समाचार

    Showing 6,171-6,180 of 26,620 items.
  • ग्याल्पो ल्होसार जस्ता पर्वहरूबाट एकता सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुन्छ : राष्ट्रपति

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीबीच एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने बताएका छन् ।ग्याल्पो ल्होसारको अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलल ग्याल्पो ल्होसार जस्ता पर्वहरूबाट सबै नेपालीबीच एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने बताएका हुन् ।शुभकामना सन्देशमा भनिएको छ, ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्र भएकाले ग्याल्पो ल्होसार जस्ता पर्वहरूबाट सबै नेपालीबीच एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भाव र बन्ध

    • प्रकाशित मितिः फागुन ६, २०८२
    • 281 पटक पढिएको
  • विश्वकपमा आज तीन खेल हुँदै

    काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत बुधबार तीन खेल हुँदैछन् । समूह ‘डी’ को एउटा खेल हुँदैछ भने समूह ‘ए’ का दुई खेल हुँदैछन् ।पहिलो खेलमा समूह ‘डी’का दक्षिण अफ्रिका र यूएईले प्रतिस्पर्धा गर्दैछन् ।यो खेल नेपाली समय अनुसार बिहान ११ बजेर १५ मिनेटमा भारतको नयाँदिल्लीमा हुँदैछ । दक्षिण अफ्रिका तीन खेलमा तीन जित दर्ता गर्दै सुपर आठ प्रवेश गरिसकेको छ भने यूएई दोस्रो जितको खोजीमा छ ।दोस्रो खेलमा समूह ‘ए’ का पाकिस्तान र नामिबिया भिड्दैछन् । यो खेल दिउँसो ३ बजेर १५ मिनेटमा सुरु हुनेछ । विश्वकपको सुपर आठमा प्रवेशका लागि पाकिस्तानमाथि यो खेल जित्नै पर्ने दबाब छ । यो खेल श्रीलंकाको कोलम्बुमा हुँदैछ ।ब

    • प्रकाशित मितिः फागुन ६, २०८२
    • 307 पटक पढिएको
  • १५ सय रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य एक हजार ५०० रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार ५ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।मंगलबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख एक हजार नौं सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी पाँच रुपैयाँले घटेर प्रतितोला ४ हजार ८८० रुपैयाँमा किनबेच भइरहेको छ ।

    • प्रकाशित मितिः फागुन ६, २०८२
    • 354 पटक पढिएको
  • टिपरको ठक्करबाट स्कुटर चालकको घटनास्थलमै मृत्यु

    काठमाडौं । काभ्रेको बनेपा बजार, दूरसञ्चार नजिकै टिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको छ ।बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२९०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।दुर्घटनामा एक जना घाइते भएका छन् । मृतकलाई प्रहरीले सिर मेमोरियल अस्पताल लगेको छ । घटनापछि स्थानीयवासी आक्रोशित बन्दै टिपरमा आगो लगाइदिएका छन् भने चालक फरार छन् ।अहिल सडक अवरुद्ध हुँदा सवारी आवागमनसमेत प्रभावित भएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन ६, २०८२
    • 361 पटक पढिएको
  • राप्रपा उम्मेद्वार रविन्द्र मिश्रले बढाए चुनावी सक्रियता

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार रविन्द्र मिश्रले घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् । मिश्रले बुधबार बबरमहल, थापाथली क्षेत्रमा घरदैलो कार्यक्रम गरेका छन् ।घरदैलो कार्यक्रममा उनले मतदाताहरुलाई सहि मान्छे छानेर ठाउँमा पुर्याउन सक्नुपर्ने बताए । उनले नेपाली राजनीति भूमरोमा जान नदिन आफूलाई जिताउन मतदाताहरुसँग आग्रह गरे । उनले भने, ‘यो ठाउँमा सहि मान्छे पुर्याउन सक्नुपर्छ । नेपाली राजनीति भूमरोमा नजाओस्।’मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनले आफ्नो चुनावी एजेण्डा प्रस्तुत गर्नुका साथै स्थानीय समस्याबारे सुझाव समेत संकल

    • प्रकाशित मितिः फागुन ६, २०८२
    • 322 पटक पढिएको
  • निर्वाचनका लागि कांग्रेसको प्रतिज्ञा पत्र सर्वसम्मत पारित

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रतिज्ञा पत्र सर्वसम्मत पारित गरेको छ ।बुधबार बिहान सभापति गगन थापाको सभापतित्वमा बसेको बैठकले निर्वाचनका कांग्रेसको प्रतिज्ञा पत्र सर्वसम्मत पारित भएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका हुन् ।

    • प्रकाशित मितिः फागुन ६, २०८२
    • 274 पटक पढिएको
  • अन्नपूर्ण केवलकार पाचौं बर्षमाः विविध कार्यक्रम गरियो

    पोखरा । अन्नपूर्ण केबलकार लिमिटेड चौँथो बर्ष पूरा गरी पाचौं बर्षमा प्रवेश गरेको छ ।आफ्नो चौंथो वार्षिकोत्सवको अवसरमा कम्पनीले विविध सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गरेको छ।यस अवसरमा कम्पनीले स्त्री रोग, दन्त सेवा, क्यान्सर सचेतना तथा रक्तदान कार्यक्रम निःशुल्क रूपमा आयोजना गरी स्थानीयवासीलाई स्वास्थ्य सेवा उपलब्ध गराएको छ।कम्पनीका अनुसार आयोजित स्वास्थ्य शिविरबाट ४८ जनाले प्रत्यक्ष लाभ लिएका छन् भने २७ जनाले रक्तदान गरेका छन्। साथै, स्थापना कालदेखि निरन्तर रूपमा कार्यरत कर्मचारीहरूलाई सम्मानसमेत गरिएको छ। वार्षिकोत्सवलाई सामाजिक सेवा केन्द्रित बनाउँदै केबलकारले समुदायसँगको सम्बन्ध अझ

    • प्रकाशित मितिः फागुन ६, २०८२
    • 280 पटक पढिएको
  • ‘श्री बुकुरो : द होम कलिङ’ को प्रदर्शन स्थगित

    काठमाडौं । गत फागुन १ गतेबाट देशब्यापी प्रदर्शनमा आएको सिनेमा ‘श्री बुकुरो स् द होम कलिङ’को प्रदर्शन स्थगित गरिएको छ । निर्देशक सुदीप भुपाल सिंहले पुरा देश नै यति बेला चुनावी माहोेलमा भएका कारण केही समयका लगि रिलिज स्थगित गरिएको बताए ।यो सिनेमाको वितरक नेशनल सिने ग्रुपले मंगलबार साँझ एक विज्ञप्ती सार्वजनिक गर्दै श्री बुकुरोको रिलिज स्थगित गरिएको जानकारी दिएको हो ।यससँगै वितरक संस्थाले नयाँ प्रदर्शन मितिको रुपमा बैशाख १८ गतेलाई फाइनल गरिएको समेत जानकारी दिएको छ ।फिल्म रेञ्जको व्यानरमा निर्माण भएको सिनेमामा आशीर्वाद क्षेत्री, निकिता आचार्य, लक्ष्मी गिरी, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान

    • प्रकाशित मितिः फागुन ६, २०८२
    • 360 पटक पढिएको
  • आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै

    काठमाडौँ। शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन् । ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ भनिन्छन् । शेर्पा समुदायले यसलाई नयाँ वर्षका रुपमा मनाउँछन् ।पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा रहेको छ । पारिवारिक एवं सामाजिक मेलमिलाप अभिवृद्धि गर्ने अवसरका रूपमा यस पर्वलाई लिइन्छ ।नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायलगायत महायान बौद्ध परम्परामा चन्द्रमास गणना गरी फागु

    • प्रकाशित मितिः फागुन ६, २०८२
    • 358 पटक पढिएको
  • निर्वाचन १५ दिन बाँकीः प्रविधिको दुरुपयोग नगर्न आयोगको आग्रह

    काठमाडौँ। निर्वाचन आयोगले प्रविधिको दुरुपयोगले निर्वाचनको निष्पक्षतालाई नै धराशायी बनाउन सक्ने जोखिम भएकाले यसतर्फ गम्भीर बन्न सम्बन्धित सबैको ध्यानाकर्षण गराएको छ ।आयोगले सामाजिक सञ्जालमा गलत सूचना सम्प्रेषण नगर्न र नगराउन एव्म सहयोगी भूमिका निर्वाह गरिदिन पनि आम सञ्चारलगायतका सम्बन्धित पक्षसँग आग्रह गरेको छ ।कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई)को प्रयोग गरी सृजना गरिएका दिग्भ्रमित पार्ने सामग्री सामाजिक सञ्जालमा नराख्न र निर्वाचनलाई मर्यादित बनाउन आग्रह गर्नुभयो । उहाँले निर्वाचनको मत सर्वेक्षण गरी आएको नतिजा नतिजा सार्वजनिक गर्ने काम नगर्न सम

    • प्रकाशित मितिः फागुन ६, २०८२
    • 325 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.