मुस्ताङ। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँस्थित वारागुङ मुक्तिक्षेत्र–५ साङ्ता मतदान केन्द्र जाने (मुस्ताङ–डोल्पा) सडकको हिउँ मङ्गलबारदेखि पन्छ्याउन सुरु गरिएको छ ।हिमपातका कारण गत कात्तिक १० गतेदेखि पूर्णरुपमा अवरुद्ध उक्त सडकमा सवारी सञ्चालनका लागि हिउँ पन्छ्याउन सुरु गरिएको वारागुङ मुक्तिक्षेत्र–५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले उल्लेख गर्नुभयो ।मुस्ताङ सदरमुकाम जोमसोमदेखि उत्तर÷पश्चिमतर्फ समुन्द्री सतहको चार हजार ५०० मिटरको उचाइमा अवस्थित साङ्ता गाउँ मुस्ताङको सबै भन्दापछि पत्ता लागेको गाउँ हो । यहाँको साङ्ता गाउँमा ३९ जना मतदाता छन् । यही गाउँमा अवस्थित हिमाली आ
कञ्चनपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन भारतसँग जोडिएका कञ्चनपुरका सबै सीमा नाका बन्द गरिने भएका छन् ।जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै फागुन १८ गते सोमबार राति १२ बजेदेखि फागुन २१ गते बिहीबार राति १२ बजेसम्म भारतसँग सीमा जोडिएका जिल्लाका सम्पूर्ण सीमा नाका बन्द रहने भएका छन् ।फागुन २० गते राति १२ बजेदेखि एम्बुलेन्स, ट्राफिक, दमकल, दूरसञ्चार, शव वाहन, अस्पताल सेवा, विद्युत् सेवा जस्ता अत्यावश्यक सेवा तथा नम्बर प्लेटमा सिडी
भक्तपुर। भक्तपुरको तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको भीमसेनको मन्दिरमा मङ्गलबार साँझ भीमसेनको लिङ्गलाई झुण्ड्याएर प्रदर्शनीमा राखी चिर स्वायगू अर्थात चिरोथान होली पर्व सुरु भएको छ ।फागुण शुक्ल अष्टमीको दिन साँझ नेपाल भाषाबाट लज्ज अर्थात भीमसेनको लिङ्ग प्रतीकका रुपमा काठको मुढाबट बनेको तीन हात लामो, ३० इञ्च गोलाइको काठको लिङ्गलाई आज कमलपोखरीमा पखालेर सफा गरी ल्याउने र पूर्णिमाको साँझ सो भीमसेनको लज्जलाई ब्रम्हायणीको खोलामा लगि पखालेर ल्याउने प्रचलन छ ।यसरी लज्जा बोकेर पखालेर ल्याउने व्यक्तिको पुत्रलाभ हुने जनविश्वास छ । लिङ्गलाई कमलपोखरीमा पखालेर सफा गरी ल्याएपछि दुई जनाले काँधमा बोकेर इनाचो,
काठमाडौँ। फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए रु दुई लाख बराबरको जरिवाना हुने भएको छ ।सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट बञ्चित गर्ने उद्देश्यले वाधा अवरोध पु¥याउने वा पु¥याउन लगाउने वा थुनछेक गर्ने वा गराउने कार्य गरेमा रु दुई लाख जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको निर्वाचन आयोगले जनाएको छ ।प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल वा उम्मेदवारको चुनावी प्रचारप्रसारलाई आयोगले विभिन्न माध्यमबाट अनुगमन गरिरहेको उल्लेख छ । कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचा
काठमाडौं— भारतको झारखण्ड स्थिीत सिमरिया नजिक एयर एम्बुलेन्स दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । सोमबार रेडबर्ड एयरवेजको एयर एम्बुलेन्स दुर्घटना भएको सशस्त्र सीमा बलका दोस्रो कमाण्डर रमेश कुमारले एएनआईलाई जानकारी दिएका हुन् ।सोमबार साँझ ७ः११ बजे राँची विमानस्थलबाट बिरामी बोकेर दिल्लीका लागि उडेको बिचक्राफ्ट सी—९० विमान करिब ७ः३० बजेदेखि सम्पर्कविहीन भएको थियो । पछि चत्रा जिल्लाको कासारिया पञ्चायत क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।दुर्घटनामा क्याप्टेन विवेक विकास भगत, क्याप्टेन सवराजदीप सिंह, सञ्जय कुमार, डा विकास कुमार गुप्ता, सचिन कुमार मिश्रा, अर्चना देवी र धुरु कुमारको मृत्
बाजुरा— फागुन २१ गते हुने लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बाजुरामा आइतबार नियुक्त भएका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई बिहीबारबाट एक दिने अभिमुखीकरण तालिम दिइने भएको छ ।फागुन १४ गते बिहीबार बुढी नन्दा नगरपालिका, हिमाली, स्वामिकार्तिक खापर गाउँपालिका र जगेडामा रहेका गरी ८८ जन मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइने जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।त्यस्तै, फागुन १५ गते खप्तड छेडे दह, जगन्नाथ गाउँपालिका, त्रिवेणी नगरपालिका र अस्थायी मतदान केन्द्रका ७८ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचनसम्बन्धी अभिमुखीकरण गरिने निर्वाचन कार्यालय बाजुराका निर्वाचन
काठमाडौं— निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन नेपाल प्रहरीले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा थप सुरक्षाकर्मी परिचालन गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय तथा सुदूरपश्चिम प्रदेश प्रहरी धनगढीबाट सुदूरपश्चिम प्रदेशका नौओटै जिल्लामा थप प्रहरी परिचालन गरिएको छ । प्रदेश प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय कैलालीमा ६३२, कञ्चनपुरमा २२७, अछाममा ३३९, बाजुरामा ११८, डोटीमा २२३, बैतडीमा २४२, डडेलधुरामा १४०, दार्चुलामा ३३ र बझाङमा ३५८ थप प्रहरी परिचालन गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए ।
काठमाडौं— संयुक्त राष्ट्र संघ मानवअधिकार परिषदको विश्वव्यापी आवधिक समीक्षा (युपिआर) चौथो चक्रमा नेपालले बुझाएको प्रतिवेदनमा विभिन्न देशहरुले महत्वपूर्ण सुझाव दिएका छन् ।मंगलबार युपिआरको चौथो चक्रमा नेपाललाई गर्भपतनमा निरपराधिकरण, प्रजनन स्वास्थ्य अधिकार, सम्मानजनक प्रसूति सेवा, बृहद् यौनिक शिक्षा र समग्र यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सेवामा रहेर महत्वपूर्ण सुझाव प्राप्त भएको महिला कानुन र विकास मञ्च (एफडब्लुएलडी) र सेन्टर फर रिप्रोडक्टिभ राइट्सले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा जानकारी दिइएको हो ।प्राप्त सुझावबारे सञ्चारकर्मीसँग अन्तक्रिया गर्न आयोजित कार्यक्रम अधिवक्ता रोशना प्रधानल
काठमाडौं— भारत हिमांचल प्रदेशको कोताखाई भन्ने स्थानमा चार बर्षदेखि बन्दक बनाइएकी नेपाली किशोरीको उद्धार गरिएको छ । उनी रुकुम पश्चिमकी स्थायी वासिन्दा हुन् ।नेपाली दूताबास दिल्लीमा आएको निवेदनका आधारमा किन इन्डिया, वाल कल्याण समिति र हिमान्चल प्रहरीको टिमले चार बर्षदेखि बन्धक किशोरीलाई उद्धार गरिएको इन्डिया सामाजिक संस्थाका कार्यकारी निर्देशक नविन जोशीले जानकारी दिए ।जोशीले दिएको जानकारी अनुसार दुई महिनाको प्रयासपछि निज किशोरीलाई सकुशल उद्धार गरिएको हो । आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि उनलाई दिल्ली ल्याइने भएको छ ।
काठमाडौं— संखुवासभाको चैनपुर बजारमा आज उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ आफ्ना पार्टीका उम्मेदवार घनश्याम राईसहित घरदैलो कार्यक्रममा सहभागी भएका छन् । कार्यक्रममा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.