समाचार

    Showing 5,971-5,980 of 26,620 items.
  • ६५ दल प्रतिस्पर्धामा, घोषणापत्र बुझाउने ४३ मात्रै

    काठमाडौं –  निर्वाचन आयोगमा हालसम्म ४३ वटा राजनीतिक दलले मात्रै आफ्नो चुनावी घोषणापत्र पेश गरेका छन्। आयोगको राजनीतिक शाखाका अनुसार तोकिएको समयभित्र यति मात्र दलले घोषणापत्र बुझाएका हुन्।आयोगले दलहरूलाई घोषणापत्र सार्वजनिक गरी आयोगमा दर्ता गरिसकेपछि मात्र चुनावी प्रचारप्रसारमा जान निर्देशन दिएको थियो। यस वर्ष फागुन ४ गतेदेखि प्रचारप्रसारको अवधि सुरु गरिएको छ।निर्वाचन आचारसंहितामा दल तथा उम्मेदवारले आफ्नो घोषणापत्र आयोगमा अनिवार्य रूपमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ। साथै, प्रत्येक वर्ष सो सम्बन्धी विवरणसमेत पेश गर्नुपर्ने उल्लेख छ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६१

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • 365 पटक पढिएको
  • जनताको घरदैलोमा लक्ष्मी संग्रौला, सुख–दुःखमा सहारा बन्ने प्रतिबद्धता

    झापा— झापा ५ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट उम्मेदवार बनेका लक्ष्मीप्रसाद संग्रौलाले चुनावी अभियानलाई तिब्रता दिएका छन् । उनले घरदैलो र समर्थकहरुसँगको भेटघाटलाई बढाएका हुन् ।संग्रौला सामाजिक अभियन्ता हुन्। झापालीहरूले उनलाई एक मानवीय संवेदना भएको व्यक्तिका रुपमा लिने गर्छन्। संग्रौला राजनीतिक उम्मेदवारका रूपमा मात्र होइन, गरिब निमुखाको उपचार र सहयोगमा अगाडि सर्ने समाजसेवीका रूपमा पनि चर्चा कमाएका छन्।अस्पतालको बिल तिरेर ज्यान जोगाइदिएका स्थानीय बासिन्दाका अनुसार, आर्थिक अभावका कारण उपचार रोकिएका बिरामीहरूलाई उनले व्यक्तिगत पहलमा अस्पताल पु¥याउने, औषधि किन्न सहयोग गर्ने र उपचार खर

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • 722 पटक पढिएको
  • सुनको मूल्यमा सामान्य गिरावट,कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं— नेपाली बजारमा आज साताको कारोबारको अन्तिम दिन सुनको मूल्य ५०० रुपैयाँले घटेको छ ।आज छापावाला सुनको मूल्य ५०० ले घटेर ३ लाख १४ हजार ९ सय रुंपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।बिहीबार सुनको मूल्य ३ लाख १५ हजार ४ सय रुंपैयाँमा कारोबार भएको थियो ।त्यस्तै, आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर तोलामा ५ हजार ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।बिहीबार चाँदीका मूल्य तोलामा ५ हजार ७ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • 392 पटक पढिएको
  • एकातिर चुनावको नारा अर्कोतिर होलीको गीतले गुञ्जमान भयो मिथिला

    जलेश्वर।जिन्दावाद, जिन्दावाद...पार्टी जिन्दावाद, ...छाप जिन्दावाद, ।जिन्दावाद, जिन्दावाद...पार्टी जिन्दावाद, ... छाप जिन्दावाद, ।जात पर न पात पर, मोहर लगाऊ ...छाप पर,...भैया जिन्दावाद, ...भैया जिन्दावाद,जिन्दावाद, जिन्दावाद...छाप जिन्दावाद ।‘जोगिरा सररर, सररर, सररर । जोगिरा सररर ।’‘मिथिलामे राम खेलैया होली, मिथिलामे । मिथिलामे हो, मिथिलामे हो, मिथिलामे ।’ मिथिलामे राम खेलैय होली, मिथिलामे । ‘किनका के सोभे पियरी पितम्बर, किनकाके सोभे पियरी पितम्बर, किनकाके हाथ अबिर झोली । मिथिलामे, हो मिथिलामे राम खेलैय होली, मिथिलामे’ ‘सीताजीके सोभे पियरी पितम्बर, सीताजीकै सोभे पियरी पितम्बर, रामजीके हाथ अबिर

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • 363 पटक पढिएको
  • काठमाडौं ३ मा कुलमानको घरदैलो, मतदाताहरू परिवर्तनको पक्षमा रहेको दाबी

    काठमाडौं—  कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौं क्षेत्र नम्बर ३ मा चुनावी घरदैलो कार्यक्रम तीव्र बनाएको छ ।पार्टीका अध्यक्षसमेत रहेका काठमाडौं क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उम्मेदवार घिसिङको टोलीले शुक्रबार गोकर्णेश्वर नगरपालिकाका वडा नम्बर २, ३ र ४ मा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै पार्टीका एजेन्डा प्रस्तुत गरेको हो ।घरदैलो कार्यक्रमका क्रममा पार्टीका सदस्य कुमारराज सुवेदीले काठमाडौं क्षेत्र नम्बर ३ का मतदाताहरू परिवर्तनको पक्षमा रहेको दाबी गरे । उनले मतदाताहरू यसपटक नयाँ विकल्प रोज्न उत्साहित देखिएको बताए ।सुवेदीले घिसिङक

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • 500 पटक पढिएको
  • निर्वाचन निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने वातावरण बनाउन गृहमन्त्रीको निर्देशन

    काठमाडौं— गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताएका छन् ।दोलखाको बैतेश्वर गाउँपालिकाको मतदान केन्द्रको शुक्रबार स्थलगत निरीक्षण तथा अनुगमनका क्रममा मन्त्री अर्यालले विगतमा भएका कमिकमजोरीलाई सच्याई यसपटको निर्वाचन स्वश्च, निश्पक्ष धाधलिरहित र निर्धक्कसाथ शान्तिपूर्वक गराउनेगरी वातावरण बनाउनसमेन निर्देशन दिए ।सो कार्यक्रमामा जिल्ला सबै सुराक्षा निकाय र केन्द्रको समेत उच्च तहको उपस्थितमा भएको कार्यक्रममा सरकारका प्रवक्ता समेत रहनुभएका गृहमन्त्री अर्यालले सामाजिक सञ्जालमा चलाइने गलत, मिथ्या र दुष्प्रचारका सूच

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • 472 पटक पढिएको
  • गोलबजार नगरपालिका–२ गुरु धाममा दुःखद घटना, करेन्ट लागेर एक जनाको ज्यान गयो

    सिरहा— गोलबजार नगरपालिका–२ गुरु धाममा अत्यन्त दुःखद घटना घटेको छ । टिप्परको हाइड्रो लिक डाला उठाउने क्रममा ११ हजार भोल्टको हाई टेन्सन विद्युत् लाइनमा डाला छोइएपछि करेन्ट लागेर एक गुरुजीको ज्यान गएको हो ।घटनाका अनुसार प्र–२–०१–००१ का ००४५ नम्बरको टिप्परका चालक सन्तोष कुमार साहले गाडीको डाला उठाउने क्रममा माथि रहेको हाई टेन्सन लाइनमा टच हुन पुगेको बताइएको छ। करेन्ट लागेसँगै गाडीमा आगो समेत लागेको स्थानीयले जानकारी दिएका छन् ।घटनापछि स्थानीयवासी त्रसित बनेका छन् भने प्रहरी र सम्बन्धित निकायले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाइएको छ । शवलाई पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको बताइएको छ ।यस घट

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • 494 पटक पढिएको
  • निर्वाचन प्रयोजनका लागि २२ उम्मेदवारले खेले बैंक खाता

    ढोरपाटन। निर्वाचन खर्च प्रयोजनका लागि बागलुङका २२ उम्मेदवारले बैंक खाता खोलेका छन् ।प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि बागलुङ क्षेत्र नम्बर १ र क्षेत्र नम्बर २ मा उम्मेदवार भएका २३ जनामध्ये अहिलेसम्म २२ जनाले बैंक खाता खोलेको निर्वाचन आचारसंहिता अनुगमन समितिले जनाएको छ ।उम्मेदवारको खर्च र आम्दानी सोही खाताबाट गर्नुपर्ने कोष तथा लेखा नियन्त्रणको कार्यालय बागलुङका कोष नियन्त्रक किशोरकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार क्षेत्र नम्बर १ का एक जना उम्मेदवारले खाता खोलेका छैनन् ।बागलुङमा उम्मेदवारले बढीमा २९ लाखसम्म खर्च पाउने निर्वाचन आयोगले मापदण्ड बनाएको छ । निर्वाचनमा हुने आर्थि

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • 287 पटक पढिएको
  • कोलोञ्जोरघाटदेखि नुम्बुरको काखसम्मको ‘लिखु कोरिडोर’ सडक निर्माण तीव्र, ५ किमी कालोपत्रे सम्पन्न

    रामेछाप— रामेछापको सबैभन्दा होचो भू–भाग कोलोञ्जोरघाटदेखि लिखु नदीको उद्गमस्थल नुम्बुर हिमाल नजिक गुम्देलको लाहा छेवरसम्म जोड्ने ‘लिखु कोरिडोर’ सडक निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ ।करिब ५५ किलोमिटर लामो उक्त सडकअन्तर्गत हालसम्म करिब ५ किलोमिटर खण्ड कालोपत्रे सम्पन्न भएको छ भने बाँकी क्षेत्रमा स्तरोन्नतिको काम जारी रहेको छ ।रामेछाप र सिन्धुलीको फिक्कल क्षेत्रलाई जोड्ने सुनकोसीस्थित कोलोञ्जोरघाट पुलदेखि साँघु टारतर्फको ५ किलोमिटर सडक कालोपत्रे गरिएको छ ।यो खण्डले स्थानीय आवतजावत सहज बनाउनुका साथै वर्षा याममा हुने सवारी अवरोधको समस्या न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ । कोलोञ्जोरघाटदेखि सि

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • 524 पटक पढिएको
  • कांग्रेस नेता बिमलेन्द्र निधिले सार्वजनिक गरे आफ्ना चार कार्ययोजना

    जनकपुर— नेपाली कांग्रेसका नेता एव् धनुषा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बिमलेन्द्र निधिले आफ्ना चारवटा मुख्य कार्ययोजना सार्वजनिक गरेका छन् ।शुक्रबार जनकपुरधामस्थित नीजि निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता निधिले आफू निर्वाचित भएमा मुख्य चारवटा कामहरु गर्ने बताए ।उनले धनुषाका दक्षिण ग्रामीण भेगमा तीनवटा प्रसुती अस्पताल र तीन वटा बाल अस्पताल खोल्ने योजना बनाएको जानकारी दिए ।नेता निधिले धनुषाका दक्षिणी ग्रामीण भेगका सर्वसाधारणहरुलाई सदरमुकाम जनकपुरधाम आएर उपचार गराउने झन्झटलाई अन्त्य गर्नका निम्ति तीन वटा स्थानमा प्रसुती अस्पताल र तीन वटा बाल अस्पताल बनाउने योजना ल्या

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • 461 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.