समाचार

    Showing 6,491-6,500 of 26,620 items.
  • एकाघरका दाजुभाइले पाए पहिलोपटक आमाको नामबाट नागरिकता

    चितवन। चितवनका दुई युवाले आमाको नामबाट नागरिकता पाएका छन् । खैरहनी नगरपालिका–५ का निश्चल चौधरी र शङ्कर चौधरीले आमाको नामबाट नागरिकता पाएका हुन् ।आमा निशा महतो (चौधरी) को नामबाट दुई युवाले नागरिकता प्राप्त गरेका हुन । उहाँहरुलाई प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नागरिकता प्रदान गर्नुभएको हो । नागरिकता ऐन र नियमावलीमा पछिल्लो संशोधनपछि जिल्लामा पहिलो पटक आमाको नामबाट नागरिकता प्रदान गरिएको हो । उहाँले भन्नुभयो “महतो आँखा नदेख्ने भएकाले कर्मचारीको सक्रियतामा दाजुभाइलाई नागरिकता दिइएको हो ।” बाबुको सम्पर्क नभएकाले आमाले रेखदेख गर्दै आएका छोराछोरीलाई पहिलो पटक नागरिकता दिन पाउँदा आफू र आफ्ना कर्म

    • प्रकाशित मितिः माघ १९, २०८२
    • 294 पटक पढिएको
  • इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी

    काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग कूटनीतिक सम्झौता हुनेमा आफू आशावादी रहेको बताएका छन् । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईले अमेरिकाले युद्ध सुरु गरे त्यसले ‘क्षेत्रीय युद्ध’को रूप लिने चेतावनी दिएको केही घण्टापछि ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो ।फ्लोरिडास्थित आफ्नो निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले मध्यपूर्व क्षेत्रमा अमेरिकाले शक्तिशाली सैन्य साधन तैनाथ गरे पनि आफ्नो प्राथमिकता कूटनीतिक समाधान नै रहेको स्पष्ट पारे । उनले सम्झौता नभए खामेनेईको चेतावनी सही थियो कि थिएन भन्ने कुरा स्पष्ट हुने बताए ।“हाम्रा विश्वकै सबैभन्दा शक्तिशाली जहाजहरू त्यहाँ नजि

    • प्रकाशित मितिः माघ १९, २०८२
    • 444 पटक पढिएको
  • विश्व बजारमा चीनले ल्यायो रोबोट भ्याकुम क्लिीनर

    काठमाडौं— चीनले विश्व बजारमा रोबोट भ्याकुम क्लिीनर ल्याएको छ । चीनले उत्पादन गरेका यस्ता रोबोटिक भ्याकुम क्लिनरहरूले विश्व बजारमा उल्लेखनीय सफलता हासिल गरेका छन् ।पछिल्लो तथ्यांकअनुसार पश्चिमी युरोपमा बिक्री हुने कुल रोबोट भ्याकुममध्ये करिब ६० प्रतिशत हिस्सा चीनियाँ ब्रान्डको रहेको छ । सन् २०२५ को जनवरीदेखि नोभेम्बरसम्मको अवधिमा यो प्रवृत्ति अझ बलियो देखिएको हो ।जर्मनीको बर्लिनस्थित एक इलेक्ट्रोनिक्स रिटेल स्टोरमा रोबोरक र ड्रिमे जस्ता चिनियाँ ब्रान्डका विभिन्न मूल्यका रोबोट क्लीनर उत्पादनहरू सहजै उपलब्ध छन् । स्थानीय उपभोक्ताहरूले प्रविधि र नवप्रवर्तनको मामिलामा चिनियाँ उपभोक्ता इलेक्ट्रोनिक्

    • प्रकाशित मितिः माघ १९, २०८२
    • 501 पटक पढिएको
  • १९ वर्षमुनिको साफ महिला च्याम्पियनसीप फुटबलमा आज लिग चरणका दुई खेल हुँदै

    काठमाडौं— पोखरा अन्तरराष्ट्रिय फुटबल रंगशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिता अन्तर्गत आज लिग चरणका दुई खेल हुँदैछन् ।पहिलो खेल बंगलादेश र भारत बीच मध्यान्ह १२ बजे सञ्चालन हुनेछ भने दोस्रो खेल घरेलु टोली नेपालले दिउँसो ३ बजे भूटानसँग खेल्ने छ ।नेपाल र भूटान दुवैले यसअघि आफ्नो पहिलो खेलमा पराजित भएका थिए । त्यसैले प्रतियोगिताको दोस्रो खेलमा नेपाल र भूटान दुवै टोली दबाबमा हुनेछन् । फाइनल सम्भावना जीवित राख्नका लागि दुवै टोलीलाई आजको खेल महत्त्वपूर्ण रहनेछ । बंगलादेश र भारतले भने एक/एक खेल जितेर समान तीन अकं जोडेका छन् ।प्रतियोगितामा यसपटक चार टोलीले मात्र

    • प्रकाशित मितिः माघ १९, २०८२
    • 503 पटक पढिएको
  • बीमा प्राधिकरण अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउन बाटो खुला

    काठमाडौं— नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउन सरकारलाई बाटो खुलेको छ । सर्वोच्च अदालतले भदौमा जारी गरिएको अल्पकालीन अन्तरिम आदेश खारेज गरेसँगै अध्यक्ष नियुक्तिको प्रक्रिया पुनः अघि बढ्न सक्ने अवस्था बनेको हो ।यसअघि तत्कालीन अध्यक्ष शरद् ओझालाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै थप प्रक्रिया अघि नबढाउन आदेश दिएको थियो । सो आदेशका कारण नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया समेत रोकिएको थियो । आइतबार डा. नहकुल सुवेदी तथा टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले भदौमा जारी गरिएको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको हो । आदेशमा सरकारले बी

    • प्रकाशित मितिः माघ १९, २०८२
    • 522 पटक पढिएको
  • आज विश्व सिमसार दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइँदै

    काठमाडौं— आज विश्व सिमसार दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइँदैछ । मानवीय अतिक्रमणका कारण सिमसार क्षेत्र संकटमा पर्दे गएको भन्दै त्यसलाई जोगाउने तथा महत्त्व बसझाउनेबारे सचेतना बढाउने कार्यक्रममा जोड दिँदै यो दिवस मनाइन्छ ।राष्ट्रिय सिमसार नीति, २०५९ अनुसार, नेपालको तराईका सिमसार क्षेत्रहरूमा मात्रै ३२ प्रजातिका स्तनधारी जनावर, ४६१ प्रजातिका चराहरू (जसमध्ये १५ प्रजाति दुर्लभ श्रेणीका), ९ प्रजातिका कछुवा, २० प्रजातिका सर्प र २८ प्रजातिका माछा पाइन्छन् ।यसका अतिरिक्त सिमसारले बाढी, पहिरो, अतिवृष्टि अनि अनावृष्टिलाई पनि प्राकृतिक सुरक्षण प्रदान गर्छ । करिब ३ अरब संसारका जनसङ्ख्याहरूले खाने चा

    • प्रकाशित मितिः माघ १९, २०८२
    • 481 पटक पढिएको
  • रौतहट–४ मा बढ्यो चुनावी सरगर्मी

    रौतहट— फागुन २१ गते हुने निर्वाचनको मिति नजिकिएसँगै रौतहट क्षेत्र नं. ४ मा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । उम्मेदवारहरू आफ्नो एजेन्डासहित मतदाताको घरदैलोमा पुगेपछि बस्तीहरुमा चुनावी बहस सुरु भएको छ ।यसपटक रौतहट–४ मा ३७ जनाको उम्मेदवारी परेको छ, जसमा ३० पुरुष र ६ महिला चुनावी मैदानमा छन् । नेपाली कांग्रेसबाट देव प्रसाद तिमल्सिना, नेकपा एमालेका रामजी साह, र नेपाली कम्युनिस्ट पार्टीका रामकुमार भट्टराई बिच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश पौडेल र आम जनता पार्टीका ऋषि धमाला पनि सशक्त रूपमा घरदैलो अभियानमा व्यस्त छन् । जनता समाजवादी पार्टी (ज

    • प्रकाशित मितिः माघ १९, २०८२
    • 511 पटक पढिएको
  • राष्ट्रपति रामचन्द्र पौडेल जापान भ्रमणमा

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेल मित्रराष्ट्र जापानको औपचारिक भ्रमणका क्रममा जापान पुगेका छन् । नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणाअनुसार राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान भ्रमणमा गएका हुन् ।राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी पत्नी सविता पौडेल, नेपाल सरकारका उच्च अधिकारी तथा राष्ट्रपति कार्यालयका पदाधिकारी सहभागी छन् । उनी माघ २१ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।भ्रमणका क्रममा राष्ट्रपति पौडेल जापान सरकारद्वारा आयोजना गरिएको ७० औँ वार्षिकोत्सवको विशेष स्वागत समारोहमा सहभागी हुनेछन् । साथै, माघ

    • प्रकाशित मितिः माघ १९, २०८२
    • 547 पटक पढिएको
  • आज राष्ट्रिय सभाको बैठक बस्दै

    काठमाडौं— आज राष्ट्रिय सभाको बैठक अपराह्न १ः१५ बजे बस्ने तय भएको छ ।सोमबार बस्न लागेको बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्माले ‘अध्यागमन ऐन, २०४९ र सो ऐन अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरु सम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ लाई सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।यस्तै, विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।साथै, आजको बैठकमा गृह मन्त्री ओमप्रकाश अर्यालले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बने

    • प्रकाशित मितिः माघ १९, २०८२
    • 423 पटक पढिएको
  • निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो

    काठमाडौँ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार कूल २५ जिल्लाको मतपत्र छपाइ गरिसकेको छ ।आयोगले जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा मतपत्र छपाइ नियमित रुपमा भइरहेको जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ यसअघि सम्पन्न भइसकेको छ ।त्यसैगरी मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार २०० थान नमूना मतपत्र छपाइ सम्पन्न भइसकेको छ । यसबीचमा निर्वाचन शिक्षा प्रदान गर्ने उद्देश्यले आयोगको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गत मतदाता शिक्षा एकाइले हालसम्म १

    • प्रकाशित मितिः माघ १९, २०८२
    • 258 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.