समाचार

    Showing 6,041-6,050 of 26,620 items.
  • रहेनन् लोक गायक कमल बिके निर्मोही

    नेपालगञ्ज— लोकगायक तथा सञ्चारकर्मी कमल बिके निर्मोहीको निधन भएको छ। केही वर्षदेखि मिर्गौला सम्बन्धी समस्याका कारण अस्वस्थ उनको मंगलबार साँझ निधन भएको हो।गायिका कोमल वलीले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै निर्मोहीको निधनबारे जानकारी दिएकी हुन्।वलीले उनको मृत्युले आफू मर्माहत भएको उल्लेख गरेकी छन्। आफूले कमलसँग गाएकामध्ये ‘त्यो माडी खोलाले छेकेको हैन, मलाई छेक्यो मायालु तिमै्र मायाले’ निकै लोकप्रिय बनेको समेत कोमलले स्मरण गरेकी छन्।दाङमा जन्मिएका निर्मोही पछिल्लो समय नेपालगञ्जमा बस्दै आएका थिए।उनी रेडियो नेपालका पूर्व कर्मचारी समेत हुन्। रेडियो नेपालमा उनका दर्जनौं गीत रेकर्ड भएका

    • प्रकाशित मितिः फागुन १३, २०८२
    • 598 पटक पढिएको
  • सिरहाको गोलबजारमा रास्वपा सभापति रवि लामिछानेलाई भव्य स्वागत

    सिरहा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको गोलबजार आगमनसँगै क्षेत्रको माहोल उत्साहपूर्ण बनेको छ । हजारौं समर्थकहरू नाराबाजी र झण्डासहित सडकमा उत्रिएर उनलाई भव्य स्वागत गरेका छन् ।गोलबजार चोकदेखि कार्यक्रम स्थलसम्म समर्थकहरूको बाक्लो उपस्थिति देखिन्थ्यो । युवादेखि ज्येष्ठ नागरिकसम्मको सहभागिताले कार्यक्रमलाई थप ऊर्जावान बनाएको थियो । स्थानीय बासिन्दाले फूलमाला र खादा लगाएर लामिछानेलाई स्वागत गरेका थिए ।कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले देशमा सुशासन, पारदर्शिता र विकासका लागि आफूहरू प्रतिबद्ध रहेको बताए। उनले परिवर्तनका लागि नागरिकको सक्रिय साथ आवश्यक रहेको उ

    • प्रकाशित मितिः फागुन १३, २०८२
    • 426 पटक पढिएको
  • नेतृत्व चयनमा जनताले विवेक प्रयोग गर्न सकेको छैन : श्रीराम गुरुङ

    काठमाडौं । उज्यालो नेपाल पार्टीका नेता तथा काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा उम्मेदवार श्रीराम गुरुङले वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।बुधबार बुढानिलकण्ठमा आयोजित आमसभालाई सम्बोधन गर्दै गुरुङले नेपाल प्राकृतिक स्रोत र सम्भावनाले सम्पन्न राष्ट्र भए पनि नेतृत्व चयनमा जनताले विवेक प्रयोग गर्न नसकेको टिप्पणी गरे ।उनले भने, ‘हाम्रो देश प्रकृतिले धनी देश हो । हाम्रो देश सम्भावनाले भरिएको देश हो। तर अझै पनि हामी चिल्लो भाषणलाई र आफूले आफूलाई रोजगारी दिन नसकेको, जहिले बेरोजगार रहने व्यक्तिलाई नेता मानेर हिँडिरहेका छौं ।’गुरुङले नीति निर्माण गर्ने सर्वोच्च निकायको गरिमा

    • प्रकाशित मितिः फागुन १३, २०८२
    • 321 पटक पढिएको
  • गुल्मीमा १६ गतेदेखि मादक पदार्थ बिक्री रोक

    गुल्मी— फागुन २१ गते हुने प्रतिनिधी सभा निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै गुल्मी जिल्लामा पाँच दिनसम्म मदिराजन्य पदार्थको बिक्री–वितरण तथा सेवनमा पूर्णरूपमा रोक लगाइने भएको छ ।जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकको सहमतिअनुसार जिल्ला सुरक्षा समितिको निर्णयबाट फागुन १६ गतेदेखि २१ गतेसम्म जिल्लाभित्र मदिराजन्य पदार्थको बिक्री–वितरण तथा सार्वजनिक स्थानमा सेवन गर्न नपाइने भएको हो ।प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे ले निर्वाचनको समयमा शान्ति–सुरक्षा कायम राख्न र कुनै अप्रिय घटना हुन नदिन यस्तो निर्णय गरिएको जानकारी दिए ।निर्वाचन प्रक्रिया स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न ग

    • प्रकाशित मितिः फागुन १३, २०८२
    • 516 पटक पढिएको
  • नवलपरासीको गैँडाकोटमा आफ्नै कोठाभित्र युवती मृत फेला

    काठमाडौं— नवलपरासीको गैँडाकोट नगरपालिका–२ शान्तिनगरमा सोमबार साँझ युवती मृतावस्थामा फेलापरेकी छन् ।गुल्मी मुसिकोट गाउँपालिका–९ घर भई गैँडाकोट–२ मा डेरा गरी बस्दै आएकी करिब २४ वर्षीया बबिता सापकोटा आफ्नै कोठाभित्र चोटपटकसहित मृतावस्थामा फेलापरेकी प्रहरीले जनाएको छ ।युवतीसँग सम्पर्क हुन नसकेको भन्दै उनका दाजुले घरबेटीलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय गैँडाकोटमा खबर गरिएको थियो ।स्थानीय जनप्रतिनिधि, घरबेटी र आफन्तको रोहवरमा बाहिरबाट लगाइएको ताल्चा खोलेर हेर्दा सापकोटा कोठाभित्र खाटमाथि सिरकले छोपिएको अवस्थामा मृत फेलापरेको प्रहरीले जनाएको छ ।मृतक सापकोटाको करिब तीन वर्षअघि विवाह भएको र एक

    • प्रकाशित मितिः फागुन १३, २०८२
    • 558 पटक पढिएको
  • नवलपुरमा निर्वाचन तयारी पूरा

    नवलपुर। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा पाँच हजार बढी जनशक्ति परिचालन हुने भएका छन् । नवलपुर–१ का मुख्य निर्वाचन अधिकृत कमलप्रसाद ज्ञवालीका अनुसार निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउनका लागि जिल्लामा एक हजार ८६९ जना निर्वाचन कर्मचारी र तीन हजार ५०० सुरक्षाकर्मी परिचालन हुँदैछन् । निर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहयोगी कर्मचारीसहितका गरी एक हजार ८६९ कर्मचारी परिचालन हुनेछन् । त्यस्तै निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, निर्वाचन प्रहरी र सशस्त्र प्रहरी गरी तीन हजार ५०० सुरक्षाकर्मी परिचालन हुनेछन्

    • प्रकाशित मितिः फागुन १३, २०८२
    • 377 पटक पढिएको
  • हुम्लाका पन्ध्र मतदान केन्द्रमा तीन सयभन्दा कम मतदाता

    हुम्ला । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्लामा कायम गरिएका ६४ मतदान केन्द्रमध्ये १५ मतदान केन्द्रमा तीन सयभन्दा कम मतदाता छन् ।जिल्ला निर्वाचन अधिकारी भीमबहादुर रोकायाका अनुसार ३४ हजार ३७२ मतदाता रहेका जिल्लामा ६४ मतदान केन्द्रमध्ये सबैभन्दा कम जिल्लाको तल्लो क्षेत्र ताँजाकोट गाउँपालिका–३ मा रहेको बानादेव आधारभूत विद्यालयमा जम्मा ५४ मतदाता छन् । जो गाउँपालिकाको केन्द्रबाट पैदल एक दिन लाग्छ, जहाँ सडक सञ्जालले छोएको छैन ।सर्केगाड गाउँपालिकामा ३०० भन्दा कम मतदाता रहेका तीनवटा मतदान केन्द्र छन् । वडा नं १ को देबल आधारभूत विद्यालय तुम्चमा २४०, धुमचुली आधारभूत विद्यालय कल्लासमा २१६ र नील

    • प्रकाशित मितिः फागुन १३, २०८२
    • 324 पटक पढिएको
  • निर्वाचनलाई लक्षित गर्दै झुलाघाट नाका तीन दिन बन्द हुने

    बैतडी— आशन्न निर्वाचनलाई लक्षित गर्दै बैतडीस्थित झुलाघाट नाका तीन दिन बन्द हुने भएको छ ।मतदान हुनुभन्दा ७२ घण्टा अघिदेखि सीमा बन्द गरिने प्रमुख जिल्ला अधिकारी कृष्ण थापा का अनुसारछ ।सो नाका फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म बन्द रहनेछ ।निर्वाचनलाई स्वतन्त्र र भयरहित बनाउन भारतसँग जोडिएको सीमामा सुरक्षा सतर्कता बढाइएको छ भने सशस्त्र प्रहरीका बीओपीमार्फत निगरानी कडा पारिएको छ ।यस्तै तल्लोसोराड क्षेत्रमा महाकाली नदीका घाटबाट डुंगामार्फत हुने आवतजावत पनि सो अवधिमा बन्द गरिने जनाइएको छ ।

    • प्रकाशित मितिः फागुन १३, २०८२
    • 495 पटक पढिएको
  • शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन २३ गतेदेखि बाघ गणना

    दोधारा चाँदनी। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन २३ गतेदेखि बाघ गणनाको तयारी गरिएको छ । निर्वाचनलगत्तै शुक्लाफाँटा निकुञ्ज र आरपास क्षेत्रमा बाघ गणना गरिने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिनुभयो । “प्रतिनिधिसभा सदस्य निर्वाचनमा निकुञ्ज कर्मचारीसमेत खटिने भएकाले बाघ गणना चुनावपछि गर्ने निर्णय गरिएको छ”, उहाँले भन्नुभयो, “२३ गतेदेखि बाघ गणनाका लागि शुक्लाफाँटासँगै लालझाडी–मोहना संरक्षित क्षेत्र र डडेलधुराको जोगबुडामा स्वचालित क्यामेरा जडान गरिने छन् ।” राष्ट्रिय बाघ गणनाअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबुडा कम्प्लेक्स नामकरण गरिएको क्षेत्रल

    • प्रकाशित मितिः फागुन १३, २०८२
    • 289 पटक पढिएको
  • सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

    काठमाडौं— नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य ढेको छ ।आज छापावाला सुनको मूल्य ३ लाख १४ हजार ८ सय रुंपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार पनि सुनको मूल्य ३ लाख १४ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।त्यस्तै, आज चाँदीको मूल्य १३० रुपैयाँले बढेको छ । आज चाँदीका मूल्य तोलामा ५ हजार ७ सय १५ रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला ५ हजार ५ सय ८५ रुपैयाँ कायम भएको थियो ।

    • प्रकाशित मितिः फागुन १३, २०८२
    • 538 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.