समाचार

    Showing 6,121-6,130 of 26,620 items.
  • गुणस्तरीय तथ्याङ्कका लागि मुख्य प्रशिक्षक प्रशिक्षण

    काठमाडौँ । ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने मूल नाराका साथ राष्ट्रिय आर्थिक गणना २०८२ को पूर्व तयारी स्वरूप मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम प्रारम्भ भएको छ ।जिल्ला आर्थिक गणना अधिकारी र गणक र सुपरिवेक्षक तालिम कार्यक्रमका लागि प्रशिक्षक तयार गर्ने तथा स्थलगत तथ्याङ्क सङ्कलनको अनुगमनलाई सहजीकरण गर्ने उद्देश्य राखी यो प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो । उपप्रमुख तथ्याङ्क अधिकारी ढुण्डिराज लामिछानेले २०७५ सालको आर्थिक गणनाको अनुभवलाई पूर्ण रूपमा सदुपयोग गर्दै आगामी गणनालाई सफल पार्नुपर्ने दायित्व सबैमा रहेको बताए । यस पटकको गणनामा आधुनिक प्रविधिको प्रयोग स्वरूप इ सेन्ससलाई समेत

    • प्रकाशित मितिः फागुन १०, २०८२
    • 243 पटक पढिएको
  • आचारसंहिता उल्लङ्घनका २० हजार प्रचार सामग्री हटाइए

    धनुषा। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चुनावी प्रचारप्रसार तीव्र बनेको बेला आचारसंहिताविपरीत टाँसिएका करिब २० हजार प्रचार सामग्री प्रशासनले हटाएको छ । धनुषा जिल्ला प्रशासन कार्यालयले जनकपुरधाम नगर क्षेत्रभित्र विभिन्न उम्मेदवारले जथाभावी टाँसेका पर्चा, पम्पलेट, ब्यानर र पोस्टर हटाएको हो ।प्रशासनका अनुसार सार्वजनिकस्थल, विद्युत्का पोल, सरकारी भवन तथा सडक छेउछाउमा आचारसंहिताविपरीत टाँसिएका सामग्री हटाइएको छ । निर्वाचन आचारसंहितालाई प्रभावकारी बनाउन प्रशासनले बिहीबार उम्मेदवार तथा राजनीतिक दललाई एक दिनको समय दिएर नियमविपरीतका प्रचार सामग्री स्वयं हटाउन निर्देशन दिएको थियो ।

    • प्रकाशित मितिः फागुन १०, २०८२
    • 316 पटक पढिएको
  • हुम्ला पुग्यो मतपत्र र निर्वाचन सामग्री

    अदानचुली। प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब ११ दिनमात्र बाँकी रहँदा हिमाली जिल्ला हुम्लामा मतपत्रसहित निर्वाचन सामग्री आइपुगेको छ । निर्वाचन आयोगले कर्णाली प्रदेशका हिमाली जिल्लामा हवाईमार्गमार्फत ढुवानी गरेर मतपत्रसहित अन्य निर्वाचन सामग्री पठाएको निर्वाचन अधिकारी भीमबहादुर रोकायाले बताए ।नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेतबाट मतपत्रसहित अन्य निर्वाचन सामग्री शनिबार हुम्ला आइपुगेको हो । निर्वाचन अधिकारी रोकायाका अनुसार शनिबार सेनाको हेलिकोप्टरबाट १० प्रकारका सामग्री हुम्ला आइपुगेका छन् । निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा खटिने कर्मचारीको भत्ता, ढुवानी र हेलिकोप्टरको खर्च पठाइसकिएको तथा

    • प्रकाशित मितिः फागुन १०, २०८२
    • 291 पटक पढिएको
  • निर्वाचन ११ दिन बाँकी, ६ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम जारी

    काठमाडौँ। निर्वाचनलाई बढीभन्दा बढी सहभगितामूलक बनाउने र बदर प्रतिशत घटाउने उद्देश्यका साथ निर्वाचन आयोगले देशव्यापी रूपमा मतदाता शिक्षा कार्यक्रमलाई व्यापक रूपमा अगाडि बढाएको छ । आमनागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आयोगबाट स्वीकृत कार्यक्रम मतदाता शिक्षा कार्यक्रम अगाडि बढाइएको छ । आयोगले यही फागुन ३ देखि १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालित भएको जनाएको छ । आममतदाताको बस्ती तथा घरदैलोमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाबारे मतदातालाई जानकारी गराउने

    • प्रकाशित मितिः फागुन १०, २०८२
    • 296 पटक पढिएको
  • निर्वाचन तयारी तीव्र :मतपत्र ढुवानी अन्तिम चरणमा, मतदानका लागि संरचना लगभग तयार

    काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब १२ दिन मात्र बाँकी रहँदा निर्वाचन तयारी देशभर तीव्र पारिएको छ । निर्वाचन आयोग नेपालले अधिकांश प्रदेशमा मतपत्र तथा आवश्यक सामग्री पठाइसकेको र बाँकी स्थानमा अन्तिम चरणको ढुवानी भइरहेको जनाएको छ ।आयोगका अनुसार सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशका निर्वाचन क्षेत्रमा मतपत्र पुगिसकेको छ भने बागमतीसहित अन्य प्रदेशमा ढुवानी नियमित रूपमा जारी छ । राजधानीभित्रका मतदान केन्द्रमा समेत केही दिनमै मतपत्र पु¥याइने तयारी गरिएको छ ।निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका लागि दुई करोडभन्दा बढी मतपत्र छपाइ गरी प्याकिङ

    • प्रकाशित मितिः फागुन ९, २०८२
    • 175 पटक पढिएको
  • मौन अवधिमा सर्लाहीमा मदिरा बिक्रीमा रोक, होटल सञ्चालनमा समयसीमा

    सर्लाही । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सर्लाहीमा मौन अवधिभर मदिराजन्य पदार्थको बिक्री, वितरणमा पूर्ण रोक लगाइने भएको छ । शान्तिपूर्ण र मर्यादित वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यले प्रशासनले यस्तो निर्णय गरेको हो ।जिल्ला प्रशासन कार्यालय सर्लाहीमा शुक्रबार बसेको सुरक्षा अधिकारी तथा होटल तथा पर्यटन व्यवसायी संघ सर्लाहीका पदाधिकारीहरूको संयुक्त बैठकले फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म मदिराजन्य पदार्थको बिक्री, वितरण तथा सेवनसमेतमा रोक लगाउने निर्णय गरेको हो ।निर्वाचनसँगै नजिकिँदै गरेको फागु पूर्णिमा ९होली० पर्वलाई मध्यनजर गर्दै फागुन १५ गतेदेखि १८

    • प्रकाशित मितिः फागुन ९, २०८२
    • 264 पटक पढिएको
  • सङ्घीयता विरोधी शक्तिबाट सचेत रहन मधेशी जनतालाई उपेन्द्र यादवको आग्रह

    सप्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घीयता विरोधी दलहरूले प्रदेश संरचना खारेज गरी मधेशी जनतालाई पुनः अधिकारविहीन बनाउने प्रयास गरिरहेको आरोप लगाएका छन् ।सप्तरी क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका यादवले डाक्नेश्वरी नगरपालिका–८ पट्टीमा शुक्रबार आयोजित जनसभालाई सम्बोधन गर्दै सङ्घीयता विरोधी शक्तिहरूबाट सचेत रहन मधेशी जनतालाई आग्रह गरे।मधेश जनविद्रोहबाट स्थापित सङ्घीयता खारेज गर्ने षड्यन्त्र भइरहेको दाबी गर्दै उनले भने, ‘सङ्घीयता विरोधी दलहरूले प्रदेश हटाएर मधेशी, महिला, दलित, आदिवासी, जनजाति, थारु, मुस्लिम लगायत पछाडि पारिएका समुदायको अधिकार ख

    • प्रकाशित मितिः फागुन ९, २०८२
    • 276 पटक पढिएको
  • गौर–६ सवगढामा सामाजिक सद्भाव कायम राख्न ६ बुँदे सहमति :विथोल्नेलाई कानुनी कारबाही गरिने

    रौतहट । रौतहटको गौर नगरपालिका वडा नं. ६ सवगढामा केही समयदेखि देखा परेको विवाद समाधान गर्दै गाउँमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न स्थानीय प्रतिनिधि र समाजसेवीहरूबीच ६ बुँदे सहमति भएको छ ।फागुन ८ गते (हिजो) बसेको सर्वपक्षीय बैठकले गाउँको शान्ति सुरक्षा र आपसी भाइचारालाई मजबुत बनाउने निर्णय गरेको हो ।बैठकले गाउँको सामाजिक सद्भाव विथोल्न खोज्ने तत्वहरूप्रति सामूहिक खेद व्यक्त गर्दै त्यस्ता गतिविधिलाई निस्तेज पार्ने प्रतिबद्धता जनाएको छ । नेपाल प्रहरीको आधिकारिक पोर्टल मार्फत प्राप्त हुने सुरक्षा मापदण्ड र स्थानीय प्रशासनको समन्वयमा शान्ति कायम गरिने बताइएको छ ।गाउँमा रहेका बालबालिका, ज्येष्

    • प्रकाशित मितिः फागुन ९, २०८२
    • 230 पटक पढिएको
  • बारामा कांग्रेसको चुनावी कार्यक्रममा सरकारी विद्यालयको सामग्री प्रयोग

    सर्लाही । बाराको आदर्श कोतवाल– १ स्थित श्री नेरा आधारभूत विद्यालयको खाजा बनाउन प्रयोग गरिने ग्यास चूल्हो र भाँडाकुँडा नेपाली कांग्रेसको चुनावी कार्यक्रमका लागि लैजाने क्रममा स्थानीयले बाटोमा रोकेका छन् ।स्थानीयका अनुसार विद्यालयका कार्यालय सहयोगीले विद्यालयको ग्यास चूल्हो तथा भाँडाकुँडा बाहिर लैजाँदै गर्दा स्थानीयहरुले रोकेका थिए ।घटनाबारे बुझ्दा विद्यालयमा कार्यरत शिक्षक नवल किशोर साहले नेताहरूलाई चिया पकाउनका लागि ती सामग्री ल्याइदिन कार्यालय सहयोगीलाई भनेका थिए ।यस बिषयमा बिद्यालयका प्रधानाध्यापक सुरेश पण्डितसंग बुझ्दा उनले बिद्यालयको सामान पार्टीको कार्यक्रमा लिन खोजेको स्वीकार गर्दै स्थान

    • प्रकाशित मितिः फागुन ९, २०८२
    • 292 पटक पढिएको
  • यस्तो छ कर्णालीको निर्वाचन लक्षित सुरक्षा योजना

    सुर्खेत । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि कर्णालीको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै सुरक्षा रणनीति बनाइएको छ ।निर्वाचन शान्तिपूर्ण र धाँधलीरहित बनाउन आवश्यक सुरक्षा योजना बनाइएको प्रहरीले जनाएको छ । कर्णालीमा नेपाल प्रहरीले सोही अनुसार आवश्यक जनशक्ति परिचालन गरेको जनाएको छ ।कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार मतदान केन्द्रको संवेदनशीलता मूल्याङ्कन गरी सुरक्षाकर्मी खटाउने योजना बनाएको छ ।निर्वाचन सुरक्षाका लागि कर्णालीमा १४ हजार ७ सय १९ जना बढी प्रहरी जनशक्ति निर्वाचनमा खटिने प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । सीमावर्ती क्षेत्र तथा विगतमा विवाद देखिएका स्थानमा विशेष निगरानी बढा

    • प्रकाशित मितिः फागुन ९, २०८२
    • 236 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.