काठमाडौं । नेपाली कांग्रेसले भोली (आइतबार) घोषणा पत्र सार्वजनिक गर्ने तयारी गरेको छ ।फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कांग्रेसले आफ्नो घोषणापत्र सार्वजनिक गर्न लागेको हो । कांग्रेसले शुक्रबार एक विज्ञप्ती जारी गर्दै आइतबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा घोषणा पत्र सावर्जनिक गरिने जनाएको छ ।कांग्रेसका प्रवक्ता देवराज चालिसेका अनुसार कांग्रेसले यसपटकको घोषणापत्रमा १० वटा मुख्य भिजनसहितको संकल्प ल्याउँदैछ ।
काठमाडौं । फ्रेन्डस् सिनेमाले आफ्नो तेस्रो शाखा विस्तार गरेको छ । धरान र बुटवलपछि फ्रेन्डस् सिनेमाले आफ्नो तेस्रो शाखा इलाममा विस्तार गरेको हो ।इलाम नगरपालिका–७ मा आउँदो शुक्रबारबाट यो चलचित्र घर सञ्चालनमा आउनेछ । फ्रेन्डस् सिनेमाका डाइरेक्टर आशिस एच तामाङका अनुसार साढे तीन करोड लगानीमा चलचित्र घर तयार भएको हो ।एउटा स्क्रिन रहेको यो चलचित्र घरमा १९० सिट क्षमता छ । चलचित्र विकास बोर्डले शुक्रबारबाट सञ्चालनको अनुमति दिइसकेको छ ।‘ठूला सहरमा मात्रै चलचित्र घर रहेको अवस्थामा हामीले गाउँगाउँमा पनि चलचित्र देखाउने र हेर्ने वातावरण बनाउँदै लैजानुपर्छ भनेर पहाडी जिल्ला इलाममा हल खोलेका हौँ । हामी सिनेम
काठमाडौं । ललितपुरको कोन्ज्योसोम गाउँपालिका–१ मा मिनी ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।लेलेबाट बालुवा लिएर कालेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश–०१–००४ क ६२२८ नम्बरको मिनी ट्रक गएराति ९ बजे सडकबाट अन्दाजी ५ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको हो ।दुर्घटनामा ट्रक चालक र एक जनाको घटनास्थलमै मृत्यु भएको थियो, भने अन्य दुई जनाको उपचारका क्रममा मृत्यु भयो ।दुर्घटनामा परी ट्रक चालक ललितपुरकै गोदावरी नगरपालिका–६ का ५२ वर्षीय गणेश खड्का र ट्रकमा सवार सोही ठाउँका ४२ वर्षीय गणेश थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।त्यस्तै, ट्रकमा सवार अन्य दुई जना अन्दाजी ४० वर्षीय र ५०
काठमाडौँ । भारतमा जारी टी–२० विश्वकपमा आज तीन वटा खेल हुँदैछन् ।शनिबार पहिलो खेलमा समुह बी अन्तर्गत आयरल्याण्ड र ओमानबीच प्रतिस्पर्धा हुँदैछ ।श्रीलंकाको कोलम्बोमा हुने यो खेल नेपाली समय अनुसार बिहान ११ः १५ बजेदेखि शुरु हुदैछ ।आयरल्याण्ड र ओमान दुवैले अहिलेसम्म आफ्ना शुरुका २–२ खेलमा हार बेहोरेका छन् ।त्यस्तै आजको दोस्रो खेलमा समुह सी का इङल्याण्ड र स्कटल्याण्ड भिड्दैछन् ।भारतको कोलकोतास्थित इडेन गार्डेनमा हुने यो खेल दिउसो ३ः १५ बजेदेखि शुरु हुदैछ ।जारी विश्वकपमा इङल्याण्ड र स्कटल्याण्ड दुवैले २–२ खेलमा १–१ खेल जितेका छन् भने १–१ खेलमा हार बेहोरेका छन् ।त्यस्तै,आज तेस्रो खेल समुह डी का न्यूजील
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १४ वटा जिल्लाको मतपत्र छाप्न बाँकी रहेको जनाएको छ ।आयोगका अनुसार अहिलेसम्म ६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ भने अब काठमाडौं उपत्यका आसपासका जिल्लाका निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम बाँकी छ ।भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा नियमित रूपमा मतपत्र छपाइको काम भइरहेको छ ।हालसम्म डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा,दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखल
कैलाली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट कैलाली क्षेत्र नं. ५ का उम्मेदवार एवं पूर्वमन्त्री प्रेमबहादुर आले ले युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउने लक्ष्यसहित सीपमूलक कार्यक्रमलाई उच्च प्राथमिकता दिनुपर्ने बताएका छन् ।धनगढी उपमहानगरपालिका द्वारा आयोजित ‘सीप तथा रोजगार मेला–२०८२’ को शुक्रबार निरीक्षण तथा अवलोकन गर्दै उनले वर्तमान समयमा बढ्दो बेरोजगारी समस्याको समाधान सीप विकास र उद्यमशीलता प्रवद्र्धनमार्फत मात्रै सम्भव रहेको बताए ।उनले भने,‘देशको ठूलो जनसंख्या युवाहरूको छ । यदि युवालाई समयमै प्राविधिक तथा व्यवसायिक सीप प्रदान गर्न सकियो भने उनीहरू रोजगार खोज्ने होइन, रोजगार दिने अवस
काठमाडौं । आज फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डे । नेपालसहित विभिन्न देशमा प्रेमिल जोडीहरूले एक–आपसमा शुभकामना साटासाट गर्दै, भेटघाट गरी र उपहार आदानप्रदान गरेर यो दिवस मनाउँदै छन् ।भ्यालेन्टाइन डे प्रेम, स्नेह र भावनाको अभिव्यक्ति गर्ने विशेष दिनका रूपमा चिनिन्छ । आधुनिक समयसँगै यसको प्रभाव नेपालमा पनि बढ्दै गएको छ । विशेषगरी युवा पुस्तामा यस दिन फूल, चकलेट, कार्ड, उपहार तथा साथमा समय बिताउने चलन बढ्दो देखिन्छ ।भ्यालेन्टाइन डे एक सातासम्म चल्ने ‘भ्यालेन्टाइन सप्ताह’को अन्तिम दिन हो । यस अवधिमा रोज डे, प्रपोज डे, चकलेट डे, टेडी डे, प्रमिस डे, हग डे र किस डे जस्ता विभिन्न दिन मनाइएपछि आजको दि
किमाथाङ्का।आसन्न निर्वाचन अन्तर्गत यहाँका आठ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएकोे छ । सुरक्षा संवेदनशीलताको हिसाबले आठ मतदानस्थललाई अति संवेदनशील वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जानकारी दिनुभयो ।उहाँका अनुसार जिल्लाका १०९ मतदानस्थलमध्ये सुरक्षा संवेदनशीलताको दृष्टिकोणले आठ वटा मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको हो ।जिल्लामा १०९ मतदानस्थलमध्ये ८२ मतदानस्थल संवेदनशील, १८ मतदानस्थल सामान्य सूचीमा वर्गिकरण गरिएको छ । भौगोलिक विकटता, सुरक्षा निकायको पहुँचदेखि टाठा, यातायात र सञ्चारको असुविधा यसअघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर अलि संवेदनशील, संवेदनशील र सामा
रुपन्देही। आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नं २ का उम्मेदवारका बीचमा सालिन प्रचार शैली देखिएको छ । प्रचारप्रसारमा अन्य पार्टीका उम्मेदवारको आलोचना भन्दा आफ्ना चुनावी मुद्दालाई आम मतदातालाई बुझाउने गरी प्रचार अभियानमा उहाँहरु लाग्नुभएको छ ।नेकपा (एमाले) का उम्मेदवार बिष्णुप्रसाद पौडेल निर्वाचन चुनावी प्रचारप्रसारका हरेक कार्यक्रम, भेटघाट र छलफलमा आफूले यस क्षेत्रमा अहिलेसम्म गरेका कामका बारेमा मतदातालाई बुझाउने र आगामी योजनाका बारेमा बुझाउने गर्नुहुन्छ । “चुनावका बेला अन्यलाई गाली गर्ने, आलोचना गरेर हाम्रो समाजको भावनात्मक सम्बन्धमा बिगार्नु भन्दा हामीले य
भक्तपुर। आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मतपत्र छपाइ गरिरहेको छ ।केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले दैनिक १२ देखि १५ लाख मतपत्र छपाइ भइरहेको र आइतबारसम्म सबै छपाइ सम्पन्न हुने जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, “आज बिहानसम्ममा छ प्रदेशको मतपत्र छपाइ सम्पन्न गरेर बागमती प्रदेशका लागि आवश्यक मतपत्र छपाइ सुरु गरेका छौँ । कुल दुई करोड तीन लाख मतपत्र छपाइ गर्नुपर्नेमा एक करोड ७३ लाख मतपत्र छपाइ सम्पन्न भएको छ । आइतबारसम्म बाँकी ३० लाख मतपत्र छपाइ गरेसँगै सबै मतपत्र छपाइ सम्पन्न हुनेछ ।”उम
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.