समाचार

    Showing 6,461-6,470 of 26,620 items.
  • सर्लाहीमा पहिलोपटक आमाको नामबाट नागरिकता जारी

    बहरथवा। जिल्ला प्रशासन कार्यालय सर्लाहीले पहिलोपटक आमाको नाममा नागरिकता जारी गरेको छ । सोमबार यहाँको लालबन्दी नगरपालिका–७, बस्ने राम मनोहर गुप्तालाई जिल्ला प्रशासन कार्यालयले आमाको नामबाट नागरिकता प्रदान गरेको हो ।  नेपाल नागरिकता ऐन, २०६३ दोस्रो संशोधन र नागरिकता नियमावली, २०६३ चौथो संशोधनका आधारमा बाबु विदेशी आमा नेपाली भएका गुप्तालाई अङ्गीकृत नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी रामुराज कँडरियाले जानकारी दिनुभयो । “ऐन र नियमावली संशोधनपछि जिल्ला प्रशासन कार्यालयले आमाको नामबाट सोमबार पहिलोपटक नागरिकता जारी गरेको छ”, प्रमुख जिल्ला अधिकारी कँडरियाले भन्नुभयो, “योसँगै बुबाको अत्तो

    • प्रकाशित मितिः माघ २०, २०८२
    • 293 पटक पढिएको
  • प्रतिनिधिसभा निर्वाचनः महोत्तरी-३ का मतदाताको सुशासन मुख्य मुद्दा

    महोत्तरी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी भइरहँदा महोत्तरी क्षेत्र नं ३ का मतदाताले सुशासनलाई मुख्य मुद्दा बनाएका छन् । जिल्ला सदरमुकामस्थित जलेश्वर नगरपालिकाका मतदाताले सुशासनसहित सामाजिक न्यायको सहज पहुँच हुनुपर्ने धारणा राखेका हुन् । जलेश्वर नगरपालिकाका १२ वटा वडा, मटिहानी नगरपालिकाका नौ, मनराशिशवा नगरपालिकाका-८, ९ र १०, पिपरा गाउँपालिकाका-१, २, ३, ४, ५ र ७ तथा एकडारा गाउँपालिकाका-१, २, ३, ४ र ५ वडाका मतदाताले चुनावी अभियानमा खटिएका दलका उम्मेदवारसँग कानुनी थिति र विधिको प्रश्न उठाउँदै सुशासनको अनुभूति गर्न नपाइएको गुनासो गरेका हुन् । लोकतान्त्रिक मूल्यमान्यताला

    • प्रकाशित मितिः माघ २०, २०८२
    • 325 पटक पढिएको
  • निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो

    काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट ७६ जनाको नाम हटाइएको निर्वाचन आयोगले जनाएको छ ।   राजनीतिक दलहरूले पेस गरेका उम्मेदवारको बन्दसूचीमाथि निर्वाचन आयोगले छानबिन गर्दा ७६ जनाको नाम हटाउने निर्णय गरिएको प्रवक्ता नारायणप्रसाद भट्टराईले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।   समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा पर्न आएका उजुरी, प्रचलित कानुनले तोकेको उम्मेदवारको योग्यता तथा अयोग्यतासम्बन्धी व्यवस्था, निर्वाचन आयोगबाट विभिन्न मितिमा भएका निर्णय र राजनीतिक दलबाट प्राप्त जानकारीका आधारमा उम्मेदवारहरूक

    • प्रकाशित मितिः माघ २०, २०८२
    • 271 पटक पढिएको
  • मोटरसाइकल चोरीमा संलग्न एक व्यक्ति ट्राफिक प्रहरीको नियन्त्रणमा

    काठमाडौं— भक्तपुरको सूर्यविनायक नगरपालिका–८ बाट सोमबार चोरीको मोटरसाइकलसहित एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।नियन्त्रणमा पर्नेमा सूर्यविनायक नगरपालिका–८ निवासी २६ वर्षीय समिर त्वाटी रहेका छन्। उनले बागमती प्रदेश ०२–०२९ प २५९९ नम्बरको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२–०३३ प १२८७ नम्बर राखेर चलाइरहेका अवस्थामा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।उक्त मोटरसाइकल काठमाडौं महानगरपालिका–४, धुम्बाराहीबाट हराएको भनी सर्लाहीको कविलासी नगरपालिका–२ निवासी प्रकाश सिंहले खोजतलासका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए।मोटरसाइकलसहित नियन्त्रणमा आएका स

    • प्रकाशित मितिः माघ २०, २०८२
    • 417 पटक पढिएको
  • मकवानपुरमा १० किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ

    हेटौँडा— मकवानपुर प्रहरीले मनहरी गाउँपालिका–९, ज्यामिरेबाट १० किलो १२४ ग्राम लागूऔषध गाँजासहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, सोमबार बिहान ४ः३० बजे लागूऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले युपी ३२ एफएफ ००५५ नम्बरको भारतीय कारलाई सुरक्षाजाँच गर्दा लागूऔषध बरामद भएको हो।पक्राउ पर्नेहरूमा उत्तर प्रदेश, मुजफ्फरनगर जिल्लाको सिखेडा गाउँका २३ वर्षीय मुसिर, सोही गाडीमा सवार २४ वर्षीय मौ जुबेर र मुजफ्फरनगर, अम्बा बिहारका ४४ वर्षीय साबीरा रहेका छन् ।प्रहरीले तीनै जनालाई लागूऔषध सम्बन्धी मुद्दामा थप अन

    • प्रकाशित मितिः माघ २०, २०८२
    • 477 पटक पढिएको
  • यस्तो छ, मंगलबार विदेशी मुद्राको विनिमयदर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ १३ पैसा र बिक्रीदर १४६ रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७४ रुपैयाँ १२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ३३ पैसा र बिक्रीदर २०१ रुपैयाँ १५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १८९ रुपैयाँ २२ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १०२ रुपैयाँ १५ पैसा तोकिएको छ ।राष्ट्र बैंकका अनुसार क्यानेडियन डलर एकको खरिददर १०७ रुपैय

    • प्रकाशित मितिः माघ २०, २०८२
    • 434 पटक पढिएको
  • मौसम पूर्वानुमानः पश्चिमी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

    काठमाडौं— मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको पश्चिमी भू–भागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ। यसका कारण तराईका केही स्थानमा तुवाँलो लागेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बादल लागेको छ। ती क्षेत्रका केही स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ।महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी र हिमाली भू–भागमा सामान्यतया बादल लाग्नेछ भने बाँकी भू–भागमा आंशिक बादल लाग्ने सम्भावना छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मध्यम खालको वर्षा तथा हिमपातको सम्भावना रहेको छ। बाँकी ह

    • प्रकाशित मितिः माघ २०, २०८२
    • 425 पटक पढिएको
  • आज २०८२ साल माघ २० गते मंगलबारको राशिफल

    काठमाडौं— आज २०८२ साल माघ २० गते मंगलबार फागुन कृष्ण पक्षको द्वित्तिया तिथि। मेषः तपाईंको बोलीले बिग्रिएका कामहरु बन्नेछन्। शिक्षा क्षेत्रको गहिरो अध्ययनले अवसर सिर्जना हुनेछ। आम्दानीका स्रोत धेरै भएकाले सदुपयोग गर्नु उचित हुनेछ। अवसरको सदुपयोग गर्न सक्दा फाइदा हुनेछ।वृषः दिन सामान्य छ। लगानीका क्षेत्रमा सोचेको जस्तो नतिजा प्राप्त नहुने जोखिम रहेको छ। परिवार र साथीबाट असहयोग हुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। स्वास्थ्यमा भने सुधार हुनेछ।मिथुनः शान्त भएर बस्नु उचित हुनेछ। स्वास्थ्यमा समस्या हुने जोखिम छ। शिक्षाको क्षेत्रमा गरेको मिहेनतको फल प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्न

    • प्रकाशित मितिः माघ २०, २०८२
    • 464 पटक पढिएको
  • नेप्से सूचकांक सामान्य अंकले बढ्यो, कारोबार रकम ८ अर्ब नाघ्यो

    काठमाडौं— साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेर बन्द भएको छ । आज नेप्से सूचकांक १.५३ अंकले बढेर २,६९५.७३ विन्दुमा पुगेको छ, जुन ०.०५ प्रतिशतको वृद्धि हो ।आज सेन्सेटिभ इण्डेक्स शून्य दशमलव १६ प्रतिशत, सेन्सेटिभ फ्लोट इण्डेक्स शून्य दशमलव ०४ प्रतिशतले घटेको छ भने फ्लोट इण्डेक्स शून्य दशमलव ०५ प्रतिशतले बढेको छ । आजको कारोबारमा कुल ३३० कम्पनीका १ करोड ७५ लाख ७ हजार ७७६ कित्ता शेयर किनबेच भएका छन् । यसबाट कुल कारोबार रकम ८ अर्ब २२ करोड ३९ लाख ६५ हजार ६६९ रुपैयाँ पुगेको छ । बजारमा कुल ९१ हजार ६१ पटक कारोबार भएको छ ।यसदिन ११४ कम्पनीको शेयर मूल्य बढेको छ भने १३४

    • प्रकाशित मितिः माघ १९, २०८२
    • 499 पटक पढिएको
  • रहरले नभइ परिस्थितिले प्रधानमन्त्री बनेकी हुँः सुशीला कार्की

    काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले आफू रहरले नभइ परिस्थितिले प्रधानमन्त्री बनेको बताएकी छन् । सोमबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले जेन–जी आन्दोलनबाट सिर्जित परिस्थितिलाई सामान्य बनाउने, मुलुकमा थप द्वन्द्व चर्किन नदिन, जनधनको क्षति रोक्न आफू प्रधानमन्त्री बनेको बताएकी हुन् ।प्रधानमन्त्री कार्कीले भनिन्, ‘म पहिलो पटक संसदमा आएको हुँ । यो मेरो इच्छा होइन, परिस्थितिको परिणामहो । जेन–जी आन्दोलनबाट सिर्जित परिस्थितिलाई सामान्य बनाउने, मुलुकमा थप द्वन्द्व चर्किन नदिन, जनधनको क्षति रोक्न तथा राज्यलाई पुनः संवैधानिक लयमा फर्काउने उद्देश्यले प्रधानमन्त्री बनेको हुँ ।’उनले प्रतिनिधिसभा

    • प्रकाशित मितिः माघ १९, २०८२
    • 523 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.