समाचार

    Showing 5,931-5,940 of 26,620 items.
  • भारतमा पटाका कारखानामा विष्फोट, २१ जनाको मृत्यु

    एजेन्शी  ।  भारतमा शनिबार एक पटाका कारखानामा विस्फोट हुँदा कम्तीमा २१ व्यक्तिको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आन्ध्र प्रदेशको काकिनाडामा भएको उक्त घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका आफन्तजनप्रति समवेदना व्यक्त गरेका छन् ।विशेष गरी दिवालीको हिन्दू चाड र विवाह उत्सवको समयमा भारतमा पटाका पड्काएर गरिने उत्सव धेरै लोकप्रिय मानिन्छ ।भारतमा पटाका कारखानामा पटक पटक विस्फोटका घटना हुने गर्छन् तर मानवीय हताहतीका घटनाले पटाकाको उत्पादन र प्रयोगको अभ्यासप्रति प्रश्न चिन्ह खडा गरेको छ 

    • प्रकाशित मितिः फागुन १६, २०८२
    • 280 पटक पढिएको
  • पेट्रोलियम पदार्थको मूल्य यथावत्

    काठमाण्डौ  ।   नेपाल आयल निगमले भारतबाट पेट्रोलियम पदार्थको मुल्य बढेर आएपनि यथावत राखेको जानकारी दिएको छ।निगमले इण्डियन आयल कर्पोरेशनबाट फागुन १६ मा पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य प्राप्त भएको जनाउदै प्रति लिटर पेट्रोलमा २. ०९ रुपैयाँ, डिजेलमा २. ४७ रुपैयाँ र एलपि ग्याँसमा प्रति सिलिण्डर १८. ५८ रुपैयाँले तथा हवाई इन्धनमा प्रति लिटर ५. ९८ रुपैयाँले बढेर आएको भएतापनि आम उपभोक्तको हितलाई मध्यनजर गर्दै निगम सञ्चालक समितिले साविकको पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्यलाई नै यथावत राखिएको जनाएको छ ।हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाको लागि ब्रेकइभन प्वाइन्टमा बिक्र

    • प्रकाशित मितिः फागुन १६, २०८२
    • 310 पटक पढिएको
  • त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सातवटा अन्तरराष्ट्रिय विमानस्थलमा उडान रद्द

    काठमाण्डौ  । हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विभिन्न सातवटा अन्तरराष्ट्रिय विमानस्थलमा हुँदै आएका अन्तरराष्ट्रिय उडान रद्द भएका छन् ।सारजहा, दोहा, दुबै, कुबेत सिटी, अबुधाबी, कतार तथा दमाम विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आज दिउँसो र रातिका सबै उडान रद्द गरिएका त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिएका छन ।उनले भने, “सारजहा, दोहा, दुबै, कुबेतसिटी, अबुधाबी, कतार र कतार विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएकाले नेपालबाट दिउँसो र राति हुने सबै उडान रद्द गरिएका छन् ।

    • प्रकाशित मितिः फागुन १६, २०८२
    • 316 पटक पढिएको
  • रुसले अमेरिका र रसियालाई इरान माथिको आक्रमण तत्काल रोक्न आग्रह गर्यो

    एजेन्शी  ।  रुसले अमेरिका र रसियालाई इरान माथिको आक्रमण तत्काल रोक्न आग्रह गरेको छ। रुसी विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा सैन्य गतिविधि रोकेर स्थिति कूटनीतिक र राजनीतिक समाधानको मार्गमा फर्काउन आवश्यक रहेको उल्लेख छ। वक्तव्यमा अन्तर्राष्ट्रिय समुदायले थप अस्थिरता निम्त्याउने जिम्मेवारहीन कार्यहरूको निष्पक्ष मूल्यांकन छिटो सार्वजनिक गर्नुपर्ने पनि भनिएको छ।  रसियाले अन्तर्राष्ट्रिय कानुन, आपसी सम्मान र स्वार्थ सन्तुलनमा आधारित शान्तिपूर्ण समाधानको प्रयासमा सहयोग गर्न तयार रहेको जनाएको छ।

    • प्रकाशित मितिः फागुन १६, २०८२
    • 337 पटक पढिएको
  • खाडी देशहरूमा आक्रमण सुरु, लाखौं नेपाली खतरामा

    काठमाडौं । इजरायलले शनिबार बिहान इरानको राजधानी तेहरान सहित धेरै शहरहरूमा आक्रमण गरेको थियो। प्रतिक्रियामा इरानले इजरायल विरुद्ध बदला लिने हमला गरेको छ। मिडिया रिपोर्टका अनुसार इरानले बदलामा लगभग ४०० वटा मिसाइल प्रहार गरेको छ।इजरायलका साथै, इरानले कतार, बहराइन, युएई, साउदी अरेबिया र कुवेतमा रहेका अमेरिकी अड्डाहरूमा पनि आक्रमण गरेको छ। इजरायलले इरानको गुप्तचर मन्त्रालय, रक्षा मन्त्रालय, सर्वोच्च नेता खामेनीको कार्यालय र इरानको आणविक ऊर्जा संगठनलाई निशाना बनाएको छ। आक्रमणपछि खामेनीलाई सुरक्षित स्थानमा सारिएको छ।खाडी देशहरूमा लाखौं नेपाली बस्छन् । साउदीमा ५ लाखभन्दा बढी, युएइमा ३ लाखभन्दा बढी, कत

    • प्रकाशित मितिः फागुन १६, २०८२
    • 467 पटक पढिएको
  • पाकिस्तान र अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा

    एजेन्शी  ।  पाकिस्तान र अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा भएको छ। पाकिस्तान ले अफगानिस्तान सँगको द्वन्द्व ‘खुला युद्ध’ मा पुगेको घोषणा गरेको छ। रक्षामन्त्री ख्वाजा मोहम्मद आसिफ ले हवाई आक्रमणपछि धैर्य समाप्त भएको बताए।दुवै पक्षले ठूलो क्षतिको दाबी गरे पनि स्वतन्त्र पुष्टि भएको छैन। सीमा क्षेत्रमा तनाव बढेको छ।पाकिस्तानका रक्षा मन्त्री ख्वाजा मोहम्मद आसिफले अफगानिस्तानसँग देश “खुला युद्धको अवस्थामा” पुगेको घोषणा गरेपछि क्षेत्रीय परिस्थिति थप गम्भीर बनेको हो। यो प्रतिक्रिया पाकिस्तानले काबुलसहित अफगानिस्तानका विभिन्न स्थानमा हवाई आक्रमण गरेपछि आएको हो। घटनाक्रम बिहीबार राति सुरु भ

    • प्रकाशित मितिः फागुन १६, २०८२
    • 444 पटक पढिएको
  • इरानले डरलाग्दो प्रतिक्रिया दिदै एकै पटक ८ देशमा आक्रमण

    एजेन्शी  ।   मध्य पूर्वको अवस्था अब तनावपूर्ण मात्र नभई विनाशकारी पनि बन्ने अवस्था सृजना भएको छ । इजरायल र संयुक्त राज्य अमेरिकाले अपरेशन रोअरिङ लायन अन्तर्गत सल्काएको आगो अब खाडी क्षेत्रमा फैलिएको छ। इरानले डरलाग्दो प्रतिक्रिया दिएको छ जसले सम्पूर्ण विश्वलाई स्तब्ध बनाएको छ। इरानले छिमेकी युएई, बहराइन र कतारमा रहेका अमेरिकी सेनाका अड्डाहरूमा मिसाइल प्रहार गरेको छ। इरानले एकैपटक ८ देशमा आक्रमण गरेको छ।  

    • प्रकाशित मितिः फागुन १६, २०८२
    • 409 पटक पढिएको
  • इजरायलले आक्रमण गरेपछि इरानले खाडी मुलुकहरूमा प्रतिआक्रमणलाई तीब्रता

    एजेन्शी  ।  इरान द्वारा खाडी मुलुकमा लगातार हमला गरिरहेको छ। इजरायलले आक्रमण गरेपछि इरानले खाडी मुलुकहरूमा प्रतिआक्रमणलाई तीब्रता दिएको छ । इरानले कतार, कुवेत, युएई र बहराइनमा आक्रमण गरेको इरानको फार्स समाचार एजेन्सीले जनाएको छ ।समाचार एजेन्सीको हवाला दिँदै अलजजिराले कतारको अल–उदेइद एयर बेस, कुवेतको अल–सलेम एयर बेस, युएईको अल–धफ्रा एयर बेस र बहराइनमा पाँचौं अमेरिकी बेसमा इरानले आक्रमण गरेको समाचार प्रकशित गरेको छ ।

    • प्रकाशित मितिः फागुन १६, २०८२
    • 410 पटक पढिएको
  • इजरायलले आक्रमण गर्यो इरानको विद्यालयहरुमा

    एजेन्शि । इरान र इजरायलबिचको युद्धले निकै भयानक र अमानवीय मोड लिएको छ। दक्षिण इरानको होर्मोज्गान प्रान्तस्थित मिनाब सहरमा रहेको एक प्राथमिक बालिका विद्यालयमा इजरायलले गरेको हवाई आक्रमणमा परी ज्यान गुमाउने विद्यार्थीको संख्या २४ पुगेको छ।यसअघि पाँच जनाको मृत्यु भएको भनिए पनि भग्नावशेषबाट थप शवहरू निकालिएपछि मृतकको संख्या ह्वात्तै बढेको इरानी समाचार एजेन्सी फार्सले पुष्टि गरेको छ।  युद्धको राप छिमेकी मुलुक बहराइनमा पनि सल्किएको छ। बहराइनको गृह मन्त्रालयले अमेरिकी नौसैनिक आधार शिविर रहेको जुफैर क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा सार्न सुरु गरेको छ।उक्त सैन्य अखडामाथि इरानी हमला

    • प्रकाशित मितिः फागुन १६, २०८२
    • 462 पटक पढिएको
  • देश बचाउन र स्थिरताका लागि कांग्रेस सत्तामा पुग्न जरुरी : डा.महत

    काठमाडौं । नेपाली कांग्रेसका नेता तथा नुवाकोट क्षेत्र नम्बर १ का उम्मेदवार डा।प्रकाश शरण महतले देश संकटको अवस्थामा रहेको उल्लेख गर्दै लोकतन्त्रको रक्षा, विधिको शासन सुनिश्चितता र स्थिरताका लागि नेपाली कांग्रेस सत्ताको नेतृत्वमा पुग्न आवश्यक रहेको बताएका छन् ।नुवाकोटमा कांग्रेसको बृहत चुनावी सभालाई सम्बोधन गर्दै उनले नुवाकोट जिल्ला नेपाली कांग्रेसको गढ भएकाले विजय सुनिश्चित हुने विश्वास व्यक्त गरे । उनले वर्तमान राष्ट्रिय राजनीति अत्यन्त तरल अवस्थामा रहेको भन्दै देश अझ कमजोर हुने खतरा विद्यमान रहेको बताए ।‘नुवाकोट जिल्ला नेपाली कांग्रेसको गण भएकोले विजय सुनिश्चित हुने मलाई थप विश्वास बढेको छ ।

    • प्रकाशित मितिः फागुन १६, २०८२
    • 300 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.