समाचार

    Showing 6,211-6,220 of 26,620 items.
  • नेपाली कांग्रेसको प्रतिज्ञा पत्र अब फागुन ६ मा जनकपुरबाट सार्वजनिक हुने

    काठमाडौं— नेपाली कांग्रेसले प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ का लागि तयार गरेको ‘प्रतिज्ञा पत्र’ अब फागुन ६ गते जनकपुरमा सार्वजनिक गर्ने भएको छ ।पार्टीका प्रवक्ता तथा केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक देवराज चालिसेका अनुसार आज सार्वजनिक गर्ने भनिएको ‘प्रतिज्ञा पत्र’ अब फागुन ६ गते जनकपुरमा सार्वजनिक गर्ने भएको हो ।यसअघि पार्टीले फागुन ३ गते आज दिउँसो २ बजे केन्द्रीय कार्यालयमा प्रतिज्ञा पत्र सार्वजनिक गर्ने कार्यक्रम तय गरेको थियो। तर कार्यक्रम परिमार्जन गर्दै अब जनकपुरमा आयोजना हुने आमसभाबाट सार्वजनिक गर्ने निर्णय गरिएको प्रवक्ता चालिसेले विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन्।उनक

    • प्रकाशित मितिः फागुन ३, २०८२
    • 378 पटक पढिएको
  • टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल

    काठमाडौं— आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपाली टोली आज वेस्ट इन्डिजटोलीसँग प्रतिस्पर्धा गर्दैछ ।नेपाल र वेस्ट इन्डिजबीचको खेल मुम्बईस्थित वानखेडे स्टेडियममा बिहान सवा ११ बजेदेखि सुरु हुनेछ ।समूह चरणका सुरुवाती दुई खेलमा पराजित भएको नेपालका लागि बाँकी खेलहरू अत्यन्तै महत्वपूर्ण बनेका छन्।प्रतियोगितामा टिकिरहन नेपाललाई जित्नैपर्ने दबाब छ । वेस्ट इन्डिज भने लगातार दुई जितसहित सुपर–८ मा पुग्ने संघारमा रहेको छ ।आजको खेल जितेमा वेस्ट इन्डिज अर्को चरणमा पुग्नेछ भने नेपाल एक खेल अगावै प्रतियोगिताबाट बाहिरिनेछ ।वेस्ट इन्डिजले दुई पटकको टी–२० विश्वकप जितिसकको छ । उसले सन् २०

    • प्रकाशित मितिः फागुन ३, २०८२
    • 456 पटक पढिएको
  • खाम मगर सभ्यताको विश्वव्यापी ब्रान्डिङ गरिने भन्दै प्रचण्ड तकसेरामा

    रुकुम पूर्व— प्रतिनिधि सभा निर्वाचन अन्तर्गत मतदाता भेटघाट कार्यक्रमका क्रममा पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको पर्यटकीय स्थल तकसेरा पुगेका छन् ।शनिबार साँझ तकसेरा पुगेका उनलाई स्थानीयवासीले भव्य स्वागत गरेका थिए।स्वागत कार्यक्रममा महिला दिदीबहिनीहरू बालबच्चासहित नाचगान गर्दै सहभागी भएका थिए भने स्थानीय युवाहरूले पनि उत्साहजनक उपस्थिति जनाएका थिए ।स्वागतपछि आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले रुकुम पूर्वका जनताबाट आफूले नयाँ ऊर्जा प्राप्त गरिरहेको बताएका छन् । उनले रुकुमबाट समाजवादी मोडेलको सुरुआत गर्ने लक्ष्य रहेको उल्लेख गर्दै यस क्षेत्रलाई क्रान्तिको सुरुआ

    • प्रकाशित मितिः फागुन ३, २०८२
    • 410 पटक पढिएको
  • भरतराज ढकाल भन्छन् कृषिमा देखिएका समस्याको समाधान नीतिगत सुधारमार्फत मात्रै सम्भव छ

    पोखरा— नेपाली काँग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नम्बर १ का उम्मेद्वार भरतराज ढकालले कृषि क्षेत्रमै व्यापक रोजगारी सिर्जना सम्भव रहेको बताउँदै त्यसका लागि संसदमार्फत नीतिगत सुधार अनिवार्य रहेको बताएका छन् ।मुक्तिनाथ कृषि कम्पनीका संस्थापक अध्यक्ष समेत रहेका ढकालले स्याङ्जा सदरमुकाममा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै कुल जनसंख्याको झण्डै ७० प्रतिशत नागरिक कृषि क्षेत्रमा आबद्ध भए पनि मूल्य श्रृङखला स्थापित हुन नसक्दा अपेक्षित उपलब्धि हासिल हुन नसकेको धारणा राखे ।‘कृषि नै रोजगारीको आधार हो । हामीले उत्पादनलाई बजारसँग, किसानलाई उद्योगसँग र वित्तीय संस्थालाई कृषि उद्यमसँग जोड्न सके लाखौंको संख्

    • प्रकाशित मितिः फागुन ३, २०८२
    • 520 पटक पढिएको
  • निर्वाचन सुरक्षामा सेनाको तयारी, शान्तिपूर्ण सम्पन्न गराउन निर्देशन

    काठमाडौं— नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले आसन्न निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सेनाका सबै दर्जालाई निर्देशन दिएका छन्।महाशिवरात्रि तथा २६३ औँ सेना दिवसका अवसरमा शनिबार जंगी अड्डामा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले शुभकामनासहित निर्वाचन सुरक्षासम्बन्धी विशेष निर्देशन दिएका हुन्।जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सम्बोधनका क्रममा प्रधानसेनापति सिग्देलले नेपालको गौरवशाली इतिहास, परम्परा र संस्कृतिबारे गहिरो जानकारी लिन तथा त्यसबाट शिक्षा लिन सैनिक कर्मचारीलाई आग्रह गरेका छन्। उनले सबै सैनिक तालिममा नेपाल र नेपाली इतिहास अध्ययन–अध्यापन अनिवार्य बनाउन निर्देशन

    • प्रकाशित मितिः फागुन ३, २०८२
    • 423 पटक पढिएको
  • समृद्धिको यात्रामा कर्णाली करिडोर: पिलिचौर–कवाडी सडक कालोपत्रे हुँदै

    बाजुरा— सुदूरपश्चिम र कर्णाली प्रदेश का नागरिकको जीवनस्तर उकास्ने महत्वपूर्ण परियोजनाका रूपमा हेरिएको कर्णाली करिडोर अन्तर्गत बाजुराको जगन्नाथ गाउँपालिका पिलिचौरदेखि हिमाली गाउँपालिकाको कवाडी सम्मको सडकखण्ड कालोपत्रे हुने भएको छ ।सडक कालोपत्रे हुने खबरसँगै स्थानीयवासीमा उत्साह देखिएको छ । दुर्गम क्षेत्रका नागरिकका लागि आयआर्जनको नयाँ आधार बन्ने अपेक्षा गरिएको यस सडकले यातायात सहज बनाउने, व्यापारिक गतिविधि बढाउने तथा सेवा–सुविधामा पहुँच विस्तार गर्ने विश्वास गरिएको छ ।निर्माण कम्पनी पीएस कन्स्ट्रक्सनले करिब १ अर्ब १२ करोड रुपैयाँ लागतमा तीन वर्षभित्र सडक निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम अघि

    • प्रकाशित मितिः फागुन ३, २०८२
    • 464 पटक पढिएको
  • आजको मौसम : उच्च पहाडी र हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा सहित हिमपात पूर्वानुमान

    काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा मध्याह्नसम्म कुहिरो लाग्नेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागमा साधरणतया बादल लाग्नेछ तथा बाँकी प्रदेशको हिमाली र पहाडी भागमा आंशिक बादल लाग्नेछ र तराई भागमा मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भागका केही स्थान तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभाग र बाँकी प्रदेशका उच्

    • प्रकाशित मितिः फागुन ३, २०८२
    • 293 पटक पढिएको
  • आज महाशिवरात्रि: पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको चहलपहल

    काठमाडौँ। आराध्यदेव भगवान् पशुपतिनाथमा अहिले दर्शनार्थीसहित साधुसन्तहरूको चहलपहल बढेको छ ।मन्दिर परिसरमा बाबाहरू धुनी बालेर बसेका छन् भने पशुपतिनाथको दर्शनका लागि आएका भक्तजनको उल्लेख्य सहभागिताले यहाँको रौनकता बढाएको छ ।महाशिवरात्रिको पूर्वसन्ध्यामा शनिबार पशुपतिनाथ मन्दिरलगायत आसपासका क्षेत्रमा देशविदेशबाट आउने साधुसन्त तथा भक्तजनको आगमनसँगै मन्दिर आसपास क्षेत्र निकै व्यस्त देखिएको छ ।यस वर्षको महाशिवरात्रिका दिन कम्तीमा पनि आठ लाख दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरिएको र करिब चार हजार साधुसन्तको उपस्थिति रहने अपेक्षा गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक एवं प्रवक

    • प्रकाशित मितिः फागुन ३, २०८२
    • 259 पटक पढिएको
  • आज २६३औँ सेना दिवस मनाइँदै

    काठमाडौँ। नेपाली सेनाले आफ्नो स्थापनाको २६३ औँ वार्षिकोत्सव आज मुलुकभर विविध कार्यक्रम आयोजना गरी मनाउँदै छ ।राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक टुँडिखेलमा आज महाशिवरात्रि बढाइँ तथा सेना दिवस विशेष समारोहको आयोजना गरिनेछ । उनी नेपाली सेनाको परमाधिपति हुन्।सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । त्यस अवसरमा सैनिक मञ्चमा शिवरात्रि बढाइँसँगै परेड, तोप बढाइँ, कवाजलगायत सैनिक कला र विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछ ।जङ्गीअङ्डामातहत पृतना, बाहिनी, गण र गुल्म तथा कूटनीतिक नियोग र शान्ति मिसनमा पनि विभिन्न कार्यक्रम गरी सेना दिवस मनाइने सैनिक प्रवक्ता राज

    • प्रकाशित मितिः फागुन ३, २०८२
    • 247 पटक पढिएको
  • पाका नेता विश्वबन्धु थापाको निधन

    नेपाली राजनीतिमा लामो समयदेखि सक्रिय राजनीतिज्ञ विश्वबन्धु थापाको शनिबार साँझ निधन भएको छ। उनी ९८ वर्षका थिए।उनको बुधबार साँझ उपचारका क्रममा निधन भएको परिवारले जानकारी दिएको छ।उनी हाल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता थिए।परिवारका अनुसार थापाको पार्थिव शरीर आइतबार बिहान ९:०० बजेदेखि ११:०० बजेसम्म काठमाडौंको गैह्रीधारास्थित निजी निवासमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिनेछ।श्रद्धाञ्जली कार्यक्रमपछि पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिने परिवारले जनाएको छ।थापाको निधनप्रति राजनीतिक दलका नेताहरू, शुभेच्छुक तथा समर्थकहरूले दुःख व्यक्त गरेका छन्।नेपाली राजनीतिमा

    • प्रकाशित मितिः फागुन ३, २०८२
    • 279 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.