काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ को अवसरमा विहिबार नेपाली सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक भएका छन् ।राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिद्धारा आयोजित सो समारोहमा सरिक भएका हुन् ।सो अवसरमा नेपाली सेनाले उनको सम्मानमा सलामी अर्पण गरेको थियो । सो कार्यक्रममा झाकी, मार्च पास, नृत्य र साडगीतीक धुन प्रस्तुत गरिएको थियो ।सो समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीगण, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवम् प
काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले २००७ सालको क्रान्ति केवल शासन परिवर्तन मात्र नभई नेपाली जनताको आत्मसम्मान, अधिकार र स्वाभिमानको उद्घोष भएको स्मरण गराएकी छन् ।बिहीबार राष्ट्रिय प्रजातन्त्र दिवसको मूल समारोह २०८२ लाई सम्बोधन गर्दै ७६औँ प्रजातन्त्र दिवसको अवसरमा ०७ सालको क्रान्तिले नागरिकलाई रैतीबाट नागरिक बनाएको महान् दिनको रूपमा मूल्याङ्कन गर्दै, आजको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको आधार पनि यही क्रान्तिमा रहेको उल्लेख गरेकी हुन् ।‘२००७ सालको क्रान्ति केवल शासन परिवर्तन मात्र थिएन । त्यो नेपाली जनताको आत्मसम्मान, अधिकार र स्वाभिमानको उद्घोष थियो । त्यही सालको फागुन ७ गते हामीलाई रैत
सप्तरी— जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अधिकारसम्पन्न सङ्घीयता रक्षा र मधेशको मुक्ति आफुहरुको मूल लक्ष्य भएको बताएका छन् ।सप्तरीको डाक्नेश्वरी नगरपालिका स्थित पत्थरगाडामा बुधबार आयोजित युवा विद्यार्थीहरुको क्षेत्रीय भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उनले यी लक्ष्य प्राप्तिको लागि आफू जस्तो सुकै सङ्घर्ष गर्न तयार रहेको उनले बताए ।सङ्घीयता मधेश जनविद्रोहबाट स्थापित भएको चर्चा गर्दै सप्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका अध्यक्ष यादवले भने ‘सङ्घीयता कांग्रेस र एमालेको एजेन्डा थिएन, होइन। अझैं पनि चाहेको छैन, राष्ट्रिय स्वतन्त्र पार्टीले त झन स
सर्लाही— सर्लाहीमा तीन वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्लाको ईश्वरपुर नगरपालिका – १३ स्थित बाके–संग्रामपुर सडकखण्ड अन्तर्गत ठिल्ला नजिक बुधबार साँझ तीन वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालयका अनुसार बिआर ३० एआर ३४५८, बिआर ३० एपी ३८०९ र एचपी ५५ सी ०६२३ नम्बरका मोटरसाइकलहरू दुर्घटनाग्रस्त अवस्थामा रहेको खबर प्राप्त भएपछी प्रहरीको टोली खटिएको थियो ।दुर्घटनामा घाइते चार जनालाई एम्बुलेन्समार्फत लालबन्दीस्थित मोडेल अस्पताल पठाइएको थियो। तीमध्ये दुई जनाको अवस्था गम्भीर देखिएकाले थप उपचारका लागि प्रादेशिक अस
काठमाडौं— काठमाडौंको नारायणगोपाल चोकस्थित चक्रपथ सडक खण्डमा पैदल यात्रीलाई हातपात गरी दुव्र्यवहार गर्ने सवारी चालक प्रहरी नियन्त्रणमा परेको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं सूचना अधिकारी पवन कुमार भट्टराईका अनसार प्रहरीले घटना सम्बन्धी आवश्यक कानुनी प्रक्रिया अनुसार अनुसन्धान अघि बढाइरहेकोे छ ।सो घटनापछि विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरूबाट भ्रामक फोटो, भिडियो तथा अन्य सूचना तथा एआई सिर्जित श्रव्य–दृश्य सामग्रीहरू सम्प्रेषण भएका विषय जिल्ला प्रहरी परिसर काठमाडौंको संज्ञानमा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।प्रवक्ता भट्टराईका अनुसार अनुसन्धान भइरहेको विषयमा सामाज
जनकपुर— १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको मटिहानी पुग्ने भएको छ ।हिजो कल्याणेश्वरबाट निस्किएको डोलासहितको परिक्रमामा सहभागी यात्रुहरु भारतको गिरिजास्थानमा पुगेर विश्राम गरेका थिए । उनीहरु आज बिहानै महोत्तरीको मटिहानीका लागि निस्किएका छन् । मटिहानीमा परिक्रमा यात्रुहरुका लागि प्रत्येक वर्ष झै विशेष स्वागतको तयारी गरिएको छ ।आज मटिहानीमा रात्री विश्राम गरेर भोली शुक्रबार जलेश्वर, छठौ दिन ९ गते मडई, सातौं दिन १० गते ध्रुव कुण्ड, आठौं दिन ११ गते कंचनवन, नवौं दिन १२ गते पर्वता, दशौं दिन १३ गते धनुषाधाम, एगारहौं दिन १४ गते सत्तोषर, बारहौं दिन १५ गते औरही, तेरहौं दिन १६ गते करुणा, चौदहौं
काठमाडौं— नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुस्लिम धर्मावलम्वीहरूका लागि पवित्र रमजान महिनाको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।बिहीबार शुभकामना सन्देश मार्फत उनले सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूमा रमजान महिना (निराहार व्रत) मनाउने अवसरमा सुख, शान्ति र आध्यात्मिक उन्नति प्राप्त होस् भन्ने कामना व्यक्त गरेका हुन् ।इस्लामिक पात्रो (हिजरी संवत्) अनुसार नवौँ महिना ‘रमजानुल मुबारक’ मा मुस्लिम धर्मावलम्वीहरूले एक महिनासम्म रोजा बस्ने परम्परा रहेको छ । यस पवित्र महिनामा विशेष गरी कुरानको वाचन, नमाज पढ्ने र गरिब तथा विपन्नहरूलाई सहयोग गर्ने धार्मिक अभ्यास गरिन्छ ।‘रोजा बस्नाले मानिसम
काठमाडौं— नेपालमा पहिलो पटक आम निर्वाचन सुरु भएको ऐतिहासिक दिनको स्मरणमा आज देशभर निर्वाचन दिवस मनाइँदै छ। निर्वाचन आयोगले विसं २०१५ साल फागुन ७ गतेबाट सुरु भएको आम निर्वाचनको सम्झनामा यस दिनलाई निर्वाचन दिवसका रूपमा मनाउँदै आएको हो ।२०१५ सालको आम निर्वाचन नेपालको लोकतान्त्रिक अभ्यासको पहिलो महत्वपूर्ण चरण मानिन्छ । सो निर्वाचनमा नेपाली कांग्रेसले दुई तिहाइ बहुमत अर्थात् ७४ सिट प्राप्त गरेको थियो भने कुल १६ वटा राजनीतिक दलले सहभागिता जनाएका थिए। यही निर्वाचनबाट पहिलो पटक नेपाली नागरिकहरूले सार्वभौम मताधिकार प्रयोग गर्ने अवसर पाएका थिए।निर्वाचन दिवसको अवसरमा आयोगको नेतृत्वमा आज देशभर विभि
काठमाडौं— पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता झलनाथ खनालले लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन आगामी निर्वाचनमा देशभक्त, लोकतान्त्रिक र प्रगतिशील शक्तिलाई विजयी गराउन आह्वान गरेका छन् ।प्रजातन्त्र दिवसका अवसरमा जारी सन्देशमार्फत उनले राष्ट्रलाई थप सङ्कटतर्फ जानबाट रोक्न आसन्न निर्वाचनको सही उपयोग गर्नुपर्ने बताएका हुन् ।निर्वाचनलाई अवसर र चुनौती दुवैका रूपमा व्याख्या गर्दै उनले मतदाताले देशको दीर्घकालीन भविष्यलाई ध्यानमा राखी निर्णय गर्नुपर्ने उल्लेख गरेका छन्।खनालले चुनावमा ‘नयाँ’ भनिने शक्तिहरूसँग स्पष्ट नीति, कार्यक्रम वा ठोस प्रतिबद्धता नदेखिएको टिप्पणी गर्दै लामो समयदेखि राजनीति गर्दै आएक
काठमाडौं— प्रतिनिधिसभा निर्वाचन आउन अब दुई सातामात्र बाँकी रहँदा मतदाता सूचीको शुद्धता र पहुँच सुनिश्चित गर्न निर्वाचन आयोग सक्रिय बनेको छ ।आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने मतदानलाई व्यवस्थित र समावेशी बनाउन ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी गरेको जनाएको छ ।मतदाता नामावलीसम्बन्धी ऐन, २०७३ को दफा ४४ अनुसार तयार पारिएको उक्त कार्यविधिले स्थायी मतदाता नामावली अद्यावधिक गर्ने, छुटेका मतदातालाई समावेश गर्ने र विवरण सच्याउने प्रक्रिया स्पष्ट गरेको छ।आयोगले आवश्यक कार्यक्रमसहितको सूचना प्रकाशन गर्नेछ र त्यसलाई राष्ट्रिय सञ्चारमाध्यममार्फत प्रसारण गर्न सकिने व्यवस्था
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.