समाचार

    Showing 6,401-6,410 of 26,620 items.
  • बालेन शाह उर्लाबारीमा, सुशासन र नागरिक सहभागितामा जोड

    उर्लाबारी— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) उर्लाबारी आएका छन्।उर्लाबारीमा आयोजित भेटघाट तथा छलफलका क्रममा उनले स्थानीयवासी, युवाहरू र नागरिक अगुवासँग समसामयिक राजनीतिक अवस्था, सुशासन र स्थानीय विकासका विषयमा संवाद गरेका छन्।भेटघाटमा शाहले विकासको मूल आधार पारदर्शिता र जवाफदेहिता भएको उल्लेख गर्दै राज्य संयन्त्रमा देखिएको बेथिति र अनावश्यक खर्च नियन्त्रण गर्न नागरिक स्वयं सचेत र सक्रिय हुनुपर्ने धारणा राखे। उनले स्थानीय तह बलियो बने मात्र संघीय संरचनाको औचित्य पुष्टि हुने बताए।स्थानीय युवाहरूले रोजगारीको अभाव, शहरी व्यवस्थापन, फोहोर व्यवस्थापन तथा आधारभू

    • प्रकाशित मितिः माघ २१, २०८२
    • 517 पटक पढिएको
  • देउराली–जनता फर्मास्यूटिकल्सले चितवनमा ४७५ करोडको नयाँ औषधि उद्योग स्थापना गर्ने

    काठमाडौं— स्वदेशमै अत्यावश्यक औषधि उत्पादन गर्दै आएको अग्रणी औषधि उद्योग देउराली–जनता फर्मास्यूटिकल्स प्रा. लि. ले चितवनको भरतपुरमा अत्याधुनिक नयाँ औषधि कारखाना निर्माण गर्ने निर्णय गरेको छ ।कम्पनीले उक्त परियोजनामा ४७५ करोड रुपैयाँ लगानी गर्ने जनाएको छ । कम्पनीको ३५ औं वार्षिकउत्सवको अवसरमा मंगलबार जारी गरिएको प्रेस वक्तव्य मार्फत कम्पनीले यस्तो जानकारी दिएको हो । कम्पनीका अनुसार अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिने यो नयाँ कारखाना दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । परियोजना पूरा भएपछि करिब ५५० जनालाई प्रत्यक्ष रोजगारीको अवसर सिर्जना हुने बताइएको छ । नयाँ उद्योग सञ्चालनमा आ

    • प्रकाशित मितिः माघ २१, २०८२
    • 497 पटक पढिएको
  • मतदाताको गुनासो : आश्वासन धेरै पायौँ, अब विकास चाइयो

    बागलुङ, माघ २१ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै गाउँ तथा सहरमा विस्तारै चुनावी सरगर्मी बढेको छ । उम्मेदवारले एजेण्डा, प्रतिबद्धता र सङ्कल्प पत्रहरु लिएर दल तथा उम्मेदवारहरु मतदाताको घरदैलो धाइरहेका छन् ।आफ्ना एजेण्डासहित मतदाताको घरदैलो गर्ने उम्मेदवार र दलहरुलाई यसअघिका निर्वाचनमा जस्तो सहज भने छैन । मतदातामा चेतनाको विकास र सामाजिक सञ्जाललगायत क्षेत्रमा भएको विकासले उम्मेदवार र दललाई जवाफदेही बनाउने छन् । पटकपटक आश्वासनमा मतदान गरेका मतदाता यो पटकको निर्वाचनमा भरपर्दो योजना भएका उम्मेदवारलाई मात्रै मतदान गर्ने सोचमा देखिन्छन् ।निसीखोला गाउँपालिका–६ का ७३ वर्ष

    • प्रकाशित मितिः माघ २१, २०८२
    • 270 पटक पढिएको
  • अटोमोवाइल क्षेत्र दिगो सडक र सुरक्षित यातायात सम्बन्धी नीति चुनावी घोषणापत्रमा समेट्न सुझाब

    काठमाडौं— राजनीतिक दलहरूका चुनावी घोषणापत्रमा अटोमोवाइल, दिगो सडक र सुरक्षित यातायातसम्बन्धी नीतिहरु समावेश गर्न नेपाल अटोमोबाइल्स एसोसिएसनले सुझाब पेश गरेको छ ।आइतबार जारी गरिएको सुझावपत्रमा देशका सडकहरूमा दैनिकजसो हुने दुर्घटनाका कारण ठूलो संख्यामा नागरिकको अकाल मृत्यु तथा अपांगता बढ्दै गएको उल्लेख गरिएको छ । संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार नेपालमा वार्षिक करिब ८ हजार मानिस सडक दुर्घटनामा ज्यान गुमाइरहेका छन् भने नेपाल प्रहरीको तथ्यांकअनुसार यो संख्या करिब २ हजार ५ सय हाराहारीमा रहेको छ ।सडक दुर्घटनाले मानव अधिकार र उपभोक्ता अधिकारको गम्भीर उल्लंघन भइरहेको एसोसिएसनको ठहर छ । एसोसिएसनले ना

    • प्रकाशित मितिः माघ २१, २०८२
    • 506 पटक पढिएको
  • राष्ट्रपति पौडेल आज स्वदेश फर्कँदै

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी आज टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेश फर्किदै छन् ।जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन सोमबार जापान गएका थिए ।भ्रमणका क्रममा राष्ट्रपति पौडेलले टोकियोमा जापान सरकारले आयोजना गरेको नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विशेष स्वागत समारोहमा सहभागिता जनाउँदै समारोहलाई सम्बोधन गरे ।यसैगरी, टोकियोस्थित इम्पेरियल प्यालेसम

    • प्रकाशित मितिः माघ २१, २०८२
    • 567 पटक पढिएको
  • समानुपातिक बन्दसूचीमा पुरुषभन्दा महिलाको सङ्ख्या बढी

    काठमाडौं— प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलहरूले पेस गरेको बन्दसूचीमा पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी रहेको पाइएको छ ।निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फको अन्तिम बन्दसूचीमा एक हजार ७ सय ७२ जना महिला उम्मेदवार समावेश छन्। यस्तै, एक हजार ३ सय ६३ जना पुरुष उम्मेदवार रहेका छन्।समानुपातिकतर्फ कूल ६३ वटा राजनीतिक दल सहभागी भएका छन् भने आयोगले ५७ वटा निर्वाचन चिन्ह कायम गरेको जनाएको छ । अन्तिम बन्दसूचीअनुसार समानुपातिक प्रणालीतर्फ कूल तीन हजार १ सय ३५ जना उम्मेदवार कायम भएका छन्।निर्वाचन आयोगले प्रतिनिधिसभ

    • प्रकाशित मितिः माघ २१, २०८२
    • 475 पटक पढिएको
  • काँकडभिट्टाबाट बुटवलतर्फ जाँदै गरेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु, तिन जना घाईते

    सर्लाही— पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर बुधबार बिहान भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तिन जना घाईते भएका छन्।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार काँकडभिट्टाबाट बुटवलतर्फ गइरहेको लु ३ च ५४७२ नम्बरको कार ईश्वरपुर नगरपालिका–१२ स्थित बाँके जङ्गलको तेस्रो कज्वेमा अनियन्त्रित भई दुर्घटना भएको हो।दुर्घटनामा रूपन्देहीको बुटवल उपमहानगरपालिका–१ निवासी २७ वर्षीय शुभम जैसवालको मृत्यु भएको छ।दुर्घटनाको खबर पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले कारमा सवार चारै जनालाई उद्धार गरी उपचारका लागि बर्दिवास पु¥याएको थियो।गम्भीर घाइते शुभमको बर्दिवासस्थित शुभस्वस्तिक अस्पतालमा उ

    • प्रकाशित मितिः माघ २१, २०८२
    • 503 पटक पढिएको
  • मधेश प्रदेश सभाको ८ वर्ष पूरा

    जनकपुर— मधेश प्रदेश सभा स्थापना भएको ८ वर्ष पूरा भएको छ । आज मधेश प्रदेश सभामा ८ औं वार्षिकोत्सव मनाउने कार्यक्रम रहेको छ ।८ वर्षको अवधिमा मधेस प्रदेशसभामा कुल ३ सय ६५ बैठक बसेको छ । प्रदेशसभा सचिवालयका अनुसार पहिलो कार्यकालका ५ वर्षमा ९ अधिवेशनमार्फत २ सय २६ बैठक बसेका थियो भने दोस्रो कार्यकालमा हालसम्म १ सय ३९ बैठक बसिसकेको छ ।पहिलो कार्यकालमा ५५ विधेयक पारित भई ऐन बनेका थिए भने दोस्रो कार्यकालमा संशोधनसहित २२ विधेयक दर्ता हुँदा १५ वटा पारित भएको प्रदेशसभा सचिवालयले जनाएको छ । ८ वर्षमा कुल ७० विधेयक पारित भएका छन् ।८ वर्षको अवधिमा मधेस प्रदेश सरकारले ९ वटा नीति तथा कार्यक्रम तथा बजेट प्रस्तु

    • प्रकाशित मितिः माघ २१, २०८२
    • 459 पटक पढिएको
  • आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

    काठमाडौं— संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।बुधबार समितिको १६३ औं बैठक सिंहदरवारस्थित समितिको बैठक कक्षमा बिहान ११ः३० बजे बस्ने भएको हो ।आजको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ उपर सैद्धान्तिक छलफल गरिने कार्यसूचीमा उल्लेख गरिएको छ ।समितिका सचिवालयले बैठकमा सहभागिता जनाउन सबै सरोकारवालाहरू र सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरेको छ । बैठकले आगामी विधायन प्रक्रियामा समिक्षा र सुधारका लागि महत्वपूर्ण सिफारिसहरू गर्ने अपेक्षा गरिएको छ ।

    • प्रकाशित मितिः माघ २१, २०८२
    • 469 पटक पढिएको
  • निर्वाचनः मुस्ताङमा हिमपातको डर

    मुस्ताङ। आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङमा ३९ वटा मतदान केन्द्र कायम गरिएको छ । जिल्लाका पाँच स्थानीय तहका सबै मतदान केन्द्र तथा मतदानस्थल सुरक्षा दृष्टिकोणले सामान्य रहेको छ ।मुस्ताङमा निर्वाचनका लागि यहाँ सबै मतदान केन्द्र तथा मतदानस्थलमा सुरक्षा चुनौती सामान्य रहे पनि हिमपातले मतदान कार्यक्रमलाई असर पु¥याउन सक्ने आकलन गरिएको छ । हिमपात भएको अवस्थामा मतदाता गन्तव्यमा पुगेर मतदान गर्न असहज हुने भएकाले त्यसको पूर्वतयारी पनि थालिएको छ ।मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–५ स्थित साङ्ता मतदान केन्द्र जाने मुस्ताङ–डोल्पा सडकमा बाक्लो हिउँ जमेका कारण एक महिना अघिदेखि सडक

    • प्रकाशित मितिः माघ २१, २०८२
    • 331 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.