समाचार

    Showing 6,431-6,440 of 26,620 items.
  • मन्त्रालयलाई श्रमिकमैत्री बनाउन आत्मसमिक्षा आवश्यकः मन्त्री भण्डारी

    काठमाडौं—  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्र सिंह भण्डारीले मन्त्रालयलाई श्रमिकमैत्री बनाउन आत्मसमिक्षा आवश्यक रहेको बताएका छन्।मंगलबार श्रम मन्त्रालय र अन्तर्गतका निकायहरुको आ.व. २०८२।०८३ को अर्ध वार्षिक प्रगति समीक्षा कार्यक्रममा बोल्दै उनले मन्त्रालयभित्र देखिएका समस्या र सुधारका विषयलाई तीन तहमा वर्गीकरण गरेर समाधान गर्नुपर्ने बताएका हुन् ।उनले मन्त्रालयभित्रै प्रशासनिक तहबाट समाधान गर्न सकिने विषयहरू जस्तै कर्मचारी सरुवा, बढुवा लगायतका मुद्दा सम्बन्धित सचिव वा बोर्ड अध्यक्षमार्फत समाधानका लागि अघि बढाउन निर्देशन दिए ।ती तहबाट समाधान हुन नसकेमा माथिल्लो निकायमा पठाउन स

    • प्रकाशित मितिः माघ २०, २०८२
    • 559 पटक पढिएको
  • एलपी ग्यास आपूर्ति असहज, उपभोक्ता कृतिम अभावमा

    काठमाडौं— पछिल्लो एक सातादेखि भारतबाट मागअनुसार खाना पकाउने एलपी ग्यास आयात हुन नसक्दा नेपाली बजारमा ग्यास आपूर्ति असहज बनेको छ। आयातमा आएको अवरोधका कारण बजारमा ग्यासको उपलब्धता घट्दै जाँदा उपभोक्ताले कृतिम अभावको सामना गर्नुपरेको हो।ग्यास आपूर्ति कमजोर बन्दै जाँदा विभिन्न स्थानमा उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो गरेका छन्। यसैबीच, केही स्थानमा कालोबजारी मौलाउन सक्ने संकेत देखिन थालेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्।सम्बन्धित निकायले भने आपूर्ति सहज बनाउने प्रयास भइरहेको जनाएको छ। यद्यपि, मागअनुसार ग्यास आपूर्ति हुन नसक्दा बजारमा असहज अवस्था कायमै रहेको छ।

    • प्रकाशित मितिः माघ २०, २०८२
    • 497 पटक पढिएको
  • पूराना पार्टीका कमजोरीहरुलाई देखाएर संविधानमाथि आक्रमण भयोः उपाध्यक्ष गुरुङ

    काठमाडौं— नेकपा एमालेका उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले पूराना पार्टीका सानातिना कमी कमजोरीहरुलाई माध्यम बनाएर नेपालको संविधानमाथि आक्रमण भइरहेको बताएका छन् ।प्रेस चौतारी नेपालले मंगलबार काठमाडौँमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले पुरानो पार्टीहरु असान्दर्भिक भयो भन्ने हल्ला गलत भएको भन्दै पुराना पार्टीका कमजोरीहरुलाई बहाना बनाएर संविधानमाथि आक्रमण भएको बताए ।साथै, उनले एमालेमाथिको आक्रमण नेपालको संविधान र राजनीतिक व्यवस्थामाथिको आक्रमण भएको पनि बताए ।उनले भने, ‘पूराना पार्टीहरु असान्दर्भिक भयो भन्ने जुन हल्ला आइ रहेको छ । त्यो गलत हो । पूराना पार्टीका सानातिना कमि कमजोरीहरुलाई बहाना

    • प्रकाशित मितिः माघ २०, २०८२
    • 524 पटक पढिएको
  • विश्व बैंकद्वारा नेपालका लागि ९५ मिलियन डलरको परियोजना स्वीकृत

    काठमाडौं— विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपालमा दिगो र समावेशी वित्तीय प्रणाली प्रवद्र्धन गर्न ९५ मिलियन अमेरिकी डलर (करिब १२ अर्ब रुपैयाँ) बराबरको परियोजना स्वीकृत गरेको छ । यस परियोजनाबाट एक लाखभन्दा बढी साना तथा मध्यम उद्यम (एसएमई) लाई वित्तीय पहुँच विस्तार हुने र रोजगारीमा आधारित आर्थिक वृद्धिलाई टेवा पुग्ने विश्व बैंकले जनाएको छ ।विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि कन्ट्री डिभिजन निर्देशक डेभिड सिस्लेन ले यो परियोजनाले नेपालका डिपोजिट एन्ड क्रेडिट ग्यारेन्टी फन्ड (डीसीजीएफ) लाई सुदृढ बनाउँदै जोखिम बाँडफाँड विस्तार गर्ने, वित्तीय दिगोपन बढाउने तथा महिला उद्यमी जस्ता

    • प्रकाशित मितिः माघ २०, २०८२
    • 519 पटक पढिएको
  • अनुशासित भएर राष्ट्र सेवामा लाग्न प्रधानमन्त्री कार्कीको आग्रह

    काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले युवाहरूलाई अनुशासित भएर समाज र राष्ट्रको सेवामा लाग्न आग्रह गरेकी छन्। नेपाली सेनाअन्तर्गतको राष्ट्रिय सेवा दल (एनसीसी) मध्यतालिम शिक्षालय हात्तिखोरमा सञ्चालित २०औँ ब्याच सिनियर डिभिजन तालिमको अन्तिम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। उन्नत समाज निर्माणका लागि युवाको सहभागिता र नेतृत्वदायी भूमिका निकै प्रभावकारी हुने उल्लेख गर्दै उनले अनुशासनलाई जीवनशैली बनाउन र राष्ट्रप्रेमलाई कर्ममा उतार्न युवाहरूलाई आह्वान गरिन्।प्रधानमन्त्री कार्कीले युवाहरूलाई व्यवहारमै इमानदार, कर्तव्यनिष्ठ र जिम्मेवार नागरिकका रूपमा प्रस्तुत हुन सुझाव द

    • प्रकाशित मितिः माघ २०, २०८२
    • 514 पटक पढिएको
  • रविन्द्र मिश्र भन्छन् काठमाडौं २ बाट विजयी हुनेमा दुईसय प्रतिशत विश्वस्त छु

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट आफू विजयी हुनेमा अत्यन्तै विश्वस्त रहेको बताएका छन् ।मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मिश्रले यसपटक आफू एकसय प्रतिशत मात्र होइन, दुईसय प्रतिशत नै विश्वस्त रहेको दाबी गरे । उनले विगतमा विभिन्न पार्टीलाई मतदान गर्दै आएका मतदाताहरूबाट समेत व्यापक माया, स्नेह र समर्थन प्राप्त भइरहेको बताए ।‘काठमाडौं क्षेत्र नम्बर १ मा पहिले अन्य पार्टीलाई भोट हालेका मतदाताहरूले नै मलाई माया गरेर कार्यक्रमहरू आयोजना गरिदिनु भएको छ,’ उनले भने, ‘दुईवटा चुनावमा झिनो मतान

    • प्रकाशित मितिः माघ २०, २०८२
    • 528 पटक पढिएको
  • मधेश प्रदेश सभाको आठौं वार्षिकोत्सवको तयारी अन्तिम चरणमा

    जनकपुर— मधेश प्रदेश सभाको आठौं वार्षिकोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । माघ २१ गत्ते (भोलि) मनाउन लागिएको आठौं वार्षिकोत्सव कार्यक्रमका निम्ती मधेश प्रदेश सभाका सम्पूर्ण कर्मचारीहरु व्यस्त देखिएका छन् ।यस तीन दिन विभिन्न कार्यक्रमहरु गरी वार्षिकोत्सव मनाउने तय भएको मा हिजो (सोमबार) मधेश प्रदेश सभा परिसरको सरसफाई एवम वृक्षारोपन कार्यक्रम गरिएको थियो ।त्यस्तै आज प्रदेश सभाका सांसद र कर्मचारीहरुबीच चेस, ब्याडमिन्टन र म्युजिकल चेयर लगायतका खेलहरुको प्रतिस्पर्धा हुने प्रदेश सभाद्वारा जारी तालिकामा उल्लेख रहेको छ । त्यस्तै आजै प्रदेश सभाको तर्फबाट जनकपुरधामस्थित मानव सेवा आश्रम, वृद्धा आश्रम र क

    • प्रकाशित मितिः माघ २०, २०८२
    • 510 पटक पढिएको
  • बुद्ध एयरको ‘भ्यालेन्टाइन डे’ अफरः एकै टिकटमा दुई जनालाई एभरेष्ट एक्सपेरियन्स उडान

    काठमाडौं— नेपालको अग्रणी निजी वायुसेवा कम्पनी बुद्ध एयरले यस वर्षको ‘भ्यालेन्टाइन डे’ लाई लक्षित गर्दै आफ्ना ग्राहकहरूका लागि विशेष ‘भ्यालेन्टाइन अफर’ सार्वजनिक गरेको छ ।हरेक वर्ष फेब्रुअरी १४ मा मनाइने प्रेम दिवसलाई अविस्मरणीय बनाउन बुद्ध एयरले ‘एभरेष्ट एक्सपेरियन्स’ उडानमा एकै टिकटमा दुई जना उड्न मिल्ने योजना ल्याएको छ । यस योजना अन्तर्गत जोडीहरूले रु. १४,२६५ मा सगरमाथालगायतका विभिन्न हिमशृङ्खलाहरूको अवलोकन गर्न पाउनेछन् ।काठमाडौं विमानस्थलबाट सुरु भई करिब १ घण्टाको हिमाली दृश्यावलोकनपछि जहाज पुनः काठमाडौंमै अवतरण हुनेछ ।उडानमा सहभागी जोडीहरूलाई गुलाबको फूल, चकलेटलगायत उपहार प्रदान गरिनेछ ।ब

    • प्रकाशित मितिः माघ २०, २०८२
    • 526 पटक पढिएको
  • प्रधानमन्त्री कार्कीले गरिन राष्ट्रिय सेवा दलको प्रशंसा

    काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सेवा दलले नेपाल सरकारको नीतिअनुरुप हरेक वर्ष क्याडेट छात्र छात्राहरुको संख्या क्रमशः वृद्धि गर्दै दुर्गम र पछाडि परेका स्थानहरुमा समेत तालिम सञ्चालन गरिरहेको बताएकी छन् ।मंगलबार राष्ट्रिय सेवा दल सिनियर डिभिजन (सि.सं.२०) तालिमको दीक्षान्त कवाज समारोहमा उनले सरकारले यस आर्थिक वर्षमा देशभरका २५७ वटा विद्यालयहरुबाट ७ हजार ७१० जनालाई तालिम प्रदान गरिएको बताइन् ।उनले भनिन्, ‘राष्ट्रिय सेवा दलले नेपाल सरकारको नीतिअनुरुप हरेक वर्ष क्याडेट छात्र छात्राहरुको संख्या क्रमशः वृद्धि गर्दै दुर्गम र पछाडि परेका स्थानहरुमा समेत तालिम सञ्चालन गरिरहेको छ ।यस आर्

    • प्रकाशित मितिः माघ २०, २०८२
    • 510 पटक पढिएको
  • निजी क्षेत्रमा कर्जा प्रवाह ३.६ प्रतिशतले वृद्धि, कृषि कर्जामा संकुचन

    काठमाडौं— आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिना (२०८२ पुससम्म) को तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.६ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ६ महीनासम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार समीक्षा महीनामा निजी क्षेत्रमा प्रवाहित कर्जा रु. १९७ अर्ब ४७ करोडले वृद्धि भई कुल कर्जा रु.५६ खर्ब ९५ अर्ब १७ करोड पुगेको छ ।अघिल्लो वर्षको सोही अवधिमा भने यस्तो कर्जा ५.२ प्रतिशत अर्थात् रु. २६५ अर्ब ५६ करोडले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ पुस मसान्तमा निजी क्षेत्रतर्फको कर्जा ६.७ प्रतिश

    • प्रकाशित मितिः माघ २०, २०८२
    • 506 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.