काठमाडौँ। प्रेस काउन्सिल नेपालले मौन अवधिमा आचारसंहिताको पूर्ण परिपालना गर्न आग्रह गरेको छ । काउन्सिसले आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्मसम्म राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा विज्ञापनका अतिरिक्त टक सो, टिप्पणी, विश्लेषण, प्रश्नोत्तरजस्ता कार्यक्रम नगर्न नगराउनेसम्बन्धी निर्वाचन आचारसंहिताको प्रावधान स्मरण गराएको हो ।मौन अवधिमा आचारसंहिता उल्लङ्घन भएमा पत्रकार आचारसंहिता, २०७३ र निर्वाचन आचारसंहिता, २०८२ को व्यवस्थाबमोजिम तत्कालै कारबाही प्रक्रिया अवलम्बन गरिने काउन्सिलले उल्लेख गरेको छ ।आचारसंहिता उल्लङ्घनका विषयलाई सञ्चारमाध्यमको मूल्याङ्कन, वर्गीकरण एवं लोककल्याणक
काठमाडौं— मध्यपूर्वमा जारी युद्धका कारण भारतका अधिकांश विमानस्थलहरु प्रभावित भएका छन् । कतिपय हवाई क्षेत्र बन्द भएपछि विभिन्न क्उडान सञ्चालन लगभग शून्यमा झरेको छ ।जसले भारत र खाडी गन्तव्यहरू बीचको हवाई यात्रालाई असर गरेको विमानस्थल अधिकारीहरूले मंगलबार बताएका छन्।कोइम्बटूर अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक मोहम्मद आरिफले भने, ‘मध्य पूर्व क्षेत्रमा जारी युद्धको कारण, त्यहाँको हवाई क्षेत्र धेरै देशहरूले बन्द गरेका छन्। त्यसैकारण, मध्य पूर्व क्षेत्रमा लगभग नगण्य उडान सञ्चालन भइरहेको छ। भारतले पनि देशका विभिन्न शहरहरूबाट दैनिक रूपमा यस क्षेत्रमा धेरै उडानहरू सञ्चालन गर्दछ। कोइम्बटूर पनि उडानहरू
जुम्ला। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लाको निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला निर्वाचन कार्यालयबाट निर्वाचनमा आवश्यक पर्ने सबै निर्वाचन सामाग्री लिएर मतदान केन्द्रमा खटिएका कर्मचारी पुगिसकेका जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दिपेन्द्र कँडेलले जानकारी दिनुभयो ।जिल्लाका ११० वटा मतदान केन्द्रमा सोमबार साँझसम्म मतपत्र, मतपेटिकालगायत निर्वाचन सामग्री लिएर मतदान अधिकृतको नेतृत्वमा खटिएका सबै कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका कार्यालयका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सेनाले जानकारी दिनुभयो ।यसैबीच, निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र मुख्य निर्वा
इलाम— २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा इलाम नगरपालिका–९ शेरा बस्ने ५० वर्षीय ज्ञान बहादुर चौहानलाई प्रहरीले पक्राउ गरेको छ । ज्ञान बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
रौतहट— रौतहटमा चुनावी प्रचार प्रसारका क्रममा प्रभु साह नेतृत्वको आमजनता पार्टीका समानुपातिक उम्मेदवार लालबाबु मन्सुरीमाथि आक्रमण भएको छ सोमबार साँझ रौतहट–३ गुजरा नगरपालिका ६ बेदौउली गाउँमा मन्सुरीमाथि भएको आक्रमणबाट उनको नाकको हड्डी टुटेको छ ।आक्रमणबाट घाइते मन्सुरीको चन्द्रनिगाहपुर स्थित एक अस्पतालमा उपचार भएको थियो । उपचारपछि हाल उनी गुजरास्थित आफ्नो घरमा आराम गरिरहेका छन् । डाक्टरले उनको नाकको हड्डी टुटेको बताएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटले घटनाको पुष्टि गर्दै आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
भक्तपुर— भक्तपुरको सुर्यविनायक नगरपालिका–८ भुम्डोलबाट इन्सास राइफलसहित सशस्त्र प्रहरी बलले एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा स्थायी पालुङटार नगरपालिका–९ घर भई हाल भक्तपुरको भुम्डोल बस्ने ३१ वर्षिय आयन सेढाई रहेका छन् ।सशस्त्र प्रहरी बल नेपाल ईन्टेलिजेन्स व्यूरोको विशेष टोलीले ३१ वर्षिय सेढाईको कोठाबाट राइफलसहित एसएलआरको गोली ४ वटा, प्लास्टिक राउण्ड २ वटा, सर्ट गनमा लाग्ने राउण्ड १ वटा, खुकुरी एक थान तथा सोको दाप २ थान, बन्चरो १ र सिरिन्ज ५ वटा सहित पक्राउ गरेको हो ।उनलाई आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको छ । उक्त राइफल तथा हतियारमा लाग्ने गोली&
सुनसरी— सुनसरीमा सामाजिक सञ्जालमार्फत निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले झुटा सामग्री प्रसारण गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।पक्राउ पर्ने व्यक्ति इनरुवा नगरपालिका–३, महेन्द्रचोक निवासी २७ वर्षीय रामचन्द्र ठाकुर हुन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार उनले आफ्नो फेसबुक आईडी प्रयोग गरी प्रतिनिधि सभा सदस्य निर्वाचनसँग सम्बन्धित भ्रामक भिडियो अपलोड तथा सेयर गरेका थिए।नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत साइबर ब्युरो, काठमाडौंको प्राविधिक सहयोगमा प्रहरीले उनलाई इनरुवास्थित उनकै निवास क्षेत्रबाट नियन्त्रणमा लिएको जनाएको छ। घटनामा प्रयोग गरिएको मोबाइल फोनसमेत बरामद गरिएको छ।ठाकुर
काठमाडौं— फिलिपिन्सको मनिलाबाट करिब दुई घण्टा दक्षिणपूर्वको दुरीमा मंगलबार हेलिकप्टर दुर्घटना हुँदा एक जना मलेसियाली नागरिक र एक फिलिपिनो नागरिकको मृत्यु भएको जनाइएको छ ।हेलिकप्टरमा दुई मलेसियालीसहित पाँच जना यात्रु रहेको अधिकारीहरूले बताएका छन् ।रिजाल प्रान्तीय प्रहरी अधिकारी रामजे पांगाले दुर्घटनामा दुई जना यात्रुको मृत्यु भएको पुष्टि गरेका छन् ।पिलिला सहरका मेयर जोन मासिनसिनले तीन जना घाइते भएको जनाउँदै पाइलटको अवस्था गम्भीर रहेको बताएका छन् ।प्रहरी अधिकारी पांगाले हेलिकोप्टरको इन्जिनमा समस्या आएकाले थाहा पाए पछि आपतकालीन अवतरण गर्ने प्रयास गर्दा गर्दै दुर्घटना भएको बताए ।फिलिपिन्सको नागरिक
काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्न ६ दिनका लागि १ खर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ ।राष्ट्र बैंकले मंगलबार इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल मार्फत सहभागिता जनाउन आह्वान गरेको छ । न्यूनतम १० करोड र अधिकतम पाँच करोड रुपैयाँसम्म बोलकबोल गर्न सकिने व्यवस्था छ ।निक्षेप संकलनको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ भने साँवा र ब्याज भुक्तानी फागुन २५ गते हुने बताइएको छ । सबैभन्दा कम ब्याजदरको प्रस्तावलाई पहिलो प्राथमिकतामा राखी बाँडफाँट गरिने छ ।
वीरेन्द्रनगर— सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ मा निर्माणाधीन घरको कम्पाउन्डभित्र रहेको पानी जम्मा गर्ने खाल्डोमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा टेकबहादुर कटुवालका ७ वर्षीय खेमराज कटुवाल र ५ वर्षीया दिपिका कटुवाल रहेका छन्। प्रहरीका अनुसार सोमबार साँझ बालबालिका घर नजिकै निर्माण भइरहेको नयाँ घरको कम्पाउन्डमा खेल्न गएका थिए। खेल्ने क्रममा पानी भण्डारणका लागि खनिएको खाडलमा उनीहरू पसेको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।स्थानीयवासीले दुवै जना खाडलमा डुबेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि अचेत अवस्थामा उद्धार गरी कर्णाली प्रदेश अस्पताल, कालागाउँ ल
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.