समाचार

    Showing 6,131-6,140 of 26,620 items.
  • मतदान प्रभावकारी बनाउन नमुना अभ्यास

    सुर्खेत । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी जिल्लामा नमुना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालय कालीकोट र मुख्य निर्वाचन कार्यालयले संयुक्त रूपमा नमुना मतदान आयोजना गरेको हो ।निर्वाचनका दिन मतदाता तथा कर्मचारीले अपनाउनुपर्ने प्रक्रियाको अभ्यास गराउने उद्देश्यले नमुना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । विगतका निर्वाचनमा देखिएको मत बदरको समस्या न्यूनीकरण गर्नुकासाथै मतदातालाई सही तरिकाले मतदान गर्ने विधिबारे जानकारी गराउने लक्ष्यसहित नमुना मतदान गरिएको हो ।प्रत्यक्षतर्फ र समानुपातिकतर्फ गरी दुई छुट्टाछुट्टै मतपत्रमा छाप लगाउने तरिका सिकाइएको थ

    • प्रकाशित मितिः फागुन ९, २०८२
    • 243 पटक पढिएको
  • आज सामाजिक न्याय विश्व दिवस मनाइँदै

    काठमाडौँ। आज सामाजिक न्याय विश्व दिवस विभिन्न देशमा विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष अन्तरराष्ट्रिय श्रम सङ्गठन (आईएलओ)को तत्वावधानमा यो दिवस मनाइन्छ । सन् २००७ नोभेम्बर २६ मा संयुक्त राष्ट्रसङ्घको महासभाले प्रस्ताव पारित गरेअनुसार सन् २००९ देखि हरेक वर्ष फेब्रुअरी २० मा यो दिवस मनाउने निर्णय भएको हो । सामाजिक न्याय, समान अवसर, श्रम अधिकार र गरिमायुक्त कामको प्रवर्द्धनका लागि विश्व समुदायलाई एकजुट हुन आह्वान गर्नु  यो दिवसको मुख्य उद्देश्य हो ।

    • प्रकाशित मितिः फागुन ८, २०८२
    • 323 पटक पढिएको
  • कञ्चनपुरका मुक्त हलिया भन्छन्- पहिले लिखित प्रतिबद्धता, अनिमात्र मतदान

    कञ्चनपुर । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै कञ्चनपुरका मुक्त हलिया बस्तीहरूमा राजनीतिक दल र उम्मेदवारहरूको दौडधुप बाक्लिएको छ । तर, यसपटक मुक्त हलियाहरू केवल मौखिक आश्वासन सुन्ने पक्षमा छैनन् ।राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालले कञ्चनपुरका उम्मेदवारलाई लक्ष्य गरी नौ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गर्दै हस्ताक्षरसहितको लिखित बाचा माग गरेपछि चुनावी माहोलमा नयाँ बहस सृजना भएको छ ।विसं २०६५ भदौ १४ गते तत्कालीन सरकारले हलिया मुक्तिको घोषणा गरेको १८ वर्ष पुग्न लाग्दा पनि कञ्चनपुरका धेरै परिवारले पुन:स्थापनाको पूर्णता महसुस गर्न पाएका छैनन् । यही पीडा र आक्रोशबीच समुदायले य

    • प्रकाशित मितिः फागुन ८, २०८२
    • 406 पटक पढिएको
  • निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

    काठमाडौँ। तपाईँ टिकटक कत्तिको चलाउनुहुन्छ ? रमाइलोका लागि चलाउँदै आउनुभएका टिकटकलाई अब राष्ट्रिय रूपमा योगदान पनि गर्न सक्नुहुन्छ ।राष्ट्रिय महायज्ञका रूपमा लिइएको निर्वाचनलाई टिकटक बनाएरै सहयोग गर्न सक्नुहुनेछ । यस्तै, त्यसबाट आकर्षक पुरस्कारसमेत प्राप्त गर्न सक्नुहुन्छ । रमाइलोका लागि हेरिन वा बनाइने टिकटक बनाएर निर्वाचनको माहोल बनाउन, प्रचारप्रसार गर्ने र मतदाता शिक्षा प्रदान गर्न सकिनेछ । युवामाझ लोकप्रिय रहेको सामाजिक सञ्जाललाई आयोगले निर्वाचन प्रचारप्रसारका लागि प्रयोग गर्न लागेको छ ।यही फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रमा राखेर आयोगले टिकटक भिडियो बनाउने

    • प्रकाशित मितिः फागुन ८, २०८२
    • 308 पटक पढिएको
  • पूर्वमन्त्री रामवीरले त्यागे एमाले, रोजे कांग्रेस

    काठमाडौं— नेकपा एमालेका नेता पूर्वमन्त्री रामवीर मानन्धर नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा सभापति गगन थापाले मानन्धरलाई कांग्रेसको सदस्यता प्रदान गरेका हुन्। उनी काठमाडौँ क्षेत्र नम्बर ७ मा प्रभावशाली नेताका रुपमा चिनिन्छन।उक्त अवसरमा थापाले लोकतान्त्रिक मूल्य, सुशासन र उत्तरदायी शासन प्रणाली निर्माणमा कांग्रेस प्रतिबद्ध रहेको उल्लेख गर्दै अनुभवी नेताहरूको सहभागिताले पार्टी थप बलियो हुने विश्वास व्यक्त गरे।पूर्वमन्त्रीसमेत रहेका मानन्धर २०७४ सालमा निर्वाचित सांसद हुन्। यसअघि २०४९ सालमा उनले वडा नम्बर १६ का वडा अध्यक्षको जिम्मेवारी सम्हालेका थ

    • प्रकाशित मितिः फागुन ८, २०८२
    • 460 पटक पढिएको
  • बाजुरामा घरदैलोमै मतदाता शिक्षा, मतदानप्रति बढ्यो जनचासो

    बाजुरा— आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै बाजुरामा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।जिल्लाका नौवटै स्थानीय तहमा यतिबेला मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ । जिल्ला निर्वाचन कार्यालय बाजुराले मतदाताले सही तरिकाले मताधिकार प्रयोग गर्न सकून् भन्ने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरेको हो ।यतिबेला जिल्लाका हरेक गाउँबस्तीमा चुनावी माहोल तातेको छ। निर्वाचन कार्यालयले जिल्लाका प्रत्येक वडामा एक–एक जना मतदाता शिक्षक नियुक्ति गरी मतदान गर्ने तरिकालगायतका विषयमा मतदातालाई जानकारी गराइरहेको छ ।मतदाता शिक्षकहरूले स्थानीयको घरदैलोमै पुगेर मतदान गर्ने प

    • प्रकाशित मितिः फागुन ८, २०८२
    • 556 पटक पढिएको
  • निर्वाचन सुरक्षा: फागुन १८ रातिदेखि कोशीमा भारत–नेपाल सीमा बन्द

    विराटनगर— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइने भएको छ । निर्वाचनको निष्पक्षता र शान्तिपूर्ण वातावरण सुनिश्चित गर्न सीमा नाका ७२ घण्टाका लागि पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको हो ।नेपालतर्फका कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लाका सुरक्षा प्रमुख तथा भारततर्फका किशनगञ्ज जिल्ला, अररिया जिल्ला र सुपौल जिल्लाका सुरक्षा अधिकारीबीच भएको संयुक्त बैठकले यस्तो सहमति गरेको हो ।सहमति अनुसार फागुन १८ गते रातिदेखि फागुन २१ गते रातिसम्म सीमा नाका बन्द रहनेछ । उक्त अवधिमा अत्यावश्यक सेवाबाहेक अन्य सबै प्रकारका आवागमनमा रोक ल

    • प्रकाशित मितिः फागुन ८, २०८२
    • 558 पटक पढिएको
  • सर्लाहीमा चुनावी भेटघाटका क्रममा डा.यादवमाथि दुव्र्यवहार, जसपाद्वारा निष्पक्ष छानबिनको माग

    सर्लाही— सर्लाही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा. जेपी यादवमाथि बागमतीमा दुव्र्यवहार भएको घटनालाई लिएर जनता समाजवादी पार्टी (जसपा), नेपालले आपत्ति जनाएको छ ।बिहिबार जिल्ला सदरमुकाम मलंगवामा आयोजित पत्रकार सम्मेलनमा डा। यादवले चुनावी भेटघाटका क्रममा बुधबार दिउँसो आफूमाथि असभ्य व्यवहार गरिएको बताएका हुन्। उनका अनुसार ति व्यक्तिले अपमानजनक शब्द प्रयोग गर्दै ‘मधेशीहरू बीस–तीस रुपैयाँको खान्छन्, यहाँबाट भाग’ जस्ता अभिव्यक्ति दिएका थिए । साथै ‘मधेशीहरूको ओकात थोरै छ’ भन्दै जातीय रूपमा होच्याका थिए ।उनले लोकतान्त्रिक अभ्यासअन्तर्गत मतदातासँग संवाद गरिरहेका बेला यस्तो घटना भएको द

    • प्रकाशित मितिः फागुन ८, २०८२
    • 489 पटक पढिएको
  • यस्तो छ, शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १४४ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा तोकिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ५७ पैसा र बिक्रीदर १७१ रुपैयाँ २८ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १०२ रुपैयाँ ५० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ०८ पैसा र बिक्रीदर १९५ रुपैयाँ ८९ पैसा, स्वीस फ्र्यांक एकको खरिददर १८७ रुपैयाँ ०४ पैसा र बिक्रीदर १८७ रुपैयाँ ८२ पैसा कायम गरिएको छ ।राष्ट्र बैंकले क्यानेडियन डलर एकको खरिददर

    • प्रकाशित मितिः फागुन ८, २०८२
    • 533 पटक पढिएको
  • बागमती र गण्डकीको उच्च पहाडी र हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना

    काठमाडौं— हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।हाल कोशी र बागमती प्रदेशको तराईका साथै मधेश प्रदेश लगायत बाँकी पहाडी भू–भागमा आंशिक बादल लागेको छ । तराई भू–भागका थोरै स्थानहरूमा तुँवालो लागेको छ ।महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सुरकुहिरो रहनेछ ।कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ। मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका बाँकी भू–भाग तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ ।तराई भू–भागमा मौसम मुख्यतया सफा रही कोशी, बागमती र गण्डकी प्रद

    • प्रकाशित मितिः फागुन ८, २०८२
    • 641 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.