प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ३ का ३ मतदान केन्द्रको नेतृत्व महिलाले पाएका छन् ।भद्रपुर नगरपालिका– ८ स्थित मेची रंगशालामा रहेको मतदानस्थलका ३ मतदान केन्द्रको नेतृत्व महिलालाई सुम्पिएको मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकारी डिल्लीप्रसाद प्रसाईले जानकारी दिए ।‘यहाँको मतदान अधिकृतदेखि कर्मचारी, प्रहरीसमेत महिलालाई तोकिएको छ,’ प्रसाईले भने । उनका अनुसार मतदानस्थलको ‘क’ केन्द्रको बुथमा मतदान अधिकृतको रूपमा घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरकी प्रमुख पुष्पलता उप्रेती र सहायक मतदान अधिकृतमा प्रतिक्षा घिमिरे छन् ।‘ख’ केन्द्रको बुथमा मतदान अधिकृतको रूपमा विशेष नापी कार्
काठमाडौं— नेपालबाट चालु आर्थिक वर्ष (आव) २०८२/८३ को पहिलो सात महिनामा ८ अर्ब ६१ करोड २० लाख रुपैयाँको अलैंची निर्यात भएको छ । विभागका अनुसार यस अबधिमा उक्त रकम बराबरको ४ हजार १५३ मेट्रिक टन अलैंची निर्यात भएको हो ।यो निर्यात गत आवको सोहि अवधिको तुलनामा बढी हो । गत आवको सोहि अवधिमा नेपालबाट ५ अर्ब ३९ करोड रुपैयाँ बराबरको ३ हजार २८ मेट्रिक टन अलैंची निर्यात भएको थियो । नेपालले दुबई, अस्ट्रेलीया, फ्रान्स, भारत, स्विटजरल्यान्ड र अमेरीका लगायत मुलुकमा अलैंची निर्यात गर्दै आएको छ ।नेपालमा इलाम, पाँचथर, ताप्लेजुङ, तेह्थुम, संखुवासभा, भोजपुर, धनकुटा, दोलखा, काभ्रेपलाञ्चोकलगायत ३९ जिल्लामा अलैंची खेती
काठमाडौं— निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार निषेध अवधि प्रभावकारी रूपमा लागू गराउन गृह मन्त्रालयलाई निर्देशन दिन अनुरोध गरेको छ ।आयोगले प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायलाई आचारसंहिता उल्लङ्घन भए तत्काल कानुनी कारबाही गर्न र जानकारी गराउन भनेको छ । मतदानको मितिभन्दा सात दिनअघिदेखि अन्तिम परिणाम घोषणा नभएसम्म मदिरा बिक्री–वितरण तथा सेवनमा रोक लगाउन पनि आयोगले आग्रह गरेको छ ।मतदानको दिन अत्यावश्यक सेवाका सवारीसाधनबाहेक अन्य सार्वजनिक तथा निजी सवारी सञ्चालनमा रोक लगाइने जनाइएको छ । हवाई उडान भने यथावत् रहने र टिकट भएका यात्रुलाई एयरलाइन्स वा निजी सवारी प्रयोग गर्न दिने व्यवस्था मिलाइने
काठमाडौं— उज्यालो नेपाल पार्टी (उनेपा)को हेटौंडामा आज हुने भनिएको भेटघाट कार्यक्रम स्थगित भएको छ ।बिहीबार एक विज्ञप्ती जारी गर्दै हेटौंडामा गर्ने भनिएको भेटघाट कार्यक्रम पार्टी अध्यक्ष कुलमान घिसिङको प्रतिकूल स्वास्थ्य अवस्थाका कारण स्थगित भएको पार्टीका जिल्ला कमिटि योञ्जन सुरेन्द्र लामाले जानकारी दिएका छन् ।विज्ञप्तीमा लेखीएको छ, ‘उहाँको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै उक्त कार्यक्रम सञ्चालन गर्न सम्भव नभएकाले कार्यक्रम हालका लागि स्थगित गरिएको हो । हामी उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।’
मुस्ताङ। माइनस डिग्री तापक्रमका बाबजुद मुस्ताङमा निर्वाचन सरगर्मी बढिरहेको छ । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै यहाँ राजनीतिक दल र तिनका उम्मेदवारको प्रचार–प्रसार अभियान पनि उत्कर्षमा छ ।जतिबेला निर्वाचनको माहोल बन्न सुरु भएकामे थियो, त्यसबेला अर्थात् अघिल्लो महिना माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्री पुगेको थियो । हाल चुनावी माहोल उत्कर्षमा छ र फागुनदेखि भने यहाँको मौसमी तापक्रम घट्दैछ । हाल माथिल्लो मुस्ताङको तापक्रम माइनस १० डिग्रीमा झरेको छ । तल्लो मुस्ताङको तापक्रम पनि माइसन ३ डिग्रीमा छ । यद्यपि, मौसम चिसो र प्रतिकूल बने पनि निर्वाचन प्रचार–प्रसार
काठमाडौं— संशोधित नागरिकता कानुन कार्यान्वयनमा आएपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जा ले जिल्लामै पहिलोपटक अंगीकृत नागरिकता वितरण गरेको छ ।पुतलीबजार नगरपालिका–४ निवासी मुना पोख्रेलका सन्तान १९ वर्षीय डेबिट पोख्रेल र १७ वर्षीया प्रियंका पोख्रेलले नागरिकता प्राप्त गरेका हुन् । नेपाली आमा र भारतीय बाबुबाट जन्मिएका उनीहरूलाई कानुनी व्यवस्था नहुँदा लामो समय नागरिकता लिन कठिनाइ थियो ।नेपाल नागरिकता चौथो संशोधन ऐन तथा नियमावली २०८२ अनुसार नेपाली आमा र विदेशी बाबुबाट नेपालमै जन्मी बसेकालाई जिल्लाबाटै अंगीकृत नागरिकता दिने व्यवस्था भएपछि नागरिकता वितरण सम्भव भएको हो ।प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद
काठमाडौं— प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बागलुङमा हालसम्म ५९ थान इजाजत प्राप्त हातहतियार बुझाइएको छ । अझै ८३ थान बुझाउन बाँकी रहेकाले समयमै नबुझाए लाइसेन्स खारेज गरिने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिए ।जिल्ला प्रशासन कार्यालय बागलुङले निर्वाचनअघि सबै निजी हातहतियार बुझाउन निर्देशन दिएको थियो । जिल्लामा दर्तावाला १४२ हतियार रहेका छन् भने यसैबीच प्रहरीले निर्वाचन लक्षित सर्च अपरेशनका क्रममा ११५ थान अवैध हातहतियार समेत बरामद गरेको जनाएको छ ।
काठमाडौं— फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले कर्णालीका ३५९ मतदान स्थल अति संवेदनशील रहेको जनाएको छ ।प्रहरीका अनुसार ४२२ स्थल संवेदनशील र १६० सामान्य श्रेणीमा परेका छन् । कर्णाली प्रदेशमा ९५९ मतदान स्थल र १ हजार ४५५ मतदान केन्द्र रहेका छन्, जसमध्ये ४४६ केन्द्र अति संवेदनशील, ६९७ संवेदनशील र २८४ सामान्य छन् ।प्रदेशमा १२ प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन् भने कुल मतदाता सङ्ख्या १० लाखभन्दा बढी रहेको जनाइएको छ ।
काठमाडौं— आईसीसी टी–२० विश्वकप अन्र्तगतको सुपर ८ को खेलमा आज दुई खेल हुँदैछन् ।भारतको अहमदावादमा दिउँसो सवा ३ बजे हुने पहिलो खेलमा दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा हुनेछ । यी दुईबिच विजयी हुने टिम सेमिफाइनलमा पुग्नेछ ।यस्तै, बेलुका सवा ७ बजेबाट सुरु हुने दोस्रो खेलमा भारत र जिम्बावे भिड्दै छन् । सुपर–८ अन्तर्गत समूह ‘एक’ का भारत र जिम्बावे अंकबिहीन छन् । आजको खेल गुमाउने टिम विश्वकपबाट बाहिरिने छ । त्यसैले आयोजक भारत र जिम्बावे दुबै टोलीलाई आजको खेल जित्नैपर्ने दबाब छ ।
काठमाडौँ। निर्वाचन आयोगले निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू हुन नदिने र कहीँ कतै भए गरेको पाइएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही गरी आयोगमा जानकारी गराउन गृह मन्त्रालायलाई अनुरोध गरेको छ ।आयोगले विज्ञप्ति जारी गरी यही फागुन १८ गते राति १२ः०० बजेदेखि लागू हुने निर्वाचन प्रचारप्रसार निषेध अवधिमा पालना गर्नुपर्ने निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न गराउन गृह मन्त्रालयले सबै प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरूलाई निर्देशन दिन र जिल्ला आचारसंहिता अनुगमन समितिले तोकिएका व्यक्ति तथा संयन्त्रको परिचालन गरी निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.