काठमाडौं— नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । भने चाँदीको घटेको छ ।आज छापावाला सुनको मूल्य १३ सय रुपैयाँले बढेर ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुनको मूल्य ३ लाख १३ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।त्यस्तै, आज चाँदीको मूल्य घटेको छ । आज चाँदीको मूल्य तोलामा ५ हजार ५ सय ८५ रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला ५ हजार ५ सय ९५ रुपैयाँ कायम भएको थियो ।
काठमाडौं— आईसीसी टी–२० विश्वकपको (सुपर ८) को पाँचौं खेलमा आज इङ्ल्याण्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुने भएको छ ।श्रीलंकाको क्यान्डीस्थित पल्लेकेलेमा हुने खेल नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुनेछ । पहिलो खेलमा घरेलु टोली श्रीलंकालाई हराउँदै इङ्ल्याण्डले सेमिफाइनल समीकरण बलियो बनाउँदा १ अंक जोडेको पाकिस्तानलाई यो जितले अर्को चरण पुग्न सहज बनाउने छ ।इङ्ल्याण्ड र पाकिस्तानका लागि समूह २ को आफ्नो दोस्रो खेल सेमिफाइनलको बाटो तय गर्न निकै निर्णायक हुनेछ । पाकिस्तानविरुद्ध विजयी भए इङ्ल्याण्डको सेमिफाइनल यात्रा लगभग पक्का हुनेछ । यी दुईबीच ट्वेन्टी ट्वेन्टी ढाँचाको क्रिकेटमा इङ्ल्याण्डको पल्ला
काठमाडौं— फागु पर्व अर्थात रंगहरुको उत्सव होली आज (मंगलबार) देखि औपचारिक रुपमा सुरु भएको छ ।काठमाडौंको वसन्तपुरस्थित हनुमानढोकामा तीन खण्डे चीर ठड्याइएसँगै यस वर्षको फागु पर्व अर्थात होली उपत्यकालगायत मुलुकभर औपचारिक रुपमा सुरु भएको हो ।आज बिहान ७ः१३ बजेको शुभसाइतमा पारेर बाजागाजासहित रंगीचंगी ध्वजा र पताकाले सिँगारिएर तीन छत्रे होलीको चीर ठड्याएका हुन् । फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म होली पर्व मनाउने गरिन्छ ।यस वर्षको होली पर्वको मुख्य दिन फागुन १८/१९ गते परेको छ । १८ गते हिमाली तथा पहाडी जिल्लामा र १९ गते तराई जिल्लामा होलीको सार्वजनिक विदा दिइएको छ ।
काठमाडौं— बिहानको समयलाई स्वस्थ जीवनशैलीको आधार मानिन्छ । तर कतिपय मानिसका दैनिक बिहानका बानीहरू भने स्वास्थ्यका लागि उल्टै हानिकारक बन्ने गरेका छन् ।विज्ञहरूका अनुसार दिनको सुरुवात कस्तो हुन्छ भन्ने कुराले शारीरिक मात्र होइन मानसिक स्वास्थ्यमा पनि ठूलो प्रभाव पार्छ । स्वास्थ्य विशेषज्ञ तथा विश्व स्वास्थ्य संगठन का विभिन्न अध्ययनहरूले पनि अस्वस्थ बिहानका बानीहरूले दीर्घकालीन रोगको जोखिम बढाउन सक्ने देखाएका छन् ।बिहान उठ्नेबित्तिकै मोबाइल चलाउने बानीधेरै मानिस उठ्नेबित्तिकै मोबाइल हेर्ने गर्छन् । यसले आँखामा तनाव बढाउनुका साथै मस्तिष्कलाई अचानक सूचना चापमा पार्छ । यस्तो बानीले चिन्ता, तनाव र ध्
काठमाडौं— धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्ग आइतबार राति भएको बस दुर्घटनामा ज्यान गुमाएका १९ जनाकै सनाखत भएको छ ।जिल्ला प्रहरी कार्यालय धादिङले दुर्घटनामा ज्यान गुमाएका तीन विदेशीसहित १९ जनाको सनाखत भएको जानकारी दिएको छ ।आइतबार राति पोखराबाट काठमाडौं आउदै गरेको ग २ ख १२३१ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–५भैँसीगौडास्थित पृथ्वी लोकमाग सडकबाट त्रिशूली नदी किनारमा खसेर दुर्घटना भएको थियो ।दुर्घटनामा घाइते भएका २५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । १४ जनाको काठमाडौंको ट्रमा सेन्टरमा, १० जनाको नेशनल अस्पताल कलङ्कीमा र एक जनाको धादिङ अस्पतालमा उपचार भ
काठमाडौं— गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सञ्चार क्षेत्रलाई चुस्त र प्रभावकारी बनाउने उद्देश्यले सरोकारवाला मन्त्रालय र निकायसँग छलफल गरेको छ ।नेपाल सरकारका प्रवक्ता एवं गृहमन्त्री ओम प्रकाश अर्यालको उपस्थितिमा मन्त्रालयका सचिव, प्रवक्तासहित उच्च अधिकारी, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव, सहसचिव, नियामक नेपाल दुरसञ्चार प्राधिकरण, सेवाप्रदायकहरुबीच निर्वाचनलाई लक्षित गरेर दूरसञ्चार सेवालाई थप प्रभावकारी बनाउने समझदारी भएको हो ।निर्वाचनका समयमा विशेष गरी मतदान केन्द्रहरुमा सञ्चारको पहुँच पुर्याउन, भइरहेको सेवालाई थप प्रभावकारी बनाउन, सेवाको मर्मत र अनुगमनलाई चुरुत र
काठमाडौं— जिल्ला प्रशासन कार्यालय कैलालीले भारतसँग सीमाना जोडिएका मुख्य नाका तीन दिनका लागि बन्द गर्ने भएको छ ।फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई भयरहित बनाउन कैलालीका भरतीय सीमा नाका ३ दिन बन्द गर्न लागीएको हो । फागुन १८ गते राति १२ बजेदेखि २१ गते राति १२ बजेसम्म नाका बन्द रहने प्रशासन कार्यालय कैलालीले जनाएको छ ।प्रशासनका अनुसार २० गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म एम्बुलेन्स, टयांकर, दमकल, दूरसञ्चार सेवा, शववाहन, अस्पताल सेवा, विद्युतीय सेवाजस्ता अत्यावश्यक सेवाका गाडी, कूटनीतिक नियोगका सवारी मात्रै सञ्चालन गर्न अनुमति हुने छ ।
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इटहरीमा आज आयोजना गर्न लागेको चुनावी सभामा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले सम्बोधन गर्दै छन् ।मंगलबार इटहरीमा हुने रास्वपाको ‘हामी आयौं’ परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्न सभापति रवि र वरिष्ठ नेता बालेन इटहरी पुगेका छन् । भेलाको लागि रास्वपाले आवश्यक तयारी गरिसकेको जानकारी दिएको छ ।
काठमाडौं— बलिउड संगीत क्षेत्रमा गत महिना ठूलो हलचल मच्चिएको थियो, जब चर्चित गायक अरिजित सिंहले प्लेब्याक गायनबाट पछि हट्ने घोषणा गरे । उनको घोषणापछि फिल्म उद्योग र उनका प्रशंसकहरू आश्चर्यचकित बनेका थिए ।घोषणापछि केही दिनमै बलिउड सुपरस्टार आमिर खान स्वयं अरिजितलाई भेट्न उनको गृहजिल्ला मुर्शिदाबाद पुगेको खबर सार्वजनिक भएको थियो । सोमबार जुनैद खान अभिनीत फिल्म ’एक दिन’ को शीर्ष गीत निर्माणसम्बन्धी ‘बिहाइन्ड द सिन्स’ भिडियो सार्वजनिक भएपछि उक्त भेटघाटका झलकहरू बाहिरिएका हुन् । जुनैद खान आमिर खानका छोरा हुन् ।भिडियोमा आमिर खान अरिजित र उनको परिवारसँग घरमै समय बिताएको, सँगै खाना खाएको, पतंग उडाएको त
मकवानपुर— मकवानपुरको बागमती गाउँपालिका–८ तल्लो भवानीस्थित मदन भण्डारी लोकमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।गए राति करिब २०:५० बजे दुर्घटना भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय फापरबारीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।फापरबारीबाट हात्तिसुडे तर्फ जाँदै गरेको प्रदेश ३–०२–००५ प १००८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई नालामा खस्दा चालक मकवानपुर बकैया गाउँपालिका–८ बस्तिपुर निवासी करिब ४० वर्षीय प्रेमबहादुर गोले गम्भीर घाइते भएका थिए ।घाइते गोलेलाई उपचारका लागि तत्काल हेटौडा अस्पताल पठाइएको थियो । अस्पताल पुर्याइएको केही समयपछि राति २१ः५० बजे चिकित्सकले उनलाई मृत
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.