समाचार

    Showing 5,961-5,970 of 26,620 items.
  • सिड्नीमा बाढी : ४० भन्दा बढी मानिस उद्धार

    काठमाडौँ – सिड्नीमा भारी वर्षा पछि आएको बाढीमा फसेका  ४० भन्दा बढी मानिसहरूको उद्धार गरेको बताउदै अधिकारीहरूले अचानक बाढी आउदा  बिजुली समेत कटौती भएको जनाएका छन् ।न्यु साउथ वेल्स राज्य आपतकालीन सेवा (एनएसडब्लु एसइएस) ले बिहीबार देखि शुक्रबार सम्म मध्य र पश्चिमी सिड्नीमा ४२ वटा बाढी उद्धार अभियान सञ्चालन गरेको बताएको छ ।केही उपनगरहरूमा तीन घण्टाको अवधिमा १०० मिलिमिटर भन्दा बढी वर्षा भए पछि सिड्नी महानगरीय क्षेत्रमा सहयोगका लागि कल आएको एसइएसले जनाएको छ ।आकस्मिक बाढीले प्रमुख सडकखण्डलाइ प्रभावित बनाउनुका साथै विद्युतिय पुर्वाधारका  र  भौतिकं सम्पत्तिहरूमा क्षेति गरेको जनाइएको

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • 440 पटक पढिएको
  • गौरीबहादुर कार्कीलाई पदमुक्त गर्न अदालतले अनुमति दिएन

    काठमाडौं – सर्वोच्च अदालतले जेननी आन्दोलन छानबिन आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई पदमुक्त गर्न अस्वीकार गरेको छ। अदालतले कार्कीले सार्वजनिक रूपमा व्यक्त गरेका धारणा व्यक्तिगत नैतिकताको विषय भएको उल्लेख गर्दै केवल धारणा व्यक्त गरेको आधारमा पदमुक्त गर्न नहुने ठहर गरेको छ।अधिवक्ता विपिन ढकालले आयोगको निष्पक्षता र औचित्यमाथि प्रश्न उठाउँदै दायर गरेको रिट पुस ११ गते खारेज भएको थियो। अदालतले केवल नैतिक मूल्याङ्कनमा पदमुक्त प्रयास गर्दा न्यायिक अधिकारको सीमा विस्तार हुन सक्ने चेतावनी दिएको छ।भविष्यमा जाँचबुझ आयोग गठन गर्दा पदाधिकारीको निष्पक्षता र सार्वजनिक विश्वास कायम राख्ने व्यवस्था गर्न सरकार

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • 310 पटक पढिएको
  • दिल्ली अदालतले अरविन्द केजरीवाललाई भ्रष्टाचार आरोपबाट मुक्त गर्यो

    काठमाडौं  – दिल्ली अदालतले भारतीय विपक्षी नेता अरविन्द केजरीवाललाई भ्रष्टाचार मुद्दामा निर्दोष ठहराउँदै सबै आरोपबाट मुक्त गरेको छ। मार्च २०२४ मा मदिरा इजाजतपत्र बाँडफाँटमा घुस लिएको आरोपमा पक्राउ परेका केजरीवाल केही महिना जेल बसेका थिए।अदालतले उनलाई, उनका पूर्व सहायक मनिष सिसोदिया र अन्य २१ जनालाई पनि सबै आरोपबाट मुक्त गरेको छ। फैसलापछि केजरीवालले न्यायको विजय भएको भन्दै सत्यको पक्षमा खुशी व्यक्त गरे र सत्ताधारी पार्टी भारतीय जनता पार्टीमाथि राजनीतिक षड्यन्त्रको आरोप लगाए।अदालतको फैसला केजरीवालको राजनीतिक छविलाई मजबुत बनाउने र आम आदमी पार्टीलाई आगामी निर्वाचनमा उत्साहित बनाउने संकेत भएको

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • 336 पटक पढिएको
  • चिसो घटेसँगै मुस्ताङ पर्यटन पुनः जागृत, मुक्तिनाथ केन्द्रमा चहलपहल

    मुस्ताङ –  हिमाली मौसम अनुकूल बन्दै जाँदा मुस्ताङको पर्यटन क्षेत्र पुनः चलायमान बन्न थालेको छ ।विशेषगरी प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा तीर्थयात्री र घुम्न आउने पर्यटकको सङख्या बढ्न थालेपछि समग्र हिमाली पर्यटनले नयाँ गति लिन थालेको हो ।मुक्तिनाथ विकास समितिका अनुसार हाल दैनिक चार हजारदेखि पाँच हजारसम्म आन्तरिक तथा बाह्य पर्यटक मन्दिर पुगिरहेका छन् । पुस–माघको चिसोका कारण सुस्ताएको आगमन फागुन लागेसँगै पुनः बढेको छ, जसले धार्मिक पर्यटनको सिजन सुरु भएको संकेत दिएको छ ।मुक्तिनाथ हिन्दू र बौद्ध धर्मावलम्बी दुवैका लागि पवित्र तीर्थ हो । तर यहाँ आउने पर्यटक केवल दर्शनमै सीमित छैनन् । हिमालको काखम

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • 372 पटक पढिएको
  • प्रतिनिधिसभा चुनाव : आधाभन्दा कम उम्मेदवारले मात्रै बैंक खाता खोले

    काठमाडौं – यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका ३ हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये आधाभन्दा कम, १ हजार ६७० जनाले मात्रै बैंक खाता खोलेका छन्। निर्वाचन आयोगका अनुसार चुनावी खर्च पारदर्शी बनाउन अनिवार्य गरिएको व्यवस्था कार्यान्वयनमा कमजोर देखिएको हो।निर्वाचनमा भाग लिएका ६५ राजनीतिक दलमध्ये ११ दलले मात्र प्रचारप्रसारका लागि छुट्टै बैंक खाता सञ्चालन गरेका छन्। खाता खोल्ने दलमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी, संयुक्त नागरिक पार्टी, मितेरी पार्टी, नेपाल

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • 336 पटक पढिएको
  • फागुन २१ प्रतिनिधिसभा निर्वाचनका लागि २ लाख २१ हजार कर्मचारी खटिने

    काठमाडौं –  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा दुई लाख २१ हजार कर्मचारी खटिने भएका छन्।७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका २३,११२ मतदान केन्द्र र समानुपातिक मत केन्द्र १४३ स्थानमा कर्मचारी परिचालन गरिनेछ। सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार ५०० भन्दा बढी मतदाता भएका केन्द्रमा नौ, र ५०० भन्दा कम मतदाता भएका केन्द्रमा आठ जना कर्मचारी खटाइने व्यवस्था गरिएको छ।मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिएकोपछि उनीहरूले अन्य कर्मचारीलाई मतदान प्रक्रियामा प्रशिक्षण दिने व्यवस्था पनि गरिएको छ। निर्वाचन सामग्री र मतपत्र बिहीबार देशभरका सबै

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • 296 पटक पढिएको
  • काठमाडौं प्रशासनको आग्रह : होली सार्वजनिक स्थानमा शान्तिपूर्ण मनाउन

    काठमाडौं –  काठमाडौं जिल्ला प्रशासनले होली पर्व शान्तिपूर्ण र सुरक्षित रूपमा मनाउन अनुरोध गर्दै सार्वजनिक स्थानमा भीडभाड, मेला–महोत्सव र मदिरा बिक्री–वितरण नगर्न निर्देशन दिएको छ। कार्यालयले परिवार र साथीभाइसँग घरपरिसरमै होली मनाउन सकिने भए पनि खुला सडकमा अनावश्यक सभा, जुलुस वा निर्वाचन चिह्न/सामग्री प्रयोग नगर्न आग्रह गरेको छ। साथै, अन्य व्यक्तिको इच्छाविपरीत रङ हाल्ने, मदिरा सेवन गर्ने वा सार्वजनिक मर्यादा भंग गर्ने काम कानुनविपरीत हुने सूचनामा उल्लेख गरिएको छ।

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • 257 पटक पढिएको
  • धनुषामा प्रतिनिधिसभा निर्वाचनका लागि सीमा नाका तीन दिन बन्द

    धनुषा – प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण बनाउन धनुषाका भारतसँग जोडिएका सबै सीमा नाका तीन दिनका लागि बन्द हुने भएका छन्।जिल्ला प्रशासन कार्यालय धनुषाले जानकारी दिएको अनुसार सीमा नाका १८ फागुन राति १२ बजेदेखि २१ फागुन राति १२ बजेसम्म बन्द रहने छन्। मतदान अवधिभर अत्यावश्यक सेवा बाहेक आवतजावत रोक्ने, सुरक्षा प्रभावकारी बनाउने र निगरानी कडा गर्ने लक्ष्य राखिएको छ।प्रशासनले सर्वसाधारण, व्यवसायी र सरोकारवालालाई अग्रिम तयारी गर्न आग्रह गर्दै निर्वाचन अवधिभर शान्ति–सुरक्षा कायम राख्न सबैको सहयोग आवश्यक रहेको बताएको छ।

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • 326 पटक पढिएको
  • कास्कीमा निर्वाचन अवधिभर मदिरा बिक्रीमा प्रतिबन्ध

    कास्की – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कास्की जिल्लामा शुक्रबार रातिदेखि निर्वाचनको अन्तिम परिणाम सार्वजनिक नभएसम्म मदिराजन्य पदार्थको बिक्री, वितरण, ओसारपसार तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको छ।जिल्ला प्रशासन कार्यालय कास्कीले सूचना जारी गर्दै शुक्रबार राति १२ बजेदेखि उक्त निर्णय कार्यान्वयनमा आएको जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालका अनुसार स्वच्छ, निष्पक्ष, मर्यादित, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यले निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८, निर्वाचन आयोगको विज्ञप्ति तथा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार मदिरा निषेध

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • 264 पटक पढिएको
  • डिआईजी स्तरको नेपाल–भारत समन्वय बैठक सम्पन्न

    काठमाडौं –  नेपालको सशस्त्र बलको बाहिनी तह (डिआईजी स्तर) र भारतीय सशस्त्र बलबीच समन्वय बैठक भारतको उत्तराखण्डस्थित चम्पावतमा सम्पन्न भएको छ।सशस्त्र प्रहरी बल, नेपालको नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय अत्तरियाको तर्फबाट बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) विजय सुवेदीको नेतृत्वमा प्रतिनिधिमण्डल उक्त बैठकमा सहभागी भएको थियो।बैठकमा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सीमा क्षेत्रमा हुन सक्ने अवैध घुसपैठ, चोरी–तस्करी, अवैध निकासी तथा लागूऔषध ओसारपसार नियन्त्रणका विषयमा विस्तृत छलफल गरिएको थियो।त्यस्तै, निर्वाचन अवधिमा उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीहरूको व्यवस्थाप

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • 308 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.