समाचार

    Showing 5,881-5,890 of 26,620 items.
  • इरानले अमेरिकी विमान वाहक ‘अब्राहम लिंकन’माथि मिसाइल प्रहार

    एजेन्शी  ।  इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आइआरजीसी)ले अमेरिकी नौसेनाको विमान वाहक ‘अब्राहम लिंकन’माथि हमला गरेको दाबी गरेको छ।बीबीसी पर्शियनका अनुसार आइआरजीसीको जनसम्पर्क विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी नौसेनाको विमान वाहक अब्राहम लिंकनमाथि चारवटा मिसाइल प्रहार गरिएको छ।’ आइआरजीसीले ‘दुश्मनमाथिको हमला अब नयाँ चरणमा प्रवेश गरेको’ उल्लेख गरेको छ।यद्यपि, अन्य स्रोतहरूले भने हालसम्म अमेरिकी विमान वाहक अब्राहम लिंकनमाथि भएको भनिएको हमलाको पुष्टि गरेका छैनन्। अब्राहम लिंकन हालः फारसको खाडी र अरब सागर आसपास तैनाथ रहेको बताइएको छ।

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • 222 पटक पढिएको
  • काठमाण्डौबाट ठूलो परिमाणको लागुऔषध सहित २ जना पक्राउ

    काठमाण्डौ  । लागु औषध नियन्त्रण ब्यूरोले ठूलो परिमाणमा एम्फेटामाइन  कारोबारमा संलग्न २ जनालाई पेस्तोलसहित पक्राउ गरेको जनाएको छ।ब्यूरोका अनुसार प्रहरी टोलीले चावहिल क्षेत्रबाट जिल्ला तनहुँ बन्दिपुर गाउँपालिका–४ स्थायी ठेगाना भई हाल बुढानिलकण्ठ नगरपालिका–४ बस्ने ५३ वर्षीय टक बहादुर गुरुङ र तनहुँ बन्दिपुर–७ स्थायी ठेगाना भई हाल टोखा नगरपालिका–८ प्रगति नगर बस्ने ७० वर्षीय दिल बहादुर गुरुङलाई पक्राउ गरेको हो।उनीहरूबाट लागु औषध एम्फेटामाइन ३०१ ग्राम ४९० मिलिग्राम, डिजिटल तराजु २ थान, ९ एमएम पेस्तोल १ थान र सोको म्यागजिन १ थान बरामद भएको प्रहरीले जनाएको छ।पक्राउ परेका दुवै जनामाथि लागु औषध

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • 245 पटक पढिएको
  • इरानको हवाइ आक्रमणमा युएइमा १ नेपालि सहित ३ जनाको मृत्यु बिभिन्न देशमा ५८ जना घाइते

    एजेन्शी  ।  इरान ले संयुक्त अरब इमिरेट्सलाई लक्षित गरी गरेको पछिल्लो हवाई आक्रमणमा एक नेपाली नागरिकसहित तीन जनाको मृत्यु भएको छ। संयुक्त अरब इमिरेट्सको रक्षा मन्त्रालय ले आइतबार जारी गरेको प्रतिवेदनअनुसार नेपाल, पाकिस्तान र बंगलादेशका एक/एक जना विदेशी नागरिकको ज्यान गएको हो।यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्री ले एक नेपाली नागरिकको मृत्यु भएको पुष्टि गर्दै मृतकको पहिचान खुलाउन प्रयास भइरहेको बताए। “सरकारी जानकारी अनुसार एक नेपाली नागरिकको मृत्यु भएको छ। हामी उहाँको परिचयबारे थप बुझ्दैछौँ,” उनले बताएका छन्।रक्षा मन्त्रालयका अनुसार इरानले हालसम्म १६५ वटा ब्यालेस्टिक मिसाइल, दुई

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • 351 पटक पढिएको
  • मुगुमा भाइरल ज्वरोका कारण सयौं विरामी, एक जनाको मृत्यु

    मुगु । मुगुको पश्चिम क्षेत्रमा पर्ने खत्याड गाउँपालिका–९ नर्खजी गाउँमा केही दिनदेखि फैलिएको भाइरल ज्वरोको कारण एक जनाको मृत्यु भएको छ भने सयौं जना बिरामी परेका छन् ।मृत्यु हुनेमा नर्खजी गाँउकी अन्दाजी बर्ष ५० की पन्चकली बिटालु रहेकी छन् । बिटालुलाई एक हप्ता पहिलेदेखि भाइरल ज्वरोले थला पारेको थियो । गाँउ घर र नजिकको स्वास्थ्य संस्थामा उपचार गर्दा पनि उपचार नभएपछि आइतबार मृत्यु भएको हो ।बिरामीहरुलाई ज्वरो आउने, खोकी लाग्ने ,टाउको दुख्ने ,रिंगटा लाग्ने, खकारमा रगत देखापर्ने लक्षण देखिदा सबैभन्दा बढी बालबालिका, महिलादेखि वृद्धवृद्धासम्म बिरामी परेको स्थानीय पहलमान रोकायाले बताए ।रोकायाका अनुसार फा

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • 227 पटक पढिएको
  • निर्वाचन तयारीबारे जानकारी लिन कर्णालीका प्रमुख सचिवसहितको टोली डोल्पामा

    सुर्खेत । निर्वाचन सुरक्षा अवस्था बुझ्न कर्णाली प्रदेशका प्रमुख सचिवसहित सुरक्षा निकायका उच्च अधिकारीहरुको टेली डोल्पा पुगेको छ ।नेपाली सेनाको स्काई ट्रकमार्फत जिल्ला पुगेको उक्त टोलीमा कर्णाली प्रदेशका प्रमुख सचिव वीरेन्द्र कुमार यादव, नेपाली सेनाका उत्तर पश्चिम पृतनापती दिपेशजंग शाह, प्रदेश प्रहरी प्रमुख जयराज सापकोटा, सशस्त्र प्रहरी बलका प्रदेश निमित्त बाहिनीपति विनोदराज श्रेष्ठसहितको टोली डोल्पा पुगेको हो ।उक्त टोलीले जिल्लामा निर्वाचनको तयारी, मतदान केन्द्रको सुरक्षा अवस्था तथा मतदाताको सहभागिताबारे जानकारी लिएको छ ।जिल्लामा भईरहेको निर्वाचन तयारीबारे प्रमुख जिल्ला अधिकारी जुनु हमालले टोल

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • 207 पटक पढिएको
  • बहुजन पार्टी अध्यक्ष, नेकपा प्रदेश सदस्यसहित डेढसय कांग्रेसमा, डा.कोइरालालाई सघाउने

    मोरङ । नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नम्बर ६ का उमेदवार डा.शेखर कोइरालाले विभिन्न दलका नेताहरुलाई कांग्रेस पार्टीमा प्रवेस गराएका छन् ।नेपाली कम्युनिस्ट पार्टी कोशी प्रदेश सदस्य बिजय कामत कांग्रेसमा प्रवेश गरेका छन् । कामत तत्कालीन माओवादीबाट बिराटनगर वार्ड नम्बर ६ को वडाध्यक्षमा निर्वाचित भएका थिए ।त्यसैगरि बहुजन समाजवादी पार्टी मोरङका अध्यक्ष नारायण पासवान, नेपाली कम्युनिस्ट पार्टी बिराटनगर महानगर समिति सदस्य सन्तोस साह लगायत १५० जना कांग्रेसमा प्रवेश गरेका हुन ।

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • 223 पटक पढिएको
  • आसन्न निर्वाचनलाई मध्यनजर गर्दै कोरला नाका तीन दिन बन्द

    काठमाडौं— मुस्ताङको उत्तरी सीमामा पर्ने कोरला नाका आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै तीन दिनका लागि सिल गरिने भएको छ। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै नेपाल–चीन सीमावर्ती आवागमन अस्थायी रूपमा रोक्न लागिएको हो।कोरला नाका (लोमान्थाङ गाउँपालिका, मुस्ताङ) फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म बन्द रहनेछ। जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार यस अवधिमा अत्यावश्यक सेवाबाहेक सबै प्रकारका आवागमनमा पूर्ण निषेध रहनेछ।

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • 446 पटक पढिएको
  • त्रिभुवन विमानस्थलमा यात्रुहरूको भिड

    काठमाडौं— मध्यपूर्वमा तनाव बढेपछि विभिन्न देशहरूले आफ्नो विमानस्थल बन्द गर्दा त्यसको असर नेपालमा पनि देखिएको छ । नेपालबाट युएई, कतार, कुवेतलगायतका देशहरू जाने विमान रद्द हुँदा त्रिभुवन विमानस्थलमा यात्रुहरूको भिड बढेको छ । खाडीबाहेक अन्य मुलुक जाने यात्रुहरू विमानस्थलमा खचाखच देखिन्छन् ।मध्यपूर्वमा तनाव बढेपछि विभिन्न देशहरूले आफ्नो विमानस्थल बन्द गर्दा त्यसको असर नेपालमा पनि देखिएको छ । नेपालबाट युएई, कतार, कुवेतलगायतका देशहरू जाने विमान रद्द हुँदा त्रिभुवन विमानस्थलमा यात्रुहरूको भिड बढेको छ । खाडीबाहेक अन्य मुलुक जाने यात्रुहरू विमानस्थलमा खचाखच देखिन्छन् ।

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • 491 पटक पढिएको
  • प्रहरीलाई कार्यक्षेत्रमा जुट्न महानिरीक्षक कार्कीको निर्देशन

    काठमाडौं— प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले निर्वाचनलाई राष्ट्रिय संकल्पको रूपमा लिई त्यसलाई भयरहित वातावरणमा सफलतापूर्वक सम्पन्न गराउन सबै प्रहरी कर्मचारी सामूहिक जिम्मेवारीबोधका साथ कार्यक्षेत्रमा जुट्नुपर्ने बताएका छन्।निर्वाचन हुनुअघि, निर्वाचनको बेला र निर्वाचनपछि अपनाउनुपर्ने सुरक्षा सतर्कता तथा समसामयिक विषयमा आज श्रव्यदृश्यका माध्यमद्वारा प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै उनले राष्ट्रप्रतिको आफ्नो दायित्व नबिर्सन निर्देशन दिए।साथै उनले सुरक्षा संवेदनशीलतालाई विश्लेषण गर्दै रणनीतिसहित कार्यक्षेत्रमा परिचालन हुन निर्देशन दिए। प्रहरी महानिरीक्षक कार्कीले भरपर्दो सुरक्षा योजना अवलम्

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • 467 पटक पढिएको
  • जुम्लाको खलाङ्गा बजारमा ज्ञानेन्द्र शाहीको बृहत् चुनावी सभामा

    मुगु— फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभालाई लक्षित गर्दै जुम्लाको सदरमुकाम खलाङ्गा बजारमा ज्ञानेन्द्र शाहीको बृहत् चुनावी आमसभामा सहभागी आम जनतामा सहभागी भिड रहेको छ भने अबको केही समयमै कार्यक्रम सुरु हुँदैछ ।

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • 483 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.