विराटनगर— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कोशी प्रदेशका २८ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये कम्तीमा १९ सिट जित्ने दाबी गरेको छ । मंगलबार इटहरीमा आयोजित प्रदेशस्तरीय ‘परिवर्तन उद्घोष सभा’मा उल्लेख्य जनसहभागिता देखिएपछि पार्टी नेतृत्व थप आत्मविश्वासी देखिएको हो ।सुनसरीको इटहरीस्थित कार्यक्रम स्थलमा आयोजित सभामा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह सहित कोसी प्रदेशका विभिन्न क्षेत्रका प्रतिनिधि तथा उम्मेदवारहरूले सम्बोधन गरेका थिए । नेताहरूले भ्रष्टाचार नियन्त्रण, सुशासन र पुराना राजनीतिक अभ्यासको अन्त्य गर्दै ‘नयाँ राजनीतिक संस्कार’ स्थापना गर्ने प्रतिबद्धता दोहोर्याए
मुगु— फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई लक्षित गरी मुगुमा सञ्चारकर्मीसँग अन्तरक्रिया गरिएको छ । निर्वाचनको तयारी, हालसम्म भएका कामबारे जानकारी दिन र सञ्चार गृहले निर्वाचन अघि, निर्वाचनका बेला र पछि निर्वाह गर्नु पर्ने भूमिका बारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न गरिएको छ ।कार्यक्रममा जिल्ला निर्वाचन कार्यालयका प्रमुख कमल प्रसाद उपाध्यायले मुगुको निर्वाचन तयारी बारे हाल सम्म भएका कामबारे जानकारी दिएका थिए । प्रमुख उपाध्यायका अनुसार मुगु जिल्लामा रहेका चार स्थानीय तहमा रहेको ४५ वडामा मतदाता शिक्षा सन्चालनकालागी ४५ जना मतदाता शिक्षा दिने स्वयंसेवक परिचालन गरिएको छ ।फागुन ३ देख
चन्द्रपुर। आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रौतहटमा तीन अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ । रौतहटको क्षेत्र नं १ अन्तर्गत जिल्ला अदालत गौर परिसर, गौर कारागार परिसर र क्षेत्र नं ४ अन्तर्गत इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर परिसरमा अस्थायी मतदान केन्द्र निर्धारण गरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख छोटेलाल दासले जानकारी दिनुभयो ।उक्त अस्थायी मतदान केन्द्रमा जगेडामा रहने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कर्मचारी तथा कारागारमा रहेका कैदीबन्दीले मतदान गर्ने उहाँले बताउनुभयो । तीनवटै अस्थायी मतदान केन्द्रमा दुई–दुई जनाका दरले कर्मचारीको व्यवस्था गरिएको
बाजुरा— फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाजुरामा १ हजार ४८२ जना अस्थायी मतदाता कायम गरिएका छन् ।जिल्ला निर्वाचन कार्यालय बाजुराले आसन्न निर्वाचनलाई लक्षित गर्दै अन्तिम अस्थायी मतदाता नामावली प्रकाशन गरेको हो । अस्थायी मतदाता नामावलीमा सरकारी कर्मचारी तथा सुरक्षाकर्मीहरू समावेश छन् ।अस्थायी मतदाताका लागि जिल्लामा एक मात्र मतदान केन्द्र तोकिएको छ । सदरमुकाम मार्तडी स्थित डिभिजन वन कार्यालयमा उक्त केन्द्र रहने भएको छ।अस्थायी मतदाताले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ मात्र मत हाल्न पाउनेछन् । प्रत्यक्ष तर्फका उम्मेदवारलाई मतदान गर्न नपाइने व्यवस्था रहेको जिल्ला निर
सर्लाही— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज सर्लाही आउने भएका छन् ।रास्वपा नेता तथा सर्लाही–४ का उम्मेदवार डा.अमरेश कुमार सिंहले हिजो (मंगलबार) नै सभापति लामिछाने भोलि सर्लाही–४ मा आउने जानकारी दिँदै सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई उत्साहपूर्वक उपस्थित भई सभापति लामिछानेलाई स्वागत गर्न अनुरोध गरेका थिए ।सभापति लामिछाने महोत्तरीको बर्दिबास हुँदै सर्लाही प्रवेश गर्नेछन् । उनि दिउँसो २ः१५ बजे सर्लाहीको लाल बन्दी आउने छन् । त्यसपछि बयल बास, हरिपुर्ला, मलंगवा, गोडैत, बलरा, सिसौट, धनकौल, बरहथवा, नयाँ रोड हुँदै साँझ ५ः१० बजे रौतहटतर्फ जाने बताइएको छ ।सभापति ल
गण्डकी । मतदानको दिन आउन ८ दिन बाँकी रहँदा गण्डकी प्रदेशमा प्रतिनिधिसभा सदस्य चुनावको तयारी तीव्र पारिएको छ । सुरक्षादेखि अन्य व्यवस्थापकीय प्रबन्धका कामलाई तीव्रता दिइएको हो ।प्रदेशका ११ वटै जिल्लामा मतपत्रसहितका निर्वाचन सामग्री पुगिसकेको प्रदेश निर्वाचन कार्यालय, पोखराले जनाएको छ । सम्बन्धित जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालय निर्वाचनको अन्तिम तयारीमा जुटेको कार्यालयका सूचना अधिकारी रुद्रनाथ न्यौपानेले बताए ।मतदान कार्य सञ्चालनका लागि खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृतसहित कर्मचारी व्यवस्थापन र खटनपटनको काम भइरहेको उनको भनाइ छ । कतिपय जिल्लामा मतदान अधिकृत र सहा
झापा— नेपाल प्रहरीले झापामा ठगी आरोपमा बलराम कार्कीका छोरा विभुतजंग कार्कीलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरीका अनुसार बिर्तामोड निवासी तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का स्थानीय नेता कार्कीका २४ वर्षीय छोरा विभुतजंगलाई हिजो साँझ मेचीनगर स्थित एक सुधारगृहबाट नियन्त्रणमा लिइएको हो ।उनीविरुद्ध अर्जुनधारा–११ बस्ने ४७ वर्षीय युवराज गिरी ले इलाका प्रहरी कार्यालय बिर्तामोडमा ठगी मुद्दा दर्ता गराएका थिए । जाहेरवालाका अनुसार उनका छोरा अर्पण गिरीलाई अष्ट्रेलियामा अध्ययनरत एक किशोरीसँग सम्पर्क गराई विवाहको शर्तमा कलेज खर्च भन्दै विभुतजंगले ३ लाख १५ हजार रुपैयाँ मागेका थिए ।प्रहरीका अनुसार किशोरीको
तनहुँ । दुलेगौँडा–हर्कपूर मोटरमार्ग हरेक निर्वाचनमा नेताहरूको चुनावी नारा बन्छ । स्थानीय तहदेखि प्रदेश र प्रतिनिधिसभासम्म जो उम्मेदवार आए पनि एउटै वाचा गर्छन्, यो सडक बनाउँछु । यही सडकलाई देखाएर नेताहरूले चुनाव जिते पनि सडकको अवस्था उस्तै छ । वर्षौँ भयो, सडकको अवस्था सुध्रिएको छैन । वर्षायाममा हिलोले गाडी फस्छ, हिउँदमा धुलोले सास फेर्न गाह्रो हुन्छ ।शुक्लागण्डकी नगरपालिका–३ कालिमर्याङका दलबहादुर थापाले चुनावका बेला जनतालाई आश्वासन देखाएकाहरूले चुनाव जितेपछि काम नगरेको गुनासो गरे । उनले भने, “चुनाव आउँदा हामी जनताको घर–घर धाउँछन् । हात जोड्छन्, सपना देखाउँछन् । तर, जितेपछि हामी को हौँ भनेर कसै
काठमाडौं— आइसीसी टी २० विश्वकपमा पाकिस्तानलाई पराजित गर्दै इङ्ल्यान्ड सेमिफाइनल प्रवेश गरेको छ । श्रीलङ्काको पालेकेले स्टेडियममा भएको सुपर ८ अन्तर्गतको खेलमा इङ्ल्यान्डले पाकिस्तानलाई २ विकेटले पराजित गर्दै इङ्ल्यान्ड सेमिफाइनल प्रवेश गरेको हो ।टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६४ रन बनाएको थियो । पाकिस्तानले दिएको १६५ रनको विजयी लक्ष्य पछाएको इङ्ल्यान्डले १९.१ ओभरमा ८ विकेट गुमाउँदै १६६ रनसहित लक्ष्य पूरा गरेको हो ।इङ्ल्यान्डको जितमा कप्तान ह्यारी ब्रोकले शतकीय पारी खेले । उनले ५१ बलमा १० चौका र चार छक्का सहित १०० रन बनाएका हुन् । ओपनरद्वय फिल साल्ट
सुर्खेत— फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस रुकुम पश्चिमले प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ । मंगलबार खलङ्गास्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेर प्रतिज्ञा पत्र सार्वजनिक गरिएको हो ।कार्यक्रममा नेपाली कांग्रेसका उम्मेदवार केसीले रुकुमेलीको शिर झुक्न नदिने बताए । १४ बुँदे प्रतिज्ञा पत्रमा राजनीतिक शुद्धीकरण र सम्भ समाज निर्माण, मौलिक विकास नीति, सुशासन, आधुनिक र प्रविधिमैत्री शिक्षा, स्वास्थ्यमा पहुँच, मर्यादित कृषि र सम्मानित किसानका पक्षमा काम गर्ने बताइएको छ ।पर्यटन, जडीबुटी र पूर्वाधार, बसाइसराइ नियन्त्रण, सुरक्षित सडक र भौतिक पूर्वाधार, बिजु
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.