समाचार

    Showing 6,201-6,210 of 26,620 items.
  • रौतहटमा ब्राउन सुगरसहित चार जना पक्राउ

    रौतहट— रौतहटको चन्द्रपुर नगरपालिकाका विभिन्न स्थानबाट लागू औषध ब्राउन सुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको विशेष टोलीले गोप्य सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रूपा लाबुङ्गका अनुसार आइतबार दिउँसो ३ः३० बजे चन्द्रपुर नगरपालिका वडा नं. ४ बाट बागमती निवासी ३२ वर्षीय तुल बहादुर लामालाई शंकास्पद अवस्थामा फेला पारी खानतलासी गर्दा उनको साथबाट ब्राउन सुगर सेवनमा प्रयोग गरिने सामग्रीहरू बरामद भएको थियो ।लामालाई नियन्त्रणमा लिई सोधपुछ गर्दा खुलेको तथ्यका आधारमा प्रहरीले

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • 415 पटक पढिएको
  • मलंगवामा इन्जिनियरको गोली हानी हत्या, सीमा क्षेत्रमा सुरक्षा कडा

    रौतहट— सर्लाहीको सदरमुकाम मलंगवामा आइतबार साँझ एक इन्जिनियरको अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको छ । मलंगवास्थित पूर्वाधार विकास कार्यालयमा कार्यरत ३६ वर्षीय इन्जिनियर प्रमोदकुमार यादवको गोली हानी हत्या गरिएको हो ।सिरहाको सुखीपुर नगरपालिका–६ घर भई मलंगवा–१० देबिटोलमा श्रीमतीसँगै डेरा गरी बस्ने यादवमाथि अज्ञात समूहले छातीमा गोली प्रहार गरेको थियो ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी सरोज राईका अनुसार प्रारम्भिक अनुसन्धानमा इन्जिनियर यादवलाई फोन गरेर डेरा बाहिर बोलाइएको र लगत्तै गोली प्रहार गरिएको देखिएको छ । गोली लागेर अचेत भएका यादवलाई तत्काल प्रादेशिक अस्पताल मलंग

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • 457 पटक पढिएको
  • सदरमुकामदेखि एक सय किलोमिटर टाढा छन् मतदान केन्द्रहरू

    मुस्ताङ। आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँ कायम भएका कतिपय मतदानस्थल तथा केन्द्रहरू सदरमुकाम जोमसोमदेखि एक सय किलोमिटरभन्दा बढी टाढा दूरीमा छन् ।नेपाल–चीन उत्तरी कोरलानाकास्थित माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा कायम गरिएका मतदानस्थलहरू एक सय किलोमिटरभन्दा बढी दूरीमा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।लोमान्थाङ गाउँपालिकामा छवटा मतदानस्थल छन् । जहाँ दुई हजार ११ जना मतदाता छन् । यहाँका सबै मतदानस्थलमा पुग्न सदरमुकाम जोमसोमदेखि सवारीसाधनमार्फत करिब ६÷७ घण्टा समय लाग्ने जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिनुभयो । यहाँ लोमान्थाङ–२ स

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • 370 पटक पढिएको
  • पेट्रोलियम पदार्थको मूल्य समायोजन

    काठमाडौँ। पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ । नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य समायोजन गरेको हो ।निगमका अनुसार पेट्रोलमा प्रतिलिटर रु एक, डिजल र मट्टीतेलमा प्रतिलिटर रु तीनले मूल्य बढेको छ । नयाँ मूल्यअनुसार, काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर रु १५६ कायम भएको छ ।त्यसैगरी सुर्खेत र दाङमा भने प्रतिलिटर रु १५५ तय गरिएको छ । चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ ५० पैसा कायम भएको छ । यसैगरी, मट्टीतेलको मूल्य प्रतिलिटर रु १४२ कायम भएको निगमले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • 289 पटक पढिएको
  • निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

    काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ ।मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था छ ।सोही व्यवस्थाअनुसार, आजदेखि यही फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन प्रचार–प्रसार गर्न सक्ने छन् । निर्वाचनको निष्ठालाई उच्च प्राथमिकतामा राखेर दल तथा उम्मेदवार एवं अन्य सरोकारवाला सबैले निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी निर्वाचन प्रचार–प्रसार गर्न सक्ने जनाइएको छ । सोही व्यवस

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • 305 पटक पढिएको
  • कोशी प्रदेश स्थापनाको आठ वर्ष : अस्थिरताको राजनीतिकाबीच उपलब्धिको दाबी

    विराटनगर । कोशी प्रदेश स्थापनाको आठ वर्ष पूरा गर्दै नवौं वर्षमा प्रवेश गरेको छ । तर सात दशक लामो राजनीतिक संघर्ष र २०६२–०६३ को जनआन्दोलनको उपलब्धि २०७२ को संविधानमा उल्लेख भएर २०७४ सालमा स्थापित प्रदेशको संरचनाले अपेक्षित स्थिरता र परिणाम दिन सकेको छ कि छैन भन्ने प्रश्न झन् तीव्र बन्दै गएको छ ।कोशी प्रदेश पछिल्लो आठ वर्षमा राजनीतिक अस्थिरताको केन्द्रझैँ देखिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अभिलेखअनुसार प्रदेश स्थापनायता नौ पटक मुख्यमन्त्री परिवर्तन भइसकेका छन् । आठ वर्षमा नौ कार्यकाल—यो तथ्यले नै प्रदेश राजनीतिमा स्थायित्वको अभाव प्रस्ट पार्छ ।प्रदेश सरकार गठनपछि पहिलो मुख्य

    • प्रकाशित मितिः फागुन ३, २०८२
    • 265 पटक पढिएको
  • नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

    काठमाडौं । टी–२० विश्वकप अन्तर्गत नेपालले वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य दिएको छ । मुम्बईस्थित वानखेडे मैदानमा जारी खेलमा नेपालले वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य दिएको हो । टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १३३ रन बनायो ।दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय पारी खेल्दै नेपालको लक्ष्य केही हदसम्म माथि उकासे । टी–२० विश्वकपमा उनी अर्धशतक बनाउने दोस्रो खेलाडी हुन्। यसअघि सुवास प्याकुरेलले अर्धशतक बनाएका थिए । दीपेन्द्र ४७ बलमा ५८ रन जोडेर आउट भए । यस्तै, सोमपाल कामी २६ रनमा अविजित रहे।लोकेश बमले १३, आसिफ शेखले ११, रोहित पौडेलले ५, आरिफ शेखले २, कुशल भुर्तेलले १ गुलशन झा

    • प्रकाशित मितिः फागुन ३, २०८२
    • 221 पटक पढिएको
  • महाशिवरात्रि उपवास, जागरण र अन्तर्मनबीच संवाद गर्ने पर्व हो : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाशिवरात्रि उपवास, जागरण र अन्तर्मनबीच संवाद गर्ने पर्व रहेको बताएका छन् ।आज महाशिवरात्रि पर्वको अवसरमा सामाजिक संजाल फेसबुकमार्फत शुभकामना सन्देश दिंदै अध्यक्ष ओलीले ऊर्जाको तेजमय प्रवाहलाई संयममा राख्ने सामथ्र्य, विषको पीडा सामना गरेर शान्त रहने धैर्य र नश्वरता सम्झँदै अनासक्त जीवन जिउने सन्देश पशुपतिनाथले दिएको बताएका हुन् ।‘पशु’ अर्थात् बन्धनमा बाँधिएको चेतनालाई मुक्त गराउने र लोभ, क्रोध, मोह, अहंकार लगायत सबै पाटबाट निकालेर मनलाई स्वतन्त्र, शान्त र आनन्दित बनाउने प्रतीकात्मक स्वरूप नै पशुपतिनाथ हुन्’ उनले लेखेका छन् । ‘ऊर्जाको तेजमय प्रवा

    • प्रकाशित मितिः फागुन ३, २०८२
    • 194 पटक पढिएको
  • सेना दिवस–२०८२ को समारोहमा प्रधानमन्त्री कार्की सहभागी

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की आज नेपाली सेनाद्वारा आयोजित महाशिवरात्रि तथा सेना दिवस–२०८२ सम्बन्धी विशेष कार्यक्रममा सहभागी भएकी छन् ।काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा आयोजित उक्त समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रममा महाशिवरात्रि बढाइँ तथा आकर्षक मार्च पास्ट प्रस्तुत गरिएको थियो । त्यसैगरी नेपाली सेनाका हातहतियार तथा आधुनिक उपकरणहरूको प्रदर्शनी, विविध सैनिक कला तथा सांगीतिक झाँकीहरू समेत प्रदर्शन गरिएका थिए ।कार्यक्रममा मित्रराष्ट्र भारत, बेलायत र अमेरिकाका सेनाका ब्यान्डहरूको विशेष प्रस्तुति पनि समावेश गरिएको थियो, जसले समारोहलाई थप आकर

    • प्रकाशित मितिः फागुन ३, २०८२
    • 237 पटक पढिएको
  • मतदातासँग भेटघाट गर्न आज ओली पुनः झापा जाँदै

    काठमाडौं— केपी शर्मा ओली आज पुनः आफ्नो निर्वाचन क्षेत्र झापा जाँदैछन्। ओली बिहान १०ः२० बजे काठमाडौंबाट भद्रपुर विमानस्थल अवतरण गर्ने कार्यक्रम रहेको छ। त्यसपछि उनी सीधै निर्वाचन क्षेत्रमा सक्रिय हुनेछन्। यसअघि माघ २३ गते झापा पुगेका ओलीले सात दिनमा करिब ८० गाउँको भ्रमण गरी मतदातासँग भेटघाट गरेका थिए।आजको कार्यतालिकाअनुसार उनले शिक्षक, धिमाल समुदाय तथा मुस्लिम समुदायसँग छुट्टाछुट्टै भेला गर्नेछन्। साथै दमक–२ स्थित अस्थायी निवासमा भौगोलिक क्षेत्रका कार्यकर्ता र सर्वसाधारणसँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम तय गरिएको छ। एमाले झापाका सचिव तुलसी कार्कीका अनुसार यो भ्रमण मतदाता केन्द्रित हुनेछ।एमाले

    • प्रकाशित मितिः फागुन ३, २०८२
    • 400 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.