समाचार

    Showing 6,341-6,350 of 24,552 items.
  • बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

    काठमाडौं— नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा निर्माण भएको रसुवागढी जलविद्युत आयोजना आंशिक सञ्चालनमा आएको छ । गत असार २४ गते बिहान चीनको तिब्बतबाट बग्ने ल्येन्दे खोलामा हिमताल विष्फोटनबाट आएको बाढीले आयोजनाको बाँधलगायतका संरचना (हेडवक्र्स)मा ठूलो क्षति पुर्याएको थियो । हेडवक्र्सको मर्मतपछि अस्थायी रुपमा नदीबाट पानी पथान्तरण (डाइभर्सन)गरी विद्युतगृहमा रहेका तीनवटा युनिटमध्ये एउटा युनिट शनिबारबाट सञ्चालनमा ल्याइएको हो । १११ मेगावाट जडित क्षमताको आयोजनाको एउटा युनिटबाट ३७ मेगावाट विद्युत उत्पादन हुन्छ । बाँकी दुईवटा युनिट एक महिनाभित्र संचालनमा ल्य

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 494 पटक पढिएको
  • लेटाङकी अंशु गौतम हत्या प्रकरण : प्रहरीको ठूलो सफलता, अभियुक्त सार्वजनिक गर्ने तयारी

    उर्लाबारी— २१ असोज साँझ मोरङको लेटाङ नगरपालिका २, स्कूलचोककी बलात्कारपछि हत्या भएकी १३ वर्षीया अंशु गौतमको हत्या अभियुक्त पक्राउ परेका छन । प्रहरीले लामो खोज अनुसन्धानपछि अभियुक्त पत्ता लगाएको हो । प्रहरीले आइतबार दिउसो बिहान ११ बजे पत्रकार सम्मेलन गर्दै घटनामा सङ्लग्नलाई सार्बजनिक गर्दैछ । घटनामा सलग्न गौतमकै छिमेकी ५५ वार्षिय पदम बहादुर अधिकारी रहेका छन् । घटना के थियो ?गौतम घर नजिकै पिङ हालेको स्थानबाट बेपत्ता भइन् । बेपत्ता भएको १८ दिनपछि बेलबारी–चिसाङ साझेदारी वनभित्र क्षतविक्षत अवस्थामा उनको शव फेला पर्यो । शरीर, टाउको छुट्टिएको र कपडा नभएको अवस्थामा भेटिएको शवको पहिचान घटनास्थलमा फ

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 578 पटक पढिएको
  • रिलायन्स स्पिनिङ मिल्सको आईपीओ मंसिर २२ गतेदेखि निष्कासन हुँदै

    काठमाडौं— रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले मंसिर २२ गतेदेखि आफ्नो पहिलो सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले कुल ११ लाख ५५ हजार ९६० कित्ता सेयर सार्वजनिक गर्ने तयारी गरेको हो ।यसमध्ये १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ । विदेशमा कार्यरत नेपालीहरूले न्यूनतम ५० कित्ता र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । उक्त आईपीओ छिटोमा मंसिर २५ गते र ढिलोमा पुस ७ गतेसम्म खुला रहनेछ ।लगानीकर्ताले धितोपत्र बोर्डमा दर्ता भएका सबै आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखा कार्यालयहरू तथा मेरोसेयरमार्

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 482 पटक पढिएको
  • बालबालिकामाथि हुने हिंसाबारे सातै प्रदेशका सरोकारवालाहरुसँग छलफल

    ललितपुर— लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप), भोइस अफ चिल्ड्रेन तथा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालको संयुक्त आयोजनामा ‘बालबालिकामाथि हुने हिँसा न्यूनिकरणमा सरोकारवालाको भूमिका’ विषयक छलफल कार्यक्रम ललितपुरको चकुपाटमा सम्पन्न भएको छ ।शनिबार आयोजित कार्यक्रममा सातै प्रदेशका प्रतिनिधि तथा बाल अधिकार क्षेत्रमा क्रियाशील सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको हो । कार्यक्रममा सहभागीहरूले बालबालिकामाथि हुने शारीरिक, मानसिक, लैङ्गिक, अनलाइन तथा घरभित्रकै हिंसाका रूपहरूको पहिचान गर्दै ती कसरी, कहाँ र कसको तर्फबाट बढी हुने गर

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 509 पटक पढिएको
  • आगलागी पीडित थापालाई उद्योग वाणिज्य संघ बाजुराद्वारा आर्थिक सहयोग

    बाजुरा— उद्योग वाणिज्य संघ बाजुराले आगलागी पीडित प्रकाश थापालाई आर्थिक सहयोग गरेको छ । बाजुरा उद्योग वाणिज्य संघले आगलागीबाट भएको क्षति प्रति दुःख व्यक्त गर्दै राहत स्वरुप आर्थिक सहयोग गरेको हो ।संघले राहत स्वरुप सहयोग संकलन गरेर ५१ हजार बढी आर्थिक सहयोग गरेको हो ।थोरै भए पनि राहत मिलोस् भन्ने उदेश्यका साथ संघको सहकार्यमा रकम हस्तान्तरण गरिएको उद्योग बाणिज्य संघ बाजुराले जनाएको छ ।संकलित रकम आगलागी भएकै पसलमा पुगेर हस्तान्तरण गरिएको बाजुरा उद्योग वाणिज्य संघका अध्यक्ष देवबहादुर रोकायाले बताए । उनले व्यवसायीहरुबाट संकलन गरेको ५१ हजार ६ सय ७० रुपैयाँ पीडित थापालाई हस्तान्तरण गरेको जानकारी दिए ।&

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 449 पटक पढिएको
  • आज सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढ्यो

    काठमाडौं—  आज नेपाली बजारमा सुनको मूल्य सामान्यरुपमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा २ सय रुपैयाँले घटेको हो । शुक्रबार २ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोवार भएको सुन आज घटेर २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । शुक्रबार ३ हजार ५ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ३ हजार ६ सय ५ रुपैयाँमा कारोबार भईरहेको छ ।  

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 504 पटक पढिएको
  • रौतहटमा जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी गरेको आरोपमा थप एक जना पक्राउ

    सर्लाही— रौतहटमा जेनजी आन्दोलनका क्रममा सरकारी तथा सार्वजनिक संरचनामा गरिएको तोडफोड आगजनीमा संलग्न रहेको आरोपमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीका अनुसार पक्राउ पर्नेमा जिल्लाको चन्द्रपुर नगरपालिका–४ बस्ने ३० वर्षीय बिकी पाण्डे रहेका छन्। उनलाई गत बिहिबार राति नियन्त्रणमा लिइएको हो। यसअघि, गत बुधबार साँझ सोही घटनामा संलग्न चन्द्रपुर–४ का ३२ वर्षीय दीपक बस्नेत र वडा–८ का ४३ वर्षीय हरिनारायण चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो ।पक्राउ परेका तीनैजनामाथि आपराधिक उपद्रवको मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटल

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 433 पटक पढिएको
  • सर्लाहीमा एम्बुलेन्सबाट साँढे ५१ किलो गाँजा बरामद, चालक पक्राउ

    सर्लाही— सर्लाहीमा रेडक्रसको एम्बुलेन्सबाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ । हरिवन नगरपालिका – ५, घुर्कौलीस्थित हिरालाल टोलमा ज १ च १५५८ नम्बरको एम्बुलेन्समा लागुऔषध लुकाइ छिपाइ ढुवानी भइरहेको भन्ने सूचना पाएपछि प्रहरीले पछ्याउँदै नियन्त्रणमा लिएको हो।नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा दर्ता उक्त एम्बुलेन्सलाई इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीको टोलीले एम्बुलेन्सलाई पछ्याएर जाँच गर्दा पछाडिको भागमा बोराभित्र लुकाइएको ५१ किलो ५०० ग्राम गाँजा भेटिएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार पक्राउ पर्नेमा एम्बुलेन्स चालक रौतहट यमुनामाई – ४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादव रह

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 535 पटक पढिएको
  • कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

    काठमाडौं— आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ ।जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमार्गका विभिन्न खण्डमा सडक विस्तारका लागि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बन्द हुने छ ।आगामी दुई महिनासम्म सवारी साधन सबै बन्द गरेर मर्मत एवम् विस्तारको काम अगाडि बढाउन लागिएको कान्ति राजमार्ग सडक योजनाले जनाएको छ ।जिल्ला प्रशासन कार्यालय ललितपुरले उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द हुनेछ । 

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 479 पटक पढिएको
  • राजनीतिक दलहरुलाई निर्वाचन आयोगले दियो २० बुँदे निर्देशन

    काठमाडौं— निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे निर्देशन दिएको छ ।आयोगले आगामी पुस ११ गते राष्ट्रियसभाको निर्वाचनको मिति तय गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनका लागि आवश्यक सहयोग गर्न आग्रह गर्दै आयोगले निर्देशन दिएको छ ।निर्वाचनमा समावेशी समानुपातिक प्रतिनिधित्व कायम गर्दै निर्वाचनमा सुशासन कायम गर्नका लागि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम आयोगमा दर्ता भएका राजनीतिक दललाई आवश्यक निर्देशन दिइको छ ।राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रममा उल्लिखित समयभित्र निर

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 470 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.