समाचार

    Showing 6,521-6,530 of 26,620 items.
  • बाँकेमा निर्वाचन आचासंहिता पालनामा कडाइ

    नेपालगञ्ज— निर्वाचन आचारसंहिता पालना गर्न बाँकेमा कडाइका साथ निगरानी सुरु गरिएको छ।निर्वाचन आयोगले गठन गरेको निर्वाचन आचारसंहिता अनुगमन समितिले बाँकेको निर्वाचन क्षेत्र नं २ र ३ मा मौखिक उजुरी आएको जानकारी दिएको छ।बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी तथा अनुगमन समितिका अधिकृत पूृर्णबहादुर खत्रीले विद्यालयमा कार्यक्रम गरेको, पालिका वडाध्यक्षले पालिकामा प्रचारप्रसार गरेको र पालिकाको डोजर तथा टिपर प्रयोग गरेर सडक ग्राभेल गरेकोलगायत उजुरी आएको बताए। उनले आचारसंहिताविपरीत सबै काम बन्द गरिएको उल्लेख गर्दै सम्बन्धितलाई सचेत बनाइएको जानकारी दिए।“हामीले स्थलगत अनुगमन पनि गर्छौं, तर अहिले सूचना र जानकारी

    • प्रकाशित मितिः माघ १८, २०८२
    • 483 पटक पढिएको
  • प्रविन बज्राचार्यको स्वरमा नयाँ गीत ‘सोल्टिनी’ सार्वजनिक

    काठमाडौं— नयाँ नेपाली गीत ‘सोल्टिनी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा प्रविन बज्राचार्य, बिना राउत, गीता भुजेलको अभिनय देख्न सकिन्छ ।गीतमा स्वर स्वयं प्रविन बज्राचार्यको रहेको छ । गीतको शब्द ललित गोलेले लेखेका हुन् भने संगीत संयोजन प्रदीप जोशीले गरेका छन् ।म्युजिक भिडियोको निर्देशन पनि प्रविन बज्राचार्यले नै गरेका छन् । छायाँकन अनिल र गोपालले सम्हालेका छन् भने भिडियोको सम्पादन तथा रंग संयोजन फ्यामिली क्रिएसन हाउसले गरेको छ ।‘सोल्टिनी’ गीतले प्रेम र सरल जीवनका भावनालाई प्रस्तुत गरेको छ । गीतको कथावस्तु र दृश्य संयोजनले दर्शकलाई सहजै जोड्ने प्रयास गरेको छ।गीतको म्युजिक भिडियो ओएसआर ड

    • प्रकाशित मितिः माघ १८, २०८२
    • 528 पटक पढिएको
  • खुकुरी प्रहारबाट छिमेकीको हत्या, एक जना पक्राउ

    सङ्खुवासभा— सङ्खुवासभामा खुकुरी प्रहारबाट छिमेकीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ५९ वर्षीय शिव कुमार राई रहेका छन् ।चैनपुर नगरपालिका–१० इखम्बुमा शनिबार दिउँसो आपसी विवाद चर्किँदा राईले ४७ वर्षीय लीला प्रसाद राईमाथि खुकुरी प्रहार गरेका थिए। गम्भीर चोट लागेका लीला प्रसादको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।इलाका प्रहरी कार्यालय चैनपुर र प्रहरी चौकी खराङबाट खटिएको टोलीले अभियुक्तलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । मृतकको शव पोस्टमार्टमका लागि पठाइएको छ भने पक्राउ परेका शिव कुमारलाई हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः माघ १८, २०८२
    • 476 पटक पढिएको
  • सम्भव र कार्यान्वयनयोग्य कार्यक्रमसहित घोषणापत्र ल्याउन दलहरुलाई मल्लको आग्रह

    काठमाडौं— नेपाल चेम्बर अफ कमर्शका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले राजनीतिक दलहरूले देशको क्षमता र आवश्यकता अनुसार कार्यान्वयन गर्न सकिने कार्यक्रम मात्र समेटेर घोषणापत्र सार्वजनिक गर्नुपर्ने बताएका छन् ।आइतबार काठमाडौंमा आयोजित दलका घोषणापत्रमा ‘आर्थिक एजेन्डा’ विषयक कार्यक्रममा बोल्दै मल्लले घोषणापत्र कागजमा आकर्षक देखिने भन्दा पनि तल्लो तहका नागरिकले प्रत्यक्ष लाभ लिन सक्ने किसिमको हुनुपर्नेमा जोड दिए । “हाम्रो मुलुकमा गर्नुपर्ने काम धेरै छन्, त्यसैले छोटो र व्यावहारिक लक्ष्यसहित अघि बढ्नुपर्छ,” उनले भने, “घोषणापत्र बनाउँदा वास्तविक आवश्यकता हेरेर, घाटी हेरेर निल्ने जस्तै सम्भव हुने कार्य

    • प्रकाशित मितिः माघ १८, २०८२
    • 477 पटक पढिएको
  • सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं— नेपाली बजारमा आईतबार सुनको मूल्यमा भारी गिरावट आएको छ । सुनको मूल्य आज प्रतितोला १८ हजार ८०० रुपैयाँले घटेर ३ लाख रुपैयाँ निर्धाण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यसअघि गत बिहीबार सुनको मूल्य हाल सम्मकै सबैभन्दा उच्च ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो ।त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १५६५ रुपैयाँले घटेर ५५०० रुपैयाँ निर्धारण गरिएको छ ।

    • प्रकाशित मितिः माघ १८, २०८२
    • 510 पटक पढिएको
  • आठौँ राष्ट्रिय खुला कराते प्रतियोगिता सकियो, सर्वोत्कृष्ट फाइटर र टोलीलाई ट्रफी

    काठमाडौं— नेपाल सोतोकान कराँते संघको आयोजनामा गत शुक्रबारदेखि सुरु भएको आठौँ राष्ट्रिय खुला कराते प्रतियोगिता सकिएको छ ।सोतोकान कराते संघको २८औं वार्षिकोत्सवको अवसरमा माघ १६ र १७ गते भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिका–२, सानोठिमीस्थित आदर्श माध्यमिक विद्यालयको कभर्ड हलमा सञ्चालन भएको थियो ।उक्त प्रतियोगिताको अध्यक्षत नेपाल सोतोकान कराते संघका अध्यक्ष हेमकुमार श्रेष्ठले गरेका थिए । दुई दिने प्रतियोगितामा काता र कुमुतेतर्फ क्याडेट, जुनियर, सिनियर र भेट्रानतर्फ प्रतिस्पर्धा भएको थियो । खेलमा कुल ४९ जिल्लाबाट पाँच सय खेलाडी छनोट गरी प्रतिस्पर्धा गरिएको थियो । कुमुतेको मिनी सब जुनियर (५–९ वर्ष

    • प्रकाशित मितिः माघ १८, २०८२
    • 487 पटक पढिएको
  • तोषिमा कार्की भन्छिन् स्वास्थ्य सुधारदेखि सुशासनसम्म रास्वपाको स्पष्ट एजेन्डा हो

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ ललितपुरकी उम्मेदवार डा. तोषिमा कार्कीले आगामी निर्वाचनमा रास्वपाको सकरात्मक माहोल निर्माण भएको दाबी गरेकी छिन् ।उनले आम नेपाली जनता फागुन २१ को निर्वाचनको प्रतीक्षामा रहेको भन्दै घण्टी चुनाव चिह्नमा अत्याधिक मत प्राप्त हुने विश्वास व्यक्त गरिन् ।कार्कीले समानुपातिकतर्फ पनि रास्वपाले उल्लेख्य मत ल्याउने दाबी गर्दै यसपटक पार्टीलाई एकल बहुमतको सरकार बनाएर काम गर्ने अवसर दिनुपर्ने बताइन् । ‘जनताले एक पटक राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमतको सरकार बनाएर काम गर्ने मौका दिनुहुन्छ भन्नेमा म पू

    • प्रकाशित मितिः माघ १८, २०८२
    • 500 पटक पढिएको
  • चीनले सुरु गर्यो एआईमा आधारीत रोबोट रेस्टुरेन्ट

    काठमाडौं— पूर्वी चीनको हाङ्झाउ शहरमा एआई (कृत्रिम बुद्धिमत्ता) प्रविधिमा आधारित रोबोट प्रयोग गरिएको रेस्टुरेन्टले परीक्षण सञ्चालन सुरु गरेको छ । उक्त रेस्टुरेन्टमा एआई–सञ्चालित रोबोटिक आर्मले खाना पकाउनेदेखि पस्कीएर ग्राहकलाई दिने सम्मको काम गरिरहेको छ ।रेस्टुरेन्टका कर्मचारीका अनुसार यहाँ १०० जना भन्दा बढी परिकार उपलब्ध छन् । रोबोटले कराईमा सामग्री खन्याउने, चलाउने र चलाएर भुट्ने काम गर्दै केही मिनेटमै खाना तयार गर्छ । तयार भएको परिकार सिधै प्लेटमा राखेर ग्राहकसम्म पु¥याउने काम गर्दछ ।रेस्टुरेन्टमा खाना चाखेका एक ग्राहकले स्वाद सन्तोषजनक भएको प्रतिक्रिया दिएका छन् । “खाना स्वादिलो छ र मेरो रु

    • प्रकाशित मितिः माघ १८, २०८२
    • 517 पटक पढिएको
  • सूर्यकुण्ड हाईड्रोको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

    काठमाडौं— सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिक लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ । कम्पनीले यस चरणमा ५ लाख ७२ हजार ४३१ कित्ता साधारण शेयर निष्कासन गरेको छ ।कम्पनीका अनुसार कुल निष्कासित शेयरमध्ये ३४ हजार ४८४ कित्ता सामूहिक लगानी कोषका लागि र १३ हजार ७९३ कित्ता कर्मचारीहरूका लागि छुट्याइएको छ । बाँकी शेयरका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनले तोकेका

    • प्रकाशित मितिः माघ १८, २०८२
    • 430 पटक पढिएको
  • उर्लाबारीमा निर्वाचन सुरक्षाका लागि २ सय ४२ प्रहरीको नाम दर्ता तथा तालिम जारी

    मोरङ— आगामी फागुन २१ गते सम्पन्न हुने निर्वाचनलाई लक्षित गर्दै इलाका प्रहरी कार्यालय उर्लाबारीमा निर्वाचन सुरक्षाका लागि खटिने प्रहरीको नाम दर्ता प्रक्रिया जारी रहेको छ।निर्वाचन सुरक्षासम्बन्धी तालिममा हालसम्म कुल २ सय ४२ जना प्रहरी सहभागी भएका छन्। सहभागीमध्ये १ सय ९२ जना पुरुष र ५० जना महिला प्रहरी रहेका छन्।तालिम सम्पन्न भएपछि आवश्यकताअनुसार ती प्रहरीलाई विभिन्न मतदान केन्द्र तथा सुरक्षा संवेदनशील क्षेत्रहरूमा परिचालन गरिने प्रहरी कार्यालयले जनाएको छ।

    • प्रकाशित मितिः माघ १८, २०८२
    • 552 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.