समाचार

    Showing 6,351-6,360 of 26,620 items.
  • नक्कली एक हजारका नोटसहित एक युवक पक्राउ

    सुनसरी— सुनसरीको हरिनगरा गाउँपालिका–१ बाट नेपाली एक हजार रुपैयाँ दरका २८ थान नक्कली नोटसहित एक युवक पक्राउ परेका छन्।बुधबार राति इनरूवा नगरपालिका–१० निवासी २५ वर्षीय बहिस मियालाई प्रहरी चौकी भुटाहाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।प्रहरीका अनुसार बहिस मियाको साथबाट नेपाली एक हजार रुपैयाँ दरका नक्कली नोट बरामद गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः माघ २२, २०८२
    • 526 पटक पढिएको
  • बालेनको झापा–५ मा रहेको सम्पर्क कार्यालयमा तोड्फोड

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवं भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह बालेनको झापा–५ मा रहेको सम्पर्क कार्यालयमा बुधबार राति तोड्फोड भएको छ।झापाको कमल गाउँपालिका–२ मा बालेनको सम्पर्क कार्यालय रहेको घरको सिसा फुटेको अवस्थामा भेटिएको प्रहरीले बताएको हो। सिसा फुटेको जानकारी पाएपछि प्रहरी त्यस क्षेत्रमा गएर बुझिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    • प्रकाशित मितिः माघ २२, २०८२
    • 585 पटक पढिएको
  • नेपाल टेलिकम दुरसञ्चार संस्था मात्र होइन, राज्यको डिजिटल मेरुदण्ड होः गृहमन्त्री

    काठमाडौं— गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल टेलिकमलाई राज्यको डिजिटल मेरुदण्डका रूपमा व्याख्या गरेका छन् । नेपाल टेलिकमको २२ औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले नेपाल टेलिकम केवल एक दूरसञ्चार संस्था मात्र नभई राष्ट्रिय एकता, सेवा प्रवाह र आर्थिक क्रियाकलापको महत्वपूर्ण आधार भएको बताए ।उनले भने, ‘नेपाल टेलिकम केवल एक दुरसञ्चार संस्था मात्र होइन । राज्यको डिजिटल मेरुदण्ड हो । दुर्गम हिमालदेखि तराईका गाउँबस्तीसम्म सञ्चारको पहुँच पुर्याएर यस संस्थाले राष्ट्रिय एकता, सेवा प्रवाह र आर्थिक क्रियाकलाप गर्दै आइरहेको छ । प्राकृतिक विपद्, महामारी वा अन्य आपतकालिन अवस्थाहरुमा नेपाल टेलिकमले खेलेको भूमिक

    • प्रकाशित मितिः माघ २२, २०८२
    • 571 पटक पढिएको
  • नेपाः एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने

    काठमाडौं— नेपाली प्रयोगकर्ताको आवश्यकतालाई केन्द्रमा राख्दै विकास गरिएको नेपाः एप सार्वजनिक गरिएको छ ।डिजिटल विज्ञहरूका अनुसार नेपाली एप्लिकेसनहरू मध्ये आकर्षक डिजाइन, प्रयोगकर्ता–मैत्री इन्टरफेस र उच्च सुरक्षाका कारण नेपाः एप विशेष बनेको छ । स्लो इन्टरनेटमा पनि सहजै चल्ने भएकाले देश–विदेशमा रहेका नेपालीका लागि यो एप उपयोगी रहने विश्वास गरिएको छ ।नेपाः एपमा सजिलो नेपाली पात्रो (पञ्चाङ्ग सहित) उपलब्ध छ । साथै, विश्वसनीय स्रोतबाट ताजा समाचार, आफूलाई मनपर्ने विषयअनुसार समाचार पढ्ने सुविधा, जिल्लागत समाचार तथा प्रयोगकर्ताको लोकेसनका आधारमा नजिकका घटनाक्रम (नियर बाइ न्युज) तुरुन्तै प्राप्त गर्न सकि

    • प्रकाशित मितिः माघ २२, २०८२
    • 526 पटक पढिएको
  • सञ्चार क्षेत्रमा भ्रम, प्रचारबाजी र व्यापार हाबी हुनु चिन्ताजनकः प्रेस चौतारी

    काठमाडौं— प्रेस चौतारी नेपालले आफ्नो २८औँ स्थापना दिवसका अवसरमा श्रमजीवी पत्रकार, शुभेच्छुक र शुभचिन्तकहरूलाई शुभकामना व्यक्त गरेको छ ।महासचिव हिरामान लामाद्वारा जारी सन्देशमा लोकतन्त्र, गणतन्त्र र पूर्ण प्रेस स्वतन्त्रताका लागि जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । अग्रजहरूको योगदान र पत्रकारहरूको समर्पणकै कारण प्रेस चौतारी नेपाल सशक्त र विश्वसनीय सङ्गठन बनेको उल्लेख गरिएको छ ।सन्देशमा संस्थापक अध्यक्ष स्वर्गीय विजय चालिसे, स्वर्गीय अग्नि शिखालगायत अग्रज पत्रकारप्रति सम्मान व्यक्त गर्दै, श्रमजीवी पत्रकारको हक–अधिकार, आमसञ्चार नीति र सामाजिक चेतनामा संस्थाको योगदान स्मर

    • प्रकाशित मितिः माघ २२, २०८२
    • 540 पटक पढिएको
  • दरबार हाई स्कुलको १७२औँ स्थापना दिवस तथा अभिभावक दिवस सम्पन्न

    काठमाडौं— भानु माध्यमिक विद्यालय ‘दरबार हाई स्कुल’को १७२औँ स्थापना दिवस तथा अभिभावक दिवसको अवसरमा विशेष समारोह सम्पन्न भएको छ। कार्यक्रममा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोललगायत विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो।समारोहमा विद्यालयको शैक्षिक यात्रा, योगदान तथा भावी योजनाबारे चर्चा गरिएको थियो। वक्ताहरूले दरबार हाई स्कुलले नेपाली शिक्षाको इतिहासमा खेलेको भूमिकाको प्रशंसा गर्दै गुणस्तरीय शिक्षा र मूल्य–मान्यतामा आधारित शिक्षालाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए भने अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको

    • प्रकाशित मितिः माघ २२, २०८२
    • 578 पटक पढिएको
  • निष्पक्ष र निर्भीक भई आचारसंहिता अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारीलाई निर्देशन

    काठमाडौं— गृह मन्त्रालयले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतका रूपमा तोकिएका ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न परिपत्र जारी गरेको छ ।निर्वाचनको अवधिमा हुनसक्ने आचारसंहिताका उल्लङ्घनका घटना हुन नदिन आवश्यक कार्य गर्न र सो सम्बन्धमा गरिएका कार्यहरूको प्रतिवेदन नियमित रूपमा मन्त्रालयमा उपलब्ध गराउन निर्देशन जारी गरिएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ को जिल्लास्तरमा अनुगमनलाई प्रभावकारी बनाई कार्यान्वयनको सुनिश्चितता गर्न ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आचारसंहिता अ

    • प्रकाशित मितिः माघ २२, २०८२
    • 527 पटक पढिएको
  • पाकिस्तानले भिसा नदिदा बुवालाई भेटन नपाएको इमरान खानका छोराको आरोप

    काठमाडौं— पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का संस्थापक तथा जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानका छोरा कासिम खानले आफू र दाजु सुलेमान खानले पाकिस्तान जानका लागि दिएको भिसा आवेदन सरकारले जानाजानी रोकिरहेको आरोप लगाएका छन् ।कासिम र उनका दाजु सुलेमान हाल लन्डनमा आमा जेमिमा गोल्डस्मिथसँग बसोबास गर्दै आएका छन् । बुधबार सामाजिक सञ्जाल एक्समा लेख्दै कासिमले ९१४ दिनदेखि इमरान खानलाई एकान्त कारावासमा राखिएको र स्वास्थ्य अवस्था बिग्रँदै जाँदा पनि स्वतन्त्र चिकित्सकीय उपचारबाट वञ्चित गरिएको दाबी गरेका छन् । उनले आफूहरू बाबुलाई भेट्न पाकिस्तान जान चाहँदा सरकारले भिसा प्रक्रिया नै अघि नबढाएको आरोप लगा

    • प्रकाशित मितिः माघ २२, २०८२
    • 544 पटक पढिएको
  • ‘निर्वाचन आचारसंहिता अनुगमन अधिकृत’ को जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न निर्देशन

    काठमाडौं— निर्वाचन आयोगले ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई निर्वाचन आयोगले ‘निर्वाचन आचारसंहिता अनुगमन अधिकृत’ को जिम्मेवारी तोकिएको हुँदा प्राप्त जिम्मेवारीलाई प्रभावकारी रूपमा निर्वाह गर्न गृह मन्त्रालयले सबै सहायक प्रमुख जिल्ला अधिकारीहरूलाई एक विज्ञप्ति जारी गर्दै निर्देशन दिएको छ ।०८२ फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी एवम् विश्वसनीयरुपमा सम्पन्न गर्न निर्वाचन आयोगले आचार संहिता, २०८२ लागू गरिसकिएको छ ।गृह सचिव राजकुमार श्रेष्ठद्वारा जारी एक विज्ञप्तिमा जिल्लाका सबै सहायक प्रमुख जिल्ला अधिकारीहरूलाई आयोगले प्रदान गरेको निर्वाच

    • प्रकाशित मितिः माघ २२, २०८२
    • 489 पटक पढिएको
  • नयाँ नेपाली सिनेमा ‘श्री बुकुरोः द होम कलिङ’ को पोस्टर सार्वजनिक

    काठमाडौं— निर्देशक सुदीप भूपाल सिंह निर्देशित नयाँ नेपाली सिनेमा ‘श्री बुकुरोः द होम कलिङ’ को रोमान्टिक पोस्टर सार्वजनिक गरिएको छ ।आधिकारिक ट्रेलर सार्वजनिक हुनु अघि रिलिज गरिएको पोस्टरमा आशीर्वाद बी क्षेत्री र निकिता आचार्य गहिरो रोमान्टिक मुडमा देखिएका छन् ।पोस्टरले पर्दामा उनीहरूको प्रेमकथा विशेष रूपमा प्रस्तुत हुने संकेत गरेको छ । यो सिनेमामार्फत निर्देशक सिंहले करिब सात वर्षपछि निर्देशनमा पुनरागमन गरेका हुन् । यसअघि उनले दर्शकमाझ चर्चित फिल्म ‘माला’ र ‘रुद्रप्रिया’ निर्देशन गरेका थिए ।फिल्म रेञ्ज ब्यानरमा निर्माण भएको यो पारिवारिक कथावस्तुमा आधारित सिनेमामा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी

    • प्रकाशित मितिः माघ २२, २०८२
    • 560 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.