रौतहट— रौतहट क्षेत्र नम्बर ४ बाट आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दिएका चर्चित सञ्चारकर्मी ऋषि धमलाले आफू मन्त्री पदको लोभ त्यागेर निर्वाचनको मैदानमा उत्रिएको दाबी गरेका छन् ।बिहीबार रौतहटको चन्द्रनिगाहपुरमा स्थानीय पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफ्नो राजनीतिक यात्रा सत्ताका लागि नभई देश परिवर्तनका लागि भएको स्पष्ट पारेका हुन् । धमलाका अनुसार, वर्तमान प्रधानमन्त्री सुशीला कार्की र ‘जेनजी’ आन्दोलनका अगुवाहरूले आफूलाई मन्त्री बन्न बारम्बार आग्रह गरे पनि उनले त्यसलाई अस्वीकार गरेका थिए ।‘मन्त्री पद मेरा लागि ठुलो कुरा होइन, म सत्ताको लागि होइन, जनताको अ
रसुवा। आसन्न निर्वाचनलाई थप पारदर्शी र विश्वसनीय बनाउन जिल्ला निर्वाचन कार्यालयले मतदान केन्द्रमा सिसी क्यामरा जडान प्रक्रिया तीव्र बनाएको छ । हालसम्म उत्तरगया गाउँपालिकाका सबै केन्द्रमा जडान कार्य सम्पन्न भइसकेको र बाँकी चार गाउँपालिकामा छिट्टै सम्पन्न हुने जनाइएको छ । यस्ता क्यामरा ३६ मतदानस्थलमा रहने जनाइएको छ ।निर्वाचन तयारीबारे जानकारी दिन आयोजित पत्रकार अन्तक्र्रियामा जिल्ला निर्वाचन अधिकारी राजन रायले अस्थायी मतदाता नामावली तयार भइसकेको, ३८३ कर्मचारी व्यवस्थापन भई मतदानमा खटिने ती कर्मचारीलाई आवश्यक तालिमसमेत प्रदान गरी सकिएको जानकारी दिनुभयो । उहाँका अनुसार मतपेटिकासमेत ५१ प्रकारका मतद
सुर्खेत— नेपाली कांग्रेसले आज सुर्खेतमा शक्ति प्रदर्शन गर्ने भएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन लक्षित शक्ति प्रदर्शन गर्ने कांग्रेसले जनाएको छ ।सुर्खेतमा हुने चुनावी सभामा सम्बोधन गर्न कांग्रेस सभापति गगन कुमार थापा सुर्खेत आउदैछन् । प्रतिज्ञा पत्र सार्वजनिक पछि कंग्रेसको यो दोस्रो प्रदेशस्तरीय आमसभा हो । केहिबेरमा सुर्खेतको घण्टाघर डबलीमा हुने आमसभालाई नेपाली कांग्रेसका सभापति थापा, उपसभापति पुष्पा भुसालले सम्बोधन गर्ने छन् ।आमसभाका लागि कर्णालीका सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख र कालिकोट जिल्लाबाट समर्थकहरू सुर्खेत आउने छन् ।आजको आमसभाले कर्णालीमा कांग्रेसको पक्षमा चुनाव
काठमाण्डौ । बीबीसी आई इन्भेस्टिगेसनले गत २३-२४ भदौमा भएको जेनजी आन्दोलनमाथि बनाइएको वृत्तचित्र 'शुट लाइक एनिमिज' सार्वजनिक सार्वजनिक गरेको छ । ४८ घण्टाको उक्त हिंसात्मक आन्दोलन र त्यस क्रममा सुरक्षा निकायले प्रदर्शनकारीमाथि गरेको घातक बल प्रयोगको विस्तृत अनुसन्धान करिब ४२ मिनेटको डकुमेन्ट्रीमा समेटिएको छ। अनुसन्धानले निशस्त्र जेन जी प्रदर्शनकारीहरूलाई सुरक्षा बलले कसरी शत्रुलाई झैँ गोली हानेर हत्या गर्यो र कसरी यसले तत्कालीन प्रधानमन्त्री केपी ओलीको सरकार ढलायो भन्ने तथ्यहरू उजागर गरेको छ ।आन्दोलनको झिल्कोवृत्तचित्रका अनुसार यो विद्रोह वर्षौँदेखिको निराशाको परिणाम थियो
पर्वत— एमालेकातर्फबाट पर्वत क्षेत्र नम्बर १ का उम्मेदवार पदम गिरीले संघीय संसदले गर्ने काम भनेको ठूला योजनाको काम भएको बताएका छन् । उनले जनताको माग एकातिर काम अर्कातिर भएको पनि बताए ।चुनावी घरदैलोमा रहेका उनले संघीय संसदको भूमिका मेगा प्रोजेक्टको काम गर्ने तर गाउँका सानातिना योजनाहरुको काम स्थानीय सरकारले गर्ने बताए । आफूलाई जिताउने मतदाता कहिल्यै पनि पछुताउनु नपर्ने पनि बताए ।‘मैले वितेको ८ बर्षमा गलत काम गरेको छैन । सो हिसाबले मलाई चुनाव जित्न गार्हो थिएन तर यस पटक सूर्चमा केही बादल लागेकाले धेरै महेनत गर्नुपरिरहेको छ,’ उनले भने ।एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको पर्वतमा आगामी फाग
काठमाडौँ। निर्वाचन आयोगले फागुन २० गते राति १२ः०० बजेदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइने जनाएको छ ।यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने सम्बन्धमा निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को दफा ३ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले मतदानको दिनमा अत्यावश्यक सेवाका सवारीसाधन(एम्बुलेन्स, दमकल, शवबाहन, रक्तसञ्चार सेवाका साधन, सुरक्षा निकायका सवारीसाधन, विद्युत् मर्मत, खानेपानी तथा ढल मर्मत, दूरसञ्चार सेवा मर्मतका लागि प्रयोग हुने), कूटनीतिक नियोगका सवारीसाधन र निर्वाचनको दिनमा प्
सुनसरी— सुनसरीको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुहबी नगरपालिका–५ का ३२ बर्षीय बिजय ऋषिदेव र सप्तरी छिन्नमस्ता गाउँपालिका–६ का ४७ वर्षीय गिरिजानन्द साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।आज बिहान बराहक्षेत्र नगरपालिका–११ गुप्ताटोलस्थित भित्रि सडकमा को २५ प १४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा ऋषिदेव गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोही दुर्घटनमा दुहबी–५ का दिपेन ऋषिदेव घाइते भएका हुन । उनको उपचार भइरहेको प्रनाउ खड्काले बताए। त्
काठमाडौं— पछिल्ला केही वर्षयता भारतमा समेत ठूलो परिमाणमा स्मार्टफोन उत्पादन हुँदै आए पनि नेपालमा भने चीनबाट हुने आयातको हिस्सा उल्लेखनीय रूपमा बढेको देखिएको छ । भन्सार विभागको चालू आर्थिक वर्षको पहिलो सात महिनाको तथ्यांकले चीनबाट आयात भएका स्मार्टफोनको हिस्सा अझै बढेको पुष्टि गरेको छ । विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो सात महिनामा चीनबाट मात्रै १२ लाख ४ हजार ५७७ ओटा स्मार्टफोन आयात भएका छन् ।यो संख्या उक्त अवधिमा आयात भएका कुल स्मार्टफोनको ८५.१३ प्रतिशत हो । गत आर्थिक वर्षको सोही अवधिमा चीनबाट ९ लाख ५३ हजार २१६ थान स्मार्टफोन आयात भएका थिए, जुन कुल आयातको ७७.५० प्रतिशत थियो ।गत आर
काठमाडौं— शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् ।नेपाली कांग्रेसका पूर्व सभापति समेत रहेका देउवा बुधबार राति ११ः३० बजे सिंगापुर एयरलाइन्सको उडानबाट प्रस्थान गरेका हुन् ।उनको स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी सार्वजनिक नगरिए पनि नियमित स्वास्थ्य परीक्षण तथा आवश्यक उपचारका लागि उनी सिंगापुर गएको स्रोतले जनाएको छ ।
काठमाडौं— नेपाली बजारमा बिहीबार सुनचाँदीकोे मूल्य बढेको छ ।आज छापावाला सुनको मूल्य ६ सय रुपैयाँले बढेर ३ लाख १५ हजार ४ सय रुंपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार सुनको मूल्य ३ लाख १४ हजार ८ सय रुंपैयाँमा कारोबार भएको थियो ।त्यस्तै, आज चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । आज चाँदीका मूल्य तोलामा ५ हजार ७ सय २५ रुपैयाँमा कारोबार भएको छ । बिहीबार मंगलबार चाँदी प्रतितोला ५ हजार ७ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.