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा होली पर्वलाई विशेष महत्वका साथ मनाउने गरिएक
दमौली (तनहुँ), १९ फागुन । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँका दुवै निर्वाचन क्षेत्रमा मतगणनास्थल तयार गरिएको छ ।मतदान सम्पन्न भएपछि मतगणना गरिने स्थानको टुङ्गो लगाएर आवश्यक व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिए । उनका अनुसार तनहुँ क्षेत्र नं १ को मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गरिनेछ भने क्षेत्र नं २ का लागि शुक्लागण्डकी नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा मतगणना गरिने छ ।मतगणनास्थलमा आवश्यक सुरक्षा प्रबन्ध, सिसी क्यामेरा जडान, तारजाली, अवलोकनकक्ष तथा उम्मेदवार÷प्रतिनिधि बस्ने व्यवस्था मिलाइएको जनाउँदै प्रजिअ तिवारीले म
विराटनगर— नेपाली सेनाको बम डिस्पोजल टोलीले मोरङ र ताप्लेजुङमा फेला परेका दुई शंकास्पद वस्तु सुरक्षित रूपमा निष्क्रिय गरेको छ।मोरङ जिल्लाको विराटनगर महानगरपालिका–७, डाँफे चोकमा गए राति कालो प्लास्टिकको पोकाभित्र शंकास्पद वस्तु रहेको सूचना प्राप्त भएपछि नेपाली सेनाको विराटनगर विमानस्थलमा तैनाथ बम डिस्पोजल टोलीसहितको फौज परिचालन गरिएको थियो। सुरक्षा घेरा कायम गरी उक्त क्षेत्रलाई नियन्त्रणमा लिएपछि आज बिहान ०६ः५४ बजे उक्त वस्तु निष्क्रिय गरिएको सेनाले जनाएको छ।यसैगरी, ताप्लेजुङ जिल्लाको आठराई त्रिवेणी गाउँपालिका–३, पञ्चमीस्थित हाङपाङ–दोभान भित्री कच्ची सडकखण्डमा आज बिहान ९:१० बजे कालो टेपले
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.