गुल्मी । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशको यो विषम परिस्थितिलाई निकास दिनसक्ने ताकत नेपाली कांग्रेससँग मात्रै भएको बताएका छन् ।गुल्मी १ मा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शर्माले अहिले देशलाई निकास दिने कांग्रेस बाहेक अन्य पार्टी नभएको बताएका हुन् ।उनले भनेका छन्, ‘सबै क्षेत्रका योग्य र विज्ञलाई जोडेर देश सम्हाल्ने तागत आजका दिनमा कांग्रेसका सभापति गगनकुमार थापामा रहेको छ । चन्द्र भण्डारी जस्तो विज्ञको नेतृत्वमा संरचना बनाएर सिंगो समाजमा राम्रोसँग ड्राइभ गर्नसक्छ भन्नेमा हामी विश्वस्त छौँ । देश सम्हाल्ने विश्वास दिलाएका छन् । परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्
सर्लाही । प्रतिनिधि सभा सदस्य निर्वाचनको संघारमा सर्लाहीमा नेपाली कांग्रेसलाई ठूलो झट्का लागेको छ ।कांग्रेसको प्रभाव क्षेत्र मानिँदै आएको रामनगर गाउँपालिका– २ खैर्वा इनर्वाबाट करिब चार सय कार्यकर्ताले सामूहिक रूपमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन् ।शनिबार एक कार्यक्रमकाबीच पूर्व संविधानसभा सदस्य शिवपुजन राय यादवले नवप्रवेशीहरूलाई टीका, माला र अबिर लगाएर पार्टीमा स्वागत गरेका थिए । उनले एमालेले अघि सारेको विकास र सुशासनको एजेन्डालाई जनतामाझ थप प्रभावकारी रूपमा पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।स्थानीय तहमा भएको यस सामूहिक प्रवेशलाई आसन्न निर्वाचनसँग जोडेर हेरिएको छ । राजनीतिक
काठमाडौं । मुक्कुम्लुङ संरक्षण, कोशी नाम खारेजी तथा मुक्कुम्लुङ क्षेत्रमा प्रस्तावित केवलकार परियोजनाको विरोध गर्दै आएका समुहहरुले तीनवटा एजेण्डा अघि सार्दै ती एजेण्डामा प्रतिबद्धता नजनाउने दल तथा उम्मेदवारलाई मत नदिन मतदातासँग अपिल गरेका छन् ।शनिबार मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समिति तथा प्रदेश नं. १ पुनःनामाङ्कन संयुक्त संघर्ष समितिले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै मुक्कुम्लुङ संरक्षण तथा बचाउ, मुक्कुम्लुङ क्षेत्रमा प्रस्तावित केवलकार परियोजना खारेजी र प्रदेश नं. १ को नाम ‘कोशी’ खारेजको एजेण्डा अघि सार्दै ती एजेण्डामा प्रतिबद्धता नजनाउने दल तथा उम्मेदवारलाई मत नदिन मतदातासँग अपि
एजेन्शी । अमेरिका इजरायल र ईरान यु'द्धका कारण, इजरायल र कतारमा 'हाइ अलर्ट'मा छ।कतार सरकारले आपतकालीन सूचना जारी गर्दै स्थानीय नागरिक र आप्रवासी कामदारहरूलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र आफ्नै बासस्थानमा सुरक्षित रहन अनुरोध गरेको छ। कतारमा हाल करिब ४ लाख नेपाली कार्यरत छन् भने इजरायलमा ३ देखि ५ हजारको हाराहारीमा नेपाली रहेका छन्।
सर्लाही । बलरा नगरपालिका– १० सुदामा बसोबास गर्दै आएका अन्दाजी ६० वर्षीय भनु महतो र उनकी ५६ वर्षीया श्रीमती निर्मलादेवी झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।प्रहरीका अनुसार दम्पतीको शव घरबाट करिब पाँच सय मिटर उत्तर–पश्चिम दिशामा रहेको गोठघरभित्र बाँसको बलोमा प्लास्टिकको डोरी प्रयोग गरी झुण्डिएको अवस्थामा भेटिएको हो।शनिबार बिहान करिब ८ बजे स्थानीयले देखेपछि तत्काल इलाका प्रहरी कार्यालय गडहियामा खबर गरेका थिए ।सूचना पाउना साथ प्रहरीको टोली घटनास्थल पुगेको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट फरेन्सिक टोलीसमेत परिचालन गरी अनुसन्धान अघि बढाइएको छ। स्थानीयका अनुसार घटना शंकास्पद रहेको छ
मुगु । फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक सामग्री लिएर निर्वाचन टोली शनिबारदेखि मतदान केन्द्रतर्फ जान सुरु गरेका छन् ।जिल्लाका चारवटै स्थानीय तहमा गरी कुल ७० वटा मतदान केन्द्र मध्ये ६९ जना मतदान अधिकृत खटाइएका छन् भने छायाँनाथ रारा नगरपालिका स्थित महाकाली माध्यमिक विद्यालयमा रहेको एक वटा अस्थायी मतदान केन्द्रका लागि सहायक मतदान अधिकृतसहित तीन जना खटाइएको छ ।मुगुमा सहायक मतदान अधिकृत ७० जना र अन्य सहायक कर्मचारी तथा सहयोगी सहित कुल जम्मा ५सय ९९ जना कर्मचारी परिचालन गरिएको सहायक निर्वाचन अधिकृत तथा सूचना अधिकारी प्रेमराज खनियाँले बताए ।जिल्लाभर एकवटा अस्थायी मतदान केन्द्रस
राजविराज । सप्तरी क्षेत्र नम्बर ३ बाट राष्ट्रिय मुक्ति पार्टीबाट उम्मेदवार बनेका गजेन्द्र मण्डलले नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गरेका छन् ।मण्डलले कांग्रेसका उम्मेदवार दिनेशकुमार यादवलाई समर्थन गर्ने घोषणा गरेका हुन् । मण्डलले यादवलाई समर्थन गर्दै उनैका लागि मत माग्ने सहमति दुई पार्टीबीच भएको छ । शनिबार नेपाल पत्रकार महासंघ, सप्तरीमा पत्रकार सम्मेलन गरी यो सहमतिको विषयमा जानकारी गराइएको छ ।सहमति पत्रमा नेपाली कांग्रेस सप्तरीका सचिव सनत मण्डल र राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय सदस्य मनोज चौधरीले हस्ताक्षर गरेका छन् ।योसँगै सप्तरी ३ मा कांग्रेसका उम्मेदवार यादव बलियो बन्दै गएका छन् ।
एजेन्शी । इजरायल र अमेरिकाले संयुक्त रुपमा हमला गरेसँगै इरानले पनि प्रत्याक्रमणलाई जारी राखेको छ । जवाफी हमलामा इरानले इजरायल, यूएई, बरहाइन, कुवेत र कतारजस्ता मुलुकलाई निशाना बनाएको छ ।ती मुलुकका विभिन्न स्थानमा विस्फोटको आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यसैबीच साउदी अरबको राजधानी रियादमा पनि विस्फोट भएको खबर प्राप्त भएको छ । एएफपी समाचार एजेन्सीका अनुसार रियादमा ठूलो विस्फोटको आवाज सुनिएको छ । अमेरिकाको निकट सैन्य साझेदार मानिने साउदी अरबमा हाल उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।क्षेत्रीय तनाव चुलिएका बेला खाडी क्षेत्रका विभिन्न मुलुकले आफ्नो हवाई क्षेत्र बन्द गरेक
दमक । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दमक २ को हिमशिखर टोल विकास संस्थामा आयोजित कार्यक्रममा अभिनन्दन गरिएको छ ।विकास निर्माण र राष्ट्रियताका पक्षमा लिएको अडान र अगुवाईको उच्च सम्मान गर्दै अभिनन्दन गरिएको टोल विकास संस्थाले जनाएको छ ।अभिनन्दनका क्रममा स्थानीय यहाँ आवश्यक विकासका बाँकी कामहरु पूरा गरि दिन समेत आग्रह गरे । यस्तै सोहि वडाको झोलुङ्गे पुल नजिक आयोजित कार्यक्रममा स्थानीयले सो पुलका कारण स्थानीयको दैनिक सहज भएको उल्लेख गरे ।यहाँको भूमि सम्वन्धि समस्या समाधान समेत गरि दिन स्थानीयको माग थियो । ओली आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं.
काठमाडौं । गोरखाका दुवै निर्वाचन क्षेत्रमा पूर्वप्रधानमन्त्री डा।बाबुराम भट्टराईको पार्टी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले नेपाली कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेको छ ।प्रलोपाले यहि फागुन २१ गते हुने निर्वाचनमा प्रलोपाले प्रत्यक्षतर्फ नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ लाई समर्थन गर्ने निर्णय गरेको हो ।समानुपातिकतर्फ भने आफ्नै चुनाव चिन्ह ‘आँखा’ मा मतदान गर्ने निर्णय गरेको प्रलोपाका जिल्ला अध्यक्ष नारायण खत्रीले जानकारी दिए ।दुई पार्टीबीच मिलेर जाने समझदारी अनुसार प्रलोपाले प्रतक्ष्यतर्फ कांग्रेसलाई सहयोग गर्ने निर्णयमा पुगेको अध्यक्ष खत्रीले बताए । प्रलोपाको हालै सम्पन
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.