जनकपुरधाम— जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगञ्ज महानगरपालिकामा कफ्र्यू आदेश जारी गरेको छ ।प्रमुख जिल्ला अधिकारी भोलानाथ दाहालले सूचना जारी गर्दै महानगरका केही क्षेत्रमा बिहान पौने १० बजेदेखि अर्को आदेश नभएसम्मलाई कफ्र्यू लगाएका हुन् ।पछिल्लो सुरक्षा अवस्थालाई ध्यान दिइँदै कफ्र्यू लगाइएको प्रशासनले जनाएको छ । कफ्र्यू क्षेत्रमा आवत–जावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा बैठक गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ ।
काठमाडौं— नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ३ हजार २ सय रुपैयाँले बढेको छ । आज सुनको मूल्य ३ हजार २ सय रुपैयाँले बढेर ३ लाख १३ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आइतबार सुन प्रतितोला ३ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १७० रुपैयाँले बढेर ५ हजार ५९५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला ५ हजार ४ सय २५ रुपैयाँमा कारोवार भएको थियो।
काठमाडौं— मारवाडी सेवा समितिको मातहतमा रहेको पशुपति गौशाला धर्मशालाको मुद्दामा आज सुनुवाइ हुँदैछ । काठमाडौँ जिल्ला अदालतले २०८१ असोज १६ गते पशुपति गौशाला धर्मशाला पशुपति क्षेत्र विकास कोषको स्वामीत्वमा रहने फैसला गरेपछि समितिले उच्च अदालतमा मुद्दा दायर गरेको हो ।मारवाडी सेवा समितिले हालसम्म चार पटक मुद्दाको सुनुवाइ सारेको छ । जेनजी आन्दोलनमा आगजनीमा परेको पशुपति गौशाला धर्मशालामा समितिले फेरि व्यवसाय सुरु गरेको छ । अदालतले अहिलेसम्म सामान्य आदेश मात्रै गरेको छ ।०६० जेठ १२ गते व्यवसायी वसन्त चौधरी कोषको सदस्यसचिव रहेका बेला जालसाजीपूर्ण तरिकाले भगवान पशुपतिनाथको सम्पत्ति मारवाडी सेवा समितिले ५१
काठमाडौं— आइसिएफसि फाइनान्स लिमिटेडले आज फागुन ११ गतेदेखि ‘८ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८९’ नामक ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले ७ वर्ष अवधिको वार्षिक ८ प्रतिशत ब्याजदरमा ऋणपत्र जारी गर्न लागेको हो । फाइनान्सले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित दरका कुल ५ लाख कित्ता ऋणपत्र निष्काशन गर्दैछ, जसको कुल परिमाण ५० करोड रुपैयाँ बराबर रहेको छ । कुल निष्काशनमध्ये ३० करोड रुपैयाँ बराबरका ३ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी २० करोड रुपैयाँ बराबरका २ लाख कित्ता सर्वसाधारणमा बिक्री गरिनेछ ।सर्वसाधारणतर्फ निष्काशन गरिने २ लाख कित्तामध्ये ५ प्रति
काठमाडौं— मलेसियाको सुलु सागरमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणले उल्लेख गरेअनुसार स्थानीय समय अनुसार सोमबार बिहान १२ः५७ बजे ७.१ म्याग्निच्युडको भूकम्प गएको हो ।भूकम्पको केन्द्रविन्दु सबाहको तटीय क्षेत्रबाट केही टाढा समुद्रमुनि भए तापनि यसको गहिराइ निकै धेरै अर्थात् ६२० किलोमिटर रहेको पाइएको छ ।सबाहको वारुण नियन्त्रण तथा उद्धार विभागका अनुसार अहिलेसम्म कुनै पनि भौतिक पूर्वाधारको क्षति वा मानवीय हताहतीको रिपोर्ट प्राप्त भएको छैन । अधिकारीहरूले समुद्री किनार र जोखिमयुक्त क्षेत्रहरूमा निगरानी बढाएका छन् ।मलेसियाको मौसम विज्ञान विभागले पनि सर्वसाधारणलाई नआतिए
मलेखु। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।पोखराबाट काठमाडौँ आउँदै गरेको ग२ ख १४२१ नं को बस त्रिशूली नदी किनारमा खसेको थियो । दूर्घटनामा ११ जना पुरुष र छ जना महिलाको घटनास्थमै मृत्यु भएको हो ।तीमध्ये एक महिला र एक पुरुष विदेशी नागरिक रहेका छन् । बसमा ४४ जना सवार रहेको बताइएको छ । २६ जना घाइतेको उद्धार गरी अस्पताल पठाइएको छ ।दुर्घटनास्थलबाट सबै घाइतेहरुको उद्धार गरिसकिएको छ । केही घाइतेलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ भने अधिकांशलाई काठमाडौँ पठाइएको छ ।जिल्लाका तीनै सुरक्षा निकाय र स्थानीयले उद्धार गरेक
बाजुरा— फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न गर्नका लागि बाजुरामा ७०० जना निर्वाचन कर्मचारी खटाइने भएको छ । निर्वाचन सम्पन्न गराउन सो सङ्ख्यामा कर्मचारी खटाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।कार्यालयले आइतबार मतदान अधिकृतसहितका कर्मचारीको नामावली सार्वजनिक गरेको हो । मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले हस्ताक्षरित गरेको सार्वजनिक सूचनामा ११८ मतदान केन्द्रमा ७०८ जना कर्मचारीको नामावली सार्वजनिक गरिएको छ ।निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधली रहित बनाउनका लागि निर्वाचनका कर्मचारी छनोट गरी खटाइने मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ । बाजुराका ७७ मतदान
काठमाडौँ। पोखराबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटनामा हुँदा १७ जनाको मृत्यु र २४ घाइते भएका छन् ।आज बिहान करिब १ः३० बजे ग १ ख १४२१ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको हो ।हालसम्म सो दुर्घटनामा परी मृत्यु भएका १७ जनाको शव निकालिएको सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए । घाइते २४ जनालाई उद्दार गरेर विभिन्न अस्पताल लगिएको उहाँले जानकारी दिए ।मृतक तथा घाइतेको सनाखत हुन बाँकी छ । दुर्घटनाको कारण खुलेको छैन । घटनास्थलमा तीन वटै सुरक्षा निकायको समन्वयमा उद्धारको काम भइरहेको छ ।उक्त स्थानमा उद्द
काठमाडौँ। निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन आग्रह गरेको छ ।निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आयोगले सो आग्रह गरेको हो । निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको विषय उल्लेख गर्दै आयोगले सो आचारसंहिताको पूर्णपालना गर्नु सरोकारवाला पक्षको दायित्व भएको स्मरण गराएको छ ।सबै राजनीतिक दल, उम्मेदवार तथा सम्बन्धित पक्षले निर्वाचन आचारसंहिताको पूर्ण पालनाको विषयमा आयोगले अनुगमन गरिरहेको जनाएको छ । स्थानीय तहका केही जनप्रतिनिधि निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दल तथा उम्मेदवारको प्रचारप्रसारमा स
मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)प्रेमसम्बन्धमा नयाँ अवसर खुल्ने संकेत छ। अप्रत्याशित प्रस्ताव आउन सक्छ, जसलाई स्वीकार्दा जीवनमा सकारात्मक मोड आउने सम्भावना छ। साथीभाइको सहयोग र साथ लाभदायी रहनेछ। वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)शैक्षिक क्षेत्रमा उल्लेखनीय प्रगति हुनेछ। अध्ययन वा परीक्षामा मनोनिवेश गर्नेहरूले सफलता प्राप्त गर्नेछन्। व्यक्तिगत जीवनमा प्रेमसम्बन्ध मजबुत बन्नेछ।मिथुन - Gemini(का, कि, कु, घ, ङ, छ, के, को, ह)वैदेशिक क्षेत्रमा गरिएको लगानीबाट उल्लेखनीय उपलब्धि हात लाग्ने सम्भावना छ। शैक्षिक अवसरहरू अनुकूल हुनेछन्। तर, स्वास्थ्यप्रति बेवास्ता गर्दा समस्य
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.