समाचार

    Showing 6,411-6,420 of 26,620 items.
  • कास्की निर्वाचन क्षेत्र नं ३ः कृषि, पर्यटनसँगै पूर्वाधार विकास प्रमुख चुनावी मुद्दा

    गण्डकी, माघ २१ । कास्कीका निर्वाचन क्षेत्र ३ ले जिल्लाका तीनवटा पालिकालाई समेटेको छ । अन्नपूर्ण गाउँपालिका र माछापुच्छ्रे गाउँपालिकाको पूरै भागसँगै पोखरा महानगरपालिकाका–११ वटा वडा यस निर्वाचन क्षेत्रमा समेटिएका छन् ।पर्वतीय पर्यटनमा विश्वव्यापी चासो र चर्चा कमाएको अन्नपूर्ण आधार शिविरदेखि पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड यसै क्षेत्रमा पर्दछ । यस क्षेत्रमा पर्ने पोखरा महानगर क्षेत्र अन्तर्गत वडा नं १, २, ३, ५ र ६ पोखराका मुख्य बजार क्षेत्रमा पर्दछन् । त्यस्तै महानगरका वडा नं १८ सराङकोट, वडा नं १९ लामाचौर, पुरनचौर, वडा नं २२ पुम्दी, वडा नं २३ चापाकोट, भदौरेका केही भाग, वडा नं २४ को कास्कीक

    • प्रकाशित मितिः माघ २१, २०८२
    • 331 पटक पढिएको
  • विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्वपूर्णः राष्ट्रपति पौडेल

    टोकियो— राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत नेपालको सामाजिक विकासमा महत्वपूर्ण योगदान पु¥याइरहेको धारणा व्यक्त गरेका छन् ।जापानको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति पौडेलले नेपाली राजदूतावासद्वारा मंगलबार आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन् ।‘आगामी दिनमा यहाँबाट आर्जन गरेको ज्ञान, सीप, पूँजी र प्रविधि स्वदेशमा प्रयोग गरी समुन्नत नेपालको सपना साकार पार्न थप योगदान दिनुहुनेछ भन्ने मैले अपेक्षा गरेको छु’, राष्ट्रपति पौडेलले भने ।उनले जापानमा विभिन्न पेशा र क्रियाकलापमा आवद्ध नेपाली समुदायको हित, चासो र सरोकारलाई सम्बोधन गर्न र आ

    • प्रकाशित मितिः माघ २१, २०८२
    • 556 पटक पढिएको
  • निर्वाचनका लागि बागलुङमा चार हजार जनशक्ति खटाइने

    गलकोट। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बागलुङमा दुई हजार बढी कर्मचारी परिचालन गरिने भएको छ ।बागलुङमा निर्वाचन प्रहरी र नेपाल प्रहरी गरी दुई हजार नै सुरक्षाकर्मी परिचालन गर्ने तयारी भएको छ । निर्वाचनमा नेपाली सेना र सशस्त्र प्रहरी आवश्यकताका आधारमा खटिने तयारी भइरहेको छ । बागलुङमा कायम रहेको १०७ मतदानस्थल र २३० मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारीहरु गरी दुई हजार ६० जना कर्मचारी खटाउने तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ ।बागलुङमा २३० मतदान अधिकृत, २३० सहायक मतदान अधिकृतसँगै एउटा मतदान केन्द्रमा अन्य सात जनाका दरले एक हजार ६१० क

    • प्रकाशित मितिः माघ २१, २०८२
    • 269 पटक पढिएको
  • भोजपुरमा मतदाता रिझाउन गाउँ केन्द्रित हुँदै उम्मेदवारहरु

    टक्सार। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहाडी जिल्ला भोजपुरबाट १२ राजनीतिक दलका १२ जना उम्मेदवारहरु चुनावी मैदानमा छन् ।  प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको भोजपुरमा मनोनयन दर्ता गरेसँगै अहिले उम्मेदवार र राजनीतिक दल विभिन्न आश्वासनसहित मतदाता रिझाउने घरदैलो अभियान छन् । निर्वाचनको मिति नजिकिँदै गर्दा दलका उम्मेदवारहरु भने अहिले गाउँ केन्द्रित बनेका छन् । सदरमुकाममा चहलपहल कम भई रहँदा  गाउँघर तिर चुनावी चहलपहल बढ्दै गएको छ । जिल्ला निर्वाचन कार्यालय, सुरक्षा निकायहरु, मुख्य निर्वाचन अधिकृतको कार्यालय चुनावी तयारीमा जुट्दा दलहरु आफनो पक्षमा मतदाता त

    • प्रकाशित मितिः माघ २१, २०८२
    • 337 पटक पढिएको
  • निर्वाचन २९ दिन बाँकीः समानुपातिकतर्फको बन्दसूचीमा पुरुषको तुलनामा महिला बढी

    काठमाडौँ। प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरुले पेस गरेको बन्दसूचीमा पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी रहेको पाइएको छ ।निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फको अन्तिम बन्दसूचीको नामावली अनुसार एक हजार सात सय ७२ जना महिला छन् । यस्तै, पुरुष एक हजार तीन सय ६३ जना छन् । समानुपातिकतर्फ ६३ राजनीतिक दल सहभागी छन् । आयोगले कूल ५७ वटा निर्वाचन चिन्ह कायम गरेको छ । आयोगमा अनुसार, अन्तिम सूचीअनुसार कूल तीन हजार एक सय ३५ उम्मेदवार कायम भएका छन् । आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २९ र प्रतिनिधिसभा सदस्

    • प्रकाशित मितिः माघ २१, २०८२
    • 327 पटक पढिएको
  • विश्वकपअघि नेपालको दमदार सुरुवात, यूएई ७ विकेटले पराजित

    काठमाडौं— आईसीसी टी–२० विश्वकप २०२६ को तयारीमा रहेको नेपाली क्रिकेट टिमले पहिलो वार्म–अप खेलबाट दमदार सुरुवात गरेको छ । चिरपरिचित प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालले ७ विकेटको शानदार जित निकालेको हो।सुरुवातमै तीन विकेट गुमाएर दबाबमा परेको नेपाललाई उपकप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले उत्कृष्ट साझेदारी गर्दै जितको बाटोमा फर्काएका हुन्। दुवैले चौथो विकेटका लागि १०८ रनको अविजित साझेदारी गर्दै टोलीलाई सहज जित दिलाए।नेपालले १४६ रनको लक्ष्य पछ्याउने क्रममा ६।५ ओभरमै ४५ रन बनाउँदा तीन विकेट गुमाइसकेको थियो। ओपनर कुशल भुर्तेल र आशिफ शेख दुवै आठ–आठ रनमै आउट भए भने कप्तान रोहित

    • प्रकाशित मितिः माघ २१, २०८२
    • 233 पटक पढिएको
  • बाजुराको कोल्टी अस्पतालमा नियमित सिजेरियन शल्यक्रिया प्रभावकारी बन्दै

    बाजुरा— बाजुराको बुढीनन्दा नगरपालिका–१ मा रहेको कोल्टी आधारभूत अस्पतालमा हाल नियमित रूपमा सिजेरियन शल्यक्रिया (सी–सेक्शन) हुँदै आएको छ । दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरी प्रदान गरिएको यो सेवा प्रभावकारी बन्दै गएको अस्पतालले जनाएको छ ।दुर्गम क्षेत्रका गर्भवती महिलालाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको कोल्टी अस्पतालमा नियमित सिजेरियन शल्यक्रिया सफलतापूर्वक हुन थालेपछि यहाँका आमाहरूले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता हट्दै गएको छ ।पहिले सामान्य उपचारसमेत सहज रूपमा नहुने यस अस्पतालमा अहिले भने गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा प्रवाह हुँदै आएको छ । अस्पताल दुर्गम क्षेत्रका नागरिकको

    • प्रकाशित मितिः माघ २१, २०८२
    • 493 पटक पढिएको
  • आज विश्व क्यान्सर दिवस, विभिन्न चेतनामूलक कार्यक्रम गरि मनाइँदै

    काठमाडौं— आज विश्व क्यान्सर दिवस नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरेर मनाइँदै छ । प्रत्येक वर्ष फेब्रुअरी ४ मा विश्वभर विश्व क्यान्सर दिवस मनाइन्छ।क्यान्सरका कारण हुने लाखौँ मानिसको मृत्यु न्यूनीकरण गर्ने, समयमै पहिचान र उपचारमार्फत जीवन जोगाउने तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस मनाइँदै आएको हो ।क्यान्सरका विभिन्न प्रकारका कारण हामीमध्ये धेरैले आफन्त, साथीभाइ तथा छिमेकी गुमाइसकेका छन् । खर्चिलो उपचार, शारीरिक तथा मानसिक पीडा र दीर्घकालीन सङ्घर्षका कारण क्यान्सर आज पनि मानव जीवनका लागि ठूलो चुनौती बनेको छ ।हाल पनि विश्वभर लाखौँ मानिस क्यान्सरसँग जुधिरहेका छन् । अध्ययनअनुसार

    • प्रकाशित मितिः माघ २१, २०८२
    • 511 पटक पढिएको
  • यस्तो छ, बुधबार विदेशी मुद्राको विनिमयदर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १७० रुपैयाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ८५ पैसा र बिक्रीदर १९७ रुपैयाँ ६६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रुपैयाँ २५ पैसा र बिक्रीदर १८६ रुपैयाँ ०२ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ०१ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४३ पैसा तोकिएको छ ।राष्ट्र बैंकले क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ३८ पै

    • प्रकाशित मितिः माघ २१, २०८२
    • 538 पटक पढिएको
  • कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍–भागमा वर्षा र हिमपातको सम्भावना

    काठमाडौं— मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ।यसका कारण तराईका केही स्थानमा तुवाँलो लागेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बादल लागेको छ ।महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ ।कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍–भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू–भागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ।कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍–भागका एक–दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको समेत महाशा

    • प्रकाशित मितिः माघ २१, २०८२
    • 496 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.