समाचार

    Showing 5,991-6,000 of 26,620 items.
  • पाकिस्तानद्वारा अफगानस्तानविरुद्ध ‘खुला युद्ध’ को घोषणा

    काठमाडौं— पाकिस्तान र अफगानिस्तान बीच सीमा पारको द्वन्द्व शुक्रबार तीव्र बनेको छ । अफगानस्तानले काबुल, कन्दहार र उबअतय क्षेत्रमा हवाई हमला गरेपछि इस्लामाबादले काबुलविरुद्ध “खुला युद्ध” घोषणा गरेको जनाएको छ ।पाकिस्तानी रक्षा मन्त्री ख्वाजा आसिफले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा सार्वजनिक गरेको बयानमा अफगानिस्तानमाथि पलायनवादी कट्टरपन्थी समूह र आतंकवादीलाई संरक्षण गरेको आरोप लगाउँदै “हाम्रो धैर्य टुट्यो, अब खुला युद्ध छ” भनेका छन् । उनले भनेका छन,“नाटो फौजको वापसीपछि अफगानिस्तानमा शान्ति हुने अपेक्षा थियो । तर त्यहाँ विश्वभरका आतंकवादीहरू जम्मा भए, आतंक निर्यात हुन थाल्यो । महिला–मानवअधिकारबाट व

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • 478 पटक पढिएको
  • चैत १ देखि बेनी हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने

    काठमाडौं— बेनी हाईड्रोपावर प्रोजेक्ट लिमिटेडले आगामी चैत १ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।कम्पनीले गत माघ २९ गते नेपाल धितोपत्र बोर्ड बाट जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत अर्थात २० करोड ८० लाख रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका २० लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो । जारी गरिने कुल शेयरमध्ये १० प्रतिशत अर्थात १० करोड ४० लाख रुपैयाँ बराबरको १० लाख ४० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • 494 पटक पढिएको
  • मतदाता आकर्षित गर्न आ–आफ्नै ‘एजेन्डा’

    काठमाडौं। यसअघिका संसदीय निर्वाचनमा सिट सङ्ख्याका आधारमा निर्णायक भूमिकामा नरहेका र यसपटकदेखि चुनावी मैदानमा होमिएका राजनीतिक दलहरूले मतदातालाई आकर्षित गर्न आ–आफ्नै ‘एजेन्डा’ अघि सारेका छन् ।यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्ष र समानुपातिक प्रणालीतर्फ उम्मेदवारी मनोनयन गरी निर्वाचन चिह्न प्राप्त गरेका राजनीतिक दलहरूले निर्वाचन घोषणापत्र जारी गरी प्रचारप्रसार अघि बढाएका छन् ।कुल १२० राजनीतिक दलले निर्वाचनमा भाग लिने आवेदन दिएकामा प्रत्यक्षतर्फ ६५ राजनीतिक दलले ६१ राजनीतिक चिह्न तथा समानुपातिकतर्फ ६३ राजनीतिक दलले ५७ राजनीतिक चिह्नमा प्रतिस्पर्धा गर्दैछन् ।निर्वाचन घोषण

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • 301 पटक पढिएको
  • काठमाडौं–५ की स्वतन्त्र उम्मेदवार कोमल पौडेलद्वारा उम्मेदवारी स्थगित, ईश्वर पोखरेललाई समर्थन घोषणा गर्ने

    काठमाडौं— काठमाडौं क्षेत्र नं. ५ की स्वतन्त्र उम्मेदवार कोमल पौडेलले आफ्नो उम्मेदवारी स्थगित गर्ने भएकी छन् ।उनले शुक्रबार दिउँसो १ बजे सेफ हस्पिटालिटी एण्ड पार्टी भेन्युमा पत्रकार सम्मेलन गरी औपचारिक घोषणा गर्ने कार्यक्रम तय गरिएको प्रचारप्रसार उपसमितिका प्रमुख डा. दिपेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।मोबाइल चुनाव चिन्ह लिएर प्रतिस्पर्धामा उत्रिएकी पौडेलले आफ्नो उम्मेदवारी स्थगित गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट सोही क्षेत्रका उम्मेदवार ईश्वर पोखरेल लाई समर्थन तथा ऐक्यबद्धता घोषणा गर्ने तयारी गरेकी हुन् ।पौडेलले राष्ट्रिय स्वाधीनताको रक्षा र जनसमस्याको सम्बोधन हुने अपेक्षासह

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • 467 पटक पढिएको
  • प्रचण्डले आज नुवाकोटका उम्मेदवारसँगै मतदाता भेटघाट गर्ने

    काठमाडौं— नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नुवाकोटका उम्मेदवारद्वारा आयोजना गरिने मतदाता भेटघाट कार्यक्रममा सहभागी हुने भएका छन् ।नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा आयोजित कार्यक्रम शुक्रबार बालाजुस्थित अनुपमद्वार पार्टी भेन्यूमा दिउँसो १२ः३० बजे सुरु हुने जनाइएको छ ।समितिका अनुसार नुवाकोटका दुवै निर्वाचन क्षेत्रका उम्मेदवारहरूको उपस्थितिमा मतदाता भेटघाट तथा काठमाडौं केन्द्रित वृहत् चुनावी कार्यक्रम आयोजना गर्न लागिएको हो ।कार्यक्रममा पार्टी नेता–कार्यकर्ता, शुभेच्छुक तथा नुवाकोटबाट काठमाडौंमा बसोबास गर्दै आएका मतदाताको सहभागिता रहने अपेक्षा गरिएको छ ।

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • 454 पटक पढिएको
  • बिबिसीको डकुमेन्ट्री भूराजनीतिक चलखेलको जिउँदो प्रमाणः शंकर पोखरेल

    काठमाडौं— नेकपा एमलेका महासचिव तथा पुर्वमन्त्री सङ्कर पोखरेलले बिबिसीको डकुमेन्ट्री भूराजनीतिक चलखेलको जिउँदो प्रमाण भएको बताए ।पोखरेलले सामाजिक सञ्जालमार्फत सार्वभौम राष्ट्रको आन्तरिक राजनीतिक प्रक्रियामा बाह्य प्रभाव पार्ने कुनै पनि प्रयास अस्वीकार्य हुने अडान गरेका छन् ।चुनावको महत्त्वपूर्ण तथा संवेदनशील घडीमा यस्ता सामाग्री सार्वजनिक हुनु संयोग या नियोजित हस्तक्षेप भएको भन्दै प्रश्न खडा गरेका छन् ।पोखरेलले लेखेका छन्, ‘चुनावको मुखमा सार्वजनिक गरिएको बिबिसीको डकुमेन्ट्री केवल सञ्चार सामग्री मात्र होइन, यो भूराजनीतिक चलखेलको जिउँदो प्रमाण हो ।’ पोखरेलले लोकतन्त्रको रक्षा नेपाली जनताले आफैँले

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • 476 पटक पढिएको
  • दश जातिको मातृभाषामा हरि रोकाको चुनावी अपिल

    खोटाङ, १५ फागुन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) खोटाङका उम्मेदवार डा हरि रोकाको चुनावी अपिल दश जातजातिको मातृभाषामा तयार पारिएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाबाट उम्मेदवारी दिएका अर्थ तथा वाम राजनीतिक विश्लेषक डा रोकाको पक्षमा जनमत जुटाउन चाम्लिङ, दुमी, साम्पाङ, पुमा, वाम्बुले, कोयी, तामाङ, गुरुङ, नेपाल (नेवार) र बान्तावा भाषामा अपिल प्रकाशन गरिएको हो ।खस नेपाली भाषासहित ११ भाषामा डा रोकाको चुनावी अपिल प्रकाशन गरिएको प्रचारप्रसार समितिका संयोजक एवं पूर्वमन्त्री राजन राईले जानकारी दिए । उम्मेदवार डा रोकाको पक्षमा चुनावी माहोल सृजना गर्नका लागि ‘हरि रोका जिताऔँ’ स्

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • 275 पटक पढिएको
  • संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा भूकम्प

    काठमाडौं— संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा आज बिहान भूकम्प गएको छ ।राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहान ३ बजेर १८ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प संखुवासभाको टोप्के गोला आसपास केन्द्रविन्दु भएर गएको थियो ।भूकम्पको धक्का संखुवासभा र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानमा महसुस गरिएको थियो । प्रारम्भिक सूचना अनुसार हालसम्म मानवीय तथा भौतिक क्षतिको कुनै जानकारी नभएको ती जिल्लाका सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • 494 पटक पढिएको
  • उम्मेदवारका एकाघरका परिवारको बैंक खातामा आयोगको निगरानी

    काठमाडाैँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवारका एकाघरका परिवारको बैंक खाता निगरानी सुरु गरेको छ । निर्वाचन सम्बन्धी सम्पूर्ण खर्च बैंकिङ्ग प्रणालीमार्फत गर्नेगरी बैंक खाता खोल्न राजनीतिक दल र उम्मेदवारलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि अधिकांश उम्मेदवारले बैंकिङ कारोबार भन्दा बाहिर खर्च गरेकाले आयोगले परिवार सहितको खातामा निगरानी बढाएको हो ।चुनावी खर्चलाई पारदर्शी बनाउन आयोगले आचारसंहितामा नै बैक खातामार्फत चुनावी खर्च गर्नुपर्ने व्यवस्था गरेको थियो । बैंक खातामार्फत निर्वाचन खर्च गर्नुपर्ने प्रावधानको पालन नभएपछि आयोगले निर्वाचन प्रचारप्रसारको समयमा उम्मेदवारसहित परिवा

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • 322 पटक पढिएको
  • पत्रकार अर्जुन आचार्यमाथि भएको आक्रमणप्रति प्रेस सेन्टर मोरङको भत्र्सना, दोषीलाई कारबाहीको माग

    विराटनगर— चुनावी रिपोर्टिङका क्रममा झापा क्षेत्र नम्बर ५ मा पुगेका प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य तथा पत्रकार अर्जुन आचार्यमाथि भएको आक्रमण र दुव्र्यवहारको घटनाप्रति प्रेस सेन्टर नेपाल मोरङले घोर निन्दा तथा भत्र्सना गरेको छ ।प्रेस सेन्टर मोरङका सचिव अनिल श्रेष्ठले बिहीबार एक विज्ञप्ति जारी गर्दै हाम्रो मतका कार्यकारी सम्पादक तथा ‘रातो पाटी’का संवाददाता आचार्यमाथि भएको साङ्घातिक हमला प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको बताएका छन्। बिहीबार झापाको कमल गाउँपालिकामा नेकपा (एमाले) का अध्यक्ष तथा सो क्षेत्रका प्रतिनिधिसभा उम्मेदवार केपी शर्मा ओलीको घरदैलो कार्यक्रमको रिपोर्टिङ गर्ने क्र

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • 451 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.