समाचार

    Showing 6,181-6,190 of 26,620 items.
  • दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न चार दिनको म्याद थप

    काठमाडौँ, ५ फागुनः मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रहरीलाई चार दिनको म्याद दिएको छ ।सोमबार भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक रहेका प्रसाईंलाई जिल्ला प्रहरी परिसर काठमाडौँले आज प्रशासनमा पेस गरेको थियो ।निर्वाचनसम्बन्धी अफवाह फैलाएर शान्ति खलल गरेको आरोपमा प्रसाईंलाई सार्वजनिक शान्तिविरुद्धको कसूरमा पक्राउ गरिएको र सोही कसुरमा अनुसन्धानका लागि म्याद थप भएको परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।प्रसाईंले फागुन २१ मा निर्वाचन हुँदैन भन्दै

    • प्रकाशित मितिः फागुन ५, २०८२
    • 326 पटक पढिएको
  • मतपत्र छपाइ सकियो

    भक्तपुर। आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ सम्पन्न भएको छ ।जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले निर्वाचन आयोगले दिएको मतपत्र छपाइको जिम्मेवारी सोमबार साँझ सम्पन्न गरिएको जानकारी दिनुभयो । आजदेखि सबै मतपत्र ‘प्याकेजिङ’ सकेर सम्बन्धित प्रदेशमा ढुवानी गरिने उहाँले बताउनुभयो ।प्रबन्ध निर्देशक पौडेलले भन्नुभयो, “प्रत्यक्षतर्फ दुई करोड तीन लाख मतपत्र छपाइकार्य सोमबार साँझबाट सम्पन्न गरेका छौँ । ४२ दिनको कार्यतालिका लिएर छपाइ सुरु गरिएकामा ४० दिनमै सम्पन्न गर्न सफल भयौँ । अब १० दिनभित्र सबै जिल्लामा मतपत्र पुर्याउँछौँ

    • प्रकाशित मितिः फागुन ५, २०८२
    • 287 पटक पढिएको
  • काठमाडौं जिल्ला अदालत पुगेर रविले बुझे तारिख

    काठमाडौं, ५ फागुन । रास्वपाका सभापति रवि लामिछाने चुनावी अभियान छोडेर काठमाडौं आएका छन् । उनी काठमाडौं जिल्ला अदालतमा तारिख बुझ्न आएका हुन् । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी बचत अपचलनको विचाराधीन आफूविरुद्धको मुद्दामा पहिलो तारिखका लागि आज काठमाडौं जिल्ला अदालत पुगेका हुन् ।स्वर्णलक्ष्मीको मुद्दामा लामिछाने ६० लाख धरौटीमा रिहा भएका थिए । यसअघि उनी आज चितवन–१ र चितवन–३ को चुनावी अभियानमा सक्रिय थिए । उनले चितवन १ मा हरि ढकाल र चितवन ३ मा सोविता गौतमलाई जिताउनको लागि अपिल गरेका थिए ।

    • प्रकाशित मितिः फागुन ५, २०८२
    • 347 पटक पढिएको
  • काठमाडौँका २५० उम्मेदवारमध्ये १२० जनाले मात्र खोले बैङ्क खाता

    काठमाडौँ, ५ फागुन । सङ्घीय राजधानी काठमाडौँकै आधा उम्मेदवारले हालसम्म बैङ्क खाता खोलेका छैनन् ।यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० निर्वाचन क्षेत्रमा गरी २५० जना उम्मेदवारले मनोनयन दर्ता गरे पनि हालसम्म १२० जनाले मात्र निर्वाचनलक्षित बैङ्क खाता खोलेको विवरण प्राप्त भएको काठमाडौँका निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिए ।निर्वाचन आयोगले उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैङ्क वा वित्तीय संस्थाबाहेक अन्य माध्यमबाट खर्च गर्न, गराउन नहुने भनी राजनीतिक दललाई निर्देशन दिएको थियो । निर्वाचन आचारसंहितामै उक्त विषय उल्लेख गरिए पनि आधा उम्मेदवारले बैङ

    • प्रकाशित मितिः फागुन ५, २०८२
    • 300 पटक पढिएको
  • टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

    बागमती। पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका १९ सान्नानटारमा आज दिउँसो टिपरले मोटरसाइकललाई ठक्कर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।हेटौँडाबाट मनहरीतर्फ जाँदै गरेको बाप्र ०३–००१ ख ११७९ नम्बरको टिपरले मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको लु ३४ प ४६७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रूपन्देही जिल्ला निवासी २८ वर्षीय जगदीश थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो । दुर्घटनामा गम्भीर घाइते थारुलाई उपचारको लागि हेटौँडा अस्पताल ल्याएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब

    • प्रकाशित मितिः फागुन ५, २०८२
    • 437 पटक पढिएको
  • मतदाता शिक्षाका लागि झापामा १३१ स्वयंसेविका र सहजकर्ता परिचालन

    झापा, ५ फागुन । आसन्न प्रतिनिधिसभा निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी बनाउन जिल्लामा स्थानीय स्वयंसेविका, बाल विकास सहजकर्ता र सामुदायिक अध्ययन केन्द्रका परिचालक गरी १३१ जना खटाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसी नेपालका अनुसार जनशक्ति छनोट गर्दा विगतका निर्वाचनमा कार्य अनुभव हासिल गरेका व्यक्तिलाई विशेष प्राथमिकता दिइएको छ । यसरी खटाइएका कर्मचारीले प्रत्येक वडामा पुगेर तोकिएको जिम्मेवारी पूरा गर्न सुरु गरिसकेका छन् । उनले फागुन ३ गतेदेखि स्वयम्सेवक परिचालन गरेको बताए ।कार्यक्षेत्रमा खटाइएका स्वयंसेवकले मतदाताको घरदैलोमा पुगेर नमूना मतपत्रको माध्य

    • प्रकाशित मितिः फागुन ५, २०८२
    • 387 पटक पढिएको
  • गण्डकीका १४ हजारभन्दा बढी कर्मचारी निर्वाचनमा खटिने

    गण्डकी। यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा १४ हजारभन्दा बढी कर्मचारी खटिने भएका छन् । प्रदेशका ११ जिल्लामा रहेका दुई हजार ३९६ मतदान केन्द्रमा छ जनाका दरले १४ हजार  ३७६ जना कर्मचारी खटिने प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेले जानकारी दिनुभयो । एउटा मतदान केन्द्रमा एक÷एक जना मतदान अधिकृत र सहायक मतदान अधिकृत, तीन जना सहायक कर्मचारी, एक जना कार्यालय सहयोगी र तीन जना स्वयंसेवक खटिने उहाँले बताउनुभयो । जिल्लामा रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत कर्मचारी व्यवस्थापनको काम भइरहेको छ । छनोट भएका मतदान अधिकृत,

    • प्रकाशित मितिः फागुन ५, २०८२
    • 349 पटक पढिएको
  • काठमाडौँमा गत माघमा ९७६ अपराधका मुद्दा दर्ता

    काठमाडौँ, ५ फागुन । काठमाडौँ जिल्लामा गत माघ महिनामा ९७६अपराधका मुद्दा दर्ता भएको छ । ती मुद्दामध्ये १५९ जघन्य तथा गम्भीर अपराधका रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।गत माघमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित २२ मुद्दा रहेका छन् । आर्थिक अपराधका भने ४६६ मुद्दा दर्ता भएको पनि प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । अन्य विभिन्न प्रकारका गरेर ३४० मुद्दा दर्ता भएको पनि उनले बताए । यस बीचमा ‘विशेष अपरेसन’ चलाएर काठमाडौँमा मोटरसाइकलमा चढी सडकमा हिँड्ने व्यक्तिमाथि लुटपाट गर्ने १० जनालाई पक्राउ गरी कानुनी कारबाही गरिएको प्रह

    • प्रकाशित मितिः फागुन ५, २०८२
    • 368 पटक पढिएको
  • दुर्गा प्रसाईंको गिरफ्तारी खेदजनक, तत्काल रिहा होस् : आजपा

    काठमाडौं, फागुन ५ । आम जनता पार्टी (आजपा)ले नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई गरिएको गिरफ्तारीप्रति गम्भीर आपत्ति जनाएको छ।पार्टीका केन्द्रीय प्रवक्ता चन्द्र भुषण साहले जारी गरेको विज्ञप्तिमा सरकारले आफ्ना आलोचक र फरक धारलाई निरुत्साहित एवं निश्तेज गर्ने गलत मनसुबाका साथ पटक पटक गिरफ्तारी गर्ने र छोड्ने केटाकेटी खेल खेल्नु सरकारको मर्यादा एवं परिपक्वताको बर्खिलाप मात्र नभई विधिको शासन र लोकतन्त्रमाथिको पनि प्रहार भएको उल्लेख गरिएको छ ।मानव अधिकार, मौलिक हक, अभिव्यक्ति स्वतन्त्रता र असहमतिको अधिकारमाथि सिधा आघात पुग्ने गरी गरीएको प्रतिशोधपूर्ण गिरफ्तारीलाई तुर

    • प्रकाशित मितिः फागुन ५, २०८२
    • 329 पटक पढिएको
  • ठाउँ ठाउँमा भेटिन थाल्यो शंकास्पद वस्तु, सेनालाई भ्यान नभ्याई

    काठमाडौं, फागुन ५ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आज आह्वान गरेको नेपाल बन्द घोषणासंगै देशका विभिन्न ठाउँमा अज्ञात समूहले राखेको शंकास्पद वस्तु नेपाली सेनाले निश्क्रिय पारेको छ । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन प्रभावित पार्न अज्ञात समूहले देशका विभिन्न राजमार्गमा राखेको शंकास्पद वस्तु सेनाले निश्क्रिय पारेको हो।यसैक्रममा भैरहवाको लुम्बिनी गेट नजिकै बोराभित्र राखिएको शंकास्पद वस्तु सेनाले निश्क्रिय पारेको छ । बोरामा बेरेर बाहिर कागजमा नेपाल बन्द सफल पारौं लेखेको वस्तु डिस्पोज गर्दा बोरा भित्र क्यान बियर, माटो र ढुङ्गा भेटिएको हो ।त्यस्तै, हेटौँडा उपमहानगरपालिका वडा नम्बर-१६ स्थित चिसाप

    • प्रकाशित मितिः फागुन ५, २०८२
    • 339 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.